थारू समुदायमा कुपोषित बालबालिका धेरै

Tharu Girl
दाङमा एक थारु बालिका।

भवानी भट्ट, कञ्चनपुर- कञ्चनपुरको बेल्डाडीकी निशा चौधरीका वर्ष दिनका छोरा जन्मेदेखि नै दुब्ला पातला थिए। बेलाबेलामा बिरामी भइरहने छोराको उपचारका लागि निशाले गाउँमै धामीझाँक्री देखाउन थालिन्। केही निको नभएपछि उनले गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्न थालिन्। त्यसले पनि छोराको स्वास्थ्यमा सुधार नआएपछि उनी महेन्द्रनगरको महाकाली अञ्चल अस्पतालमा पुगिन्। त्यहाँ जाँच गर्दा छोरालाई कडा खालको कुपोषण लागेको देखियो।

कुपोषणबारे नसुनेकी निशा आफ्नै छोरालाई कुपोषण लागेको थाहा पाएपछि अक्क न बक्क भइन्। उनले छोरालाई पोषण पुनःस्थापना गृहमै राखेर झन्डै एक महिना उपचार गराएपछि बल्ल निको हुन थालेको छ।

देखतभुली ८ की सुनीता चौधरीको एकवर्षे छोरामा पनि ६ महिनादेखि कडा कुपोषण देखिएको छ। सुरुमा सामान्य ज्वरो आउने र दुब्लो हुँदै जान थालेपछि उनले पनि छोरालाई धामीझाँक्रीदेखि गाउँका स्वास्थ्यसंस्था सबैमा धाइन्। छोरालाई निको हुनुको साटो झन्झन् बिमारले च्याप्न थालेपछि उनी पोषण पुनःस्थापना गृहमा आएकी हुन्। त्यहाँ करिब २० दिनको उपचारपछि उनको छोराको स्वास्थ्यमा सुधार आउन थालेको छ।

यी त उदाहरण मात्रै हुन्। सुनीता र निशाका बालबालिकाझैं कञ्चनपुरमा थारू समुदायका बालबालिकामा कुपोषणको दर उच्च रहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार कुपोषणको सिकार हुने बालिबालिकामध्ये ४३ प्रतिशत आदिवासी जनजाति तथा थारू सुमदायका छन्। दलित समुदायका २८ र अन्यका २९ प्रतिशत छन्।

‘गाउँघरमा सबै ठाउँमा देखएर छोरालाई कतै निको नभएपछि यहाँ पुगेकि हुँ,’ महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा रहेको पोषण पुनःस्थापना गृहमा भेटिएकी सुनीताले भनिन्, ‘जन्मिँदाखेरि त छोरो स्वस्थ नै थियो, जन्मेको ५/६ महिनापछि पटकपटक बिरामी हुन थाल्यो र दुब्लाउँदै जान थाल्यो।’ उनले त्यसपछि गाउँघरमै धामीझाँक्रीसँगै स्थानीय मेडिकलहरूमा उपचार गराए पनि निको नभएपछि गत भदौमा मात्रै पोषण पुनःस्थापना गृहमा भर्ना गराएकी हुन्।

‘छोरो जन्मेदेखि नै बेलाबेलामा बिरामी हुने गथ्र्यो,’ एक महिनादेखि पोषण पुनःस्थापना गृहमा छोराको उपचार गराईरहेकि निसाले भनि्न, ‘कहिले धामीझाँक्री त कहिले गाउँकै मेडिकलमा जाँदा एक वर्ष बित्यो, निको हुनुको साटो झन् झन् कमजोर हुन थालेपछि पोषण पुनःस्थापना गृहमा ल्याएकी हुँ।’ पोषण पुनःस्थापना गृहमा अहिले पनि कडा खालको कुपोषणको सिकार भएका ८ बालबालिकाको उपचार भइरहेको छ।

५ वर्षमुनिका बालबालिकामा देखिने कुपोषण ३ प्रकारको हुन्छ। सुकेनास, फुकेनास र सुकेनास फुकेनास। ‘कञ्चनपुरमा कुपोषणको सिकार भएकामध्ये ९५ प्रतिशतमा सुकेनास देखिएको छ,’ उनले भनिन्, ‘घर परिवारले बालबालिकाको खानेकुरामा ध्यान नदिएर फास्ट फुडहरू खुवाउँदा यी समस्या देखिएका हुन्।’ उनका अनुसार शिक्षित आमाहरूको संख्या बढे पनि बालबालिकाको हेरचाहमा ध्यान नपुग्दा कुपोषणको दर बढेको हो। सुरुमा गाउँघरम झारफुकतिर लाग्ने र अन्तिम अवस्थामा पुगेपछि मात्रै बालबालिकालाई स्वास्थ्य संस्थामा ल्याउने गरेको उनले बताइन्।

