चितवन निकुञ्जका कर्मचारी चौधरीद्वयमाथि कसले चलायो गोली

Ghaite Upachar
भरतपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि लगिएका घाइते त्रिलोक चौधरी। तस्बिर : रमेशकुमार पौडेल

चितवन- चितवन निकुञ्ज हुँदै जाने भरतपुर ठोरी हुलाकी सडकको बगई जंगलमा बिहीबार बिहान गोली हानेर निकुञ्जका एक कर्मचारीको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। निकुञ्जको पर्सा ठोरीस्थित दीपानगर पोस्टमा कार्यरत सिनियर गेम स्काउट शेष चौधरीको घटनास्थलमै मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले जानकारी दिए। Continue reading “चितवन निकुञ्जका कर्मचारी चौधरीद्वयमाथि कसले चलायो गोली”

किन भएन ‘ककस’ घोषणा

Tharu Lawmaker 2014
इन्द्रेणी फुडल्यान्ड बानेश्वरमा ककस गठनबारे छलफलमा सहभागी सभासद्हरु। फाइल तस्बिर

काठमाडौं- आज हुने भनिएको आदिवासी जनजाति सभासद ककसको औपचारिक घोषणा स्थगित भएको छ। आज ककस घोषणा गर्न काठमाडौंको अन्नपूर्ण होटलको हल समेत बुक भइसकेको थियो। तर, आज सो हलमा ककस बनाउनुपर्छ भन्ने सभासद्हरुको बैठक मात्र बस्नेछ, औपचारिक घोषणा हुने छैन। Continue reading “किन भएन ‘ककस’ घोषणा”

संघीयतामा छलफल सुरु, कांग्रेस-एमाले सात प्रदेश, एमाओवादी दस प्रदेश

CA-building

काठमाडौं- मुख्य राजनीतिक दलहरुले आजदेखि संघीयतामा द्धिपक्षीय र बहुपक्षीय छलफल थालेका छन्। संवैधानिक राजनीति संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईको पहलमा छलफल सुरु भएको हो। भट्टराईले आज एमालेका नेताहरुसँग सामूहिक छलफल गरेका छन् भने आजै नेपाली कांग्रेसका नेताहरुसँग पनि छलफल गर्ने भएका छन्। नेताहरुसँगको यो छलफल शीर्ष तहमा हुने बताइएको छ। एमालेसँगको छलफलमा अध्यक्ष केपी ओली सहितका नेताहरु थिए। Continue reading “संघीयतामा छलफल सुरु, कांग्रेस-एमाले सात प्रदेश, एमाओवादी दस प्रदेश”

नेपलाकै लामो कोठियाघाट पुल सञ्चालनमा, राजापुरवासी हर्षित

Kothiyaghat-5

बर्दिया- बर्दियाको कोठियाघाटस्थित कर्णालीको भँगालो गेरुवा नदीमा निर्मित मुलुककै सबैभन्दा लामो पुलको भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले बुधबार उद्घाटन गरेका छन्। Continue reading “नेपलाकै लामो कोठियाघाट पुल सञ्चालनमा, राजापुरवासी हर्षित”

सीके राउतलाई थारुसँग भिड्न मैदानमा आउन लेखीको चेतावनी

Rajkumar-Lekhकाठमाडौं- राष्टिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले मैदानमा आउन सिके राउतलाई चुनौति दिएका छन्। उनले भनेका छन्, ‘तराई सिके राउत र उसलाई पर्दा पछाडिबाट चलाउनेहरुको विर्ता होइन। तराईका जनता उनीहरुका दास होइनन्। को हो त्यो राउत? आफ्नो विर्ता झैैं गरेर देश फुटाउँछु भन्न पाइन्छ? अँध्यारोमा बसेर षडयन्त्र गर्न पाइन्छ?’ Continue reading “सीके राउतलाई थारुसँग भिड्न मैदानमा आउन लेखीको चेतावनी”

सिके राउतको निवेदन सर्वोच्चद्धारा खारेज

Ck raut

काठमाडौं- ‘मधेसलाई नेपालबाट अलग गर्ने’ भन्दै अभियान चलाएको आरोपमा पक्राउ परेका सिके राउतको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले खारेज हुने फैसला गरेको छ। Continue reading “सिके राउतको निवेदन सर्वोच्चद्धारा खारेज”

कमाइ हुने शिक्षामा पूर्वकम्लरी

Kamalari

दाङ- माइला अंकल कुलवीर चौधरी कमलपित्त रोगबाट ग्रसित भए । गाउँकै मेडिकलमा औषधिको पैसा तिर्न गाह्रो भएपछि उधारोमा भए पनि उपचार गर्ने सहमति भयो र स्वास्थ्यकर्मीले यसबापत भतिजी सोनकुमारीलाई कम्लरी बनाउने सर्त राखे । अंकलको उपचारका लागि उनी १० वर्षको उमेरमा कम्लरी बसिन् । Continue reading “कमाइ हुने शिक्षामा पूर्वकम्लरी”

स्कटल्याण्डको जनमत संग्रह र सीके राउत

baijnath chaudharyबैजनाथ चौधरी- १८ सेप्टेम्बर २०१४ अर्थात् २०७१ साल असोज २ गते बिहीबारका दिन स्कटल्याण्डमा जनमत संग्रह सम्पन्न भयो। जनमत संग्रह गराइएको विषय थियो स्कटल्याण्ड स्वतन्त्र देश रहने या बेलायतमै रहने? तर त्यहाँका ५५ प्रतिशत मतदाताहरु बेलायतमै रहने अभिमत जाहेर गरे। स्कटल्याण्डका ३२ क्षेत्रको निर्वाचन परिणामअनुसार २००१९२६ (बीस लाख एक हजार नौं सय छबिस) मतदाताहरु स्वतन्त्रताका विपक्षमा र १६१७९८९ (सोह्र लाख सत्र हजार नौं सय उन्नानब्बे) मतदाताहरु पक्षमा देखिए। स्कटल्याण्डबासीले संयुक्त अधिराज्य बेलायतमै गाभिएर बस्ने पक्षमा भोट खसालेपछि स्कटल्याण्ड स्वतन्त्र नहुने भयो। Continue reading “स्कटल्याण्डको जनमत संग्रह र सीके राउत”

एमाले नेतृ साहना प्रधानको निधन

Sahana Pradhan

काटमाडौं- एमाले नेतृ साहना प्रधानको उपचारका क्रममा निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत प्रधानको गएराति ११ बजेर ५ मिनेटमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । प्रधानको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन आज बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालय बल्खुमा राखिने छ भने आजै पशुपति आर्यघाटमा शवयात्रासहित दाहसंस्कार गरिनेछ । Continue reading “एमाले नेतृ साहना प्रधानको निधन”

पत्रकार ठाकुरसिंह थारु पुरस्कृत

ठाकुरसिंह थारु
ठाकुरसिंह थारु

काठमाडौं- ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’बाट बर्दियाका ठाकुरसिंह थारु पुरस्कृत भएका छन्। कान्तिपुर दैनिकका नेपालगन्ज संबाददातासमेत रहेका थारुसँगै यस विधामा काठमाडौंका प्रकाश माथेमा, धादिङकी सरिता श्रेष्ठ, सप्तरीका मनोजकुमार माझी र ललितपुरकी सञ्चुकुमारी लामा तामाङ पुरस्कृत भए। Continue reading “पत्रकार ठाकुरसिंह थारु पुरस्कृत”