सरकारले थारु समुदायमा मात्र भेटिएको सिकेलसेल एनिमियाका लागि कार्यक्रम बनाउन तयार रहेको बताएको छ। राष्ट्रपति रामवरण यादवले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सिकेलसेलबारे कुनै कार्यक्रम नसमेटिएपछि थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितलगायतका सभासद्हरुले यसबारे प्रश्न उठाएका थिए। Continue reading “सिकलसेल एनिमियाको उपचारका लागि कार्यक्रम बनाउन सरकार तयार”
Author: admin
‘थारु अधिकार’ कटौति भएको भन्दै थारु सभासदद्वारा संघर्ष गर्ने चेतावनी
लक्की चौधरी
संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका थारु सभासदहरुले एक भएर थारु अधिकारको बारेमा संविधानसभाभित्रै संघर्ष गर्ने बताएका छन्। संविधानको प्रारम्भिक मस्यौदामा समावेशी सहभागिताको विषयमा सोमबार आयोजित कार्यक्रममा थारु सभासदहरुले त्यस्तो बताएका हुन्। नयाँ संविधानको मस्यौदाले आदिबासी थारुको अधिकांश अधिकार कटौती गरेको आरोप लगाउँदै सभासदहरुले संघर्षको विकल्प नरहेको तर्क गरे। Continue reading “‘थारु अधिकार’ कटौति भएको भन्दै थारु सभासदद्वारा संघर्ष गर्ने चेतावनी”
ज्याभ्लिन थ्रोमा एपिएफकी सिमाकुमारी थारुको कीर्तिमान
राष्ट्रिय खेलाडीको वरियता निर्धारणका लागि आयोजना गरिएको राष्ट्रिय टाइम टे्रेल प्रतिस्पर्धाका दौरान आइतबार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। नेपाल एथलेटिक्स संघको आयोजना भएको प्रतियोगिताको दोस्रो दिन पुरुष हाइजम्पमा नेपाली सेनाका सूर्य खत्रीले, महिला ज्याभ्लिन थ्रोमा एपिएफकी सिमाकुमारी थारुले र महिला डिस्कस थ्रोमा सेनाकी अमृता महतोले नयाँ कीर्तिमान बनाएका हुन्। कीर्तिमानी तीनै खेलाडी अहिले राष्ट्रिय टोलीकोप्रशिक्षणमा छन्। Continue reading “ज्याभ्लिन थ्रोमा एपिएफकी सिमाकुमारी थारुको कीर्तिमान”
‘प्रीतक फूल’का निर्देशक परशुराम चौधरी सम्मानित
चलचित्र विकास बोर्डले आठवटा आदिवासी फिल्मलाई सम्मान गरेको छ। बोर्डको मातहतमा रहेको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले शनिबार बोर्डकै प्रेक्षालयमा गरेको कार्यक्रममा आठ फिल्मका निर्माण टोली सम्मानित भएका हुन्। Continue reading “‘प्रीतक फूल’का निर्देशक परशुराम चौधरी सम्मानित”
गोपाल दहितको प्रश्न- सिकलसेल नीति कार्यक्रममा किन परेन?
व्यवस्थापिका संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेस गर्दै थरुहट तराइ पार्टीका सभासद् गोपाल दहितले थारुहरुमा लाग्ने सिकल सेल रोग निवारणका विषयमा पनि नीति तथा कार्यक्रमले समेट्नुपर्ने माग गरेका छन्। ‘थारुमा मात्र लाग्दै आएको यो रोगका विषयमा सरकार मौन बस्ने निकै विडम्बनापूर्ण स्थिति हो,’ उनले भने। सरकारले आफ्नो नीति तथा कार्यक्रम संशोधन गरी सिकल सेल रोग निवारणको नीति तथा कार्यक्रम थप्न उनले माग गरे। Continue reading “गोपाल दहितको प्रश्न- सिकलसेल नीति कार्यक्रममा किन परेन?”
थारु सभासद्ले माग गरे ‘थारु आयोग’
निजामती प्रशासनको संरचनालाई सङ्घीयता अनुकूल बनाइने
सरकारले निजामती प्रशासनको संरचनालाई सङ्घीयता अनुकूल हुनेगरी पुनःसंरचनाको आवश्यक पूर्व तयारीका लागि सङ्कमणकालीन व्यवस्थापनको योजना बनाउने भएको छ । राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका–संसद्मा सार्वजनिक गरेको सरकारको आगामी आर्थिक वर्ष २०७२-०७३ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । Continue reading “निजामती प्रशासनको संरचनालाई सङ्घीयता अनुकूल बनाइने”
खोलाले बगाएर सरजु थारु श्रीमतीसहित बेपत्ता
बर्दियाको सूर्यपटुवा गाविसस्थित खौरहवा खोलामा माछा मार्ने क्रममा आज खोलाले बगाउँदा श्रीमान् श्रीमती बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सूर्यपटुवा गाविस–४ डल्ला गाउँका सरजु थारु र उनकी श्रीमती फूलकुमारी थारु रहेको बर्दियाका प्रहरी उपरीक्षक गोविन्द परियारले जानकारी दिए। Continue reading “खोलाले बगाएर सरजु थारु श्रीमतीसहित बेपत्ता”
उपेन्द्र यादव नमान्दा मोर्चा भाँडियो
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेपछि संविधानसभाभित्र र बाहिर रहेका तराई–मधेसकेन्द्रित दलबीच बनाउने भनिएको वृहत्तर मधेसी मोर्चा गठन नहुने भएको छ। प्रमुख दलबीच भएको १६ बुँदे सहमतिप्रति असन्तुष्ट तराई–मधेसकेन्द्रित दलबीच बृहत्तर मोर्चा बनाएर आन्दोलनमा जाने बारे छलफल भए पनि यादवका कारण प्रयास तुहिएको हो। यद्यपि मधेसी दलको बैठकले आन्दोलनका कार्यक्रम भने तय गरेको छ। Continue reading “उपेन्द्र यादव नमान्दा मोर्चा भाँडियो”
मस्यौदामा छलफल : केही विचारणीय पक्षहरु
सीएन थारु
नेपालको नयाँ संविधानको मस्यौदा संविधान सभामा पेश गरे । यसलाई आधार मानेर सरोकार वालाहरुले पक्ष र विपक्षमा प्रतिक्रिया दिने काम शुरु भएको छ । पहुँचवालाहरुले राष्ट्रिय मिडियाहरु मार्फत मतहरु सार्वजनिक गर्ने गरेका छन् । थारु पत्रकार संघले पनि यहि मौका सदुपयोग गर्दै आसार १९ गते बानेश्वरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरे । सो कार्यक्रममा थारु सभासदहरुको अधिकतम उपस्थिति गराउने योजना रहे पनि छ जना उपस्थित हुनु सुखद पक्ष नै मान्नुपर्दछ । Continue reading “मस्यौदामा छलफल : केही विचारणीय पक्षहरु”





