भारतीय प्रधानमन्त्री मोदी राजधानीमा

Modi Visit nepal-8
सबै तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि विशेष विमानबाट काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणामा उनको यो पहिलो राजकीय भ्रमण हो। भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे।

Continue reading “भारतीय प्रधानमन्त्री मोदी राजधानीमा”

०४६ सालपछि संसद्लाई सम्बोधन गर्ने मोदी पहिलो विशिष्ट व्यक्तित्व

Narendra Modi

प्रकाश सिलवाल, काठमाडौं- भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका–संसद्को बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संविधानसभा भवन सिङ्गारिएको छ । संविधानसभा भवनको बाहिरी ढोकादेखि नै नेपाल र भारतका राष्ट्रिय झन्डा र ध्वजापातकाले सजाइएको छ । केन्द्रमा रहेका ठूला पोल (खम्बा) मा पनि दुई देशका झन्डा फहराएका छन् । Continue reading “०४६ सालपछि संसद्लाई सम्बोधन गर्ने मोदी पहिलो विशिष्ट व्यक्तित्व”

फोनबाट केटी जिस्क्याउनेलाई १५ हजार जरिवाना

जाजरको- फोनमार्फत् केटी जिस्क्याएको आरोपमा पक्राउ परेका जाजरकोट अर्छानीका तीन जना युवालाई रु १५ हजार जरिवाना गरिएको छ । खलङ्गा गाविस वडा नं ६ रिसागकी १६ वर्षीया सुशीला थापालाई फोनमार्फत पटकपटक जिस्क्याएपछि अछानी गाविस वडा नं ५ का नवराज शाही, केशव बस्नेत र नायकवाडा–६ का रवीन्द्र शाहलाई प्रहरीले रु १५ हजार जरिवाना गरेको हो । Continue reading “फोनबाट केटी जिस्क्याउनेलाई १५ हजार जरिवाना”

भारतीय प्रधानमन्त्रीको सुरक्षा अति विशिष्ट

Modi

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला उहाँको सुरक्षा व्यवस्था अतिविशिष्टस्तर हुने सरकारले जनाएको छ । मोदी भ्रमणको सुरक्षाको चाँजोपाँजो मिलाउने जिम्मा लिएको गृह मन्त्रालयले आइतबारदेखि हुने मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको हो । मोदीको भ्रमणलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमणलाई ध्यानमा राखी काठमाडौँ उपत्यका भित्रने मुख्य नाका, सडक, चोक, पुललगायत स्थानमा सुरक्षा व्यवस्था गरी जाँचलाई बढाइएको छ । Continue reading “भारतीय प्रधानमन्त्रीको सुरक्षा अति विशिष्ट”

झुलनोत्सवको रमझम

Janakpur

हिमांशु चौधरी– मिथिलाञ्चलका मठमन्दिरहरूमा अहिले झुला उत्सवको रौनक छाइरहेको छ । मिथिलाञ्चलको प्राचीन राजधानी जनकपुरलगायत अन्य मठ मन्दिरमा सांस्कृतिक परम्पराका रूपमा साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला उत्सव मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा रहेको छ । Continue reading “झुलनोत्सवको रमझम”

पूर्वका सात जिल्लामा हाइएलर्ट

saptari_districtविराटनगर-पहिरोले थुनिएको सुनकोसी खुल्दा पूर्वी नेपालको सात जिल्लामा क्षति पुर्या उने भन्दै ती क्षेत्रलाई ‘हाइएलर्ट’ गरिएको छ। कोसी नदीको वहाव क्षेत्रमा रहेको सात जिल्लाका ७१ गाविस सुनकोसीमा आएको प्राकृतिक विपदमा पर्न सक्ने अनुमान गरिएको छ। पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरका अनुसार ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, सुनसरी र सप्तरी जिल्लालाई प्रभावित पार्नेछ। Continue reading “पूर्वका सात जिल्लामा हाइएलर्ट”

बाढी आउने खतरा बढेपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

thumb862-28इटहरी- सिन्धुपलाञ्चोक जिल्लास्थित सुनकोसी नदी पहिरोले थुनिएको घटनाले सुनसरी जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। सुनकोसी नदीमा आएको बाढी सिधै सप्तकोसी नदीमा आइपुग्ने भएकाले सुनसरीमा पनि उच्च सुरक्षा सतर्कता अपनाउनुपरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले जानकारी दिए।
बिहानैदेखि प्रमुख जिल्ला अधिकारी ढकालको नेतृत्वमा सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला कार्यालयका प्रमुखहरूको बैठक बसेर विसं २०६५ साल भदौ २ गते तटबन्ध भत्किएर भएको जनधनको नोक्सानी जस्तो नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाइएको हो। Continue reading “बाढी आउने खतरा बढेपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए”

सुनकोशी नदीमा आएको पहिरोमा परी ८ जनाको मृत्यु, तीन सय बढी बेपत्ता

Landslideसिन्धुपाल्चोकको जुरे भन्ने ठाउँमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेहरूमध्ये आठ जनाको शव फेला परेको छ। तीमध्ये छ जनाको सनाखत भएको छ। सनाखत हुनेहरूमा बदासे–१ का ४० वर्षीय अभिषेक श्रेष्ठ, माङ्खा–१ का १८ वर्षीया आष्मादेवी श्रेष्ठ, सोही वडाका १७ वर्षीया रामदेवी श्रेष्ठ र ४० वर्षीया गणेशमाया श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए। Continue reading “सुनकोशी नदीमा आएको पहिरोमा परी ८ जनाको मृत्यु, तीन सय बढी बेपत्ता”

थारू जाति, भाग्यवाद र विकास

Tharu Girl 2सीएन थारू– नेपाललगायत दक्षिण एशियाका अधिकांश देशहरू तुलनात्मक रुपमा गरीब देखिएको तथ्याङ्कले बताउँछ । विकासको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपाल अल्पविकसित मुलुक हो । यसलाई विकास चाहिएको छ र विकासका लागि अनुदान तथा ऋण सहयोग उपलब्ध गराउन दातृ निकायहरू क्रियाशील भइ आएका छन् ।  यहाँ सवाल उठ्छ के नेपाल गरीब देश हो ? अथवा नेपालको विकास गर्न अन्तर्राष्ट्रिय लगानी आवश्यक छ ? Continue reading “थारू जाति, भाग्यवाद र विकास”

थारु समुदायको गुरही (गुरीया) पर्व

दिलबहादुर चोधरी– कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि । गुरही (गुरीया) पर्वको बारेमा पनि केहि रोचक प्रसङ्ग छ । Continue reading “थारु समुदायको गुरही (गुरीया) पर्व”