स्थानीय भन्छन्- ‘सिक्टा सिँचाइ त देखावटी मात्रै रहेछ’

Siktaबाँके, बनकटवा–३ पेडारीकी सीता थारू वर्षमा मुस्किलले दुई बाली मात्र खेती लगाउँछिन्। कारण हो– सिँचाइ सुविधा पर्याप्त नहुनु। विगतमा राष्ट्रिय गौरव आयोजना सिक्टा सिँचाइले कृषिक्षेत्रको मुहारै फेरिने आश्वासन पाएकी उनी दशक बित्दा पनि गाउँमा आयोजनाको नहर नपुग्दा अन्योलमा छिन्। Continue reading “स्थानीय भन्छन्- ‘सिक्टा सिँचाइ त देखावटी मात्रै रहेछ’”

कृषकले यी कुरामा पाउनेछन् छुट र अनुदान

paddy

व्यापार घाटा न्यूनीकरण गर्न भन्दै सरकारले आर्थिक वर्ष २०७२/०७३ को बजेटमार्फत कृषि क्षेत्रमा अनुदान र छुटको ओइरो लगाएको छ। कृषि क्षेत्रका लागि २६ अर्ब ६८ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ।अर्थमन्त्री रामशरण महतले मंगलबार संसदमा आर्थिक वर्ष २०७२/०७३ को बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको विकासका लागि अनुदान र भन्सार छुटको व्यवस्था गरेको बताए। लिफ्ट सिँचाइका सम्भाव्य स्थानमा नवीकरणीय ऊर्जा उपयोग गरी कम्तीमा ५० हेक्टर जमीनमा सिँचाइ गर्ने किसानलाई नवीकरणीय ऊर्जा र कृषि क्षेत्रको ब्याजमा ५० प्रतिशत अनुदान दिने नीति सरकारले लिएको छ। Continue reading “कृषकले यी कुरामा पाउनेछन् छुट र अनुदान”

सभासदलाई ४ अर्ब ८० करोड बजेट

तस्बिर सौजन्य : दीपेश श्रेष्ठ
तस्बिर सौजन्य : दीपेश श्रेष्ठ

टुक्रे आयोजना र कार्यकर्ता केन्दि्रत भनेर आलोचित बनिरहेको निर्वाचन क्षेत्रका दुई कार्यक्रमलाई अर्थमन्त्री रामशरण महतले ४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेका छन् । अघिल्लो बर्षको रकममा बृद्धि गर्दै महतले सभासद रिझाउन निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई प्राथमिकता दिएका हुन् । दुवै कार्यक्रमको रकम गत बर्षको तुलनामा आगामी आर्थिक बर्षका लागि बृद्धि गरिएको हो । Continue reading “सभासदलाई ४ अर्ब ८० करोड बजेट”

खेलाडीको बिमा गरिने

एथलेटिक्स खेलाडी केशरी चौधरी। फाइल तस्बिर
एथलेटिक्स खेलाडी केशरी चौधरी। फाइल तस्बिर

