मोदीद्वारा बालिकालाई अटोग्राफ

modi autograph

काठमाडौं- “नानु ! ठूलो भएपछि मानव सेवा गर्नु यही नै उत्तम कार्य हो, सेवा नै धर्म हो …” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । दश वर्षीया मानसी शर्माको कलिलो दिमागले झट्ट यो कुरा बुझिनन् होला । तत्कालै सोधिन्– “म हजुर जस्तै बन्न चाहन्छु ।” प्रधानमन्त्री मोदीले भन्नुभयो “गुड ।” भारतीय प्रधानमन्त्री मोदीसँग उनी रहेको राजधानीको हायात होटलमा मोदी प्रवेश गर्नासाथ पहिलो अटोग्राफ लिन बालिका शर्मा सफल भएकी थिइन् । आफ्ना बाबा रजनीश शर्मासँग उनी प्रधानमन्त्री मोदीलाई हेर्न होटल हायातमा पुगेकी थिइन्। Continue reading “मोदीद्वारा बालिकालाई अटोग्राफ”

मोदीको दर्शन गराउन पशुपतिमा तयारी पूरा

pashupatinath

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीलाई सोमबार पशुपतिनाथको दर्शन एवम् विशेष पूजा गराउन पशुपति क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा सरसफाइका सम्पूर्ण तयारी सकिनुका साथै स्वागतका लागि पनि तयारी सम्पन्न भएको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिए।
मोदी बिहान ९ बजे पशुपति आइपुगेपछि ब्राह्मण बटुकहरुले स्वस्ति वाचनसहित वैदिक मन्त्रोच्चारण गरेर स्वागत गर्ने कार्यक्रम बनेको छ । Continue reading “मोदीको दर्शन गराउन पशुपतिमा तयारी पूरा”

जीतबहादुरको खुलेको भाग्य

jeet Bdr

काठमाडौं- ‘म खुसी छु । भोलि उनको (जीतबहादुर सारु मगर) परिवारजनसग छोराको पुनर्मिलन हुनेछ … ।’  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार ती भनाई आफ्नो सामाजिक सञ्जाल ट्विटरमा सम्प्रेषण गरेका थिए। त्यो ट्विट भएको १२ घण्टा बित्न नपाउँदै आज अपराह्न काठमाडौंको होटल हायातमा यसले सार्थकता पायो । भारतीय प्रधानमन्त्री मोदी आफ्ना धर्मपुत्रका परिवारजनलाई भेट्दा औधी खुसी भए। प्रधानमन्त्री मोदीले भने “धन्य ! हामी उनको परिवारजनलाई भेटाउन सफल भयौँ।” Continue reading “जीतबहादुरको खुलेको भाग्य”

मोदीद्वारा संसद्‍मा सम्बोधन, दस हजार करोड सहयोग गर्ने घोषणा

Modi Sambodhan

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनता आरामसँग सुत्न सकेनन् भने भारतका  जनतालाई पनि बेचैनी हुन्छ भन्दै नेपालको दुःखसुखमा सधैँ साथ र समर्थन दिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका उनले संविधानसभा, व्यवस्थापिका–संसद्को बैठकलाई आज सम्बोधन गर्दै शनिबार सुनकोसी नदीछेउमा गएको बाढीपहिराले जलप्रवाहमा उत्पन्न गरेको व्यवधानका साथै भएको जनधनको ठूलो क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरे। प्रधानमन्त्री मोदीले भने– “प्राकृतिक विपत्तिका बेला सहयोग एवम् सद्भाव अभिवृद्धि गर्दै नेपाललाई भरपूर सहयोग गर्न मैले आफ्नो देशका सम्बन्धित अधिकारीलाई निर्देशन दिइसकेको छु ।” Continue reading “मोदीद्वारा संसद्‍मा सम्बोधन, दस हजार करोड सहयोग गर्ने घोषणा”

मुक्त कम्लरीलाई उत्साह दिँदै

Shanta Chaudhary Help To Kamalari Girl at lawajuni hostel

दाङ- उनीहरूको घर छैन, अभिभावक छैनन्। बाल्यकाल अर्काको घर काम गरेर बित्यो। आफनो भन्ने कोही नभएका यस्ता ११० बालिका बस्छन् सोनपुरको नर्तीस्थित लावाजुनी छात्रावासमा। ती पूर्वकम्लरीलाई थप उत्साह दिन शनिबार पूर्वसभासद शान्ता चौधरी पुगिन्। उनीसँग ८ वर्षको उमेरदेखि १८ वर्षसम्म कम्लरी बसेको अनुभव छ। उनले त्यहाँ आफनो कम्लरी जीवनका अनुभवहरू सुनाइन्। Continue reading “मुक्त कम्लरीलाई उत्साह दिँदै”

मोदी भ्रमणका बेला बढीमा १५ मिनेटमात्र सडक खाली गरिने

Modi Visit nepal-6

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सर्वसाधारणको आवागमनलाई सकेसम्म सहज गराउन लामो समयसम्म सडक अवरुद्ध नगरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। भ्रमणका बेला डेढ घण्टासम्म सडक बन्द गरिने भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा छाएकोप्रति ध्यानाकर्षण जनाउँदै ट्राफिक प्रहरीले बढीमा १० देखि १५ मिनेटसम्म मात्र सडक खाली गरिने स्पष्ट गरेको छ। Continue reading “मोदी भ्रमणका बेला बढीमा १५ मिनेटमात्र सडक खाली गरिने”