लखन चौधरी/कैलाली
तराई जिल्लाके अनुपातमे पहाडी जिल्लामे राज्यके स्रोत साधन वितरणमे राज्यके विभेद कायमे रहलपाछे बसाई सराई दरमे व्यापकता आइल एक तथ्यांक देखैले बा।
सुदूर पश्चिमाञ्चल विकास क्षेत्रके लाग अइना अधिकांश बरवार–बरवार स्रोत साधन कैलाली–कञ्चनपुर जिल्लामे किल केन्द्रीत हुइना हुइलपाछे सात पहाडी जिल्लासे दुई तराई जिल्लामे वर्षेनी बसाई सराई करुइयनके संख्यामे उल्लेख बृद्धि हुइल देखगिल हो। Continue reading “पहाडी जिल्लासे कैलालीमे बसाईसराई तिब्र (थारु भाषा)”
Author: admin
बर्दियाली थारु विकास मञ्च काठमाडौं नेपालको छैटौं महाधिवेशन
पश्चिम तराईका थारू के चाहन्छन् ?
गंगा बीसी, जनक नेपाल/कान्तिपुर दैनिकबाट
आफूलाई मधेसी नठान्ने पश्चिम तराईका पाँच जिल्लाका थारू समुदाय के चाहन्छन्? थरुहट प्रदेश कि अधिकार? संविधानको मस्यौदा सुझाव संकलन भइरहेका बेला पश्चिम नेपालको थारू बस्तीमा यो प्रश्नमा तीव्र बहस भएको छ।
सशस्त्र युद्धका बेला माओवादीले ‘थारूवान’ घोषणा गरेपछि सुरु भएको बहस संविधान निर्माण अन्तिम चरणमा पुग्दासम्म कायम छ। थारू समुदायको उल्लेख्य बसोबास भएको मध्य र सुदूर पश्चिमका पाँच जिल्ला बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा थरुहटबारे बहस भएको हो। Continue reading “पश्चिम तराईका थारू के चाहन्छन् ?”
सुझाव संकलन नौटंकी हो : भानुराम थारू
वर्तमान राजनीतिक अवस्था, संविधानके पहिल मस्यौदा, लौव बन्न संविधानओ थारू समुदायके राजनीतिक अवस्थावारे थरुहट तराई पार्टी नेपालके अध्यक्ष भानुराम थारू ओ लखन चौधरीबीच हुइल बातचितके अंशः Continue reading “सुझाव संकलन नौटंकी हो : भानुराम थारू”
थाकसको सुझावमा थरुहट स्वायत्त प्रदेशदेखि कमलरी आयोगसम्म
थारु कल्याणकारिणी सभाले संविधानको प्रारम्भिक मस्यौदामा ४५ बुँदे सुझाव पेस गरेको छ। मंगलबार राजधानीमा बसेको केन्द्रीय समितिले ४५ बुँदे सुझाव पेस गरेको हो। सभाले प्रस्तुत गरेको सुझावमा थरुहट स्वात्त प्रदेशदेखि कमलरी व्यवस्थापन आयोगसम्म रहेको छ। सभाले राज्य पुनःसंरचना गर्दा तराईका जिल्ला पहाडमा मिसाइन नहुने सुझाव दिएको छ। प्रारम्भिक मस्यौदामा थरुहट आन्दोलनको मागसमेत सभाले गरेको छ। सभाका अध्यक्ष धनिराम चौधरीको अध्यक्षतामा बसेको बैठकमा पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य राजकुमार लेखीले सो सुझाव पेस गरेका थिए। Continue reading “थाकसको सुझावमा थरुहट स्वायत्त प्रदेशदेखि कमलरी आयोगसम्म”
कहाँ हराए थरुहट आन्दोलनका मसिहाहरु
संजय थारु।
