सोम डेमनडौरा, नेपालगन्ज- थारुभाषी स्रष्टाहरुले थारु भाषा संरक्षण, सम्बर्द्धन र विकासबारे चिन्तन गरेका छन्। उनीहरुले स्काइप मार्फत थारु भाषा साहित्यबारे छलफल गरेका हुन्। यसका साथै भाषा साहित्य विकासका लागि स्काइपमा बाचन गरिएका सूचना संकलन गरेर पुस्तक प्रकाशनमा लाग्नुपर्ने आवश्यकता महशुस गरिएको छ। Continue reading “थारु भाषाका धार्मिक ग्रन्थबारे चासो”
Author: admin
‘थारुनकेविरुद्धमे कोइ प्रस्तुत हुई कलेसे सदनमे कडारुपमे प्रस्तुत हुईम’ (थारु भाषा)
योगेन्द्र चौधरी २०६४ सालके थरुहट आन्दोलनके चर्चित युवा नेता हुइट। खास कैक नेपाल सरकारसे थारुन मधेशीके सूचिम बनाइल पाछ योगेन्द्र चौधरी थारुन्हक अधिकार स्थापितकरक लाग सरकारी जागिर छोड्खफे आन्दोलनम लग्लक हुइट। छोटी समय राजनीतिक स्थापित कैसेक्लक योगेन्द्र चौधरी पछिल्लो चरणम विजय कुमार गच्छदारके नेतृत्वम रहल पार्टी मधेशी लोकतान्त्रीक फोरम नेपाल पार्टीके केन्द्रीय सदस्य फे हुइट। अखिस उह पार्टीके तरफसे समानुपातिक तरफसे सभासदफे बाट।संविधान सभाम हालसम्म कौन कौन विषयम छलफलहुइट। उह विषयम सन्तोष दहितसँग करल बातचित प्रस्तुत बा। Continue reading “‘थारुनकेविरुद्धमे कोइ प्रस्तुत हुई कलेसे सदनमे कडारुपमे प्रस्तुत हुईम’ (थारु भाषा)”
बुह्रानका थारू र अन्य समुदाय
रामचन्द्र बराल- बुह्रान टापुमा समूदायका अन्तकृयामा उपस्थित रहेका अन्य मुख्य समूदायहरू विशेषगरी जुम्ली समूदाय, अछामी समूदाय, ठकुरी समूदाय, दंगाली समूदाय, पूर्वेली समूदाय, मुसलमान समूदाय, दलीत समूदाय रहेका छन्। अन्तरकृयाका क्रममा ती समूदाय र थारू समूदायका बीच कस्तो सम्बन्ध रहेको थियो भन्ने सबालमा केन्द्रीत रही समूहगत छलफल र अन्तरकृयामा पाइएका निचोडहरूलाई तल प्रस्तत गरिएको छ। छलफलमा द्वन्द्वपूर्वको अवस्था (२०५२ साल पहिले) द्वन्द्व उत्कर्षको बेला (२०५२–२०६२ साल) र द्वन्द्व मत्तथरको बेला २०६३ पछि विभाजन गरी प्रतिकृया खोजिएको थियो। Continue reading “बुह्रानका थारू र अन्य समुदाय”
ओरालोतिर करिना
एजेन्सी- करिना कपुर बलिउडका शीर्ष अभिनेत्रीमध्ये एक हुन्। कपुर खानदानले दशकौँदेखि बलिउडलाई सुपरस्टार दिँदै आएको छ। यसै खानदानकी छोरी भएकाले अभिनय उनको रगतमा छ। तर, कपुर खानदानसँग सम्बन्धित भए पनि मेहनत र क्षमताका भरमा उनले आफ्नो बेग्लै पहिचान बनाएकी छिन्। सानैदेखि उनलाई अभिनयको सोख थियो। घरमा कोही नहुँदा उनी आमाका लुगा लगाएर ऐनाअघि लुकीलुकी अभिनय गर्थिन्। त्यतिबेला कपुर परिवारका छोरीले फिल्ममा काम गर्दैनन्। दिदी करिश्मा कपुर फिल्म क्षेत्रतिर लागेपछि आमा बबिता कपुर र बुवा रणधीर कपुरको सम्बन्ध चिसिनपुग्यो। र, दुई छोरीलाई बबिताले एक्लै हुर्काइन्। करिश्मा र करिना दुवैले आफूलाई सफल अभिनेत्रीका रूपमा स्थापित गरेपछि सन् २००७ मा रणधीर र बबिता फेरि एक भएका हुन्। Continue reading “ओरालोतिर करिना”
ठीकठीकै सत्तरी
प्
रकटकुमार शिशिर– प्रत्येक दिन कामको खोजीमा १२ सयभन्दा बढी युवाले देश छोड्छन्। दैनिक विदेशमा तीन जना कामदारको मृत्यु हुन्छ। देशभित्र रोजगारीको सिर्जना नभएपछि विदेशिने कामदारले रेमिट्यान्समा योगदान पुर्यातए पनि २०७० साललाई वैदेशिक रोजगारी क्षेत्रका लागि सुखद मान्न सकिन्न। कामको खोजीमा विदेशिने कामदारलाई गाउँदेखि शहरसम्म र म्यानपावर कम्पनीदेखि वैदेशिक रोजगार विभागसम्म ठग्ने क्रम बढिरहेको छ। Continue reading “ठीकठीकै सत्तरी”
फेसबुक फोटो कति सनसनीपूर्ण?
