माघीको अवसरमा चितवनमा खिचरा महोत्सव हुने

Chitwan Khichara Mahotsaw

कारी महतो, चितवन- थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ को आयोजनामा पुस २९ देखि माघ ३ गतेसम्म पाँच दिन खिचरा महोत्सवको दोस्रो संस्करण खैरहनी नगरपालिकास्थित सुर्तानाको चौरमा हुने भएको छ।  मंसिर २७ गते सम्पन्न भएको एक भेलाबाट उक्त निर्णय गरिएको हो। महोत्सवलाई भव्यताका साथ सफल पार्नका लागि भेलाबाट क्षेत्रीय सभापति नारायणप्रसाद महतोको संयोजकत्वमा ५१ सदस्यीय खिचरा महोत्सव मूल आयोजक समिति गठन गरिएको छ। Continue reading “माघीको अवसरमा चितवनमा खिचरा महोत्सव हुने”

लक्ष्मण थारुले खोले एक करोड लगानीमा ‘थारु भिलेज’

Tharu Village-3

राजधानीमा ‘थारु भिलेज’नामक होटल सञ्चालनमा आएको छ। थरुहट नेता लक्ष्मण थारुले राजधानीको विजुली बजारमा उक्त होटल सञ्चालनमा ल्याएका हुन्। एक करोड लगानी रहेको उक्त होटलमा थारु परिकार तथा थारु संस्कृतिको मजा लिन सकिने लक्ष्मण थारुले बताए। उनका अनुसार हरेक शुक्रबार साँझ थारु नृत्य प्रस्तुत गरिनेछ।

Tharu Village-4
होटल तथा रेस्टुराँ दुवै सञ्चालन गरेका थारुले घोङी/ढिकरीलगायतका विशेष परिकारको पनि व्यवस्था भएको बताए। होटलमा सेमिनार हल, सुविधानयुक्त १५ वटा डिलक्स कोठा पनि छन्।

Tharu Village-7
त्यस्तै पोखरा, चितवनलगायतका ठाउँका लागि टुर प्याकेजको पनि व्यस्था भएको थारुले बताए।
Tharu Village-8

होटलभित्रको डिलक्स कोठा।

Tharu Village-5

रेस्टुराँमा बार।

Tharu Village-6

भान्साकोठा।

Tharu Village-1

थारु नृत्य देखाउँदै कलाकार।

Tharu Village-2

थारु भिलेजको मेनु।

थाकसद्वारा १२ बुँदे घोषण पत्र जारी, मधेसी बनाउने षड्यन्त्रविरुद्ध आन्दोलन जारी राखिने

Tharu sava_Lumbini meeting-1

कमला चौधरी, बुटवल- बुद्ध जन्मस्थल लुम्विनीमा थारु कल्याणकारिणी सभाको केन्द्रीय परिषद्को विशेष बैठकले राज्य पुर्नसंरचना, संघीयता र थरुहट तराईलगायतका विषय समेटी १२ बुँदे घोषण पत्र जारी गर्दै सम्पन्न गरेको छ। तराईका आदिवासी थारुहरुलाई मधेसी बनाउने षड्यन्त्रविरुद्ध थरुहट आन्दोलन जरुरी रहेको उल्लेख गरिएको छ। Continue reading “थाकसद्वारा १२ बुँदे घोषण पत्र जारी, मधेसी बनाउने षड्यन्त्रविरुद्ध आन्दोलन जारी राखिने”

ओलीलाई वैजनाथको चुनौती, उनी भन्छन्- ‘ज्ञानेन्द्रको तानाशाही त चलेन अरुको चल्ने कुरै आउँदैन’

baijnath-chaudhary

अध्यक्ष केपी ओलीको चेतावनी बेवास्ता गर्दै एमालेका आदिवासी जनजाति सभासदहरुले ककस सञ्चालन जारी राख्ने भएका छन्। संविधानसभामा आदिवासी जनजाति ककस र थारु ककस चलिरहेको छ, यद्यपी उनीहरुले ककसबाट सार्वजनिक रुपमा देखिने गरी गतविधि भने गरिरहेका छैनन्।  Continue reading “ओलीलाई वैजनाथको चुनौती, उनी भन्छन्- ‘ज्ञानेन्द्रको तानाशाही त चलेन अरुको चल्ने कुरै आउँदैन’”

