सारी लाउन सिकिन् सन्नीले

Sunny leone

एजेन्सी- बलिउड अभिनेत्री सन्नी लियोन ‘कथाले मागेजति अंग प्रदर्शन’ गर्न माहिर मानिन्छिन्। ‘पोर्न फिल्म’बाट बलिउड प्रवेश गरेकी उनलाई निर्देशकले फिल्ममा नंग्याउने चेष्टा गर्न अझै छोडेका छैनन्। यस मामिलामा बलिउड अभिनेता सलमान खान भिन्न छन्। प्रायः सबैले नंग्याउन खोज्ने सन्नीलाई उनले सारी लगाउन सिकाएका छन्। Continue reading “सारी लाउन सिकिन् सन्नीले”

सभासद्हरुले मातृभाषामै शपथ खाए

तस्बिर : रत्‍न श्रेष्ठ/रासस
तस्बिर : रत्‍न श्रेष्ठ/रासस

काठमाडौं- संविधान सभाका नवनिर्वाचित सभासद्हरुले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा आज आयोजित विशेष समारोहमा सभासद्हरुले पद तथा गोपनीयताको शपथ लिएका हुन्। नव निर्वाचित संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले नवनिर्वाचित सभासद्हरुलाई शपथ गराएका थिए। शपथ लिनका लागि सभासद्हरु बिहान ९ बजेदेखि संविधानसभा भवन परिसरमा पुगेका थिए। Continue reading “सभासद्हरुले मातृभाषामै शपथ खाए”