बजेटमा आगामी वर्ष हुने आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्री स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गरिने, खेलाडीको बिमाको व्यवस्था गरिने, स्तरीय खेल प्रशिक्षण र अभ्यासका लागि मुख्य सहरमा कभर्ड हलको निमार्णलाई निरन्तरता दिइने, खेलकुदको सन्तुलित विकासका लागि एक निर्वाचन क्षेत्र एक खेल मैदान नारालाई निरन्तरता दिइने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।
गत वर्षको बजेट वक्तव्यमा हरेक निर्वाचन क्षेत्रमा न्यूनतम एउटा खेल मैदान निर्माण गरिने अभियानअन्तर्गत गत वर्ष सुरुमा ५३ निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण सम्पन्न गरिने लक्ष्य पूरा हुन सकेन । ती जिल्लाका लागि भनेर छुट्टयाइएको बजेट बरु १८० निर्वाचन क्षेत्रमा पठाइएकामा पूर्वाधारका प्रारम्भिक काम भने सुरु भएको छ ।
यस वर्ष पनि सो कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको छ तर कति निर्वाचन क्षेत्रमा खेल मैदानको काम सुरु गरिने भन्ने स्पष्ट पारिएको छैन । मन्त्री पौडेलका अनुसार यस वर्ष सो कार्यलाई निरन्तरता दिँदै कार्यक्रम २४० सै निर्वाचन क्षेत्रमा पु¥याइने छ ।
आगामी आवको बजेटमा विद्यालयस्तरदेखि नै खेलकुदको विकासका लागि चार हजार सामुदायिक विद्यालयका लागि प्रतिविद्यालय रु १० हजारको दरले खेल सामग्री उपलब्ध गराइने नयाँ कार्यक्रम उल्लेख छ ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव युवराज लामाले भने आगामी वर्ष खेलकुदमा बजेट बढ्नुमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भएको बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले गत वर्ष नै आफूहरूले सातौँ राष्ट्रिय खेलकुदको आयोजना गर्न बजेट माग गरेको भए पनि बजेट नछुट्टाइएको गुनासो गर्नुभयो ।
आगामी माघ महिनामा भारतमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्तरीय प्रदर्शन गर्ने तयारीसहित गर्न लागिएको सातौँ राष्ट्रिय खेलकुद समयमै सम्पन्न हुनेमा आशङ्का व्यक्त गर्दै उहाँले सोका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सम्पन्न गर्न आगामी भदौदेखि नै तीव्र रुपमा तयारी थाल्न आग्रह गर्नुभयो । मन्त्रालयले भने अर्थ मन्त्रालयसँग रु तीन अर्ब बजेट माग गरेको थियो ।

धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइने

Dhangadhi Criket Stedium

सरकारले खेल क्षेत्रको समग्र विकासका लागि गत वर्षभन्दा झन्डै रु ६० करोड बढी रकम विनियोजन गरेको छ । व्यस्थापिका–संसद्मा आज अर्थमन्त्री डा रामशरण महतले प्रस्तुत गरेको बजेट वक्तव्यमा आगामी आवमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने लगायत विषयमा रु दुई अर्ब सात करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष भने मन्त्री डा महतले नै खेल क्षेत्रका लागि रु एक अर्ब ४७ करोड बजेट विनियोजन गर्नुभएको थियो ।

बजेटमा देशका विभिन्न स्थानमा क्रिकेट मैदान निर्माणका लागि रु २१ करोड छुट्याइएको छ तर गत वर्ष नै मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिटलगायत पूर्वाधार निर्माण गर्न रु २० करोड विनियोजन गरिएकामा रु १० करोड मात्र खर्च भएको युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु १० करोडमध्ये पनि रु तीन करोड जग्गा अधिग्रहणबापत मुआब्जामा खर्च गरिएको र क्रिकेट मैदान निर्माणका क्रममा लागि रु सात करोड मात्र खर्च भएको छ । परिणामस्वरुप सो मैदानमा प्यारापिट निर्माणको कामसमेत सुरु हुन सकेको छैन । आज प्रस्तुत बजेटमा पनि उक्त निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि रु ११ करोड विनियोजन गरिएको छ । गत वर्षको बजेटमा भैरहवामा राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सुरु गरिने भनिएकामा लक्ष्यभन्दा बढी काम भएको उहाँको भनाइ थियो ।

क्रिकेट खेलमा नेपालले प्राप्त गरेको सफलता र यस खेलमा नेपाली युवाको बढ्दो आकर्षण कायम राख्न काठमाडौँ बाहिरका मुख्य सहरमा क्रिकेट मैदानको निर्माण गरिने, धनगढीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्यको थालनी गरिने बजेट वक्तव्यमा उल्लेख छ । यसका लागि रु २१ करोड विनियोजन गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानको पुनःनिर्माणका लागि रु १३ करोड विनियोजन गरिएको छ । उक्त रङ्गशालाको विकल्पमा ललितपुरस्थित च्यासल फुटबल मैदान निर्माणका लागि रु चार करोड बजेट विनियोजन गरिएको छ । तर अखिल नेपाल फुटबल सङ्घ (एन्फा)भित्र देखिएको विवाद आर्थिक अनियमितताका कारण एक वर्षदेखि मुलुकमा फुटबलको गतिविधि प्रायः शून्य छ, जसका कारण फिफा वरियतामा नेपालको अवस्था अहिले दक्षिण एसियाकै सबैभन्दा कमजोर बन्न पुगेको छ । रासस