५/६ महिनापछि सिंहदरवार गएका थियौं। थरुहट आन्दोलनताका म एक सामुदायिक बिधालयमा कक्षा ९ मा पढ्थे। मैले थारु राजनीति त्यही आन्दोलनबाट सिक्न सुरु गरेको थिएँ। हुन त म आन्दोलनमा सहभागी भएको थिइन्, तर आन्दोलनबाट बेलुका फर्केपछि ठूलो बुबा र काकाहरु बैठक बस्दा धयान दिएर कुरा सुन्थे। आन्दोलनमा के कस्तो अवस्था आयो। कसले आन्तरिक र कुन नेताले बाह्यरुपमा सहयोग गर्यो भनेर कुरा हुन्थ्यो, सब ध्यान लगाएर सुन्थे। Continue reading “कहाँ हराए थरुहट आन्दोलनका मसिहाहरु”
थारुले जलाए मस्यौदा
कैलालीका थारुले जलाए संविधानको मस्यौदा
थारु कल्याणकारिणी सभा कैलाली क्षेत्र न. १ का थारु समुदायले संविधानको मस्यौदा जलाएका छन्। कार्यक्रमको अगुवाई केन्द्रीय पार्षद लालबीर चौधरीले गरेका थिए। कार्यक्रममा उपस्थित अधिकांशले अधिकारविहीन मस्यौदाको कुनै काम नरहेको बताएका थिए। कोण सभामा करिब ५ सय नागरिक उपस्थित थिए। Continue reading “कैलालीका थारुले जलाए संविधानको मस्यौदा”
दाङका थारुले भने- राष्ट्रिय जनावर ‘गैंडा’ हुनुपर्छ
चन्द्रेश्वर चौधरी।
लमहीमा भएको मस्यौदामाथि छलफल र सुझाव संकलन कार्यक्रममा थारू कल्याणकारिणी सभा क्षेत्रीय समिति देउखुरी दाङले राष्ट्रिय जनावर ‘गैंडा’ हुनुपर्ने मागसहित आफ्नो सुझाव पत्र बुझाएको छ।
सभाको २ र ३ गते थारू बुद्धिजीवी, समाजसेवी तथा शुभचिन्तकहरुले छलफल गर्दै प्रारम्भिक मस्यौदामा उल्लेखित ‘गाई’ को नेपालको पहाडी र हिमाली भेगका अधिकांश आदिवासी जनजाति, दलितलगायतका समुदायहरुले सांस्कृतिक रुपमा गाईको मासु प्रयोग गर्ने गरेको र तराईमा पनि पुरोहितहरु दानका नाम आएका गाईलाई बेवास्ता गरी छाडा छोडने र बिक्री गर्ने गरेका पाइन्छ। तर विश्वमै दुर्लभ मानिने गैंडाको संरक्षण व्यापक रुपमा उठिरहेको अवस्थामा ‘गैंडा’ नै उपयुक्त हुने निष्कर्षका साथ राष्ट्रिय जनावर ‘गैंडा’ हुनु पर्ने माग गरिएको बताएका छन्। Continue reading “दाङका थारुले भने- राष्ट्रिय जनावर ‘गैंडा’ हुनुपर्छ”
एन पिस अवार्डमा मुक्त कमलरी कौशिला चौधरी, भोटको अपिल
उन्नती चौधरी।
लामो समयसम्म कमैया मुक्ति पुनर्स्थापना अभियानमा क्रियासिल कमैया नेतृ कौशिला चौधरी इन्टरनेट भोटको लागि सबै पक्षसँग अपिल गरेकी छन्। शान्ति स्थापनाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै विश्व शान्ति पुरस्कार (एन पिस अवार्ड)को अन्तिम छनौटमा परेकी चौधरीले इन्टरनेट भोटको आवश्यकता परेकाले सबैसँग अपिल गरेकी छन्। Continue reading “एन पिस अवार्डमा मुक्त कमलरी कौशिला चौधरी, भोटको अपिल”


