नागेन्द्र कुमाल र पेम्बा भोटेको राजीनामा माग, लेखीको पनि आलोचना

Neffing Meeting 01

काठमाडौं- पोखरामा जारी आदिवासी जनाजति महासंघको दुई दिने संघीय परिषद् भेलका सहभागीहरुले अध्यक्ष नागेन्द्र कुमार कुमाल र महासचिव पेम्बा भोटेको राजीनामा मागेका छन्। आदिवासी जनाजतिका हक, अधिकारलाई बेवास्ता गर्दै सभासद् पद खान गएको भन्दै सहभागीहरुले राजीनामा मागेका हुन्। कुमाल नेपाली कांग्रेस र भोटे नेकपा एमालेबाट मनोनित सभासद् बनेका हुन्। Continue reading “नागेन्द्र कुमाल र पेम्बा भोटेको राजीनामा माग, लेखीको पनि आलोचना”

थारु महिलाले सामुहिक तरकारी खेती गर्दै

tarkari-Kheti

दाङ त्रिपुर नगरपालिका १ नारायणपुरका थारु महिलाहरु सामूहिक तरकारी खेतीमा जुटेका छन्। मौसमी र बेमौसमी तरकारी उत्पादनका लागि उनीहरु समूहमा आबद्ध भएर व्यावसायिक तरकारी खेतीमा जुटेका हुन्। नारायणपुर गाउँका थारु महिलाहरु २०/२० जनाको दुई समूहमा बाँडिएर तरकारीका लागि जग्गा छनोट गरेर काम थालेका छन्। बेमौसमी तरकारीका लागि नारायणपुर गाउँका थारु महिलालाई दुई समूहमा राखी तालिम दिइरहेका रमेश चौधरीले आफूले तालिम दिएका किसानहरु अहिले व्यावसायिक बनेको बताउछन्। Continue reading “थारु महिलाले सामुहिक तरकारी खेती गर्दै”

थाकसले भातृसंगठन विस्तार गर्दै, चैत २२ गते संयुक्त भेला

Thakasaसान्तोष दहित, काठमाडौं- थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिले भातृसंगठन विस्तार गर्ने भएको छ। थारु समुदायको अधिकारलाई स्थापित गर्नका लागि विभिन्न भातृसंगठन विस्तार गर्न लागेको थारु कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले जानकारी दिए। Continue reading “थाकसले भातृसंगठन विस्तार गर्दै, चैत २२ गते संयुक्त भेला”

मिस्टर नेपालमा थारु समुदायका युवा, भोट गरेर जिताइदिन अपिल

Dosh Haran Chaudhary

एक्सपोज नेपालले आयोजना गरेको मिस्टर नेपालमा थारु समुदायबाट प्रतिनिधित्व जनाउँदै दाङ निवासी दोशहरण चौधरी अन्तिम स्पर्धामा छनौट भएका छन्। हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उनले अन्तिम स्पर्धामा छनौट भएका हुन्।  Continue reading “मिस्टर नेपालमा थारु समुदायका युवा, भोट गरेर जिताइदिन अपिल”

पिएको तलब आफैं खानेमा तेजुलालदेखि डिल्ली चौधरीसम्म

Tejulal Chaudhary And Dilli Bahadur Chaudhary_Lawmaker

एकथरि सभासदले पिएको तलब पनि आफैले खाने गरेको तथ्य औपचारिक रुपमै देखिएको छ । ती सभासदले पिएको तलब आफैले लैजाने गरेका हुन् । सरकारले हरेक सभासदलाई पिएलाई दिन मासिक २४ हजार चार सय रुपैयाँ दिने गरेको छ । त्यसरी पिएको तलब आफै खाने सभासदमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समेत रहेका छन् ।  Continue reading “पिएको तलब आफैं खानेमा तेजुलालदेखि डिल्ली चौधरीसम्म”

थरुहट आन्दोलनका विविध प्रवृति

CN Tharuसीएन थारु

थरुहट आन्दोलनका छ वर्ष वितेको समयले अब आन्दोलनको ६ बुँदे सहमति कसरी संस्थागत हुने भन्ने बुझाइ भिन्न भिन्न छन्। राजनीतिकरुपले छ बुँदे सहमति कस्तो खाका तयार पार्छन्? यसबारे छलफल चलाउने हो भने थरुहट आन्दोलनका विविध प्रवृतिहरु भेटिन्छन्। थरुहट आन्दोलनका सहमतिको गहिराइ सबैले बुझ्न सके भन्ने यथार्थ सहि होइन तर भावना कतै न कतै उहि प्रकट हुने गरेको पाइन्छ। छ बुँदे सहमति नेपाल सरकार र संघर्षरत थरुहट संयुक्त संघर्ष समिति, थारु कल्याणकारिणी सभा, थारु राष्ट्रिय मुक्ति मोर्चा तथा लोकतान्त्रिक थारु संघबीच भए। Continue reading “थरुहट आन्दोलनका विविध प्रवृति”

