सुदूरपश्चिममा जन्मेर पोखराको फिस्टेल एकेडमीबाट क्षमता निखारेकी सरस्वती चौधरी भलिबल खेलकी नम्बर एक ‘क्विक स्पाइकर’ र ‘ब्लकर’ हुन्। उनी अहिले एपीएफ क्लबबाट खेल्छिन्। सरस्वतीको आगमनपछि एपीएफले एकपछि अर्को सफलता हात पारेको छ। महिला भलिबलमा सर्वाधिक उपाधि जित्ने क्रममा क्लबले झन्डै एक वर्षको अवधिमा पाँच उपाधि हात पार्यो। Continue reading “अग्ली सरस्वती अग्लै सफलता”
Author: admin
थारू राष्ट्रिय साहित्यकारहरूको भेला सम्पन्न
दाङ- असार ६, ७ र ८ गते तीन दिन लमही थारू साहित्यमय भयो। थारू राष्ट्रिय साहित्यकारहरूको भेला भई थारू साहित्यक पत्रकारिता तालिममा त्यस्तो अवस्था जुरेको हो। थारू भाषाको लावा डग्गर त्रैमासिकको अयोजना तथा थारु भाषा तथा साहित्य संरक्षण मञ्चको सहआयोजनामा सम्पन्न भएको कार्यक्रममा बारा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ–देउखुरी, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका ५६ जनाको सहभागिता थियो। कार्यक्रम जिल्ला विकास समिति सांसद विकास कोषको सहयोग रहेको थियो। Continue reading “थारू राष्ट्रिय साहित्यकारहरूको भेला सम्पन्न”
थाकसको झापा सभापतिमा काशीलाल सर्वसम्मत
झापा- थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति झापाको १०औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्ला अधिवेशनको उद्घाटन गर्दै थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरीले २०औं महाधिवेशन गर्न सम्पूर्ण थारुहरुलाई एकजुट हुन आह्वान गरेका छन्। उनले महाधिवेशन झापा २०७१ असोज २९, ३० र ३१ गते गर्ने अवगत गराउँदै थारु सभाको नगर, गाउँ तथा टोलबाट थारुहरुलाई सहभागी हुन आग्रह गरे। Continue reading “थाकसको झापा सभापतिमा काशीलाल सर्वसम्मत”
‘परगा’ कविता संग्रह विमोचित
काठमाडौं- थारु भाषा साहित्यिक शृङ्खलाको १६औं भागको अवसरमा आयोजित कार्यक्रममा ‘परगा’नामक कविता संग्रहको विमोचन गरिएको छ। थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहित, थारु कवियत्री शान्ति चौधरी, थारु साहित्यकार कृष्णराज सर्वहारी, सुशील चौधरी, नन्दुराज चौधरीलगायतले किताबो बिमोचन गरे। Continue reading “‘परगा’ कविता संग्रह विमोचित”
आदिवासी जनजातिहरुको नयाँ बानेश्वरमा विरोध प्रदर्शन (फोटो फिचर)
काठमाडौं- आदिवासी जनजाति महासंघले पहिचानसहितको संघीयता माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। संविधान सभामा संघीय संरचनाबारे बहस भइरहँदा आदिवासी जनजातिको पहिचान मेटाउने प्रयास गरेको भन्दै महासंघले शुक्रबार र्यालीसहि प्रदर्शन गरेको हो। महासंघका अध्यक्ष नागेन्द्र कुमार कुमालले आदिवासी जनजातिको पहिचानलाई मेटाउने प्रायस गरेको भन्दै प्रदर्शन गरेको बताए। उनले हाम्रो पहिचानलाई मेटाउने खोजे आन्दोलन चर्काउने बताए। ‘संविधान सभा सदस्यहरुलाई ध्यानाकर्षणका निम्ति हामीले यो प्रदर्शन आयोजना गरेका हौं। हाम्रो पहिचानलाई मेटाउन खोजे आन्दोलन चर्काउँछौं,’ उनले भने। Continue reading “आदिवासी जनजातिहरुको नयाँ बानेश्वरमा विरोध प्रदर्शन (फोटो फिचर)”
थारु कल्याणकारिणी सभाको बारा सभापतिमा रामप्रसाद चौधरी
