चौतारी र क्रान्तिकारीको सहकार्यमा थारु पत्रकार संघको समर्थन

Lucky Chaudharyकाठमाडौं- थारु पत्रकार संघले प्रेस चौतारी र क्रान्तिकारीबीच भएको सहकार्यप्रति समर्थन जनाएको छ। नेपाल पत्रकार महासंघको वैशाख २० र २१ गते हुने २४औं महाधिवेशनले महासंघको विधानलाई थप समावेशी चरित्रको बनाउने प्रतिवद्धताप्रति थारु पत्रकार संघ खुसी रहेको अध्यक्ष लक्की चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघ, नेपालबीच वैशाख १० गते भएको सहकार्यको हामी पूर्ण समर्थन गर्दछौं। Continue reading “चौतारी र क्रान्तिकारीको सहकार्यमा थारु पत्रकार संघको समर्थन”

प्रधानमन्त्री र सभामुखलाई संघर्ष समितिको ज्ञापन पत्र

Delegation_PM house-5

काठमाडौं– थारू समुदायले आफूलाई मधेसी सूचीमा राखेको भन्दै असन्तुष्टि जनाएका छन्। थारूलाई मधेसी सूचीबाट हटाउन माग गर्दै बुधबार थारू संयुक्त संघर्ष समितिले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएको छ। थारू समुदायको क्षेत्रमा काम गर्ने विभिन्न २० संस्था सम्मिलित समितिले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो। Continue reading “प्रधानमन्त्री र सभामुखलाई संघर्ष समितिको ज्ञापन पत्र”

‘झुट र चिटिङ’ मधेसीहरूको पहिचान

Mahesh Chaudharyमहेस चौधरी– झुट बोल्ने, चिटिङ गर्ने मधेसीहरूको पहिचान हो। एकदिन डाक्टर उपाधि धारण गरेका ‘मधेस का इतिहास’ लेखकलाई सोधे, ‘तपाईँहरूको ‘मधेस’ कहाँ छ भन्दा उनले सहज जवाफ दिए ‘अवध, मगध, विदेह, मिथिला, जनकपुर र सम्पूर्ण भारत वर्ष त हो। बुद्ध पनि त मधेसी थिए। उनका पुर्खा बनारसका ओक्काका हुन्। बनारस मधेसमा पर्छ। भगवान बुद्धले मधेसमा जन्म लिने इच्छा जाहेर गरेका थिए।’ त्यसपछि मैले पुनः प्रसन गरे– ‘भगवान बुद्धलाई ‘मधेस’ अचाक्ली मन पर्थ्यो हगी?’ उनले उत्तरस्वरूप जवाफ दिए, ‘पर्ने नै भयो हाम्रो मधेस त स्वर्ग हो स्वर्ग।’ अन्तमा उनले मुस्कुराउँदै भने, ‘सन् १८६१ मा मात्रै अवधबाट नेपालको नयाँ मुलुक नेपालमा गाभिएको हुनाले थारूहरू नेपाली नागरिक भएको जम्मा ४५ वर्ष मात्र भएको छ।’ Continue reading “‘झुट र चिटिङ’ मधेसीहरूको पहिचान”

दस बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै मुक्त कमलरीद्वारा आन्दोलन घोषणा

Kamalari_Nepalgunj

नेपालगन्ज (अन्नपुर्णपोष्ट)- नेपाल सरकारसँग भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मुक्त कमलरी चरणबद्ध आन्दोलनमा उत्रने भएका छन्। उनीहरूले सोमबार नेपालगन्जमा पत्रकारसम्मेलन गरीसरकार र मुक्त कमलहरीबीच २०७० साल जेठ २४ गते भएको सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्। सहमतिभएको ११ महिना बितिसक्दासमेत सरकारले कुनै बुँदा पनि कार्यान्वयन नगरेको मुक्त कमलरीको गुनासो छ। Continue reading “दस बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै मुक्त कमलरीद्वारा आन्दोलन घोषणा”

दुई फोरम फेरि मिल्दै, रामजनमसहित चार सदस्सीय कार्यदल गठन

Bijay-Upendra

काठमाडौं- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम लोकतान्त्रिकसँग एकीकरण प्रक्रिया थालेका छन्। यससँगै फोरम नेपाल, तमलोपा र सद्‍भावना पार्टी एकीकरण अन्योलमा परेको छ। तराई मधेस लोकतान्त्रिक पार्टी र सद्‍भावना पार्टीबीच एकीकरण प्रक्रिया अघि बढिरहेको बेला फोरम नेपालले फोरम लोकतान्त्रिकसँग एकीकरण प्रयास थालेको हो। यसका लागि चार सदस्यीय कार्यदलसमेत गठन भएको छ। केही दिनअघि फोरम लोकतान्त्रिकको राजनीतिक समितिको बैठकले फोरम नेपालसँग पार्टी एकीकरण गर्ने र यसको जिम्मेवारी अध्यक्ष विजय गच्छदारलाई दिने निर्णय गरेको थियो। त्यसपछि दुवै दलका अध्यक्षबीच गच्छदारनिवासमा ‘लन्च’सहित तीनचरण गोप्य भेटवार्ता भएको स्रोतको भनाइ छ। स्रोतका अनुसार शीर्ष तहमा वार्ता भएपछि कार्यदल गठन गरिएको हो। Continue reading “दुई फोरम फेरि मिल्दै, रामजनमसहित चार सदस्सीय कार्यदल गठन”

मलेसियामा टुट्यो सुमन चौधरीको सपना

suman-chaudhari

रामचन्द्र नेपाल/सरोज एसी, (अनलाइनखबर)- बाबुले अर्काको जग्गामा अधियाँ गरेर आफूहरुलाई पालेको देख्दा सुमन चौधरीको मन निकै दुख्थ्यो । हिउँदको जाडो र बर्षाको झरी नछल्ने फुसले छाएको घरमा बाबुआमाको जुग बितेको उनले बुझेका थिए । आठ कठ्ठा जग्गामा फल्ने अन्नले परिवार पाल्न हम्मेहम्मे भएको बेला उनले सानैबाट केही गर्ने सपना नसाँचेका होइनन् । सधैंको गरिबी र अभावबाट मुक्ति पाउने उपायको खोजीमा थिए,  दाङको नारायणपुर-८ बुडौराका सुमन । सानैबाट दुःखबाट मुक्त हुने उपायमा घोत्लिन्थे उनी । उनी सोच्थे, ‘मैले राम्ररी पढेर जागिरे बनी बाबुआमालार्इ सुख दिने दिन कहिले आउला ? Continue reading “मलेसियामा टुट्यो सुमन चौधरीको सपना”