थाविस महाधिवेशन असफल हुनुमा दोषी को?

Bimal Chaudharyबिमल चौधरी- थारु विद्यार्थी समाजको छैठौं महाधिवेशन हालै चितवनको बछौलीमा सम्पन्न भयो। भलै महाधिवेशन पूर्णरुपमा असफल रह्यो। पुस १० गते भब्यरुपमा उद्घाटन सत्र सम्पन्न भयो। भोलिपल्ट सौरहाको सेभेन स्टार होटेलमा बन्द सत्र सञ्चालन भयो। बन्द सत्रमा महासचिवको प्रगति प्रतिवेदन, अध्यक्षको सांगठनिक, आर्थिक प्रतिवेदन पास भयो। उपाध्यक्षको विधान संसोधन पछि सच्याउनेगरी पास भयो। Continue reading “थाविस महाधिवेशन असफल हुनुमा दोषी को?”

३० दलले ल्यायो जातीय पहिचानसहित १० प्रदेशको अवधारणा

19 Parties Decides for Streets Protest

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले नयाँ संविधानमा रहेका विवादित विषय बारे साझा धारणा तय गरेको गरेको छ । मोर्चाको आज बसेको बैठकमा मोर्चाको समन्वय समितिले तय गरेको धारणा प्रस्तुत गरिएको थियो । बैठक स्रोतका अनुसार मोर्चाले दस प्रदेशको खाकामा सहमति गरेको छ । Continue reading “३० दलले ल्यायो जातीय पहिचानसहित १० प्रदेशको अवधारणा”

‘चार दिन विदासहित माघीलाई राष्ट्रिय पर्व घोषणा गर्नुपर्छ’

 p5

विरेन्द्र चौधरी- दाङ- थारु विद्यार्थी समाज दाङका निवर्तमान अध्यक्ष सन्तोष दहितले थारु समुदायको महान पर्व माघीलाई राज्यले राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नुपर्ने बताएका छन्। थारु विद्यार्थी समाज इकाइ कमिटी पद्यमोदय पब्लिक नमूना उच्च माविले आयोजना गरेको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम उनले यस्तो बताएका हुन्।  Continue reading “‘चार दिन विदासहित माघीलाई राष्ट्रिय पर्व घोषणा गर्नुपर्छ’”

अमेरिकामा प्रतिष्ठित पदक जितेका रामशरण चौधरी सम्मानित

Ramsaran Chaudhary

कारी महतो– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाद्वारा तेक्वान्दो खेलाडी तथा अन्तर्राष्ट्रिय प्रशिक्षक रामशरण चौधरी सम्मानित भएका छन्। न्यू स्टार तेक्वान्दो डोजाङ्गद्वारा खैरहनी-१, स्थित कंकाली माविको प्रङ्गणमा भएको ४४औं जिल्ला स्तरीय प्रतियोगिताको उद्‍घाटन सत्रमा रामशरण चौधरी सम्मानित भएका हुन्।  Continue reading “अमेरिकामा प्रतिष्ठित पदक जितेका रामशरण चौधरी सम्मानित”

सुर्खेतका थारु अगुवाले भने- ‘अस्तित्व जोगाउन थारु संग्रहालय र ठन्वा बनाउँछौं’

थारु कल्याणकारिणी सभा सुर्खेतले वीरन्द्रनगरमा थारु संग्रहालय तथा ठन्वा विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। थारुहरुको भाषा, संस्कृति धरायसी बन्दै गएकाले यसप्रति जागरुक गराउन कार्यक्रम गरेको आयोजकले बताएको छ। थारु संग्रहालय तथा ठन्वासम्बन्धी कार्यपत्र थारु बुद्धिजीवी मानबहादुर चौधरी पन्नाले प्रस्तुत गरेका थिए। कार्यपत्रमा थारु रहनसहन, संस्कार तथा थारु देवथानमा पूजिने देवीदेवताका बारेमा जानकारी तथा संग्रहालयको महत्वबारे केन्द्रित थियो। Continue reading “सुर्खेतका थारु अगुवाले भने- ‘अस्तित्व जोगाउन थारु संग्रहालय र ठन्वा बनाउँछौं’”

माघ ८ पछि सभासद्लाई तलब भत्ता नदेउ : लेखी

hylmo_mahila_sangha

संविधानसभाले माघ ८ गते राति ११ बजेर ५९ मिनेट भित्रमा संविधान बनायो भने बनायो, नत्र भंग हुनुपर्ने माग राजकुमार लेखीले राखेका छन् । संविधानसभा ब्राम्हण एकता परिषदको खेलौना बनेको भन्दै राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष लेखीले भने, ‘अध्यक्ष सुवासचन्द्र नेम्वाङ ब्राम्हण एकता परिषदकै एक सदस्यका रुपमा देखिएका छन् । उनी एकजनाले मात्र मस्यौदा बनाउने यो कुन लोकतन्त्र हो ?’