बारा- राष्ट्रिय नागरिक पार्टी नेपालका अध्यक्ष राजकुमार लेखीले संविधान सभामा राज्य पुनर्संचनाको बहस चलिरहेको बेला थारुहरु निदाएर बस्न नहुने बताएका छन्। बाराको कोल्हबीमा भएको थारु कल्याणकारिणी सभाको सातौं जिल्ला अधिवेशनमा बोल्दै लेखीले थारुहरुले समाजिक कूरीतिको मात्र नभएर भाषिक र राजनीतिक अधिकारका निम्ति अग्रसर हुनुपर्नेमा जोड दिए। Continue reading “थारु कल्याणकारिणी सभाको बारा सभापतिमा रामप्रसाद चौधरी”
पश्चिम तराईमा ‘सिकलसेल एनिमिया’
धनगढी- जोर्नी र छाती दुख्न थालेपछि ३१ वर्षीय बालकृष्ण कठरिया विभिन्न अस्पताल धाए। भारत पनि पुगे। कसैले जन्डिसको औषधि दिए, कसैले रक्तअल्पताको। तर, बीसको उन्नाइस भएन। दस वर्षपछि आएर उनलाई ‘सिकलसेल एनिमिया’ भएको पत्ता लागेको छ। उनी मात्रै होइन, पश्चिम नेपालका थारू समुदाय वंशानुगत रूपमै यसको सिकार हुँदै आएको आशंका गरिएको छ। धेरैजसो अस्पतालले रोग यकिन गर्न नसकी गलत औषधि दिएकै कारण सयौंको ज्यान गइसकेको र अन्य सयौं संक्रमित अवस्थामा रहेको बताइएको छ। Continue reading “पश्चिम तराईमा ‘सिकलसेल एनिमिया’”
आदिवासी जनजाति विद्यार्थी महासंघ र थारु विद्यार्थी समाज
सन्जय चौधरी- गत हप्ता नेपाल आदिवासी जनजाति विधार्थी महासंघको पाचौं राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न भयो। त्यस महाधिवेशनमा अध्यक्ष पदका लागि थारु विधार्थी समाजका केन्द्रीय अध्यक्ष रमेश चौधरीले पनि उम्मेदवारी दिएका थिए। तर दुर्भाग्य झिनो एक मतको अन्तरले उनी पराजित भए। यसले थारु किन आदिवासी जनजातिको दोस्रो ठूलो जनसंङख्या भएर पनि अहिलेसम्म नेपाल आदिवासी जनजाति विधार्थी महासंघको अध्यक्ष हुन सकेको छैन भनि प्रश्न उठाएको छ? यसका कारणबारे छलफल गर्नुभन्दा पहिले थारु विधार्थीको गतिबिधिबारे संक्षिप्त जानकारी गराउन चाहन्छु। Continue reading “आदिवासी जनजाति विद्यार्थी महासंघ र थारु विद्यार्थी समाज”
‘पल्सर स्पोर्ट्स अवार्ड–२०७०’ : अब्बललाई अवार्ड
कमल खत्री- क्रिकेटले वर्चस्व जमाएको ‘पल्सर स्पोर्ट्स अवार्ड–२०७०’ मा राष्ट्रिय क्रिकेट टिमका शरद भेषावकरले विशेष पुरस्कार पाए। पुरस्कार पाएपछि शरदले बोलेका केही शब्दले प्रज्ञा भवनमा उपस्थित सबै अतिथिको ध्यान उनीतिर तानियो। नेपाली क्रिकेटमा आक्रामक फिनिसरको छवि बनाएका शरदले आफ्नी आमाका कारण सफलता प्राप्त गरेको बताए। शरदले भने, ‘सबैले सोध्छन् कसरी त्यत्रो लामो सट हानेको? मेरो जवाफ हुन्छ– आमाले पकाएको खानाले गर्दा। घरको खानामा धेरै शक्ति हुन्छ। मलाई यहाँसम्म पुर्याणउनमा आमाको महŒवपूर्ण भूमिका छ। अहिले मेरी आमा यसै हलमा कतै बसेकी छिन्।’ भावुक हुँदै शरदले आमाको प्रशंसा गरेपछि प्रज्ञाभवनमा उपस्थित सम्पूर्ण अतिथिले उनकी आमालाई उठेर सम्मान गरेका थिए। Continue reading “‘पल्सर स्पोर्ट्स अवार्ड–२०७०’ : अब्बललाई अवार्ड”
थारुको राजनीतिक समस्या
गीता चौधरी थारू- नेपालको इतिहासमा नेपाली जनता कहिल्यै कुनै विदेशी शक्तिको अधिनमा रहनु परेन। तर आफ्नै देशका शासकहरूको शोषण र दमनको जातोमुनि निकै लामो समयदेखि पिसिँदै आएका छन्। १ सय ४ वर्षसम्म चलेको जहानिया राणाशासन र ३० वर्षसम्मको निरंकुश राजतन्त्रपछि नेपाली जनताले २०४६ सालको जनआन्दोलनले नौला किरण देख्न पाएका छन्। Continue reading “थारुको राजनीतिक समस्या”






