कोचिला बन्दले पूूर्वको जनजीवन प्रभावित

purba bandaमोहन वैद्य नेतृत्वको नेकपा-माओवादी कोचिला राज्य समितीले गरेको बन्दका कारण आज पूर्वको जनजीवन प्रभावित भएको छ । बन्दका कारण पसल, उद्योग, कलकारखाना, यातायातका साधन, शैक्षिक संस्था ठप्प भएका छन् । यातायातका साधनहरु नचल्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ । यद्यपी पूर्वका पहाडी जिल्लाहरुमा भने आंशिकरुपमा यातायातका साधनहरु चलेको जानकारी प्राप्त भएको छ। Continue reading “कोचिला बन्दले पूूर्वको जनजीवन प्रभावित”

यस्तो हुनेछ चितवन महोत्सवको आकर्षण

at chitwan tharu lady

चितवनको गौरव र गरिमामय प्रस्तुती ‘चितवन महोत्सव–२०७१’ आजदेखि शुरु हुँदैछ । माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा आयोजना गरिएको महोत्सवको प्रधानमन्त्री शुशील कोईरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । चितवन महोत्सवका लागि नारायणी किनार दुलही झै सिंगारिएको छ भने स्टलहरु आकर्षक बनाईएको छ । महोत्सव शुरुहुनु अघि विहान प्रदर्शनी मैदानबाट विभिन्न साँस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिने मुल आयोजक समितिका संयोजक कल्याण जोशीले जानकारी दिए । Continue reading “यस्तो हुनेछ चितवन महोत्सवको आकर्षण”

खिचरा महोत्सवको तयारी अन्तिम चरणमा

Tharu Gals

ध्रुवराज खनाल, चितवन- थारु जातिको नयाँ वर्ष माघे संक्रान्तिको अवसरमा आयोजना हुन लागेको ‘दोस्रो खिचरा महोत्सव-२०७१’ को तयारी अन्तिम चरणमा पुगेको छ। पुसको २९ गतेदेखि पूर्वी चितवनको खैरहनी नगरपालिकामा सो महोत्सव हुँदैछ। खैरहनी नगरपालिका-७ सुल्ताना चौरमा माघ ३ गतेसम्म चल्ने महोत्सवको बारेमा आज आयोजक थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर-७ ले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। Continue reading “खिचरा महोत्सवको तयारी अन्तिम चरणमा”

थारु पहिरनमा यसरी सजिइन् रेखा थापा

Rekha Thapa in Tharu Dresss-3

रेखा थापा र छोटो पहिरन कुनै बेला एकअर्काका मानौँ पर्याय थिए। तर, पछिल्ला वर्षमा रेखाको पहिरन शैली फेरिएको छ। नेपाली फिल्मका नियमित दर्शकलाई अवगत होला, अघिल्लो फिल्म ‘हिम्मतवाली’मा रेखा थापा पश्चिम क्षेत्रको थारु महिलाको पहिरनमा नाचेकी थिइन्। Continue reading “थारु पहिरनमा यसरी सजिइन् रेखा थापा”

झुम्की अर्थात् कमलरी बन्दै पूर्व मिस नेपाल मलिना जोशी

Malina-Joshi

पूर्व मिस नेपाल मलिना जोशी अब थरूनीको रुपमा देखिने भएकी छिन्। फिल्म ‘झुम्की’को मुख्य भूमिकामा मलिनाले थरूनी बनेर आउने भएकी हुन्। २०११ को मिस नेपाल प्रतियोगितामा शीर्ष ताज पहिरेकी जोशीले नेपाली फिल्म ‘ऋतु’ मा नायिकाको रुपमा अभिनय गरिसकेकी छिन भने फिल्म ‘कलिउड’को एक आइटम गीतमा समेत देखिएकी थिइन्। Continue reading “झुम्की अर्थात् कमलरी बन्दै पूर्व मिस नेपाल मलिना जोशी”

