दिलबहादुर चौधरी- माघ पर्वलाई नेपालका धेरैजसो हिन्दू धर्मावलम्बीहरु मान्ने गर्दछन्। यसरी माघ सबैले मानेतापनि थारुहरुका लागि भने यो अहं महत्वको चाड मानिन्छ। माघ थारु समुदायको सब भन्दा ठूलो त्यैहार मात्र हैन, यो थारुहरुको नयाँ साल पनि हो, आर्थिक वर्ष पनि हो। महत्वपूर्ण नीति निर्माण गर्ने, नेतृत्व परिबर्तन गर्ने, आशिर्वाद लिने र दिने, रीस-द्वेष त्याग गरी मेलमिलाप गर्ने, इष्टमित्रहरुसँग भेटघाट गर्ने पर्वको रुपमा मनाइने यो पर्व थारु समुदायमा बिशेष महत्व राख्छ। Continue reading “माघीमा मेरो प्रण”
Author: admin
बहुप्रदेशसहित थरुहट सुनिश्चित नभए थाकसले आन्दोलन गर्ने
कमला चौधरी, बुटवल- थारु कल्याणकारिणी सभा पर्रोहा गाउँ कमिटीको आयोजनामा दुई दिने थारु नव वर्ष खिचडी माघी महोत्सव रुपन्देहीको मुर्गियामा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभाका सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले थारु समुदायले माघी पर्वलाई एक स्वतन्त्र प्राप्त गर्ने दिन भएकाले यस पर्वलाई नयाँ वर्षका रुपमा उल्लासको साथ मनाइँ आएको बताए। Continue reading “बहुप्रदेशसहित थरुहट सुनिश्चित नभए थाकसले आन्दोलन गर्ने”
‘थारु समुदायले हरेक वर्ष संविधान बनाउँछ’
सन्तोष दहित, दाङ- थारु विद्यार्थी समाजका सल्लाहकार एवं युवा नेता विकास चौधरीले देशको नेतृतव गरिरहेको राजनीतिक शीर्ष नेताहरुले नेतृत्व सञ्चालनबारे थारु समुदायसँग पाठ सिक्नुपर्ने बताएका छन्। थारु विद्यार्थी समाज दाङले आज घोराहीमा आयोजना गरेको माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम उनले यस्तो बताएका हुन्। उनले थारु समुदाय सधैं लोकतन्त्र र गणतन्त्रमा विश्वास गर्ने समुदाय भएको बताए। ‘थारुहरु सदियौंदेखि लोकतन्त्रिक अभ्यासबाट नेतृतव चयन गर्ने र नेतृत्व पाएपछि सफल नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकाले सबैले थारु समुदायलाई विश्वास गर्छ,’ उनले भने। उनले आफ्नो व्यक्तिगत स्वार्थ र कुर्सीको लागि थारु समुदाय कहिल्यै नलडेको र सधैं समाजिक विकासको लागि काम गर्दै आएको बताए। Continue reading “‘थारु समुदायले हरेक वर्ष संविधान बनाउँछ’”
नागेन्द्र कुमाल संविधानसभा सदस्यमा मनोनित
सरकारले आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाललाई संविधान सभा सदस्यमा मनोनयन गरेको छ। पुस २४ गते बसेको मन्परिषद् बैठकले कुमाललाई संविधान सभा सदस्यमा मनोनयन गरेको हो। सभामुख सुवास नमेवाङले कुमालालई आज शपथ ग्रहण गराउने भएका छन्। संसदीय सचिवालयमा कुमालले शपथ ग्रहण लिनेछन्। Continue reading “नागेन्द्र कुमाल संविधानसभा सदस्यमा मनोनित”
राजधानीमा मनाइने माघी महोत्सवको तयारी पूरा
लक्की चौधरी- काठमाडौं- काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले माघ १ गते टुँडीखेलमा एक दिवसीय माघी महोत्सव मनाउने भएका छन्। महोत्सवको सबै तयारी पूराभएको मूल आयोजक समितिले जानकारी गराएको छ। Continue reading “राजधानीमा मनाइने माघी महोत्सवको तयारी पूरा”