थारु राजा दंगीशरणको बिहे सम्पन्न

 tharu king dangisaran-1

देवेन्द्र बस्नेत, दाङ- अघीअघी बेहुला र बेहुली। पछिपछि बाजागाजासहित जन्तीको लावालस्कर। स्वागतका लागि ठाउँठाउँमा कलशसहित बसेका युवतीहरु। बिहे हेर्न बाटैभरी जम्मा भएका गाउँलेहरुको भिड छिचोल्दै बेहुला बेहुली मन्दीर पुगे। मन्दिरका ब्राहमणले थारु भाषामा मन्त्र पढ्न सुरु गरे। ‘सरकार अब पूजा करी’ ब्राहमणले पूजा गर्न अह्राउँदा बेहुला बेहुली मुखामुख गरेर हाँस्थे। केहीबेरको तन्त्रमन्त्र पछि ब्राहमण बोले ‘सरकार भ्वाज हुगइल।’ दुलाहादुलहीले सँगै उठेर ब्राहमणलाई ढोगेपछि विवाह सम्पन्न भयो।
आइतबार दाङको नारायणपुरमा देखिएको यो दृश्या गाउँमा हुने विवाहको भन्दा केही कम थिएन। विवाह हेर्न गएका अधिकांश विवाह सत्य वा काल्पनिक भन्नेमा अन्यौलता देखाए। तर यथार्थता भने काल्पनिक थियो। दाङको राज्य चलाएको भन्दै सदियौंदेखि थारु समुदायले मान्दै आएका राजा दंगीशरणको विवाहको परिकल्पना गर्दै यहाँका थारु समुदायले विवाहको जस्तै धुमधाम गरे। दुलाहका रुपमा सिंगारीएका गाउँका युवकलाई राजा दंगीशरण मानिएको थियो भने दुलहीलाई रानी भगवती।
यो समुदायमा माघीको रौनक हराइसकेको छैन। नाचगान र खानपीनमा ब्यस्त थारु समुदायका बस्तीहरु अहिले पनि गुन्जायमान छन्। मघौटा नाच्दै घरघरमा पुग्ने थारु युवायुवतीहरुले माघीको उल्लास मर्न दिएका छैनन्। माघीको उल्लासमा रहेका यहाँका थारु समुदायका सर्वसाधारणहरु नाचगान र खानपीनमा मात्रै सिमित रहेनन् ,थारु राजा र रानीको परिकल्पना गर्दै काल्पनिक विवाह गरेर धुमधामनै गरे।
नयाँ वर्षको रुपमा माघी पर्व मनाउने थारु समुदायले आइतबार यही पर्वका अवसरमा यहाँका थारु समुदायले थारु राजा र रानीको काल्पनिक विवाह गरेर खुसीयाली मनाएका छन्। ‘राजा दंगीशरणको विवाहको परिकल्पना गर्दै र माघीको खुसीयाली मनाउन यस्तो गरीएको हो,’ विवाहका पुजारी बनेका थारु अगुवा चन्द्रप्रसाद चौधरीले भने, ‘थारु राजाको इतिहाँस नयाँ पुस्ताले पनि नबिर्सिउन भनेर यसो गरिएको हो।’
त्यसअवसरमा त्यहाँ भव्य मेलासमेत लागेको थियो। मेला हेर्नका लागि गाउँगाउँबाट सर्वसाधारणहरु ओइरिएका थिए। मेला लागेको नारायणपुरको उत्तरअमराई भन्ने स्थानमा पुरानो मन्दिर समेत छ। थारु समुदायले यो मन्दिरलाई पूर्वराजा दंगिशरणले निर्माण गरेको बताउँछन्।tharu king dangisaran-2
थारु अगुवाहरुका अनुसार दाङ राज्य चलाएका थारु राजा दंगीशरण जिल्लाको पश्चिमी क्षेत्र सुकौरामा बस्थे। राजदरवार त्यहिँ थियो। दंगीशरणका दुई श्रीमती रहेको र दुवै श्रीमतीबाट छोरा छोरी नभएको पुराना अगुवाहरुको कथन छ। छोराछोरी नभएपछि राजा दंगीशरण गोरखनाथको तपस्या गरेर बसेको थारु इतिहाँसमा उल्लेख छ। राजा बेखबर भएपछि दुवै रानी विचलित भए। तत्पश्चात दुवै रानीलाई अन्तरध्यानबाट हेर्दा जेठी श्रीमती भगवती नारायणपुरको उत्तरअमराइमा ध्यानमा बसेको र कान्छी श्रीमती भारतको पाटनमा गएर ध्यान बसेको इतिहाँस थारु अगुवाहरु बताउँछन्। दुवै श्रीमती बसेको स्थानमा राजाले मन्दिर निर्माण गरीदिएको समेत बताइन्छ।
नारायणपुरमा निर्माण गरीएको मन्दिरलाई यो समुदायले मनठोर्या मन्दिर भन्ने गर्छ। ‘यो मन्दिरको इृतिहाँस धेरै पुरानो छ,’ चन्द्रप्रसादले भने, ‘रानी भगवती आएर बसेको यो स्थानमा राजाले मन्दिर बनाएका कारण हामीहरुले उहाँहरुको विवाहको परिकल्पना गरेर खुशीयाली मनाउँछौँ।’ अँझ रमाइलो कुरा के छ भने यो मन्दिरको छानो छैन। थारु इतिहाँसमा उल्लेख भएअनुसार राजा दंगीशरणले उक्त मन्दिर राति निर्माण गरेका हुन्। रातभर निर्माण गर्दा गर्दै विहानपख भाले बासेपछि राजाले निर्माणको काम छोडेका थिए। ‘भाले बास्दासम्म राजाले छानो हाल्ने काम गर्न सक्नुभएन, त्यही भएर अहिले पनि यो मन्दिरको छानो छैन,’ चन्द्रले भने।
राजा दंगीशरणको स्मरणमा यहाँका थारु समुदायले प्रत्येक वर्षको माघी पर्वमा यस्तै भव्य कार्यक्रम गर्दै आएका छन्। माघीमा गरिने काल्पनिक विवाह हेर्न गाउँगाउँबाट सर्वसाधारणको घुइँचो लाग्ने गर्छ।

शरणार्थी बस्तीजस्तै नेपाली गाउँ

kailali village

अविनाश चौधरी, धनगढी- उनीहरु नेपाली भूमीमा बसेका छन्। संविधान सभाको दोस्रो निर्वाचनमा भोटपनि हाले। नेपाली नागरिक भएकाले राज्यप्रतिको आफ्नो दायित्व पूरा गरे। तर, आफूप्रति राज्यको आँखा कहिल्यैपनि पर्न नसकेको महसुस गर्दै आएका छन्। यो कथाव्यथा हो कैलाली रतनपुर वडा नम्बर ९ हौसलपुर गाउँको। जहाँका स्थानीयले सरकारी सेवा सुविधा नपाएको कति भो कति। गाउँ बसेको समयदेखि नै उनीहरु राज्यबाट आफू उपेक्षामा परेको महसुस गर्दै आएका छन्। हौसलपुर गाउँ करिब २३ वर्ष अगाडि नेपाल–भारत सीमाना नजिक बसेको हो। Continue reading “शरणार्थी बस्तीजस्तै नेपाली गाउँ”

तराई किन नभन्ने?

