चितवन थाकस आन्दोलनबाट पछि हट्यो, अब जागरण अभियान गर्ने

Chitwan

कारी महतो
चितवनमा आन्दोलन गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस)ले विगत केही दिन चितवन बन्द गरेको कारणले समस्या भोग्दै आएका चितवनबासीबाट बन्दको विकल्प खोज्नुपर्ने चौतर्फी आवाज उठेपछि सभाले जारी आन्दोलनको स्वरुपमा केही हेरफेर गरेर आन्दोलन अगाडि बढाएको छ। Continue reading “चितवन थाकस आन्दोलनबाट पछि हट्यो, अब जागरण अभियान गर्ने”

राजेन्द्र महतोको सद्‍भावना संविधानसभाबाट अलग्गियो

rajendra mahatoराजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले संविधानसभाबाट सामूहिक राजीनामा दिएको घोषणा गरेको छ। विगतको सहमति सम्झौताअनुसार संविधान नबन्ने भएकाले साक्षी किनारा बन्नका लागि मात्रै संविधानसभामा नबस्ने सदभावनाले जनाएको छ। Continue reading “राजेन्द्र महतोको सद्‍भावना संविधानसभाबाट अलग्गियो”

सिरहाको मिर्चैया क्षेत्र अझै तनावग्रस्त, मोटरसाइकलमा आगजनी

Lahan Protest_Tharu

थरुहट/थारुवान संयुक्त संघर्ष समिति र संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका कारण सोमबार साँझदेखि तनावग्रस्त बनेको सिरहाको मिर्चैयामा अझै प्रदर्शन जारी छ। प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन जारी राखेका कारण मिर्चैया क्षेत्र अझै शान्त हुन नसकेको हो। Continue reading “सिरहाको मिर्चैया क्षेत्र अझै तनावग्रस्त, मोटरसाइकलमा आगजनी”

सप्तरीको भारदह क्षेत्रमा निषेधाज्ञा

Saptari Protest

प्रदर्शनका क्रममा गोली लागेर सप्तरीको भारदहमा एकजनाको मृत्यु भएपछि थप झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले आज दिउँसो ४ बजेदेखि भारदह क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले भारदह क्षेत्रको चार किल्ला क्षेत्रमा आज दिउँसो ४ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए। Continue reading “सप्तरीको भारदह क्षेत्रमा निषेधाज्ञा”

कपिलवस्तुमा पनि गोली चल्यो, तमलोपाका जिल्ला उपाध्यक्ष घाइते

Policeछ दिनदेखि थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच सदरमुकाम तौलिहवामा झडप भएको छ। झडपमा छ जना आन्दोलनकारी घाइते भएका छन्। आन्दोलनकारी र प्रहरीबीच एकाएक तनाव सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लठ्ठी प्रहार, एक दर्जन अश्रु ग्यास र गोलीसमेत प्रहार गरेको छ। Continue reading “कपिलवस्तुमा पनि गोली चल्यो, तमलोपाका जिल्ला उपाध्यक्ष घाइते”

सप्तरीबासीले के अपराध गरेका थिए र गोली हान्ने ?

Saptari Protest

व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै अधिकांश सभासद्ले सप्तरी जिल्लाको भारदहमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि प्रहरीले गोली प्रहार गरेकामा सरकारको आलोचना गरेका छन्। Continue reading “सप्तरीबासीले के अपराध गरेका थिए र गोली हान्ने ?”

यसकारण उठिरहेको छ थारु मुद्दा

Tharuhat Protest at Dhangadhi

लक्की चौधरी
२३ असार २०७२ मा संविधानको प्रारम्भिक मस्यौदा राजपत्रमा प्रकाशनपछि जनताको राय सुझाव लिनेकाम भयो । जनताहरु रोपाइमा व्यस्त भएका बेला लिइएको राय सुझावमा सबै वर्गको आशातित् सहभागिता हुन सकेन । २४०  निर्वाचन क्षेत्रबाट लिइएको राय सुझावमा १ लाख ८६ हजार ९४६ जनाले भाग लिएर सुझाव दिए । राय सुझावका आधारमा नयाँ संविधानको मस्यौदालाई परिमार्जन गरियो । Continue reading “यसकारण उठिरहेको छ थारु मुद्दा”

थरुहटको धनगढी विरोध सभामा जे देखियो (फोटो-भिडियो)

Tharuhat Birodh Sabha_Dhangadhi 01

थरुहट/थारुवान संघर्ष समिति कैलालीले सोमबार धनगढीमा विरोध सभा आयोजना गर्यो । संघीय सीमाङ्कन सच्याउनुपर्ने र कैलाली, कञ्चनपुरलाई तराईका जिल्लासंग मिलाएर थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने मागसहित विरोध सभा गरिएको हो। Continue reading “थरुहटको धनगढी विरोध सभामा जे देखियो (फोटो-भिडियो)”

प्रहरीको गोली लागेर सप्तरीमा एकको मृत्यु, २ जना घाइते

mime

सप्तरीको भारदहमा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले गोली प्रहार गरेको छ। प्रहरीको गोलीबाट भारदह-१ का ३५ वर्षीय राजीव राउतको मृत्यु भएको संघीय समाजवादी फोरम नेपालका नेता शम्भु झाले जानकारी दिए। गोलीबाट अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेहरु भारदह-१ का देवनरायण शाह र भारदह-२ का अपक साह छन्। उपचारका लागि उनीहरुलाई अस्पताल पठाइएको छ। Continue reading “प्रहरीको गोली लागेर सप्तरीमा एकको मृत्यु, २ जना घाइते”