छाई जातिनहे छावाक बराबर शिक्षा दिई

Punita Chaudharyपुनिता चौधरी एक समाजसेवि एवम संघर्षसिल महिला हुईटी। उहाँहन मध्यपश्चिम क्षेत्रम निचिन्ना मनै कम हुइही। गंगापरस्पुर गाविस २, देउखरम जन्मलक पुनिता चौधरी नम्मा समयसे सामाजिक संघसस्थाम काम कर्टी आइल बाटी। समाजशास्त्रम एम.ए कैसेक्लक चौधरी हाल रुपान्तरण नेपाल सस्थाम जिल्ला कार्यक्रम संयोजक बटी। अखिसके उँक्वार भेटम पुनिता चौधरीसे थारुन्हक लर्का छाई मनै सामाजिक क्षेत्रम आइबेर कत्रा संघर्ष करपरल कना विषयम लौव अग्रासन साप्ताहिके सन्तोष दहित से करल कुछ बातचित।  Continue reading “छाई जातिनहे छावाक बराबर शिक्षा दिई”

मधेसका ‘धरतीपुत्र’ को?

Madhav_Dhungelमाधव ढुङ्गेल– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार सार्वजनिक समारोहमा बारम्बार दोहो:याउँछन्-‘म थारूको बच्चा हुँ।’ उनकै शब्द सापटी लिने हो भने ‘थारू को बच्चो’ नेपालमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री भइसकेको छ। पञ्चायतकालका नरेन्द्र चौधरी वा परशुनारायण चौधरीदेखि अहिलेका गच्छदारसम्म शक्ति र सत्तारोहण हेर्ने हो भने नेपाली थारू किनारामा पारिएका जनजाति हैनन् तर तराईको चारकोसे झाडी दक्षिणपट्टि पूर्व-पश्चिम फैलिएर शदीयौंदेखि बसोवास गरिरहेका नेपालका पुराना आदिवासीमध्ये एक थारू सीमान्तकृत जनजातिचाहिँ पक्कै हुन्।  Continue reading “मधेसका ‘धरतीपुत्र’ को?”

तराई कि मधेस?

faniraj nepalफणिराज नेपाल– जतीय हठका कारण तराईलाई मधेस भन्न रुचाउने मधेसी पार्टीहरू समावेशी देखिएका छैनन्। दक्षिणको नजानिँदो तर अप्रत्यक्ष प्रभाव र देशका नेताहरूको टालटुल गर्ने व्यवहारले मधेस शब्द प्रचारित भएको हो। नेपालका मिडिया पनि मधेसी पार्टीको साम्प्रदायिक व्यवहारको कारण व्यावसायिक रमिते बनेका छन्। सेवा, सुविधा, उत्पादन, उद्योग र रोजगारी स्थल रहेको तराईको खुल्ला सिमानाबाट रोजगारी, बाढी पीडित भई आइरहने विदेशीहरूको रोकिने छाँट छैन। Continue reading “तराई कि मधेस?”

पेलेर संविधान जारी गरे मोर्चाका सबै सभासद्को राजीनामा आउँछ : रुक्मिनी

Tha Ka Sa_Tharu Sahid Smaran-5, Rukmini Chaudhary

सभासद रुकमिनी चौधरीले विपक्षी दलले पेलेरै संविधान बनाउने कसरत गरे एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाभित्र रहेका १ सय ५२ जना सभासदले सामूहिक राजीनामा दिने बताएकी छन्। उनले त्यस्तो परिस्थिति आए राजीनामा दिएर बाहिर आउने निर्णय समेत ३० दलीय मोर्चामा भइसकेको खुलासा समेत गरिन्। ‘सत्तारुढ दलहरुले सबैलाई समेटेर संविधान बनाउने प्रयास गर्नुपर्छ,’ सभासद् चौधरीले भनिन्, ‘सत्तारुढ दलले पेलेर संविधान जारी गर्न खोजे एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा रहेका पार्टीका सबै सभासद्ले सामूहिक राजीनामा दिन्छौं। मोर्चामा यस्तो निर्णय भइसकेको छ।’ Continue reading “पेलेर संविधान जारी गरे मोर्चाका सबै सभासद्को राजीनामा आउँछ : रुक्मिनी”