एमाओवादी नेतृत्वको मोर्चाले आन्दोलनलाई उचाइमा पुर्याउने भन्दै संघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । तर मोर्चाकै एक घटक मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भने सहमतिबाटै संविधान जारी गर्नुपर्नेमा जोड दिइरहेका छन् । मोर्चाका कतिपय निर्णयप्रति उनले सार्वजनिक रूपमै फरक मत राख्दै आएका छन् । आन्दोलन मात्र विकल्प हो भन्ने धारणाप्रति चर्को असहमति राख्ने गच्छदारसँग कान्तिपुरले गरेको संक्षिप्त कुराकानी : Continue reading “‘जनताले आन्दोलन चाहेकै छैनन्’”
Author: admin
मधेसी मोर्चामा खटपट
विपक्षी गठबन्धनले चैत २४ देखि थाल्ने भनिएको ‘निर्णायक आन्दोलन’लाई लिएर मधेसी मोर्चाभित्र खटपट देखिएको छ । फोरम नेपाल, सद्भावना पार्टीलगायत मोर्चाभित्रका एकथरी दलहरू संविधानसभा नै छाडेर आन्दोलनमा जाने पक्षमा छन् । ‘यो सभाले जनआन्दोलन र मधेस विद्रोहको भावना प्रतिनिधित्व गर्दैन, त्यसैले संविधानसभाबाटै बाहिरिनुपर्छ,’ ती दलका नेता भन्छन् । Continue reading “मधेसी मोर्चामा खटपट”
फर्स्ट रनरअप भइन् पूजा चौधरी
रिवन इन्टरटेनमेन्टद्वारा आयोजित ‘नेपाल्स कलेज डिभा अफ द इयर’मा सजुम कटुवाल विजेता बनेकी छन्। राजधानीको राष्ट्रिय नाचघरमा भएको फाइनल भिडन्तमा उपाधि जितेर चोभारकी कटुवालले बिबिए र एयर होस्टेजको तालिमका लागि छात्रवृत्ति पाएकी छन्। Continue reading “फर्स्ट रनरअप भइन् पूजा चौधरी”
दासतापछि नयाँ जीवन पाएका मुक्त कमलरी
र्गालाल केसी- कम्लरी मुक्त भएर विद्यालय जान थालेको भर्खर दुई वर्ष बितेको थियो । दीपा चौधरी उज्ज्वल भविष्यको कल्पना गरिरहेकी थिइन्, अचानक एक दिन उनको जीवनमा अनौठो घटना आइपर्यो । पैसा सकिएपछि दाजु भगतनारायणले उनलाई जुवामा थापेछन् । जुवा खेलिरहेका चार जनामध्ये एक युवकले जिते अनि उनले दीपालाई विवाह गर्न पाउने भए । दाजु ती युवकलाई लिएर घर आए र जबरजस्ती विवाहका लागि टीकाटाला गरिदिए ।
Continue reading “दासतापछि नयाँ जीवन पाएका मुक्त कमलरी”
नमूना थारु ग्राम संकटमा
सन्तोष दहित, दाङ- थारु समुदायको पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको सौडियार-९ सिसहनियामा रहेको थारु नमूना ग्राम यतिबेला संकटम परेको छ। ६ वर्ष पहिले २०६५ सालमा स्थापना गरेको नमूना थारु ग्राम आर्थिक अभावले यतिबेला संकटको अवस्थामा पुगेको हो। जिल्ला विकास समिति दाङबाट स्थापना गरिएको नमूना ग्रामको प्रयाप्त सहयोग र नमूना ग्राम स्थापना गर्नेबेलाको सम्झौताअनुसार कार्यान्वयन नभएको कारण नमूना ग्राम यस्तो अवस्थामा आएको स्थानीयहरुले बताउँछन्। Continue reading “नमूना थारु ग्राम संकटमा”
निश्मा चौधरी मिस नेपालमा, निश्माबारे थाहा पाउनुस् (भिडियोसहित)
मिस नेपाल २०१५ को अन्तिम प्रतिस्पर्धीका रुपमा निश्मा चौधरी छनौट भएकी छन्। सुनसरी दुहबी घर भएकी २१ वर्षीया निश्मा काठमाडौं अनामनगरमा बस्दै आएक छिन्। मिस नेपालको २१ वर्षे इतिहासमा थारु समुदायको दोस्रो प्रतिनिधिको रुपमा निश्मा छनौट भएकी छन्। यसअघि शिवानी सिंह थारु मिस नेपालमा सहभागी बनेकी थिइन्। Continue reading “निश्मा चौधरी मिस नेपालमा, निश्माबारे थाहा पाउनुस् (भिडियोसहित)”
जनजाति महासंघले संविधानसभामा ‘ककस’ बनाउने
काठमाडौं- आदिवासी जनजाति महासंघले संविधान सभाभित्र आदिवासी जनजाति सभासदको दबाब समूह (ककस) बनाउन पहल गर्ने निर्णय गरेको छ। पोखरामा सम्पन्न महासंघको संघीय परिषद बैठकले आदिवासी जनजाति सभासदको ककस बनाउन पहल गर्ने निर्णय गरेको महासंघका अध्यक्ष नागेन्द्र कुमालले जानकारी दिए। Continue reading “जनजाति महासंघले संविधानसभामा ‘ककस’ बनाउने”
