जनजाति महासंघले बिहीबार खबरदारी सभा गर्दै

nagendra Kumal

काठमाडौं- आदिवासी जनजाति महासंघले ‘खबरदारी सभा’ गर्ने भएको छ। महासंघले मंसिर ४ गते बिहीबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा खबरदारी सभा आयोजना गर्ने भएको हो। संविधान सभाबाटै पहिचानसहितको संघीय संविधान जारी गराउने उद्देश्यले खबरदारी सभा आयोजना गरेको महासंघका अध्यक्ष नागेन्द्र कुमालले बताए। Continue reading “जनजाति महासंघले बिहीबार खबरदारी सभा गर्दै”

कैलाली-कञ्चनपुरबारे दाहालले बोली फेरेको थरुहट नेताहरुको दाबी

bhanuram_chaudhari_tharuhat

धनगढी- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कार्यकर्ताको दबाबका कारण कैलाली र कञ्चनपुर सुदूरपश्चिमबाट टुक्रयाएर थरुहटमा गाभिनुपर्छ नभनेपछि २२ दलीय मोर्चामा यस विषयमा खैलाबैला मच्चिएको छ। २२ दलको संयुक्त सभामा दाहालको यस्तो अभिव्यक्ति आउन नहुने भन्दै मोर्चामा आबद्ध अन्य दलले टिप्पणी गरेका छन्। ‘यो २२ दलको अवाज होइन्, हामीले अपेक्षा गरेको विपरीत दाहालबाट कैलाली र कञ्चनपुरलाई जाँहा राख्दा पनि हुने आश्यको अभिव्यक्ति आएको हो,’ सोमबार धनगढीमा थरुहट तराई पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष भानुराम थारुले भने। Continue reading “कैलाली-कञ्चनपुरबारे दाहालले बोली फेरेको थरुहट नेताहरुको दाबी”

कवितक् शक्ति (थारु भाषा)

KRISHNA SARBAHARI PHOTO.docकृष्णराज सर्वहारी- एकठो कहाई बा– ऊ मनैयाँ अभागी हो, जो जिन्गीम दुई लाईन फेन कविता नै रच्ले हो। सोझे बाट बट्वइनासे टुकबन्दी मिलाके बट्वइलेसे स्वतः मनैन्के ध्यानकर्षण हुइठिन्। अगर अपने भावनामे बह जैवी टे संघरियन कैह बैठ्ठाँ अरे यी टे कवि हो गैल। मने कविता छन्द मिलैना टुकबन्दी किल नै हो। नेपालीमे डोसर कहाई बा– …शब्द थुपारेर के हुन्छ? भाव भए पो हुन्छ।’ उहेसे बीच बीचमे टुकबन्दीके साथ–साथ कवितामे ऐसिन भाव अइना चाही, जौन साधारण बोलीचालीम् नै बोल जाइठ, जेकर कुछ अर्थ लागे। कविताके परिभाषा समालोचकलोग मेरमेरिक डेले बटाँ। यहाँ कवितक् खोजी बोज्नी कैनासे थारू कवितक् हल्का फुल्का इतिवृत्तान्त खोज्जाइटा। Continue reading “कवितक् शक्ति (थारु भाषा)”

पद्मरत्‍न तुलाधार र नागेन्द्र कुमालबीच सँगै आन्दोलन गर्ने सहमति

Padmaratna and nagendra

काठमाडौं- जातीय पहिचानसहितको संघीयताका लागि आन्दोलन गर्न पदमरत्न तुलाधरको नेतृत्वमा गठित राष्ट्रिय आन्दोलन समिति र नेपाल आदिवासी जनजाति महासंघबीच संयुक्त आन्दोलन गर्ने सहमति भएको छ। आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको पहलमा सोमबार महासंघ अध्यक्ष नागेन्द्र कुमाल र राष्ट्रिय आन्दोलनका अध्यक्ष तुलाधरबीच भएको वार्ताबाट संयुक्तरुपमा आन्दोलनमा जाने सहमति भएको फोनिज अध्यक्ष डण्ड गुरुङले जनाएका छन्। Continue reading “पद्मरत्‍न तुलाधार र नागेन्द्र कुमालबीच सँगै आन्दोलन गर्ने सहमति”

सात प्रदेशविरुद्ध थारु सभासद्को ९ बुँदे मागसहित हस्ताक्षर अभियान

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले ल्याएको सात प्रदेशको साझा अवधारणाप्रति थारु सभासद् असन्तुष्ट बनेका छन्। उनीहरुले प्रस्तावप्रति असन्तुष्टि जनाउँदै ९ बुँदे मागसमेत अघि सारेका छन्। संविधान सभाभित्र भएका विभिन्न दलका थारु सभासद्हरु एकीकृत भएर ९ बुँदे मागसहित हस्ताक्षर अभियान सुरु गरेका छन्। Continue reading “सात प्रदेशविरुद्ध थारु सभासद्को ९ बुँदे मागसहित हस्ताक्षर अभियान”