एजेन्सी– तपाईं फेसबुकमा मन परेको फोटो सेयर गर्न कति रुचि राख्नुहुन्छ? मन परेको कुरा बाँड्न सबैलाई रहर लाग्छ नै। नेपाल र भारतमा सबैभन्दा धेरै सेयरिङ भने धार्मिक तस्बिरहरूमा हुने गरेको देखिन्छ। देउताको फोटो राखेर सेयर गरे फलिफाप हुन्छ भन्ने खाले अन्धविश्वासी सन्देश भएका फोटो सेयरिङ धेरै हुने गरेको छ। नेतालाई गाली गरेर बनाइएका फोटोहरू अझ बढी साटासाट हुने गर्छ, हामीकहाँ। तर, पोस्ट गरिएका सबै फोटो मानिसले रुचाउँछन् भन्ने चाहिँ हुँदैन। Continue reading “फेसबुक फोटो कति सनसनीपूर्ण?”
एमाओवादीले सोध्यो- ‘नर्वेजियन दूतावासबाट कनकमणिलाई आएको पैसा के हो?’
काठमाडौं- गोरखाको फुजेल घटनामा संलग्न भएको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा चलाइएका व्यक्तिलाई नछाडिएसम्म अवरोध कायमै राख्ने एनेकपा माओवादीको अडानका कारण व्यवस्थापिका–संसदको आजको बैठक सुचारु हुन सकेन। संसदको बैठक प्रारम्भ हुनासाथ नियमापत्ति गर्दै एमाओवादीका सभासद्हरु आफ्नो आसनबाट उठेर विरोध जनाए। त्यसलगत्तै सभामुख सुवाष नेवाङले एमाओवादीका सभासद् शक्ति बस्नेतलाई आफ्ना भनाई राख्न समय दिए। सभासद् बस्नेतले विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता मध्येको एक पक्ष हुनुको नाताले मुलुकमा पछिल्लो समय शान्तिसम्झौतालाई आघात पुग्ने खालका हर्कत र घटना भएको जनाउँदै त्यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराए। Continue reading “एमाओवादीले सोध्यो- ‘नर्वेजियन दूतावासबाट कनकमणिलाई आएको पैसा के हो?’”
म ‘फेलर’ अध्यक्ष होइन : चन्द्रकुमार चौधरी (अन्तर्वार्ता)
थारु कल्याणकारिणी सभा (थाकस) थारुहरुको छाता संगठन हो। थारु कल्याणकारिणी सभा देशकै जेठो संस्थासमेत मानिन्छ। यो संस्थाको कार्यसमिति तराईका २३ र काठमाडौं उपत्यका गरी २४ जिल्लामा गठन गरिएको छ। थारु कल्याणकारिणी सभा भने विधिवत रुपता वि.सं २००५ सालमा स्थापना भएको हो। थारु समुदायमा रहेको विकृति, अन्धविश्वास र अशिक्षालाई हटाउनु मुख्य उद्देश्य बोकेर स्थापना भएको थाकसले समाजिक सुधार, आर्थिक सुधार तथा संस्कृतिक विकासमा जोड दिँदै आएको छ। थाकसको २१औं महाधिवेशन असोज २९, ३० र ३१ गते झापाको विर्तामोडमा गर्ने निर्णय भइसकेको छ। यही महाधिवेशन वरपर रहेर अहिलेका अध्यक्ष चन्द्रकुमार चौधरीसँग मदन चौधरीले गरेको कुराकानी पढ्नुस्: Continue reading “म ‘फेलर’ अध्यक्ष होइन : चन्द्रकुमार चौधरी (अन्तर्वार्ता)”






