२० दिनपछि बर्दियाको ढुंग्रही गाउँ (फोटो ब्लग)

Madan Chaudharyमदन चौधरी (बानियाभार/बर्दिया)– गत साता राहत वितरण गर्ने उद्देश्यका साथ बर्दियाका केही बाढी विस्थापित क्षेत्र अवलोकन गरियो। नेपालगञ्जबाट गुलरिया हुँदै बर्दियाको पदनाहा र बानियाभार गाविसका गाउँहरु अवलोकन गरियो। सदरमुकामबाट करिब २० किलोमिटर उत्तरमा अवस्थित पदनाहा र बानियाभार गाविस पुग्न बबई खोला तर्नुपर्ने रहेछ। भर्खरै बनेको झुलुङ्गे पुल साढे २९ दिनमै बबईको बाढीले बगाएपछि स्थानीयहरु डुंगाको जोखिम यात्रा गरिरहेका छन्। राहत वितरण गर्ने उद्देश्यसाथ स्थलगत रिपोर्टिङका लागि गएका हामीले करिब दुई सय मिटर बबई खोला डुंगामा तर्यौं। नदी पार गर्दा अझै पनि स्थानीयले सुनाएको झुलुङ्गे पुलको अवषेश देख्न सकिन्थ्यो। Continue reading “२० दिनपछि बर्दियाको ढुंग्रही गाउँ (फोटो ब्लग)”

महिलाको स्वपहिचान

Geeta Chaudharyगीता चौधरी थारु- करिब दुई दशकदेखि हरेक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको छ। बिघठित संविधान सभामा समावेशीकै नाममा ३२.७० प्रतिशत महिला सहभागिता देखिएको थियो। त्यसरी नै अन्य क्षेत्रमा पनि महिलाहरुको आसलाग्दो उपस्थिती देखिदैछ तर विडम्वना आज पनि महिलालाई उसको नाम, पदले परिचित गराउन नसकिरहेको दुर्भाग्यपूर्ण अवस्था छ। Continue reading “महिलाको स्वपहिचान”

थारु सांस्कृतिक झंकार-२०७१

Prgm

काठमाडौं- थारु भाषा, साहित्य र संस्कृतिलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ ‘थारु सांस्कृतिक झंकार’ कार्यक्रम हुने भएको छ। चम्पन सांस्कृतिक समूह र ठुम्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा सो कार्यक्रम असोज ४ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हलमा हुने बताइएको छ।

कार्यक्रममा थारु संस्कृति झल्किने गीत/नृत्य प्रस्तुत हुने कार्यक्रमका संयोजक नन्दु चौधरीले बताए। उनले कार्यक्रममा मनोरञ्नका साथै साहित्यिक रचना र किताब विमोचन हुने बताए। उनका अनुसार बाढीपीडितका लागि सहयोगस्वरुप आयोजना गरिएको यस कार्यक्रमको टिकट मूल्य क्रमश ५००, २०० र १०० राखिएको छ।

बचेको रकमको पचास प्रतिशत बाढीपीडितलाई प्रदान गरिने संयोजक चौधरीले बताए। कार्यक्रमको सर्वहित समाज, नेपाल, थारु विद्यार्थी समाज, बर्दियाली थारु विकास मञ्च र कैलाली-कञ्चनपुर मैगर थारु विकास मञ्चले सहकार्य गरेका छन्।

थारु पत्रकार संघको चित्तवन शाखा गठन

Tharu Journalist Association, Chitwan Branchथारु पत्रकार संघ, नेपालको नवौं जिल्ला चित्तवन शाखा गठन भएको छ। मंगलबार चित्तवनको नारायणगढमा आयोजित थारु पत्रकारहरुको जिल्ला भेलाले सो शाखा गठन गरेको हो। पत्रकार कारी महतोको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ। कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र दुई सदस्यमा क्रमशः सुमित्रा महतो, मनिराम थनेत, मनकुमारी चौधरी, पुरनकुमारी महतो, धनकुमारी महतो र रिता चौधरी सर्वसम्मतले चयन भए। Continue reading “थारु पत्रकार संघको चित्तवन शाखा गठन”

एकदुई प्रदेश भन्नेहरुले अब तराइ नटेके हुन्छः लेखी

Rajkumar Lekhi

मुख्य दलहरु संघीयताको छलफलमा भिडेको बेला बेला राष्टिय नागरिक पार्टी (नेपाल)का अध्यक्ष राजकुमार लेखीले अब मधेसवादीहरुले तराइ नटेके हुन्छ भनी चेतावनी दिएका छन्। उनको भनाइ छ, ‘मधेसवादीहरुले कांग्रेस, एमाले र एमाओवादीसँग साँठगाठ गरेर तराइको गला रेटेका छन्। उनले अब टुलुटुलु हेरेर नबस्ने पनि बताएका छन्। उनको दावी छ, ‘देश भाँड्न कुरुप र नेतामुखी संघीयता ल्याइँदैछ। यस्तो संघीयताले समाधान दिँदैन।’ Continue reading “एकदुई प्रदेश भन्नेहरुले अब तराइ नटेके हुन्छः लेखी”