पहाडे जनजाति नेताले पद्मरत्‍नलाई ‘मूर्गा’ बनाए : लेखी (अन्तर्वार्ता)

Rajkumar Lekhi

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवम् थारु समुदायका अगुवा नेता राजकुमार लेखीले पद्मरत्न तुलाधर नेतृत्वको जनजाति आन्दोलनलाई ‘२२ दलीय मोर्चाको घटक’ बताएका छन् । तुलाधारको मोर्चाबारे आदिवासी जनजाति नेताहरुवीच विवाद बढेका बेला लेखीले तुलाधारलाई ‘मूर्गा’को संज्ञा दिएका छन् ।
लेखीले जनजाति महासंघका केही पूर्वअध्यक्ष र महासचिवहरुले आफ्नो स्वार्थ सिद्ध गर्न पद्मरत्नलाई ‘मूर्गा’ बनाएर जनजाति आन्दोलनलाई नै विभाजित गर्न खोजेको आरोप लगाए । उनले जनजाति आन्दोलन आदिवासी जनजाति महासंघको अगुवाइमा मात्र हुनुपर्ने भन्दै पद्मरत्न आन्दोलनमा महासंघ र तराईका आदिवासी जनजाति सहभागी नहुने ठोकुवासमेत गरेका छन् ।
लेखीसँग गरेको कुराकानी :
आदिवासी जनजाति महासंघलाई पद्मरत्न तुलाधर नेतृत्वको जनजातिहरुको राष्ट्रिय आन्दोलनमा समावेश हुन नदिन तपाई सक्रिय हुनुभयो रे, किन हो ?
पहिलो कुरा त जनजाति महासंघबाहेक अरु व्यक्तिले गर्ने आन्दोलन जनजातिहरुको राष्ट्रिय आन्दोलन हुन सक्दैन । मलाई आरोप लगाउनेहरुले जे भने पनि डराउँदिन । हिजो २५ वर्षदेखि आदिवासी जनजाति महासंघ जनजाति अधिकारका निम्ति लड्दै आएको संगठन हो भन्ने जगजाहेर छ ।
यही संस्थामा शुरेश आले, परशुराम तामाङ, पासाङ शेर्पा, ओम गुरुङ, बालकृष्ण माबुहाङहरुले नेतृत्व गरुञ्जेल महासंघमात्र ठीक हो भन्ने अनि अहिले उनीहरु निवर्तमान वा भूतपूर्व भएपछि यसलाई मान्दैनौं भन्ने सम्भ्रान्त चिन्तनको मैले बिरोध गरेको हुँ ।
अहिले कुनै संगठनको प्रमुख वा पदमा नरहेपछि २५ वर्षको इतिहास बोकेको महासंघ विरुद्ध गल्ली गल्ली टोलटोलमा समिति बनाएर हिँड्ने अधिकार कसैलाई छैन ।

पद्मरत्न तुलाधर जस्तो बरिष्ठ नेताको अध्यक्षताको समितिलाई कसरी गल्लीको संस्था भन्न मिल्छ ?
पद्रमत्न तुलाधर को हो ? उहाँ नेवारको अध्यक्षको हैसियतमा नेतृत्व गर्दै हुनुहुन्छ ? केही चार/पाँचजना जनजाति नेताहरुको महत्वाकांक्षा पूरा गर्न महासंघलाई कमजोर बनाउन पाइँदैन । राजकुमार लेखी उनीहरुको दास होइन, कमैया होइन । पद्मरत्नलाई मूर्गा बनाएर कुनै आन्दोलनको घोषणा गरिन्छ भने थारु समुदाय, थारु कल्याणकारी सभा र तराईका आदिवासी जनजातिहरु उनीहरुको पछि लाग्दैनन् ।  संस्थागत रुपमा जानका निम्ति महासंघ छ ।
अधिकारको कुरा गर्न संस्थागत रुपमा जानुपर्छ भन्ने हाम्रो भनाइ हो । यसमा महासंघले पनि आफ्नो धारणा राखिसकेको छ । व्यक्तिलाई प्रमुख मानेर जनजाति महासंघ उनीहरुको पिछलग्गु भएर जानुहुँदैन र जाँदैन ।