मधेस र थरुहट प्रदेशलाई कसैले हरण गर्न सक्दैन : राजेन्द्र महतो
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस प्रदेश र थरुहट प्रदेशलाई कसैले हरण गर्न नसक्ने बताएका छन्। उनले नारायणदेखि पूर्व मधेस र त्यस पश्चिमको भागलाई थरुहट प्रदेश बनाउनुपर्ने बताए। इकान्तिपुरसँगको कुराकानीमा उनले मधेसको भूभाग झापा, मोरङ, सुनसरी र थरुहट भूभाग कैलाली कञ्चनपुरलाई मधेसबाट छुट्याएर पहाडसँग मिलाएर राज्य पुनर्संरचना गर्न खोज्नु नै गम्भीर समस्या भएको बताए। उनले यो सम्झौता विपरीत भएको बताए। Continue reading “मधेस र थरुहट प्रदेशलाई कसैले हरण गर्न सक्दैन : राजेन्द्र महतो”
कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् सुरेन्द्र चौधरी भन्छन्- ‘तराईमा तीन प्रदेश’
संघीयताका कारण अहिले संविधान निर्माण प्रक्रियामा गतिरोध आएको छ। त्यसमा पनि पूर्वका तीन जिल्ला र पश्चिमका दुई जिल्लाको विवाद मुख्य देखिन्छ। तपाईंले यसलाई कसरी लिनुभएको छ?
सबैभन्दा ठूलो समस्या नै संंघीयताको स्वरूप, संघीयताको दर्शनका बारेमा बृहत् छलफल हुन नसक्नु हो । अहिले भइरहेको छलफल गोस्वारा छलफलजस्तो छ । संविधानका विषयमा नेताहरूबीच गोस्वारा छलफलबाहेक केही भएको छैन । संघीयताको स्वरूप र दर्शनका बारेमा संवैधानिक संवाद तथा राजनीतिक सहमति समितिमा पनि कहिल्यै छलफल भएन । संविधान निर्माणको प्रक्रिया भनेको औसत बुद्धिको खेल होइन । यसमा बौद्धिक विशिष्टता र कुशल प्राविधिक ज्ञानको आवश्यकता हुन्छ । संविधान दार्शनिकहरूले बनाउँछन् । संसारलाई पढ्ने हो भने त्यही पाइन्छ । तर हाम्रोमा अहिलेसम्म देशको दर्शनका बारेमा छलफल हुन सकेन । नेताहरू संख्याका बारेमा झगडा गर्छन् । कस्तो संघीयता बनाउने भन्नेबारे प्रस्ट भएपछि मात्रै संख्याको कुरा हुनुपर्ने हो । कस्तो संघीयता चाहियो ? स्वरूप कस्तो चाहियो ? भन्नेबारे स्पष्ट नभएकाले सबै कुरा अलमलिएको छ ।
तपाईंको विचारमा के कारणले गर्दा संघीयताका विषयमा सहमति हुन नसकेको हो ?
अमेरिकाको संघीयता प्रतिस्पर्धात्मक छ । जर्मनलगायत युरोपमा भएको संघीयता सहकारितामूलक छ । हाम्रोमा कस्तो संघीयता बनाउने प्रस्ट छैन । सबैभन्दा पहिला केन्द्रमा रहेको शक्तिको वितरणलाई संवैधानिक ‘होमवर्क’मा ल्याउनुपर्छ । संघीयताको दर्शन प्रस्ट गरिसकेपछि अनि सीमा र संख्या तय हुन्छ । अहिले त नेताहरू ६, ७, ८, ९ या १० प्रदेश बनाउने भन्नेमा मात्रै अल्झेका छन् । संख्यामा लेनदेन गर्ने कुरा भइरहेको छ । के संघीयता लेनदेनको विषय हो ? लेनदेन भनेको त रकमी कुरा हो । सहभागिता र वितरणमुखी दर्शनमा आधारित संघीयता बनाउने विषयमा जुन दिन सहमति हुन्छ, अहिले देखिएका समस्या हल भएर जान्छन् । Continue reading “कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् सुरेन्द्र चौधरी भन्छन्- ‘तराईमा तीन प्रदेश’”
सरस्वती चौधरीसहित भलिबल खेलाडी अभिनयमा
नेपाली भलिबलप्रेमीले अब आफ्ना स्टार खेलाडीको अभिनय हेर्न पाउने भएका छन्। ‘आमा’ एल्बमको गीतमा ६ भलिबल खेलाडीको अभिनय छ। राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ, परिक्षा गुरुङ, सिपोरा गुरुङ, सरस्वती चौधरी, अरुणा शाही र निमा श्रेष्ठले अभिनय गरेका छन्। ‘आमा तिम्रै अंश हुँ म, तिमै ज्यानको टुक्रा हुँ’’ भन्ने गीतको छायांकन अन्तिम चरणमा पुगेको छ।