थाकसको केन्द्रीय परिषद् बैठक जारी, थरुहट आन्दोलमा जोड

 Tharu sava_Lumbini meeting-2

कमला चौधरी, लुम्विनी- बुद्ध जन्मस्थल लुम्विनीमा थारु कल्याणकारिणी सभाको केन्द्रीय परिषद्को विशेष बैठक आज पनि जारी छ। बिहीबारदेखि सुरु भएको परिषद् बैठकमा २९ जिल्लाका तीन सय प्रतिनिधिको सहभागिता छ। Continue reading “थाकसको केन्द्रीय परिषद् बैठक जारी, थरुहट आन्दोलमा जोड”

मधेसी मोर्चामा गच्छदारको आलोचना

Bijay Gachhdar

घटक दललाई खबरै नगरी मधेसी मोर्चाका तर्फबाट विजय गच्छदारले शीर्ष राजनीतिक बैठकहरूमा एक्लै भाग लिएकामा मोर्चामा आबद्ध अन्य नेताहरूले आलोचना गरेका छन्। बिहीबार सिंहदरबारमा भएको मोर्चाको बैठकको सुरुवातमै तमलोपा अध्यक्ष महन्थ ठाकुरले गच्छदारको पछिल्लो क्रियाकलापप्रति आपत्ति जनाए। गत मंगलबार बेलुकी बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादी शीर्षनेतासँगको बैठकमा मोर्चाका तर्फबाट भन्दै गच्छदार एक्लैले भाग लिएका थिए। Continue reading “मधेसी मोर्चामा गच्छदारको आलोचना”

थाकसमा अब ५१ प्रतिशत महिला

Raj Kumar Lekhi-2

महिलालाई कति प्रतिशत पद दिने? संविधानले ३३ प्रतिशत दिन सिफारिश गरेको छ तर त्यो सिफारिश बाध्यकारी छैन। राजकुमार लेखीले भने थारु कल्याणकारिणी सभामा अनौठो प्रस्ताव राखेका छन्। नेपालको सबैभन्दा पूरानो यो संस्थामा लेखिले गाउँ, नगर, जिल्लादेखि केन्द्रसम्मका कमिटिमा ५१ प्रतिशत महिला राख्नुपर्ने प्रस्ताव गरेका छन्। Continue reading “थाकसमा अब ५१ प्रतिशत महिला”

थाकसले गर्‍यो महत्वपूर्ण निर्णय, डण्डास्थित थारु संग्राहलय यथाशिघ्र बनाइने

Dhaniram Chaudhary

लुम्बिनी- थारु कल्याणकारिणी सभा (थाकस)को विशेष केन्द्रीय समिति बैठकले महत्वपूर्ण निर्णय गरेको छ। गौतम बुद्धको जन्मथलो लुम्बिनीमा भोलिबाट सुरु हुने केन्द्रीय परिषद् बैठकको तयारीका रुपमा बसेको केन्द्रीय समिति बैठकले विधान संसोधनलगायतका निर्णयहरु गरेको छ।

सभाका अध्यक्ष धनिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले झापा महाधिवेशनमा हुन नसकेको विधान संसोधन प्रस्तावलाई पारित गरेको छ। सभाका केन्द्रीय सदस्य राजकुमार लेखीले त्यसका अलवा भोलिबाट सुरु हुने दुई दिने केन्द्रीय परिषद् बैठकमा छलफल हुने निर्णयहरु अनुमोदन गरेको बताए।

बैठकमा सभाका महासचिव आमिरी चौधरीले प्रगति विवरण प्रस्तुत गरेका थिए। महासचिवको प्रगति विवरणमा थारु छात्राबास व्यवस्थित गर्ने, गाउँ, नगरमा संगठन विस्तार गर्नेलगायतका प्रस्ताव समेटिएका छन्। उक्त प्रस्तावहरु बैठकले पारित गरेको छ।

थारु राष्ट्रिय संग्रहालयको पुनःनिर्माण गरिने
बैठकले नवलपरासीको डण्डास्थित थारु राष्ट्रिय संग्राहलयको पुनःनिर्माणका निम्ति इनर महतोको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। चितवन, नवलपरासी र रुपन्देहीका केन्द्रीय सदस्यहरुमा समितिमा छन्। समितिले संग्रहलयबारे अध्ययण/अनुसन्धान गरी सभाको अगामि बैठकमा प्रतिवेदन पेस गर्ने राजकुमार लेखीले बताए। केही वर्षअघि ब्रह्मण, क्षेत्री संगठनका कार्यकर्ताहरुले सो संग्रहालयमा आगजनी गरेका थिए। आगजनीमा १५ लाख बराबरको सम्पत्ति नस्ट भएको संग्राहलय ब्यवस्थापनले जनाएको थियो। सरकारले क्षतिपूर्ति नदिँदा पुनःनिर्माणको काम अझै हुन सकेको छैन।