यो राष्ट्रिय आन्दोलनको एउटा घटक महासंघ पनि त हो नि ?
गल्ली र टोलमा गठन हुने व्यक्तिगत समितिहरुमा महासंघ घटक हुन सक्दैन र थारु कल्याणकारी सभा त्यसमा जाँदैन । महासंघले सबै ५९ जातीय घटकहरुको नेतृत्व गरेर आन्दोलन वा अन्य कार्यक्रम गर्नुपर्छ ।
महासंघ २२ दलीय मोर्चा र त्यसलाई सघाउन गठन भएका पद्मरत्नहरुको मोर्चामा जानै सक्दैन र जानुहुँदैन । अर्को कुरा, जुन आन्दोलनमा थारु समुदायका कुनै एजेण्डा, हक अधिकारको माग समटेएकिो छैन भने उनीहरुको मोर्चामा हामी त जानै सक्दैनौं । गाईघाटमा बसेको थारुको बैठकले प्रष्टरुपमा कुनै दलको पक्ष वा विपक्षको आन्दोलनमा नजाने निर्णय गरिसकेको छ । जनजाति महासंघले पनि त्यही भनिसकेको छ ।

आन्दोलन घोषणा गरिएको कुरा आयो नि ?
यो सामन्ती चिन्तन बोकेका, राजावादी पञ्चायती मानसिकता भएकाहरुले बेला-बेलामा प्रकट गरेको कुरा हो । हामी धेरै जनसंख्या रहेका आदिवासी जनजातिका नेता हौं, हामी नै राजा महाराजा हौं भन्ने चिन्तन पाँच/सातजना पहाडे आदिवासी जनजाति नेताहरुमा हावी रहेको छ । हामी नै अल्पसंख्यक जनजातिहरुको ठेकेदार हौं भन्नेहरुका विरुद्ध लड्दै आएको मान्छे हुँ म । त्यसैले केही पाँच/सातजना पूर्वअध्यक्ष वा महासचिवहरुको संभ्रान्त सोचसँग हामी सहमत छैनौं ।
लामो समयसम्म जनजाति महासंघलाई छ/सातवटा धेरै जनसंख्या भएका राई, मगर, गुरुङ, तामाङ,लिम्बुहरुले तार बारेर बसेका थिए । उनीहरुको ठेकेदारी खोसिन लाग्यो भनेर अहिले विक्षिप्त भएर टोल-टोल र गल्ली-गल्लीमा मोर्चा बनाउँदै हिँडेका छन् । त्यसमा आदिवासी जनजातिहरु पछि लाग्नुहुँदैन ।

अहिलेको पद्मरत्न नेतृत्वको समिति गठनमा महासंघको भूमिका के हो त ?
महासंघको कुनै भूमिका छैन । हामी कसैसँग सल्लाह छलफल भएको छैन । तराईका आदिवासी जनजाति र पहाडका पनि अल्पसंख्यक सीमान्तकृत समुदायका मुद्दा समेटिएका छैनन् । कुनै पदमा नभएका स्वार्थी र महत्वकांक्षी व्यक्तिहरुले आन्दोलनमा हावी हुन र जनजाति आन्दोलनलाई विभाजित गर्न पद्मरत्न तुलाधरलाई मोहरा बनाएका हुन् । जनजाति आन्दोलनको नेतृत्व जनजाति महासंघले मात्र गर्न सक्छ । आङकाजी शेर्पा जस्ता मान्छेहरुले चाहेर मात्र हुँदैन । म महासंघको निवर्तमान अध्यक्षको हैसियतमा जनजाति महासंघलाई बलियो बनाउन जुनसुकै योगदान गर्न तयार छु ।

महासंघलाई बाइपास गरियो भन्नेमा मात्रै तपाईको आपत्ति हो कि पद्मरत्न समितिको मुद्दा र एजेण्डामै विमति हो ?
पद्मरत्न समितिले अघि सारेका मुद्दामै हाम्रो विमति छ । पहिलो कुरा त उहाँहरु केही मुठ्ठीभर पाँच/सातजना पहाडे जनजाति नेताहरुले विगत आठ/दश वर्षदेखि जातीय राज्य माग्दै आउनुभएको छ । मैले महासंघको अध्यक्ष भएकै बेला प्रष्ट भनें, हामी जातीय राज्य माग्दैनौं ।
हामी संघीय समावेशी राज्य माग्छौं ।  संघीय समावेशी राज्य र जातीय राज्यमा आकाश जमिनको फरक छ । जातीय राज्य मागेर अशान्ति मच्चाउने, जनजाति आन्दोलनलाई दिग्भ्रमित पार्ने काम उहाँहरुले गरिरहनुभएको छ ।
दोस्रो कुरा प्रचण्ड नेतृत्वको कुनै पनि मोर्चालाई हाम्रो सहमति र समर्थन हुँदैन । प्रचण्ड र बाबुराम प्रधानमन्त्री भएकै बेला, प्रचण्डको पार्टी तत्कालीन संविधानसभामा सबैभन्दा ठूलो पार्टी भएकै बेला तराई थरुहटलाई जबजरस्ती मधेशमा थोपर्ने उनीहरु नै हुन् ।
अहिले प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाको गोटी बन्न हामी कसरी जान्छौं । जनजाति महासंघ कुनै दलको विरुद्ध वा समर्थनमा जान सक्दैन । थारुलाई जबर्जस्ती मधेसी बनाउने निर्णयको  पहाडका पाँच/सातजना मठाधीश जनजाति नेताहरुले विरोध गरेका छैनन् । यसबाट पनि प्रष्ट हुन्छ उनीहरुको नियत ।