आर्थिक हिनामिना गरेको भन्दै थाकसको निवर्तमान अध्यक्ष चन्द्रकुमारलाई हटाइयो

Chandra Kumar Chaudhary-2

काठमाडौं- थारु कल्याणकारिणी सभा (थाकस)का निवर्तमान अध्यक्ष चन्द्रकुमार चौधरीलाई संस्थाको कुनै पदमा नरहनेगरी मुक्त गरिएको छ। बुधबार बसेको सभाको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई संस्थाबाट मुक्त गर्ने निर्णय गरेको हो। थाकसको इतिहासमा पहिलोपटक यस्तो निर्णय गरिएको हो। Continue reading “आर्थिक हिनामिना गरेको भन्दै थाकसको निवर्तमान अध्यक्ष चन्द्रकुमारलाई हटाइयो”

कसले सुन्ने हाम्रो पुकार?

SAMSUNG CAMERA PICTURESविमला चौधरी– सुन्दै अचम्म लाग्छ कि आजको एक्काइसौँ शताब्दीमा पनि थारू चेली कमलरी दासताको पिँजडाभित्र रहेर मालिकका घरमा जलेर मर्र्र्दैछन्, बेपत्ता पारिँदैछन्। यौन शोषणमा परेर कुमारी आमा बन्न बाध्य छन्। महिला र बालिकाप्रति घोर अन्याय भइरहेको छ। राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भइरहेको छ। तर पनि राज्य कडाइका साथ कानुन र भए/गरेका सम्झौता कार्यान्वयनमा उदासिन छ। यस्ता घटना दिनहुँ बढिरहेका छन् तर कसैले सुनेजस्तो भने लाग्दैन। Continue reading “कसले सुन्ने हाम्रो पुकार?”

माघीमा थारु परिकार

 Ghongi_Maghi

घोङी   

घोङी थारुहरूको विशेष परिकार हो। शंखेकीरा प्रजातिको घोङी थारु महोत्सवहरूमा विशेष परिकारका रूपमा परिचित छ। पछिल्लो समय थारु समुदायमा मात्र नभएर गैरथारुहरूले पनि घोङीको स्वाद चाखिरहेका छन्। राजधानी तथा तराई क्षेत्रका थारु होटल–रेस्टुरेन्टमा घोङीको माग बढ्दो रहेको व्यवसायीहरू बताउँछन्। राजधानीमै थारु भिलेज रेस्टुरेन्ट, मोमोटारो रेस्टुरेन्टमा घोङीको स्वाद चाख्न पाइन्छ। लोप अवस्थामा रहेको घोङी तराईका नदीनाला तथा पोखरीमा पाइन्छ। घोङी पकाउन भने झन्झटिलो छ। घोङी ल्याइसकेपछि पछाडिको भाग काटेर फालिन्छ। त्यसपछि घोङीमा लागेको फोहर फाल्न केही बेर चलाइन्छ। सफा भइसकेपछि यसको परिकार तयार पारिन्छ।

Bagya_maghi

ढिक्री

ढिक्रीलाई बग्या पनि भनिन्छ। पश्चिम थारु समुदायमा माघीमा मात्र नभएर हरेक पर्वमा यो परिकार बनाइन्छ। तर, पूर्वी तराईका थारु समुदायमा भने यो तिहारको दिनमात्र पकाइन्छ। ढिक्रीलाई देउताको पूजा गर्नसमेत प्रयोग गरिन्छ। घोङीसँगै थारु होटल–रेस्टुरेन्टमा ढिक्रीको स्वाद पनि लिन पाइन्छ। ढिक्री चामलको पिठोबाट बनाइन्छ। पहिले त पिठोलाई गिलो नगरीकन मुछिन्छ। मुछिसकेपछि यसलाई विभिन्न आकारमा बनाइन्छ। त्यसपछि भाँडामा स्टिम गरेर तयार पारिन्छ। यो परिकार पानीको बाफबाट बनाइने हुँदा शुद्ध मानिन्छ।

Crab_maghi

गंगटा र परेवाको मासु

थारु समुदायमा गंगटाको पनि विशेष परिकार बनाइन्छ। गंगटा वर्षायाममा बढी पाइन्छ। तर, माघी मूल आयोजक कमिटीले राजधानीको महोत्सवमा यो परिकार उपलब्ध गराउने बताएको छ। गंगटा खान जति स्वादिलो हुन्छ, त्यति नै गाह्रो यसलाई समात्न पनि हुन्छ। गंगटाको जीउमा भएका दुइटा हातले चिमोट्ने हुँदा आम मानिस यसलाई समात्न डराउँछन्। हाडैहाडले बनेको गंगटाको मासुले स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ।