Lumibini

फणिराज नेपाल- नेपालमा द्वन्द्व कुनै न कुनैरूपमा रहिआएको छ। देशमा सशस्त्र द्वन्द्व, जातीय द्वन्द्व र भौगोलिक द्वन्द्वको स्थिति छ। देशको अवस्था, गरिबी, दुर्गमको अवस्थासँगै जातीय र क्षेत्रीयतावाद २०६३ सालको आन्दोलनपछि ह्वात्तै बढेर आयो। १० वर्षको लामो द्वन्द्वमा माओवादीले बढाएको जातीय तुरूपले मधेसी आन्दोलनलाई पनि बल मिल्यो। Continue reading “तराई किन नभन्ने?”

थारू साहित्यको बिस्तारमा कैलालीको योगदान

कृष्णराज सर्वहारी– बिषयप्रवेशः कैलाली जिल्ला थारू समुदायको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला हो। २०६८ सालको जनगणना अनुसार थारूहरूको कुल जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० रहेको छ। जसमध्ये कैलाली तथा कञ्चनपुरमा थारूहरूको जनसंख्या ४ लाख ३९ हजार २ सय ६७ अर्थात् एक चौथाई बढी छ। कैलालीमा सामूहिक तवरले थारू साहित्यलाई टेवा दिने क्रमको शुरुवात भएको छ तर योसंगै जोडिएको जिल्ला कञ्चनपुरमा थारू साहित्यिक गतिविधी शुन्य बराबर छ। यस अवधारणा पत्रमा थारू पुस्तक तथा थारू पत्रिका प्रकाशनको सूची केलाउँदै थारू साहित्यको बिस्तारमा कैलालीको योगदानबारे चर्चा गरिएको  छ। Continue reading “थारू साहित्यको बिस्तारमा कैलालीको योगदान”

सुर्खेतमा माघी मिलन कार्यक्रम

surkhet maghiमानबहादुर पन्ना– नयाँ वर्षको रुपमा मनाइने माघीको अवसरमा थारू अघहवा महातावा संघ सुर्खेतले विविध सांंस्कृतिक कार्यक्रमसहित लाटिकोइली ८ तिलपुरमा माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम म्ााघ ४ गते सम्पन्न गरेको छ। थारूहरुको महान माघी पर्वबारे युवा पुस्तालाई जानकारी गराइ सबै थारूहरु एकै ठाउँमा भेला भई शुभकामना आदानप्रदान गर्ने तथा थारू साझा थारू मन्दिर तथा संग्रहालयबारे छलफल गर्ने उद्धेश्यले यो कार्यक्रम गरिएको  आयोजकले बताए। Continue reading “सुर्खेतमा माघी मिलन कार्यक्रम”

शान्ता चौधरी प्रतिष्ठानद्वारा कम्बल वितरण

    Sanata Chaudhary foundation-4

सन्तोष दहित, दाङ- समाजसेवी तथा पूर्वसभासद् शान्ता चौधरीको नाममा स्थापित ‘शान्ता चौधरी प्रतिष्ठान’ले रामपुर-८, काँडाखुट्टीमा विपन्न परिवारलाई कम्बल वितरण गरेको छ। वडा नागरिक मञ्चका टोपबहादुर राणाको अध्यक्षता र प्रतिष्ठानका अध्यक्ष शान्ता चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा २६ जना वृद्धवृद्धा तथा विपन्न  परिवारलार्ई कम्बल वितरण गरिएको थियो। Continue reading “शान्ता चौधरी प्रतिष्ठानद्वारा कम्बल वितरण”