बबई र कर्णाली नदीमा जलस्तर घट्दै जाँदा झाडापखाला र ज्वरोका बिरामी बढ्दै गएका छन्। पदनाहा, बनियाभार, नेउलापुर, बगनाहा, मोहम्मदपुरलगायत गाविस र गुलरिया नगरपालिका महामारीको उच्च जोखिममा छन्। सफा पिउने पानी अभाव कायम रहे महामारी फैलिने जोखिम रहेको जिल्ला स्वास्थ्य प्रमुख अच्युत लामिछानेले बताए। बाढीले दौलतपुर, बगनाहा र पदनाहा गाविसमा रहेका स्वास्थ्य केन्द्रमा बाढीले क्षति पुर्यााएपछि औषधि अभाव छ। Continue reading “बाढीग्रस्त क्षेत्रमा महामारीको जोखिम, पीडितलाई चाउचाउ र विष्कुटको भर”
Author: admin
एसियाली खेलकुदका लागि छनोट भएका थारु खेलाडी
खेलकुद क्षेत्रमा थारु समुदायका युवायुवती अब्बल मानिन्छन्। त्यसैले होला हरेक खेलमा थारु समुदायका युवायुवतीले राष्ट्रिय टोलीमा प्रतिनिधित्व जनाएकै हुन्छन्। कुनै बेला देवनारायण चौधरीले फुटबलमा आफ्नो प्रभुत्व जमाएका थिए। साफ फुटबलमा आफ्नो नाम उचो बनाएका देवनारयण अहिले विदेश पलाएन भएका छन्। उनी विशेषतः हेडबलका लागि ख्याती कमाएका थिए। त्यतिबेला उनको धेरै हेडबलले जाली चुमाएको थियो। Continue reading “एसियाली खेलकुदका लागि छनोट भएका थारु खेलाडी”
यसरी मनाइन्छ ‘अष्टिम्की’ (तस्बिरमा हेर्नुस्)
मुकेश टेर्राँ, धनगढी- पश्चिम नेपालका आदिवासी जनजाति थारु समुदायले आज हर्षोल्लासका साथ ‘अष्टिम्की’ (कृष्ण जन्माष्टमी) पर्व मनाइरहेका छन्। पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदयले कृष्ण जन्माष्टमीमा अष्टिम्की पर्व मनाउने गरेका हुन्। यस वर्पमा थारु समुदायले ब्रह्माण्ड सृष्टि भएको विश्वास गरी प्रकृतिको पूजाअर्चना गर्ने गरेको छ। प्रकृतिमा रहेका जलचर, थलचर जीवजन्तु र जडीबुटी, कृष्ण, पाण्डप लगायतको पूजाअर्चना गर्ने गरेका छन्। Continue reading “यसरी मनाइन्छ ‘अष्टिम्की’ (तस्बिरमा हेर्नुस्)”
दाङ मोतिपुरका बाढी पीडित भन्छन्, ‘ज्यानबाहेक केही बचेन’

उरहरी–६ मोतीपुरका गामबहादुर चौधरीको ४ जनाको परिवार मस्त निद्रामा थियो। शुक्रबार बिहानीपख आएको आवाजले उनी ब्युँझिए। सोचे, मुसो होला। फेरि निदाउन खोजे। तर, एक्कासि घरको एक पाखो भत्कियो। परिवारलाई हतारहतार उठाएर तल्लो तलामा आए। तर, ढोका थिएन। जताततै पानीले थुनिइसकेको थियो। हत्तपत्त झ्यालबाट हाम फालेर जोगिए। Continue reading “दाङ मोतिपुरका बाढी पीडित भन्छन्, ‘ज्यानबाहेक केही बचेन’”
जागुराम चौधरी भन्छन्, ‘ह्वात्तै आयो, सबै स्वात्तै लग्यो’

उरहरी-दुई दिनदेखिको वर्षाले लगातार तर्साइरहेको थियो। जतिखेरै घरमा बाढी पस्ने डरले सताउँथ्यो। शुक्रबार बिहानको बबई नदी डरलाग्दो देखियो। रेडियोले जतिजति खोला बगेको समाचार फुक्थ्यो, मेरो मुटु ढक्क फुल्थ्यो। त्यसमाथि ठाउँठाउँबाट फोन आइरहे– ‘त्यहाँ बाढीको खतरा छ रे, सजग भएर बस्नू।’ साँझ पर्योा। नदी र अँध्यारो दुवै बढ्दै थिए। मेरो डर पनि त्यत्तिकै बढिरहेथ्यो। Continue reading “जागुराम चौधरी भन्छन्, ‘ह्वात्तै आयो, सबै स्वात्तै लग्यो’”
