थारु समुदायले लोकप्रिय पर्व माघीमेलाको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा महोत्सव गरिएको छ । काठमाडौं उपत्यकामा रहेका थारु समुदाय परम्परागत भेषभूषामा महोत्सव मनाउन टुँडिखेल आएका छन् । थारु युवायुवतीले परम्परागत भेषभूषामा सजिएर थारु संस्कृति झल्किने नृत्य समेत देखाएका थिए । टुँडिखेलमा भएको महोत्सवमा थारु जातीमा प्रचलित खानेकुराको स्टल पनि छ । जहाँ चिचर, घोंगी, माछा, गंगटा, बरिया, रक्सी लगायतका खानेकुराहरु राखिएका छन् । माघी महोत्सव अवलोकन गर्न थारु समुदायबाहेक अरु समुदायका मानिसहरु पनि धेरै पुगेका छन् । टुँडिखेलमा आयोजित माघी महोत्सवको तस्बिर हेर्नुहोस् : Continue reading “राजधानीमा माघीको रौनक (फोटो फिचर)”
Author: admin
छात्रावासमै मुक्त कम्लरीको माघी
दुर्गालाल केसी, दाङ- घरवास र अभिभावकविहीन मुक्त कम्लरीले छात्रावासमै सामूहिक रूपमा माघी मनाएका छन् । सोनपुरको सूर्यविनायक प्रस्तावित मावि नर्तीस्थित लावाजुनी छात्रावासमा बसेका १ सय ३ मुक्त कम्लरीले बुधबार नाचगान गरी दु:खसुख बाँडे । माघी थारूको महान् पर्व भए पनि अभिभावक नभएकाले उनीहरू छात्रावासमै बस्न बाध्य छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी परशुराम अर्याललाई पनि छात्रवासमै बोलाएर मीठामीठा थारू परिकार खुवाए । नाचगान देखाए । प्रजिअ अर्यालले उनीहरूलाई खानेकुरा, कपडा पर्याप्त भए नभएको सोधे । ‘नुन, तेल, बेसार छ कि छैन ? कपडा छ कि छैन ?’, उनले सोधे, ‘माघी राम्रोसँग मनाउनु । चाडपर्वमा रमाउनुपर्छ । दु:खी हुने होइन ।’ Continue reading “छात्रावासमै मुक्त कम्लरीको माघी”
माघीसँगै आफन्तको स्वागतमा
बर्दिया- थारू समुदायको विशेष पर्व माघीको बुधबारबाट बस्तीहरूमा उत्साह र चहलपहल बढेको छ । नयाँ वर्षको सुरुवात र धार्मिक महत्त्वको चाड भएकाले बिहानै उनीहरू नुहाइधुवाई गरेर सेतो चामलको टीका लगाउने चलन छ । Continue reading “माघीसँगै आफन्तको स्वागतमा”
थारू, माघी र संस्कृति
छविलाल कोपिला- नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँका विभिन्न जातजातिहरूको आफ्नै मौलिक परम्परा, भाषा, कला र संस्कृति रहेका छन्। त्यसैगरी आफ्नै किसिमका लवाई–खवाई, चाल–चलन र चाडपर्वहरु पनि रहेका छन्। यसरी विभिन्न जातजाति, कला र संस्कृतिले हामीलाई नेपाली बनाएको छ। एकार्काको कला, संस्कृतिलाई स्वीकार्नु र संगसंगे रमाउनु हामी नेपालीको अर्को बिशेषता होे। सायद यसैले नै हामीमा सद्भाव कायम गरेको छ र हामी सबै समुदाय एकापासमा मिलेर बसेका छौं। Continue reading “थारू, माघी र संस्कृति”
माघीको महत्व
गीता दृष्टि– नयाँ वर्ष, नयाँ वस्तु र नयाँ कुरा सुन्न सबैलाई रमाइलो र उत्सुकता हुन्छ। त्यसैले त्यो सबैका लागि विशेष पनि हुन्छ। हमीले यो वर्षभर विभिन्न जातजाति र राष्ट्रको नयाँ वर्ष मनायौं। जस्तै– वैशाख १, पुस १५ र जनवरी १। यी विभिन्न नयाँ वर्ष मनाइरहँदा थारूको नयाँ वर्ष माघी पनि हाम्रासामु आइपुगेको छ। Continue reading “माघीको महत्व”
चन्द्रकुमारले थाकस अध्यक्ष धनिराम चौधरी र राजकुमार लेखीविरुद्ध मुद्दा हाल्ने
