गोपाल दहित– संवैधानिक राजनैतिक संवाद तथा सहमतिको बैठकमा एक दिन एमालेका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भन्नुभयो ‘राजनैतिक समिकरण बदलिएको छ, केहीले विभिन्न मोर्चा बनाउने र कसैले नयाँ संविधान जलाउने धम्की दिए पनि एमाले रतिभर डग्मगाएको र बिचलित भएको छैन । हामीले अघि सारेका बिषयमा सहमति नभए संविधानसभाको पूर्ण बैठकमा बहुमतको प्रक्रियाबाट भए पनि संविधान बनाउँछौं..।’ Continue reading “सम्भव छ एकल जातीय स्वायत्त प्रदेश”
Author: admin
पहाडी जनजाति नेता तराईका जनजातिविरोधी हुन् : लेखी
कमल चौधरी, विराटनगर- थारु अगुवा तथा राष्टिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले थारु तथा तराईका आदिवासी जनजाति समुदायहरु पहाडे ब्राम्हणवाद र पहाडे आदिवासी जनजाति दुवैखाले नेताहरुको चेपुवामा परेको बताएका छन्। उनले भने, ‘आदिवासी जनजातिको नाममा थारुको भाग पहाडी आदिवासी जनजातिले खान्छन्। तराईका नाममा थारुको भाग मधेसीले पाउँछन्। जताबाट पनि थारुलाई घाटाको स्थिति छ।’ Continue reading “पहाडी जनजाति नेता तराईका जनजातिविरोधी हुन् : लेखी”
शान्तिको अवरोध, पीडितलाई उपेक्षा
भवानी भट्ट- सरकारले द्वन्द्व पीडितका नाममा अहिलेसम्म कञ्चनपुरमा मात्रै रु. १३ करोडभन्दा बढी खर्च गरिसकेको छ। तर अझै पनि द्वन्द्वका क्रममा विभिन्न तरिकाले पीडित भएका नागरिकले राहत पाउनसकेका छैनन्। राहत तथा क्षतिपूर्तिका लागि स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयले पीडितको नाम सिफारिस गरेका छन्। तर ती सिफारिस कार्यान्वयन गरिएको छैन। Continue reading “शान्तिको अवरोध, पीडितलाई उपेक्षा”
बिचल्लीमा मुक्त कमैया
नेपालगन्ज- प्राकृतिक विपत्तिले धनी-गरिब चिन्दैन। त्यो विनाशक हुन्छ। आफ्नो बाटोमा भएका जे पनि बगाउँछ। त्यसैले सितिमिति खोला किनार र पहिरो जाने अग्ला डाँडापाखामा घर निर्माण गरिँदैन। न त बस्ती नै बसालिन्छ। Continue reading “बिचल्लीमा मुक्त कमैया”
राजधानीमा जितिया पर्व (फोटो फचिर)
काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु महिलाले महान पर्व ‘जितिया’ धुमधामका साथ मनाएका छन्। राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा थारुहरुले जितिया पर्वको पूजापाठ गरी पर्व मनाएका हुन्। सूर्य (जीतमहान) को २४ घण्टे लामो ब्रतबसी थारुहरुले पतिको दीर्घायू, सन्तानको सुस्वास्थ्य तथा प्रगतिको कामना गर्दै पर्व मनाउँछन्। Continue reading “राजधानीमा जितिया पर्व (फोटो फचिर)”
कोरिया क्रिकेट प्रशिक्षकमा दिपेन्द्र चौधरी
विनोद पाण्डे- दक्षिण कोरियामा शनिबारबाट सुरु हुने एसियाली खेलकुदमा नेपालका तेक्वान्दो, कराते, क्रिकेट र गल्फ टोलीका प्रशिक्षक विदेशी छन्। विदेशी प्रशिक्षक नै रहेको नेपाली फुटबल टोलीले कोरियामा इराकसँग पराजय बेहोर्दै एसियाली खेलकुद प्रारम्भ गरिसकेको छ।
