Author: admin
राज्यले थारुकाे मुद्दा सुनुवाइ नगरे थारु आन्दोलन-२ हुन्छ : धनिराम चौधरी
थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनले धनिराम चौधरीको नेतृत्वमा नयाँ कार्यसिमिति गठन गरेको छ । झापाको विर्तामोडमा भएको तीन दिने महाधिवेशनले चौधरीलाई नेतृत्व सुम्पेको हो । पेसाले इन्जिनियर रहेका धनिरामाई नयाँ संविधान निर्माण भइरहेका बेला थारुहरु कस्तो प्रदेश चाहन्छ? तराईमा कति प्रदेश बनाइनुपर्छ? प्रदेशहरुको नामांकन, सीमांकान कस्तो हुनेबारे जिज्ञासा राखेको छ । थारुवान डटकमका लागि मदन चौधरीले गरेको कुराकानी पढ्नु्ः Continue reading “राज्यले थारुकाे मुद्दा सुनुवाइ नगरे थारु आन्दोलन-२ हुन्छ : धनिराम चौधरी”
थारु कल्याणकारिणी सभामा धनिराम निर्वाचित
मदन चौधरी, विर्तामोड- थारु कल्याणकारिणी सभाको २१ औं महाधिवेशनले धनिराम चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । झापाको विर्तामोडमा आयोजित तीन दिने महाधिवेशनमा धनिरामले १ सय २२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रकुमार चौधरीले २० मत र राजेन्द्रप्रसाद चौधरीले ४ मतमात्र ल्याए । चन्द्र कुमार निवर्तमान अध्यक्ष पनि हुन् । Continue reading “थारु कल्याणकारिणी सभामा धनिराम निर्वाचित”
थाकस अध्यक्षमा तीन जनाको उम्मेद्वारी
विर्तामोड- थारु कल्याणकारिणी सभाको जारी २१औं महाधिवेशनमा अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। निवर्तमान अध्यक्ष चन्द्रकुमार चौधरी (सुनसरी), धनिराम चौधरी (रुपन्देही) र राजेन्द्र चौधरी (दाङ)ले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत बलदेव चौधरीले बताए। यसअघि ६ जनाको नाम आए पनि हरिदेवी चौधरी, अमृत खाँ र उदयनारायण चौधरी पछि हटेका छन्। उनीहरुले धनिराम चौधरीलाई सहयोग गर्ने बताए। Continue reading “थाकस अध्यक्षमा तीन जनाको उम्मेद्वारी”
थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनबाट २१ बुँदे घोषणा पत्र जारी
झापा- थारु ल्याणकारिणी सभाको इतिहासमा पहिलोपटक पूर्वाञ्चलको झापा विर्तामोडबाट २१ बुँदे घोषणा पत्र जारी गरिएको छ। महाधिवेशनले २१ बुँदे घोषणा पत्र सर्वसम्मतले पारित गरेको छ। थारु कल्याणकारिणी सभाका पूर्वमहानमन्त्री एवं केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीलाई केन्द्रीय समितिले घोषणा पत्र तयारी समिति बनाएर जिम्मेवारि दिएको थियो। आज बिहान ८ बजे सुरु भएको दोस्रो दिनको बन्द सत्रमा लेखीले २१ बुँदे घोषणा पत्र बन्द सत्रमा प्रस्तुत गरेका थिए। Continue reading “थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनबाट २१ बुँदे घोषणा पत्र जारी”
थारु कल्याणकारिणी सभाले कुरीति हटाउन सकोस् : पद्मनारायण चौधरी
