काठमाडौं- मधेस केन्द्रित छवटा राजनीतिक दलहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पुनः ब्युँताएका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने ६ मधेसी दलले आठबुँदे घोषणापत्रसहित सोमबार मधेसी मोर्चा पुनर्गठन गरेका हुन् ।
मोर्चाको घोषणापत्रमा लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत, सदभावना अध्यक्ष राजेन्द्र महतो, मधेस समाजवादी पार्टीका शरदसिंह भण्डारी र तराई मधेस सदभावना पार्टीकी उपाध्यक्ष रानी शर्मा तिवारीले हस्ताक्षर गरेका छन् । Continue reading “संयुक्त मधेसी मोर्चा पुनर्जिवित”
Author: admin
थारू जातिको लोककला, संस्कृति र गीति साहित्य
छबिलाल कोपिला– नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक देशको रूपमा चिनिन्छ। यहाँ प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबास हुँदै आएको छ। ती जातजातिको आफ्नै कला, संस्कृति, रहनसहन, लवाइ–खवाइका साथै बोल्ने भाषा पनि फरक–फरक रहेको छ। यही विविधितामा हाम्रो आफ्नै पहिचान लुकेको छ। Continue reading “थारू जातिको लोककला, संस्कृति र गीति साहित्य”
ऊ अनि तिमी (कविता)
परिवर्तन हेर्न खोज्नेहरुलाई
उस्ले भन्ने गर्दथ्यो,
‘कहिले यो बोल्या छौ त कहिले त्यो,
बदलाव बोलेर मात्र आउँछ?’ Continue reading “ऊ अनि तिमी (कविता)”
धन्यवाद माननीयज्यूहरु! थारुका मुद्दामा सधैं एक भएर लड्नुस्!
एकनाथ चौधरी- मेरा यी अनुभव कसैलाई चित्त दुखाउन वा घोचपेच गर्न लेखिएको होइन। थारु माननीय सभासदहरु जो अलगअलग पार्टीबाट प्रतनिधित्व गरेपनि जातिगत पहिचानको मुद्दामा एकजुट भएर जाने आँट देखाउनुभएको छ। उहाँहरुको कदम एकदमै सराहनीय छ। इतिहास रचेको यस कदमप्रति हामी सबै थारु युवा गौरवान्वित छौं। आ-आफ्नो पार्टीको दायराभन्दा माथि उठेर आपसी छलफलद्वारा निष्कर्षमा पुगि मागपत्र पेस गर्नु, नेपालकै कुनै एक जाति विशेषको संसदीय समूहद्वारा मागपत्र पेस भएको सायद इतिहासमै पहिलो घटना हो। यसले मलाई एकदमै हर्षित बनाएको छ। केही अगाडि नै हुनुपर्ने कुरा ढिलै सही भए। माघ ८ मा संविधान नआउने पक्कापक्की भएकाले अब नेपाली राजनीतिमा यो एकताले कसो असर नपार्ला? यो एकता सधैंभरिका लागि कायम राख्न मेरो मनको कुराले ऊर्जा पुगोस् भनेर अन्तराष्ट्रिय दबाब समितिमार्फत् खुशीका दुई शब्द पोखेकोमात्रै हुँ। Continue reading “धन्यवाद माननीयज्यूहरु! थारुका मुद्दामा सधैं एक भएर लड्नुस्!”
लोप हुँदै थारू समुदायका परम्परागत गहना
गणेश चौधरी, टीकापुर- पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका थारू समुदायको रहनसहन र ठाउँअनुसार भेषभूषा तथा गहना फरकफरक रहेको पाइन्छ। दाङदेखि पश्चिम कञ्चनपुरसम्मका दंगाली थारूको गहना विशेष किसिमको छ। यिनीहरूले लगाउने गहना विशेषगरी चाँदी र सुनका हुने गर्छन्। पछिल्लो समय यिनीहरूले लगाउने पुराना गहना लोप हुँदै जान थालेका छन्। Continue reading “लोप हुँदै थारू समुदायका परम्परागत गहना”
ममता चौधरीको अर्धसतकमा यु-१९ महिला क्रिकेटको उपाधि जनकपुरलाई

काठमाडौं- जनकपुरले वाइवाइ यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता जितेको छ। शुक्रबार भएको फाइनलमा जनकपुरले डिफेन्डिङ च्याम्पिन बिराटनगरलाई २७ रनले हरायो। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको जनकपुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाइ १३१ रन बनायो। टोलीबाट ममता चौधरीले ५० बलमा ५५ रन बनाइन्। त्यस्तै अनुराधा चौधरीले ५५ बलमा ३३ र सरिता चौधरीले १३ बलमा अविजित २३ रन बनाइन्। Continue reading “ममता चौधरीको अर्धसतकमा यु-१९ महिला क्रिकेटको उपाधि जनकपुरलाई”
आफ्नो अस्तित्वका खातिर उठौं
सोमना थारु– नेपालको जनसंख्याको ठूलो हिस्सा आदिवासी जनजातीहरुले ओगटेका छन्। यिनीहरुको बसोवास देशको हिमाली शृंखलादेखि तराईका समथर भूभागसम्म रहेको छ । सोझो, सरल स्वभाव, इमान्दार तथा अत्यन्त कडा शारीरिक परिश्रमी यिनीहरुका परिचयभित्र पर्छन्। यसको साथसाथै बहादुरको रुपमा पनि यिनीहरु चिनिन्छन्। परापूर्वकालदेखि यिनीहरु एउटै थलोमा बसोवास गर्दै आएका छन्। Continue reading “आफ्नो अस्तित्वका खातिर उठौं”
अब त थारु जाग (कविता)
थारुका राजा बुद्ध थिए ।
थारुका राजा दङिशरन थिए ।।
थारुको आफ्नै ठूलो राज्य थियो ।
थारुको आफ्नै पहिचान थियो ।। Continue reading “अब त थारु जाग (कविता)”
आदिवासी जनजातिमा पहाडे र थारु विभाजित हुँदै

काठमाडौं- आदिवासी जनजाति आन्दोलनमा रहेको विभाजनको स्थिति झनै चर्कने देखिएको छ। आदिवासी जनजाति आन्दोलनका अगुवा राजकुमार लेखीले तराईका आदिवासी जनजातिको माग पहाडका पाँच दस जना आदिवासी जनजाति नेताहरुले आफ्नो नठान्नाले समस्या पैदा भएको बताएका छन्। Continue reading “आदिवासी जनजातिमा पहाडे र थारु विभाजित हुँदै”
सत्तापक्ष छाडेर रुक्मिनी चौधरी विपक्षी गठबन्धनमा
काठमाडौं- माघमा संविधान नबन्ने निश्चित भएपछि सुशील कोइरालाको सरकार गिराउने खेल सुरु भएको छ। कोइराला सरकार ढाल्न कांग्रेसको शेरबहादुर समूहले रुचि देखाउन थालेपछि साना पार्टीहरुले पनि सरकारको साथ छाडेका छन्। Continue reading “सत्तापक्ष छाडेर रुक्मिनी चौधरी विपक्षी गठबन्धनमा”