चितवन खिचरा महोत्सवको उदघाटन कृषि मन्त्रीले गर्ने
कारी महतो, चितवन- थाकस चितवन क्षेत्र नं ७ को आयोजनामा यहि २०७१ पुस २९ देखि माघ ३ गते सम्म खैरहनी नगरपालिका वार्ड नं. ७, सुर्ताना स्कुल चौरमा हुने दोश्रो खिचरा महोत्सवको उदघाटन कृषि तथा सहकारी मन्त्री हरिप्रसाद पराजुलीले गर्ने भएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार कृषि मन्त्रीले उद्घाटन सत्रको लागि समय दिएका हुन्। उद्घाटन सत्र सुरु हुनुभन्दा अगाडि पर्साबजारको चौबिस कोठीबाट महोत्सव स्थलसम्म झाँकी सहितको बृहत शोभायात्रा हुनेछ। संयोजकका अनुसार महोत्सवको तयारी पुरा भैसकेको छ। Continue reading “चितवन खिचरा महोत्सवको उदघाटन कृषि मन्त्रीले गर्ने”
रुपन्देहीको मुर्गियामा खिचडी महोत्सव
कमला चौधरी, बुटवल- हरेक वर्षझैँ यसवर्ष पनि थारु कल्याणकारिणी सभा पर्रोहा गाउँ कमिटिको आयोजनामा खिचडी महोत्सव २०७१ सुरु भएको छ। रुपन्देहीको मुर्गियामा हुने महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले गरेका छन्। Continue reading “रुपन्देहीको मुर्गियामा खिचडी महोत्सव”
मोर्चाको बन्दका कारण थरुहटसहति तराईको जनजीवन प्रभावित
विपक्षी ३० दलीय मोर्चाले आह्वान गरेको तराई बन्दको कारण आज बिहानैबाट यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। बन्दका कारण तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ भने सर्वसाधारणले सास्ती झेल्न परेको छ। बन्दका कारण यस क्षेत्रबाट बाहिरिने सबै लामो दूरीका सवारी साधन ठप्प भएका छन् भने छोटो दूरीका सवारीसाधनमा पनि सञ्चालनमा आउन नसक्दा काम विशेषले हिँडेका यात्रुको बिचल्ली भएको छ। बन्दका कारण शैक्षिक संस्था र उद्योगधन्दा पनि ठप्प भएका छन्। Continue reading “मोर्चाको बन्दका कारण थरुहटसहति तराईको जनजीवन प्रभावित”
थारुका प्रस्तावित तीन प्रदेश
पृथ्वीनारायण शाहले नेपाललाई चार जात र छत्तीस वर्णको साझा फूलबारी हो भनेका थिए । त्यो चार जातभित्र थारु पर्दैन । चार जातमा बाहुन, क्षत्री, वैश्य र शूद्र छन् । छत्तीस वर्ण भनेको अहिलेका १ सय २३ जातजाति हुन् । त्यस मध्येको थारु पनि एक हो । थारुको आफ्नै भाषा छ । आफ्नै संस्कृति, परम्परा र चाडपर्व छ । थारु हिन्दु वर्गभित्र नराखिएको तर हिन्दु धर्मावलम्बी नै हो । Continue reading “थारुका प्रस्तावित तीन प्रदेश”
डिल्लीबहादुर चौधरीले भने- जतीय राज्य होइन, जातीय समानताको अधिकार मागेका हौं
सन्तोष दहित, दाङ- थारु बुद्धिजीवी तथा सभासद् डिल्लीबहादुर चौधरीले तराईका आदिवासी थारु समुदायले जातीय राज्य नभएर जातीय समानताको अधिकार मागेका बताएका छन्। थारु पत्रकार संघ दाङ शाखाले आयोजना गरेको थारु पत्रकार संघको पाँचौं वार्षिकोत्वसको अवसरमा माघी मिलन तथा पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन्। Continue reading “डिल्लीबहादुर चौधरीले भने- जतीय राज्य होइन, जातीय समानताको अधिकार मागेका हौं”