‘कञ्चनपुरमा ५ वर्षमुनिका धेरै बालबालिका कुपोषणको सिकार छन्,’ संयोजक भट्टले भनिन्, ‘पोषण पुनःस्थापना गृहमा कुपोषण लागेका बालबालिकाको उपचारका लागि १० बेडको अस्पताल छ, ती बेड कहिल्यै खाली हुँदैनन्।’ उनका अनुसार अधिकांश ग्रामीण भेगका बालबालिका कुपोषणको सिकार बढी हुने गरेका छन्।

गैरसरकारी संस्था नेपाल युथ फाउन्डेसन र रुडुक तथा महाकाली अञ्चल अस्पतालको संयुक्त पहलमा सञ्चालित पोषण पुनःस्थापना गृहले कुपोषित बालबालिकाहरूलाई २० देखि ३५ दिनसम्म प्रत्यक्ष निगरानीमा राखेर उपचार गरिरहेको छ। ‘सुरुमा स्थापना हुँदा सय बालबालिकाको उपचार गर्ने लक्ष्य राखिएको थियो,’ संयोजक भट्टले भनिन्, ‘तर यहाँ कुपोषित बालबालिकाको संख्या अत्यधिक भएकाले हामीले १ सय ६४ बालबालिकाको उपचार गरायौं।’

कुपोषण दर नेपालकै उच्च

कञ्चनपुरमा कुपोषित बालबालिकाको संख्या नेपालकै उच्च छ। जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार कञ्चनपुरमा ८ वर्षमुनिका ४९ हजार ९० बालबालिकामध्ये करिब साढे ३ प्रतिशतमा कडा कुपोषण देखिएको छ। ‘सयमध्ये करिब ४ बालबालिका कडा खालको र करिब १४ बालबालिका मध्यम खालको कुपोषणका सिकार हुने गरेका छन्,’ जनस्वास्थय अधिकृत हजारी चन्दले भने, ‘जुन दर नेपालकै उच्च हो।’ नेपालमा २ दशमलव ५ प्रतिशतमा कडा र १२ प्रतिशतमा मध्यम खालको कुपोषण देखिने गरेको छ।

२००८ मा युनिसेफले गरेको सर्वेक्षणमा पनि कञ्चनपुर जाजरकोट पछि कुपोषणको दर उच्च भएको दोस्रो जिल्ला हो। युनिसेफको सर्वेक्षण अनुसार अछाम, बर्दिया र मुगुमा पनि कुपोषणको दर उच्च रहेको छ। यि जिल्लामा २०१० देखि कुपोषणको दर घटाउन समुदायमा आधारित कुपोषण व्यवस्थापन कार्यक्रम सुरु भएको छ।

उक्त कार्यक्रमअन्तर्गत बालबालिकाको खानपिनमा ध्यान दिन अभिभावकलाई जनचेतना दिने र कडा खालको कुपोषण लागेका बालबालिकालाई स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा राखेर निःशुल्क उपचार भइरहेको जनस्वास्थ्य अधिकृत चन्दले बताए।

कान्तिपुर दैनिकबाट साभार

Ankhim Chasma

दसैंको अवसरमा कैलालीको धनगढीमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै थारु कलकार। भिडियो सौजन्य : थारुनके डटकम

बाबुराम भट्टराईद्वारा तराईमा दुई प्रदेश प्रस्ताव

Baburam Bhattaraiकाठमाडौं- संवैधानिक-राजनीतिक संवाद तथा सहमतिका सभापति बाबुराम भट्टराईले राज्य पुनःसंरचना, शासकीय स्वरूप र निर्वाचन प्रणालीका विषयमा नयाँ प्रस्ताव अघि सारेका छन्। दलहरूबीच सहमति जुटाउने समयसीमा एक दिन बाँकी रहँदा समितिको सोमबार भएको बैठकमा सभापति भट्टराईले प्रमुख विवादित विषयमा विकल्पसहित प्रस्ताव अघि सारेका हुन्। Continue reading “बाबुराम भट्टराईद्वारा तराईमा दुई प्रदेश प्रस्ताव”

मोतिपुरका बाढीपीडित थारु भन्छन्- ‘देउता राख्‍ने पैसा भएन’

flood victims-2

मोतीपुर (दाङ)- उरहरी-६ मोतीपुरमा बबई नदीको बाढीले पुरिएका घरमा डोजर लगाउन थालियो, सबै मानिस बाढीमा पुरिएका भाँडाकुँडा, काठ र अन्य सामान निकाल्न थाले। तर, ७२ वर्षीया काली चौधरी भने देउता खोज्न थालिन्। उनी मात्रै होइन, थारू समुदायका सबैजसो अगुवा देउता भेटिन्छन् कि भेटिंदैनन् भन्ने चिन्तामा देखिन्थे। Continue reading “मोतिपुरका बाढीपीडित थारु भन्छन्- ‘देउता राख्‍ने पैसा भएन’”

