थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सात प्रदेशको खाकाप्रति विरोध जनाउँदै सशक्त संघर्षको चेतावनी दिएको छ। शुक्रबार तीन दलले ल्याएको सात प्रदेशको खाका नेताहरुले राजनीतिक अभिष्ट पूरा गर्न ल्याएको र यसले थारु, जनजाति, मेधेसी, मुस्लिम, दलित, महिला, लगायत उत्पीडनमा पारिएका जातिको सम्बोधन नगर्ने बताउँदै समितिका संयोजक धनिराम चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। Continue reading “सात प्रदेशको विरोध गर्दै संघर्ष समितिद्वारा सशक्त आन्दोलन गर्ने चेतावनी”
Author: admin
सीमांकनको विरोधमा चीतवनका थारुले गरे शक्ति प्रदर्शन (फोटो फिचर)
कारी महतो/चितवन
तराई क्षेत्रमा तीनप्रदेश हुनपर्ने माग गर्दै चितवनका थारु समुदायले नारायणगढ बजारमा शक्ति प्रदर्शन गरेका छन्। यसलाई थारु समुदायले विरोधको रुपमा लिएका छन्। थारुकल्याणकारिणी सभा चितवनले नेतृत्व गरेको शक्ति प्रदर्शन कार्यक्रममा भाग लिन चितवनका गाउँ गाउँबाट थारुहरु मुख्य बजार नारायणगढ पुगेका थिए। Continue reading “सीमांकनको विरोधमा चीतवनका थारुले गरे शक्ति प्रदर्शन (फोटो फिचर)”
तीन दलले गरे सात प्रदेशमा सहमति
शीर्ष नेताहरु सम्मिलित विशेष समितिको आजको वैठकले सात संघीय प्रदेशहरु बनाउने निर्णय गरेको छ। विशेष समितिमा रहेका सम्वाद समितिका सभापति बाबुराम भट्टराईले दिएको जानकारीअनुसार पहिलेका १,२,३,४,५ नं प्रदेशहरू यथावत् ( ३ नं प्रदेशमा ठोरी गाविस सहित) राखिएको छ। त्यसैगरी पहिलेको ६ नं प्रदेशलाई विभाजित गरी कर्णाली पूर्वका जिल्ला/भूभाग रहने गरी ६ नं प्रदेश र कर्णाली पश्चिमका जिल्ला रहने गरी ७ नं प्रदेश बनाइएको छ। Continue reading “तीन दलले गरे सात प्रदेशमा सहमति”
कैलालीको तोरैयापुरमा थरुहट र अखण्ड पक्षबीच झडप, पाँच राउन्ड अश्रुग्यास प्रहार

अखण्ड सुदूरपश्चिम पक्षधरले आह्वान गरेको मोटरसाइकल र्याजलीलाई कैलालीको दुर्गौली गाविस तोरैयापुरमा थरुहट पक्षधरले अवरोध सिर्जना गरेपछि दोहरो झडप भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन्। Continue reading “कैलालीको तोरैयापुरमा थरुहट र अखण्ड पक्षबीच झडप, पाँच राउन्ड अश्रुग्यास प्रहार”
गच्छदारले तोडे चार दलीय मोर्चा, सडक आन्दोलनमा जाने
मधेशी जनाधिकार फोरम लोकतान्त्रिक कांग्रेस, एमाले र एमाओवादीसँगको एकता छाडेर सडक आन्दोलनमा जाने भएको छ। Continue reading “गच्छदारले तोडे चार दलीय मोर्चा, सडक आन्दोलनमा जाने”
उदयपुर जिल्लालाई अखण्ड राख्नुपर्ने सातदलको माग
उदयपुर जिल्लाका मुख्य सात राजनीतिक दलहरुले उदयपुर जिल्लालाई अहिलेको १ नम्बर प्रदेशमा नै राख्नुपर्ने र कुनै पनि हालतमा टुक्र्याउन नहुने जिल्लागत रुपमा संयुक्त पार्टीगत निर्णय गरेका छन्। Continue reading “उदयपुर जिल्लालाई अखण्ड राख्नुपर्ने सातदलको माग”
थरुहट कार्यकर्ताद्वारा रातमा तोडफोड
थरुहट/थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले बुधबार राति बाँकेमा आधादर्जन गाडी तोडफोड गरेका छन्। थरुहट बन्दकर्ताले कोहलपुर–नेपालगन्ज सडक खण्डको प्रिपहवाचोकनजिक गाडी तोडफोड गरेका हुन्। उनीहरुले गाडीमा सवार चार यात्रुमाथि समेत आक्रमण गरेका छन्। उनीहरुले नागरिक दैनिकको गाडीसमेत फुटाइदिएका छन्। Continue reading “थरुहट कार्यकर्ताद्वारा रातमा तोडफोड”
मधेसी दलको ५० लाख घोषणाबारे जानकारी माग
व्यवस्थापिका संसदमा मधेसवादी दलका नेताले मधेस आन्दोलनमा सहादतप्राप्त भए परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको विषयमा सांसदहरुले चर्को विरोध गरेपछि संसदले यसबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएको छ। Continue reading “मधेसी दलको ५० लाख घोषणाबारे जानकारी माग”
स्थानीयले बन्दकर्ताको गाडी जलाएपछि भैरहवामा कर्फ्यु
मधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दमा तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले भैरहवामा कर्फ्यु लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाउने निर्णय गरेको हो। पूर्वमा बसन्तपुर, पश्चिममा एयरपोर्ट, उत्तरमा पडसरी र दक्षिणमा बेलहिया नाकासम्म कर्फ्यु लगाइएको स्थानीय प्रशासनले जनाएको छ। Continue reading “स्थानीयले बन्दकर्ताको गाडी जलाएपछि भैरहवामा कर्फ्यु”
थारु हेपाहा प्रवृत्तिको अन्त्य गरौं
दिलबहादुर चौधरी
जतिबेला राज्य पुनर्संरचनाको कुरा उठ्छ, त्यतिबेला मिलेर बसेको कुरा जोडदारले उठ्छ, सामाजिक सदभावको कुरा जोडले उठ्छ। अरुले बोल्दा आकाश खस्ने र आफूले बोल्दा महमिश्रित बाणीको संज्ञा दिने चलन छ हाम्रो समाजमा। यसले पनि समस्या पारिरहेको छ। त्यसैले बोल्दा र लेख्दा हरेकले कुरा तौलेर लेख्न र बोल्न आवश्यक हुन्छ। Continue reading “थारु हेपाहा प्रवृत्तिको अन्त्य गरौं”





