
दाङ- रामपती थारू आजभोलि दिनहुँ आधुनिक अफसेट प्रेससँग खेलिरहेकी हुन्छिन् । मेसिन सफाइ गर्छिन्, कागज मिलाउँछिन् अनि थाल्छिन् छपाइका काम । उनी आफैंलाई अनौठो लागेको यो काम गाउँछिमेकका लागि झन् नौलो छ । १४ वर्षसम्म अर्काको घरमा काम गरेकी रामपतीले बाल्यकाल जुठा भाँडा माझेरै बिताइन् । साँझबिहान खान पाएको भरमा काम गर्थिन्, घरबाहिर निस्कन पाउन्न थिइन् । अहिले भने अर्काको भाँडा माझ्ने हातले आधुनिक उपकरण चलाउँछिन् । Continue reading “उपकरणसँग खेल्दै पूर्वकमलरी”