तराईमा दुई ‘स्मार्ट सिटी’ र १० वटा सुविधा सम्पन्न सहर निर्माण गरिने

बाराको जीतपुरमा बनाइएको सडक। फाइल तस्बिर
बाराको जीतपुरमा बनाइएको सडक। फाइल तस्बिर

मुलुकमा सन्तुलित विकासको आवश्यकता औँल्याइएका बेला सरकारले तराईको पूर्वाधार विकास, औद्योगिकीकरण तथा कृषि उत्पादनलाई विशेष प्राथमिकता दिएको छ । अर्थमन्त्री डा रामशरण महतले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७२-७३ को बजेटमा तराईको विकासलाई महत्व राख्ने हुलाकी राजमार्गलाई पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ आगामी वर्षका लागि रु तीन अर्ब १९ करोड विनियोजन गरिएको छ । Continue reading “तराईमा दुई ‘स्मार्ट सिटी’ र १० वटा सुविधा सम्पन्न सहर निर्माण गरिने”

यस्तो छ ८ खर्ब १९ अर्बको बजेट (पूर्ण पाठसहित)

ramsaran mahat

सरकारले आगामी आर्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजाररुपैयाँको बजेट सार्वजनिक गरेको छ। जसमध्ये चालु खर्चतर्फ ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार विनियोजन गरिएको छ। यसैगरी पूँजीगत खर्चतर्फ २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको छ।

विनियोजन गरिएको यो रकम कुल बजेटको क्रमशः ५९.१ प्रतिशत, २५.५ प्रतिशत र १५.४ प्रतिशत हो। सरकारले गत आर्थिक वर्षमा ६ खर्ब १८ अर्ब १० करोड रुपैयाँको बजेट ल्याएको थियो। जसमा चालु खर्चतर्फ कुल बजेटको ६४.५ प्रतिशत अर्थात ३ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

यसैगरी पूँजीगत खर्चतर्फ १ खर्ब अर्ब ६६ अर्ब ७५ करोड रुपैयाँ अर्थात १८.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १६.६ प्रतिशत १ खर्ब २ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

पूर्ण पाठ पढ्नुस्

Continue reading “यस्तो छ ८ खर्ब १९ अर्बको बजेट (पूर्ण पाठसहित)”

छबिलाल कोपिललाई क्षेत्रीय प्रतिभा पुरस्कार

Chhabilal Kopila Awarded By Nepal Goverment 01

थारु साहित्यकार छबिलाल चौधरी ‘कोपिल’ क्षेत्रीय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। सरकारले भाषा तथा साहित्य विधाअन्तर्गत मध्यपश्चिमाञ्चलबाट दाङ निवासी छबिलाल चौधरीलाई मंगलबार आयोजित एक कार्यक्रममा पुरस्कार प्रदान गरेको छ । Continue reading “छबिलाल कोपिललाई क्षेत्रीय प्रतिभा पुरस्कार”

भारतीय दूतावासमा थारु सभासद्, गंगा थारु भन्छिन्- राजनीतिक भेटघाट होइन

Ganga Chaudhary_tharuhat_tarei_party_nepal_lawmaker

थारू सभासदको एक टोलीले भारतीय राजदूत रणजित रायसित भेटघाट गरेको छ। फोरम लोकतान्त्रिकका सभासद योगेन्द्र चौधरी, कांग्रेसका तेजुलाल चौधरी र थरूहट तराई पार्टीका गंगा चौधरीले राजधानीको लैनचौरस्थित भारतीय दूतावासमै गएर राजदूतलाई भेटेका हुन्। Continue reading “भारतीय दूतावासमा थारु सभासद्, गंगा थारु भन्छिन्- राजनीतिक भेटघाट होइन”