दीपेन्द्र चौधरीको कथा भने बेग्लै छ। Continue reading “कोरिया क्रिकेट प्रशिक्षकमा दिपेन्द्र चौधरी”
बाढीबाट विस्थापित भएकी केशरीलाई सहयोग
काठमाडौं- इन्चोन एसियाली खेलकुदलाई तयारी गरिरहेकी एथलेटिक्स खेलाडी केशरी चौधरीको परिवारलाई सोमबार सहयोग प्रदान गरिएको छ। एक महिनाअघि बाढीका कारण बर्दिया बानियभार-५ स्थित केशरीको परिवार घरविहीन बनेको थियो। एसियाड तयारी गरिरहेकी केशरीको परिवारका लागि दक्षिण कोरिया र नेपालका एथलेटिक्स खेलाडीको पहलमा १ लाख १६ हजार ५ सय रुपैयाँ संकलन गरिएको थियो। केशरीलाई सोमबार उक्त रकम ओलम्पियन खेलाडीद्वय संगीना वैद्य र चन्द्रकला थापाले रकम हस्तान्तरण गरे। Continue reading “बाढीबाट विस्थापित भएकी केशरीलाई सहयोग”
जितिया पर्वको महत्व
बुद्धसेन चौधरी– नेपालमा हिमालदेखि तराईसम्म र मेचीदेखि महाकालीसम्म छरिएर रहेका विभिन्न जातीय समुदायका आ–आफ्नै किसिमका संस्कृति र परम्परा छन्। यस देशमा रहेका संस्कृतिलाई जति वर्णन गरे पनि कम हुन जान्छ। अनादिकालदेखि तराई र भित्रि मधेसमा छरिएर बसोवास गरी आएका संस्कृतिका धनी आदिवासी थारु समुदायको पनि आफ्नै छुट्टै परम्परा र संस्कृतिहरु छन्। यस जातिका अनेक चाँड पर्वमध्ये जितिया पनि एक हो। यो पर्व हरेक वर्ष आश्विन कृष्ण पक्ष सतमी, अठमी र नवमी तिथि अर्थात् विजयादशमीको धटस्थापनाको दिन देखि ९-१० दिन अगाडि मनाइने परम्परा रहिआएको छ। Continue reading “जितिया पर्वको महत्व”
सीके राउतको पक्राउ कति जायज कति नाजायज?
प्रकाश तिमल्सिना- सिके राउत, एकजना पीएचडी, कथित विद्धान हुन्। जो केही वर्षअघिसम्म अमेरिकामा बस्थे। उनको विद्धताको अहिले तारिफ किन पनि हुन्छ भने उनले अमेरिकाको विश्वविद्यालयमा उनले पढाए। उनको विद्धताको मापन गर्ने योभन्दा अरु कुनै आधार छैन। के पीएचडी गर्ने अर्थात् अमेरिका विश्वविद्यालयमा पढाए भन्दैमा उनी विद्धान हुन्छन् त? के विद्धान भयो भन्दैमा जे पायो, त्यो बोल्दै हिँडन मिल्छ? Continue reading “सीके राउतको पक्राउ कति जायज कति नाजायज?”
थारु कल्याणकारिणी सभा रुपन्देही सभापतिमा रामवलि निर्वाचित
बुटवल- थारु कल्याणकारिणी सभा रुपन्देहीको आठौं अधिवेशन भैरहवामा सम्पन्न भएको छ। सम्पन्न अधिवेशनबाट रामवलि चौधरी सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै थारु कल्याणकारिणी सभा क्षेत्र नं १ बाट नरसिंह चौधरी, क्षेत्र नं २ बाट सतिशकुमार चौधरी, क्षेत्र नं ३ बाट चन्द्रभान चौधरी, क्षेत्र नं ४ बाट खुशीराम चौधरी, क्षेत्र नं ५ बुद्धिराम चौधरी, क्षेत्र नं ६ हंशबहादुर चौधरी, क्षेत्र नं ७ बाट केशव चौधरी निर्वाचित भएका छन्। Continue reading “थारु कल्याणकारिणी सभा रुपन्देही सभापतिमा रामवलि निर्वाचित”