परेवाको मासु पनि महोत्सवमा खान पाइन्छ। केहीले यसको मासु नरुचाए पनि थारु समुदायमा परेवाको मासु प्रख्यात मानिन्छ। परेवाको झोलिलो मासुले रुघाखोकी ठीक हुने जानकारहरू बताउँछन्।

Rat meet

सुँगुर र मुसाको मासु

सँगुर र मुसा विशेषतः पश्चिमका थारुहरूले खाँदै आएका छन्। पूर्वमा संुगुरको मासु खाए पनि मुसाको मासु बिरलै खान्छन्। तर, पश्चिमका थारुहरूमा मुसाको मासु खाने प्रचलन रहँदै आएको छ। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि कैलाली सुकुम्बासी बस्तीका थारु परिवारले मुसाको मासु खुवाएका थिए। सुँगुरको मासु भने पश्चिम थारु समुदायमा प्रचलित छ।

अन्डीको झोल

अन्डीको झोललाई जाँड भन्दा पनि हुन्छ। अन्डीको भातबाट बनाइने झोललाई नै अन्डीको झोल भनिन्छ। पश्चिमको थारु समुदायमा अन्डीको झोल विशेष मानिन्छ। पर्व, भोज तथा विशेष समारोहमा अन्डीको झोल अनिवार्य रूपमा खुवाउने प्रचलन छ।

Laddu_maghi

लइया

लइयालाई लाई वा लड्डु पनि भनिन्छ। यो भुजा, तिल र चामलको पिठोलाई गोलो आकार दिएर बनाइन्छ। यो परिकार पुसको अन्तिम राति बनाइन्छ। त्यही भएर पूर्वतिर पुसमा बनाएर माघमा खाने भनाइ पनि रहँदै आएको छ। भुजा, तिल र सक्खर मिसाएर बनाइन्छ भने चामलको पिठोमा सक्खरसहित चिनी मिसाएर परिकार बनाइन्छ, जसलाई सठौरा भनिन्छ। यो पूर्वतिरमात्र बनाइन्छ।

सात र १० प्रदेश दुवै धोका भन्दै थारुको विरोध

tharu_program

कांग्रेस एमालेको सात प्रदेश र ३० दलको १० प्रदेशका विरुद्ध थारु कल्याणकारिणी सभाले तराईमा बहुप्रदेशको अडान दोहोराएको छ । ‘पहाडमाभन्दा तराईमा एउटा भए पनि धेरै प्रदेश बन्नुपर्छ, पहाडमा भन्दा थोरै प्रदेश मान्दैनौं,’ थारु कल्याणकारिणी सभाको पत्रकार सम्मेलनमा आदिवासी जनजाति महासंघका सल्लाहकार राजकुमार लेखीले भने । Continue reading “सात र १० प्रदेश दुवै धोका भन्दै थारुको विरोध”

यसरी टुक्र्याइँदैछ तराईका पाँच जिल्ला

Parties meeting at baluwatar 01

प्रमुख राजनीतिक दलका शीर्षनेताले तराई-मधेसका पाँच जिल्लामा ‘पहाडी’ र ‘मधेसी’ मूलका बासिन्दालाई छुट्ट्याएर भए पनि संघीयताको विवाद हल गर्न छलफल अघि बढाएका छन्। कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको आइतबार अपराह्न बालुवाटारमा बसेको बैठकमा पहाडी मूलका मानिस बसोबास क्षेत्र पहाडसँग र मधेसी मूलका मान्छेको बसोबास गर्ने भूभाग पूर्वमा ‘मधेस’ र पश्चिममा थरुहट प्रदेशमा राखेर सहमति खोज्ने विकल्पबारे छलफल अघि बढेको हो। Continue reading “यसरी टुक्र्याइँदैछ तराईका पाँच जिल्ला”