दाङमा बाढीले मृत्यु हुनेको संख्या १३ पुग्यो
दाङमा बाढीले बगाएर मृत्यु हुनेको संख्या १३ पुगेको छ। केहीबेरअघि मात्रै पुरन्धारा ९ गंगटेमा थप एकजनाको शव भेटिएको छ। योसँगै शनिबार मात्र ७ जनाको शव भेटिएको छ। यसअघि शुक्रबार ६ जनाको मृत्यु भएको थियो। शुक्रबार बबई नदीमा आएको बाढीमा बेपत्ता ६ जनाको शव शनिबार भेटिएको छ भने राप्ती नदीले बगाएका थप एकजनाको शव भेटिएको छ। Continue reading “दाङमा बाढीले मृत्यु हुनेको संख्या १३ पुग्यो”
कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन
काठमाडौं- कोरियाली भाषा परीक्षाका लागि देशभरबाट ६२ हजार ५१४ जनाले आवेदन फारम भरेका छन्। वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत इपिएसले यही साउन २८ गतेदेखि आजसम्म कोरिया भाषा परीक्षाका लागि आवेदन खुला गरेको थियो। उपत्यकाभित्रबाट ३५ हजार ६१९ र बाहिरबाट २६ हजार ८९५ गरी ६२ हजार जनाको आवेदन परेको इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए। Continue reading “कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन”
बाढीले विजोग!
अष्टिम्की ओ थारु लोककला (थारु भाषा)
छविलाल कोपिला, आेंरवार:- नेपाल बहुजातीय, बहुभाषीय तथा बहुसंस्कृतिक मुलुकके रुपमे चिन्ह जाइठ् । यहाँ प्राचीनकालसे बहुट् जातजातिनके वसोवास हुइटी आइल् बा । ऊ जातजातिनके आपन मौलिक संस्कृति, रहन–सहन, लवाई–खवाई, बोल्न भाषा फेन फरक–फरक रहल् बा । यिहे विविधतामे हमार आपन पहिचान नुकल् बा । यी लेखमे थारू जातिनके अष्टिम्की परवके बारेम् कुछ बात धैना गेंह लगाइटुँ । अष्टिम्की मुलतः थारू समुदायमे जन्नी मनैनके लग हो मुले ठारु मनै फेन आपन सौक अन्सार मन्न चलन बा । यी पर्वमे बरट् (व्रत) बैठ्के मन्न चलन बा । उहेक् मारे उमेर पुगल् मनै धेरसे बरट् बैठ्ठाँ । टे यी परव कैसिके मन्ठी टे ? Continue reading “अष्टिम्की ओ थारु लोककला (थारु भाषा)”
बाढीपहिरोले विजोग, तराईमा हजारौं विस्थापित (फोटो फिचर)
बाढीपहिरोले पश्चिम तराईमा मात्र कम्तीमा ६३ जनाको ज्यान गएको छ। सयौं बेपत्ता भएका छन् भने हजारौं घरविहीन बनेका छन्। मध्य तथा सुदूरपश्चिम तराईका जिल्ला पूर्णरुपले प्रभावित बनेको छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चपुरका विभिन्न क्षेत्र डुबानमा पर्दा हजारौं मानिस घरबारविहीन बनेका छन्। दाङमामात्र बाढीपहिरोबाट सात जनाले ज्यान गुमाएको छ। त्यस्तै चितवन, नवलपरासी, रौतहट, सर्लाही, महोत्तरी, सिरहालगायतका तराई जिल्ला बाढीका कारण प्रभावित बनेका छन्। बाढीले डुबानमा पारेका तराईका केही तस्बिर हेर्नुस्: Continue reading “बाढीपहिरोले विजोग, तराईमा हजारौं विस्थापित (फोटो फिचर)”