पद्मनारायण चौधरी पूर्वी नेपालबासीका लागि परिचित नाम हो। लहानको सगरमाथा चौधरी आँखा अस्पताल स्थापनाका लागि १४ विघा जग्गा दान गरेका चौधरी र उनका परिवारले सामाजिक क्षेत्रमा योगदान पुर्याएको छ। आँखा उपचारजस्तो पुण्यकाममा योगदान गरेको कदरस्वरूप नेपाल नेत्र ज्योति संघले चौधरीलाई सम्मान गरिसकेको छ। नेपाल नेत्र ज्योति संघको केन्द्रीय सदस्य तथा सिरहा अध्यक्ष चौधरी विराटनगर आँखा अस्पताल सञ्चालक समितिको अध्यक्ष हुन्। नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा सिरहा क्षेत्र नम्बर–१ बाट संविधानसभामा सभासद् रहेका चौधरीसँग नागरिक पूर्वेलीका लागि चुमन बस्नेतले गरेको कुराकानी : Continue reading “थारु कल्याणकारिणी सभाले कुरीति हटाउन सकोस् : पद्मनारायण चौधरी”
थाकस २१औं महाधिवेशन : बन्द सत्रमा विवादै विवाद
मदन चौधरी, विर्तामोड- थारु कल्याणकारिणी सभाको जारीं महाधिवेशनमा संसोधन प्रस्तावलाई लिएर विवाद भएको छ । विर्तामोडको अग्रेसन भवनमा जारी बन्द सत्रमा सभाका अध्यक्ष चन्द्रकुमार चौधरीले ल्याएको विधान संसोधन प्रस्ताव विधान विपरित र प्रक्रियागत गलत भएको भन्दै सहभागी प्रतिनिधिहरुले विरोध जनाएका हुन् । Continue reading “थाकस २१औं महाधिवेशन : बन्द सत्रमा विवादै विवाद”
पद्मरत्न तुलाधरको नेतृत्वमा जनजाति आन्दोलन घोषणा
जातीय पहिचानसहितको संघीयता, संघीतासहितको संविधानको मागलाई लिएर जनजातिले आन्दोलनको घोषणा गरेका छन् । मानवअधिकारवादी तथा जनजाति नेता पद्मरत्न तुलाधरको नेतृत्वमा बिहीबार राजधानीमा आन्दोलनको घोषणा गरिएको हो । ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन’ नाम दिइएको नेतृत्वले जनआन्दोलन २०६२/६३ ताकाको ‘आदिवासी जनजाति संयुक्त संघर्ष समिति’को स्वामित्व लिएको घोषणा गरेको छ । जनजाति र सरकारसित यसअघि विभिन्न चरणमा भएका सम्झौताहरूको समेत स्वामित्व लिने जनाइएको छ । Continue reading “पद्मरत्न तुलाधरको नेतृत्वमा जनजाति आन्दोलन घोषणा”
चन्द्रकुमारले ल्याए विधान संसोधन प्रस्ताव, प्रतिनिधिहरुद्वारा विरोध
विर्तामोड- बन्द सत्रमा विधान संसोधन प्रस्ताव पेस भएपछि सहभागी प्रतिनिधिहरुले चर्को विरोध गरेका छन्। सभाबाट अध्यक्ष चन्द्रकुमार चौधरीले विद्यान संसोधन प्रस्तु गरेका हुन्। विद्यान संसोधन विधान विपरीत नै रहेकाले प्रतिनिधिहरुले विरोध गरेका हुन्। महाधिवेशनमा विद्यान संसोधन प्रस्ताव लानुअघि केन्द्रीय समितिमा छलफल हुनुपर्ने बताउँदै सहभागीहरुले विरोध गरेका हुन्। Continue reading “चन्द्रकुमारले ल्याए विधान संसोधन प्रस्ताव, प्रतिनिधिहरुद्वारा विरोध”
थाकस २१औं महाधिवेशन: अध्यक्षमा ६ जनाको नाम
थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको दोस्रो दिन बन्द सत्र चलिरहँदा अध्यक्षमा ६ जना उठ्ने हल्ला चलिरहेको छ। झापाको विर्तामोडस्थित अग्रेसन भवनमा भइरहेको बन्द सत्रमा ६ जनाको नाम सुनेको एक जिल्ला सभापतिले बताए। उनले अध्यक्षमा रुपन्देहीका धनिराम चौधरी, हालका अध्यक्ष चन्द्रकुमार चौधरी, दाङका राजेन्द्र चौधरी, रौतहटका अमृत खाँ, सर्लाहीका उदयनारायण चौधरी र सिरहाका हरि देवी चौधरीले उम्मेदवारी दिने हल्ला चलेको बताए। Continue reading “थाकस २१औं महाधिवेशन: अध्यक्षमा ६ जनाको नाम”