थारु कल्याणकारिणी सभाका निवर्तमान अध्यक्ष चन्द्रकुमार चौधरीले थाकसका अध्यक्षविरुद्ध मुद्दा हाल्ने भएका छन्। उनले आफ्नो चरित्रहत्या गरेको भन्दै थाकस अध्यक्ष धनिराम चौधरी र केन्द्रीय सदस्य राजकुमार लेखीविरुद्ध मुद्दा हाल्ने बताए। Continue reading “चन्द्रकुमारले थाकस अध्यक्ष धनिराम चौधरी र राजकुमार लेखीविरुद्ध मुद्दा हाल्ने”
एपीएफलाई भलिबल उपाधि, नेबिका चौधरी उत्कृष्ट खेलाडी
नेपाल एपीएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक कप महिला खुला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले मंगलबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्यो । राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा एपीएफले २५-११, २५-१८ र २५-२३ को नतिजा निकाल्यो । उपाधिसँगै एपीएफले दुई लाख ५० हजार रुपैयाँ हात पार्यो । दोस्रो भएको पुलिसले एक लाख २५ हजारमै चित्त बुझायो । Continue reading “एपीएफलाई भलिबल उपाधि, नेबिका चौधरी उत्कृष्ट खेलाडी”
तीन र पाँच गतेको बन्द फिर्ता
तीस दलीय मोर्चाले आह्वान गरेको माघ ५ गतेको नेपाल बन्द र नेकपा–माओवादीले आह्वान गरेको माघ ३ गतेको नेपाल बन्द फिर्ता भएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी अध्यक्ष मोहन वैद्य र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पदमरत्न तुलाधरबीच बुधबार भएको छलफलमा ३ र ५ गतेको नेपाल बन्द फिर्ता लिने निर्णय भएको हो। Continue reading “तीन र पाँच गतेको बन्द फिर्ता”
उल्लासमय थारु माघी
लक्की चौधरी। ‘सखिये हो! माघीक् पिबी गुरी जाँर …’ अधिकांशको मुखारबृन्दमा झुण्डिएको यो थारु गीतको एक हरफले माघीको रमाइलो अर्थ्याउँछ। एकाअपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारुको महापर्व र नयाँवर्ष हो। नयाँ नीति नियम बनाउने, कार्यान्वयनको प्रतिवद्धता गर्ने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने माघीले वर्षभरिको कामको समिक्षा गर्दछ। एकवर्षे अवधिमा के कति काम भए, के राम्रा भए, के नराम्रा भए। वार्षिक योजना सफल भए कि भएनन्? सफल र असफल कतिमात्रामा भए? यावत कुराको लेखाजोखा गहन तरिकाले पर्वमा गर्ने हुनाले यो नर्यावर्षमा दरियो। जिम्मेवारी पाउनेले जिम्मेवारी निभाउन सक्यो कि सकेन? गम्भीर समिक्षा हुन्छ। Continue reading “उल्लासमय थारु माघी”
चितवनको खिचरा महोत्सव सुरु
कारी महतो, चितवन- थारु कल्याणकारिणी सभा क्षेत्र नं ७, चितवनको आयोजनामा पुस २९ देखि माघ ३ गते सम्म चल्ने दोस्रो खिचरा महोत्सवको उदघाटन पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले गरेका छन्। पूर्व निधारित कार्यक्रम अनुसार कृषि तथा सहकारी मन्त्री हरिप्रसाद पराजुलीले उद्घाटन गर्ने कार्यक्रम भए पनि तीस दलको ताम्सालिङ बन्दको कारण कृषि मन्त्रीको अनुपस्थितिमा पूर्वअर्थमन्त्री पाण्डेले उद्घाटन गरेका हुन्। उदघाटन सत्र सुरु हुनुभन्दा अगाडि पर्सा बजारको चौबिस कोठीबाट महोत्सव स्थलसम्म झाँकीसहितको बृहत शोभायात्रा गरिएको थियो। विभिन्न सांस्कृतिक भेषभुषामा गाउँ गाउँबाट आएका विभिन्न झाँकी टोलीहरुको हजारौंको सहभागीतामा शोभायात्रा निकै मनमोहक थियो। Continue reading “चितवनको खिचरा महोत्सव सुरु”