भातृसंगठनबाट केन्द्रीय सदस्य
बैठकले थाकसका सबै भातृसंगठनलाई ‘भोटिङ राइट’को व्यवस्था गर्नुका साथै केन्द्रीय समितिमा ल्याउने निर्णय गरेको छ। युवाहरुलाई लक्षित गरी यो व्यवस्था लागू गर्ने लेखीले बताए। अहिले थारु युवा सभा, थारु महिला सभा भातृ संगठनमा छन्। लेखीले थारु महिला समाज, थारु विद्यार्थी समाज, थारु पत्रकार संघलगायतलाई भातृ संगठनको प्रस्ताव गरिएको बताए।
त्यस्तै आजीवन सदस्यहरुबाट पनि भोटिङ राइटको व्यवस्था गरिएको छ। आजीवन सदस्यलाई एक भूगोल मानी दुई जनासम्मलाई भोटिङ राइटको व्यवस्था गर्ने लेखीले बताए।

कमलरी अभियानलाई तिब्र पारिने
बैठकले कमलरी अभियानलाई पनि निरन्तरता दिने निर्णय गरेको छ। लेखीका अनुसार विगतमा सरकासँग भएका सम्झौताहरु कार्यन्वयन गराउन दबाब दिने, उनीहरुको गास, बास, कपास तथा शिक्षा, स्वास्थ्यका निम्ति सरोकारवालाहरुसँग छलफल गर्ने निर्णय गरको बताए।

त्यस्तै बैठकले कोचिला संघर्ष समितिसँग मिलेर जाने निर्णय गरेको छ। पूर्वी नेपालमा रहेको उक्त संघर्ष समितिसँग अगामि दिन सहकार्य गर्दै जाने लेखीले बताए।

बैठकले चन्द्रकुमार चौधरी नेतृत्वको कार्यसमितिले अहिलेसम्म हिसाबकिताब नबुझाएको भन्दै समयमै हिसाब फर्छ्यौट गर्न निर्देशन दिने निर्णय गरेको छ। यथाशिघ्र हिसाब नदिए कानुनी कारबाहीसमेत गर्न सकिने बैठकले जनाएको छ।

धनिराम नेतृत्वको कार्यसमितिले हालसम्म गरेका सबै निर्णयलाई बैठकले पारित गरेको छ। परिषद् बैठकमा राजकुमार लेखी र इनर महतोले प्रस्तुत गर्ने कार्यपत्र पनि बैठकले अनुमोदन गरेको छ।

तराईका ६ जिल्लामा विवाद

Amit Dhakalअमित ढकाल (सेतोपाटी)- संघीयताको मुद्दामा सबैभन्दा ठूलो असहमति देखिएको तराईका ६ जिल्लाको विवाद कसरी टुंग्याउने भन्नेमा नेताहरुले विभिन्न ४ विकल्पमा छलफल शुरु गरेका छन्। संघीयतामा अहिलको सबैभन्दा ठूलो विवाद तराईका ६ जिल्ला झापा, मोरङ, सुनसरी, चितवन कैलाली र कञ्चनपुरलाई लिएर छ। अघिल्लो पटक पनि यीनै जिल्लालाई लिएर विवाद भएपछि संविधान नलेखी संविधानसभा विघटन भएको थियो। Continue reading “तराईका ६ जिल्लामा विवाद”

ल्होछारमा मिस तामाङ

miss tamang

काठमाडौं- सोनाम ल्होछारको अवसरमा मिस तामाङ ब्युटी पेजेन्ट हुने भएको छ। आगामी माघ १७ मा एभरेस्ट फेसन होमले मिस तामाङको आठौं संस्करण आयोजना गर्न लागेको हो। प्रतिस्पर्धा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजक रञ्जिता लामाले जानकारी गराइन्। उनले जनाए अनुसार फाइनलका लागि ३० तामाङ युवती छानिइनेछन्। कम्तीमा एसएलसी उत्तीर्ण, पाँच फिट उचाइ भएका र १७ देखि २५ वर्Èका युवतीहरुले प्रतियोगितामा भाग लिन सक्नेछन्। Continue reading “ल्होछारमा मिस तामाङ”