कांग्रेस एमालेमा बाहुनवाद : तेजुलाल चौधरी

Tejulal Chaudharyतेजुलाल चौधरी– जुन तरिकाले अरु पार्टीका सभासद् बोल्न पाइरहेको छ हामी कांग्रेसको सभासद्ले बोल्न पाउँदैनौं। नेपाली कांग्रेसका केही नेतामा बाहुनवाद छ। कांग्रेस एमालेको नब्बे प्रतिशत नेतामा बाहुनवाद छ। Continue reading “कांग्रेस एमालेमा बाहुनवाद : तेजुलाल चौधरी”

दशैं तिहार पारेर षड्यन्त्र : दहित

Gopal Dahitगोपाल दहित– बहुमतको दुरुपयोग गरेर संविधान नै अपांग बनाउने तयाारी भएको छ। ठूला दलका नेताहरु हाम्रा धेरै अधिकार कटौती गरेर २०४७ सालको संविधान भन्दा कम्जोर संविधाान बनाउने तयारीमा रहेका छन्। साना विषयमा अल्झिएर मूल विषयमा छलफल नगरी समय कटाउने मेलो भएको छ। कांग्रेस एमालेका केही नेताहरुले संविधान नबनाउने कार्ड फाल्दैछन् । Continue reading “दशैं तिहार पारेर षड्यन्त्र : दहित”

थारु, मधेसी, आदिवासी सबै विखण्डनको विपक्षमा : लेखी

Rajkumar Lekhiराजकुमार लेखी– थारु समुदायले यो देशमा आफ्ना लागि मात्र कहिल्यै अधिकार खोजको छैन। हामी सम्पूर्ण नेपालीको अधिकार स्थापित गर्न लागिपरेका छौं। तर, सबैको अधिकार स्थापित गर्ने बहानामा पहाडमा भन्दा तराईमा थोरै प्रदेश बनाएर थारु सहित तराईका आदिवासी जनजातिलाई ठग्न पाईंदैन। Continue reading “थारु, मधेसी, आदिवासी सबै विखण्डनको विपक्षमा : लेखी”

संविधान ल्याउन सजिलो छैन : गच्छदार

Bijay Gachhadarविजयकुमार गच्छदार– म अहिले संवैधानिक समितिको बैठकमा जानु छ। यहाँको छलफलमा थारु सभासद्हरुले कसरी सामूहिक अडान लिन सकिन्छ भन्नेमा धारणा आउला नै, त्यो विषयमा पनि छलफल गर्नुहोला।  Continue reading “संविधान ल्याउन सजिलो छैन : गच्छदार”

थारु नेताहरु तराईमा कति प्रदेश चाहन्छन्?

tharu-3

मदन चौधरी, काठमाडौं- राज्य पुनःसंरचनामा थारु सभासद् र थारु अगुवाले फरक फरक धारणा राखेका छन्। थारु पत्रकार संघ, नेपालले आयोजना गरेको ‘नयाँ संविधानमा थारुको मुद्दा’ विषयक अन्तर्क्रियामा सहभागी थारु सभासद् र अगुवाहरुले तराईको राज्य पुनःसंरचनामा फरक फरक मत प्रस्तुत गरेका हुन्। Continue reading “थारु नेताहरु तराईमा कति प्रदेश चाहन्छन्?”

‘मर्नुभन्दा अगाडि केही भन्न चाहन्छु’

वीर अस्पतालको आकास्मिक कक्षमा स्वास्थ्य परीक्षण गराउँदै सीके राउत।
वीर अस्पतालको आकास्मिक कक्षमा स्वास्थ्य परीक्षण गराउँदै सीके राउत।

डा. सीके राउत– विभेदविरूद्ध बोल्न पाउने मेरो अधिकारलाई राज्यले कुण्ठित गरेको छ। नेपालमा मधेसीहरू कसरी, कुन हैसियत र अवस्थामा बस्न चाहन्छ भन्ने प्रश्नमा जनमत संग्रह होस् भनी मेरो जोड्दार माग छ। नेपाल प्रहरीले मलाई मानसिक र शारीरिक यातना दिएर आफूखुसी तयार गरेको बयानमा हस्ताक्षर गराएको छ। Continue reading “‘मर्नुभन्दा अगाडि केही भन्न चाहन्छु’”