सुत्केरीले पेटभरि खान पाएनन्

Inderiya Tharu_sutkeri

बाँके- घर भत्केको छ। खाद्यान्न बगेको र माटोमा मिलेको छ। यस्तो संकटका बेला भदौ २ गते बेतहनी-८ की २५ वर्षीया सुनिता बर्मा सुत्केरी भइन्। दुई साताकी सुत्केरी उनले बाढीपछि पेटभरि खानै पाएकी छैनन्। स्वास्थ्यकर्मीले उनलाई प्रशस्त पोषणयुक्त खानाका लागि सुझाव दिएका छन्। राप्तीको बाढीले घर भत्काएको र खाद्यान्न बगाएकाले सुनिताले खान नपाएकी हुन्। Continue reading “सुत्केरीले पेटभरि खान पाएनन्”

थारु कल्याणकारिणी सभा उपत्यका समितिबाट ३४ हजार सहयोग

Tha ka sa

थारु कल्याणकारिणी सभा (उपत्यका समिति)ले राहत संकलन अभियानका लागि ३४ हजार ७ सय पाँच रुपियाँ नगद सहयोग गरेको छ। सभाले ३५ बोरा जिन्सी सामान पनि सहयोग गरेको छ। सभाको केन्द्रीय कार्यालय पुरानो बानेश्वरमा आयोजित एक कार्यक्रममा उपत्यका समितिका सभापति सत्यनारायण चौधरी (सुमन)ले राहत संकलन अभियानका आशिष चौधरी, सञ्जय चौधरी र बिमल चौधरीलाई नगद/जिन्सी हस्तान्तरण गरे। Continue reading “थारु कल्याणकारिणी सभा उपत्यका समितिबाट ३४ हजार सहयोग”

नेपाली बालिकासँग स्वीस सुन्दरी

sundari

हल्का गुलाबी रंगको टिसर्टले उनको गोरो मुहार झनै खुलेको थियो। न गाजल, लिपिस्टिक न त कुनै पाउडरको बनिबनाउ गोरोपन। उनी सादा मेकअपमै सुन्दर देखिएकी थिइन्। स्वीट्जरल्यान्डकी मिस अर्थ सायदे हुग खासमा बाहिरीभन्दा भित्री सुन्दरतालाई महत्त्व दिने गर्छिन्। एक साताअघि नेपाली बालिकाहरूको शिक्षामा सघाउने ध्येय बोकेर नेपाल आएकी २३ वर्षीया स्वीस सुन्दरीले समाजसेवा नै वास्तविक ‘ब्युटिनेस’ विचार राखिन्। आइतबार ललितपुरस्थित प्लान नेपालको कार्यालयमा भेटिएकी उनले सञ्चारकर्मीहरूसँग एक साताको भ्रमण अनुभव पनि साटेकी थिइन्। ‘बिकज आई एम अ गर्ल’ लेखिएको गुलाबी टिसर्ट लगाएकी उनले स्वीट्जरल्यान्ड र नेपालका बालिकाको अवस्था सुनाइन्। Continue reading “नेपाली बालिकासँग स्वीस सुन्दरी”

राहत संकलन अभियान जारी, हालसम्म साढे दुई लाख जम्मा

MIRD clz

थारु युवाहरुको अगुवाइमा सुरु भएको राहत संकलन अभियानमा हालसम्म दुई लाख ४८ हजार ३ सय ७८  संकलन भएको छ। त्यस्तै अत्याधिक मात्रामा जिन्सी सामानसमेत संकलन भएको छ। आइतबारमात्र थारू एराउन्ड दी वर्ल्ड अमेरिका च्याप्टरका भोजेन्द्र चौधरीमार्फत् ६३ हजार ९ सय ४९ रुपियाँ संकलन भएको छ। Continue reading “राहत संकलन अभियान जारी, हालसम्म साढे दुई लाख जम्मा”

विधायन समितिका नवनिर्वाचित सभापति गंगा चौधरी भन्छिन्, ‘संविधान भगवान भरोसामा’

Ganga Tharu

कैलालीको प्रतापपुर-६ खमरिया गाउँमा सामान्य थारु परिवारमा जन्मिएकी गंगा चौधरी अहिले थरुहट तराई पार्टी नेपालबाट संविधान सभामा समानुपातिक सभासद छिन्। भदौ ११ गते भएको संसदीय समितिको निर्वाचनबाट उनी विधायन समितिको सभापतिमा सर्वसम्मत चयन भइन्। सुरुमा वि.सं. २०५२ सालदेखि एमालेको साधारणसदस्य लिएकी सभासद चौधरी विवाहपछिको पारिवारिक पृष्ठभूमि सबै नेपाली कांग्रेस भएपछि उनलाई बाध्य भएर कांग्रेसको अर्को सदस्यता लिनुर्‍यो। Continue reading “विधायन समितिका नवनिर्वाचित सभापति गंगा चौधरी भन्छिन्, ‘संविधान भगवान भरोसामा’”