एसएलसीमा अब ‘फेल’ नहुने

Slc_exam_highlight_nepal (9)

पार्वता चौधरी- एसएलसी परीक्षामा सम्मिलित विद्यार्थी अबको परीक्षाफलमा फेल नहुने भएका छन्। यस वर्ष प्राविधिक तर्फ लागू हुने गरी सरकारले ग्रेड सिस्टमको तयारी सुरु गरेको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु द्वारेले अर्को वर्षदेखि साधारण तर्फ पनि ग्रेड सिस्टम लागू गर्ने बताए। Continue reading “एसएलसीमा अब ‘फेल’ नहुने”

लौव अग्रासन साप्ताहिक ७औं वर्षमा

Lauwa Agrasan Weekly_ A Tharu Languge NewsPaper

दाङ जिल्लाबाट प्रकाशन हुँदै आएको थारु भाषाको एकमात्र पत्रिका ‘लौव अग्रसान’ साप्ताहिकले छैठौं वर्ष पार गरेको छ। उक्त अवसरमा लौव अग्रसान साप्ताहिकका प्रकाशक/सम्पादक सन्तोष दहित र प्रधान सम्पादक केवी चौधरीले संयुक्त विज्ञप्ती जारी गर्दै ७औं वर्षसम्म ल्याइ सहयोग गर्ने सम्पूर्ण लेखक, पाठक, शुभेच्छुक, सरकारी तथा गैरसरीकारी संस्था, व्यापारी, उद्योगपति, विज्ञापनदाता तथा ग्राहक वर्गप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्। Continue reading “लौव अग्रासन साप्ताहिक ७औं वर्षमा”

रितु हत्याप्रकरण : ‘प्रेम प्रस्ताव अस्विकार गरेपछि छुरा हानेँ’

crimeपाँच दिनअघि मैतीदेवीमा छुरा हानी युवातीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनुषाको तलसियाही जब्दी-६ घर भइ हालः काठमाडौंमा ड्राइभरको काम गर्दै आएका विमलेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। Continue reading “रितु हत्याप्रकरण : ‘प्रेम प्रस्ताव अस्विकार गरेपछि छुरा हानेँ’”

बुद्ध जन्मस्थलमा थाकसको केन्द्रीय परिषद् बैठक

कमला चौधरी। बुटवल- गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा थारु कल्याणकारिणी सभा (थाकस)को केन्द्रीय परिषद्को विशेष बैठक बिहीबारदेखि हुने भएको छ। त्यस्तै केन्द्रीय समितिको बैठकसमेत बस्ने बताइएको छ। बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थाकसले २५, २६ र २७ गते केन्द्रीय परिषद्को बैठक बस्ने जनाएको छ। Continue reading “बुद्ध जन्मस्थलमा थाकसको केन्द्रीय परिषद् बैठक”

एमाले शीर्ष नेताहरु थारु सभासद्‍माथि जंगिए, ककसमा नलाग्न निर्देशन

Emale

नेकपा एमालेले आफ्ना सभासदहरुलाई कुनै पनि नामका ककस निर्माणमा सहभागी नहुन र पार्टी नीति विपरीत नबोल्न तथा हस्ताक्षर नगर्न निर्देशन दिएको छ। एमाले संसदीय दलको मंगलबारको बैठकमा दलका नेता केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले सभासदहरुलाई पार्टीको निर्णय भन्दा विपरीत अभिव्यक्ति नदिन आग्रह गरे। Continue reading “एमाले शीर्ष नेताहरु थारु सभासद्‍माथि जंगिए, ककसमा नलाग्न निर्देशन”

थाकस अध्यक्षलाई मुक्त कमलरीले बुझाए ज्ञापनपत्र

मुक्त कमलरीहरुले आफ्ना माग थारु समुदायका नेता थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीलाई बुझाएका छन्। मुक्त कमलरीहरुको संस्था मुक्त कमलहरी विकास मञ्चले शनिबार आफ्ना मागहरु समेटिएको ५ बुँदे ज्ञापनपत्र बुझाएको हो। Continue reading “थाकस अध्यक्षलाई मुक्त कमलरीले बुझाए ज्ञापनपत्र”

रुपन्देहीका अमिरका थारुको परिवार ‘आइएमइ’को मलेसिया भ्रमणमा

IME Malasia Tour-2

इन्टरनेसनल मनि एकसप्रेस (आईएमई)को ‘विदेशमा परिवार भेट’ योजनाका विजेता अमिरका थारुको परिवार आइतवार मलेसिया गएका छन्। रुपन्देहीका थारुको परिवारलाई आईएमईका ब्राण्ड एम्बेस्डर दिपकराज गिरी, सिईओ सुमन पोखरेल तथा मार्केटिङ हेड डेनियल डि. श्रेष्ठले आइतबार विदाइ गरे। थारुका चार जनाको परिवार मलेसियामा पाँच दिन विताउने छन्। दशैंतिहारको अवसरमा आईएमईले यो योजना सञ्चालन गरेको थियो।

IME Malasia Tour-1

जनजाति महासंघका महासचिव भन्छन्, ‘आङकाजी प्रवृत्ति’ले जनजाति आन्दोलन अप्ठेरोमा

Pemba Gurung

नेपाल आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ भोटेले आङकाजी शेर्पा प्रवृत्तिका कारण नेपालको जनजाति आन्दोलन अप्ठेरोमा परेको बताएका छन् । आङकाजी प्रवृत्तिकै कारण जनजाति आन्दोलन कमजोर बनेको बताएका छन् ।
सुदूरपश्चिमको विकट हिमाली जिल्ला बाजुराको अल्पसंख्यक भोटे समुदायबाट राजनीतिमा सामेल हुने पेम्बा गुरुङ भोटे अहिले सभासद समेत छन् । एमालेको भातृ संगठन अनेरास्ववियुबाट राजनीति थालेर त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्न आएका पेम्बा वर्गीय मुक्तिको कुरा गर्दागर्दै जातीय मुक्तिको बाटो हिँड्न थाले । ठाकुर गैरे अनेरास्ववियुको अध्यक्ष हुँदा पेम्बा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । Continue reading “जनजाति महासंघका महासचिव भन्छन्, ‘आङकाजी प्रवृत्ति’ले जनजाति आन्दोलन अप्ठेरोमा”

थारू साँस्कृतिक पुनर्जागरणक पैला (थारु भाषा)

सुशील चौधरी
सुशील चौधरी

सुशील चौधरी- पश्छिउहाँ देशहुक्र जस्ट की यूरोप, अमेरिका, बेलायत, इटली, फ्रान्स, जर्मनी जसिन देश कसिक विकासके खड्ढु चिहुर्ल कना बाट मन बाट चल ब्याला साँस्कृतिक पुनर्जागरणके आन्दोलनहन फे लिह सेक्जाइठ। हुक्र सयौँ बरस आपन देशके पुनर्जागरण अभियान चलैलक् इतिहास पह्र मिलठ। भाषा, साहित्य, सँस्कृति ओ दर्शनम, कलाम , मानवताम, धर्ममस्व- सचेतनाम साँस्कृतिक पुनर्जागरण अभियान छिट्कैलक भेटाजाइठ। इटली, फ्रान्स, जर्मनी, जसिन देशके साँस्कृतिक पुनर्जागरणके प्रभाव युरोप भिट्टरकेल नाहोक संसारभर झन्झनाहट् पैदा कर्लक तथ्य पह्र मिलठ। Continue reading “थारू साँस्कृतिक पुनर्जागरणक पैला (थारु भाषा)”