अनलाइनखबरबाट साभार

रुक्मिनी र इन्द्रजीत थाकसको केन्द्रीय सल्लाहकारमा नियुक्त, केन्द्रीय परिषद् बैठक बोलाइयो

Indrajit And Rukmini tharu

उदयपुर- थारु कल्याणकारिणी सभाको केन्द्रीय सचिवालय बैठकले रुक्मिनी चौधरी र इन्द्रजीत थारुलाई केन्द्रीय सल्लाहकारमा नियुक्त गरेको छ। उदयपुरको गाईघाटमा बसेको बैठकले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की सभासद रुकमिणी चौधरी र एमाओवादीका पूर्वसभासद इन्द्रजित चौधरीलाई संगठनको सल्लाहकारमा नियुक्त गरेको हो। Continue reading “रुक्मिनी र इन्द्रजीत थाकसको केन्द्रीय सल्लाहकारमा नियुक्त, केन्द्रीय परिषद् बैठक बोलाइयो”

जनजाति महासंघको दबाबमूलक अभियानमा थाकसले सहयोग गर्ने

nagendra Kumal

लक्की चौधरी, काठमाडौं- आदिबासी जनजातिहरुको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघले ‘पहिचानसहितको संघीयता र संघीयतासहितको नयाँ संविधान’ निर्धारित समयभित्र निर्माणकालागि मंसिर ४ गतेदेखि दबाबमूलक अभियान सुरु गर्ने भएको छ। महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले पूर्वनिर्धारित दबाबमूलक कार्यक्रमलाई मंसिर ४ गतेदेखि प्रभावकारीरुपमा अगाडि बढाउने तयारी भएको जानकारी दिए। राज्यबाट सदियौंदेखि चेपुवामा परेका आदिबासी जनजातिको मुख्य सवाल नै पहिचानसहितको संघीयता रहेको भन्दै अध्यक्ष कुमालले त्यसकालागि सशख्त दवावमूलक कार्यक्रम सुरु गर्ने बताए। Continue reading “जनजाति महासंघको दबाबमूलक अभियानमा थाकसले सहयोग गर्ने”

पद्मरत्न नेतृत्वको आन्दोलनमा विवाद

Nagendra Kumal

काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघ नेतृत्वमाथि पद्मरत्न तुलाधर नेतृत्वको जातीय आन्दोलनमा निःशर्त सहभागी हुन दबाब परेको छ । महासंघको मूल नेतृत्व र केही जातीय संगठनहरुले भने महासंघलाई बाइपास गरेर हुन लागेको आन्दोलन घोषणाप्रति असन्तुष्टि जनाएका छन् । जनजाति महासंघमा आबद्ध जातीय संस्थाका प्रतिनिधिहरुसँग शनिवार भएको छलफलमा दुईथरी धारणा आएपछि महासंघले मंसिर ५ गते जातीय संस्थाहरुको राष्ट्रिय भेला आह्वान गरेको छ । Continue reading “पद्मरत्न नेतृत्वको आन्दोलनमा विवाद”

कपिल शर्मा र सोनु निगम नेपाल आउँदै

Kapil-Sharma-with-Sonu-Nigamबलिउड हस्ती कपिल शर्मा र सोनु निगम नेपाल आउने भएका छन्। एनसेलको आयोजनामा हुन लागेको ‘पर्पलफेस्ट’का लागि उनीहरु नेपाल आउन लागेका हुन्। ‘कमेडी नाइट्स विथ कपिल’बाट छाएका कपिल र हिन्दी सिनेमामा गायनबाट ख्याति कमाएका सोनु मिलेर मंसिर २७ गते दशरथ रंगशालामा नेपाली दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन्। Continue reading “कपिल शर्मा र सोनु निगम नेपाल आउँदै”