राजधानीमा ह्योल्मो सेवा संघको महाधिवेशन उदघाटनमा उनले भने, ‘६०१ जना लाचार छायाँ बनेका छन्, ब्राम्हण एकता परिषदको पोलिटव्यूरोमा तीनचारजना नेता छन् । ती नेताले संविधान बनाइदेलान् र आफ्नो राजनीतिक साख जागाउँला भनेर ६०१ जना ढुकेर बसेका छन् ।’

‘पूल, बाटो या घर बनाउने ठेक्का हो संविधान बनाउने काम ? यी तीनचारजना नेता ठेकेदार हुन् ? यिनले संविधान बनाउलान् भनेर समर्थन गरेको हो तर माघ ८ गते राति १२ बजे उता यिनलाई पाता कसिन्छ,’ लेखीले भने, ‘संविधान बनाएनन् भने राति १२ बजेर १ मिनेट जाँदादेखि ६०१ ले तलबभत्ता पाउनु हुँदैन । तलबभत्ता निकासा गर्ने प्रधानमन्त्री सुशील कोइराला र कर्मचारीहरुलाई खुलामञ्चमा ठडाएर भ्रष्टाचार मुद्दा लगाइन्छ ।’

उनले पदमरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति आन्दोलनको पनि कडा आलोचना गर्दै भने, ‘उहाँहरुको आन्दोलन साझा आन्दोलन होइन, उहाँहरु तीस दलको भ्रातृ संगठन जस्तो हो । कोही पनि व्यक्ति राजनीतिक दलमा लाग्न सक्छ तर आन्दोनललाई दलको पुच्छर बनाउन हुँदैन ।’

अब सत्ताको खेल सुरु हुने र तीस दल विभाजित हुने भविष्यवाणी गर्दै लेखीले भने, ‘कांग्रेस एमालेले यो एक वर्ष बेइमानी र भ्रष्टाचारमा बिताए । त्यसैले अब यिनको दुई तिहाई कागजको खोस्टा हो । यो कागजको खोस्टालाई माघ ८ पछि सडकमा जलाइन्छ ।’

कार्यक्रममा नेकपा माओवादीका देव गुरुङले पनि संविधानसभा विघटन नै देशको प्रमुख आवश्यकता भएको बताए, ‘संविधानसभा विघटन भएपछि समाधानको ढोका खुल्छ, संविधानसभा नै समाधान हो ।’

कार्यक्रममा सभासदहरु दिलमान पाख्रिन, कृपाशुर शेर्पा, रामेश्यवर फुयाँल, रेखा शर्मा, पेम्बा लामाले पनि बोलेका थिए ।

न्युजभित्ताबाट साभार

सिके राउत फेरि पक्राउ, प्रहरी-राउत समर्थकबीच झडप

CK Raout

राज्य विप्लवको आरोप लागेका डा. सीके राउतलाई प्रहरीले शनिवार पुनः पक्राउ गरेको छ । देश टुक्राउन पाउनुपर्ने अभिब्यक्ति दिएर पटक पटक पक्राउ परेका राउतलाई कार्यक्रममा सहभागी हुन जाँदै गर्दा शनिवार मोरङ् प्रहरीले पक्राउ गरेको हो । Continue reading “सिके राउत फेरि पक्राउ, प्रहरी-राउत समर्थकबीच झडप”

थारु समुदायमा ‘माघी’को रौनक, कतै पीडा कतै उल्लास

maghi mahotsaw-1

नीरज गौतम– नेपालका थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ। माघ १ गतेदेखि सुरु हुने सप्ताहव्यापी सो पर्वमा थारु समुदायले कुटानीपिसानी गर्ने, लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ। माघी पर्वका अवसरमा सो समुदायले छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माण गर्नाका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत गर्छ। Continue reading “थारु समुदायमा ‘माघी’को रौनक, कतै पीडा कतै उल्लास”

छात्रवृत्ति व्यवस्थापन निर्देशिका मुक्त कमलरीले च्याते

mukta Kamalari-1

शिक्षा मन्त्रालयले मुक्त कमलरीको शिक्षा र बसोबासमा उपलब्ध गराउँदै आएको सहयोग घटाएपछि उनीहरू समस्यामा परेका छन्। मन्त्रालयको सहयोगमा कटौती भएपछि बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका होस्टेलमा बस्दै आएका चार सय मुक्त कमलरी प्रत्यक्ष मारमा परेका छन्। Continue reading “छात्रवृत्ति व्यवस्थापन निर्देशिका मुक्त कमलरीले च्याते”

थारु विद्यार्थी समाजको महाधिवेशनमा जे देखियो

santosh dahitसन्तोष दहित- थारु विद्यार्थी समाजमको ६औं राष्ट्रिय महाधिवेशनको उद्‍घाटन चितवनको सौरहामा भव्यरुपमा सम्पन्न भयो। तर नेतृत्व चयनको अन्तिम घडीमा भने स्थगित हुनु दुःखद कुरो हो। यो हुनुभनेको थारु विद्यार्थी समाजको लागि मात्र नभएर सिंगो थारु समुदायका लागि ठूलो दर्घटना हो। यसको जिम्मेवारी नेतृत्व तहका विद्यार्थी नेताहरुले लिनुपर्छ। Continue reading “थारु विद्यार्थी समाजको महाधिवेशनमा जे देखियो”