काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेतामा पार्टी सभापति सुशील कोइराला निर्वाचित भएका छन्। सभापति कोइरालाले कूल १ सय ५ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी वरिष्ठ नेता शेरबहादुर देउवाले ८९ मतमात्र पाए। सभापति कोइराला र नेता देउवाको मतअन्तर १६ रहेको निर्वाचन समितिका संयोजक र पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए। Continue reading “कांग्रेसको संसदीय दलको नेतामा कोइराला निर्वाचित”
Author: admin
दीपिका र फरहान उत्कृष्ट
एजेन्सी– भारतीय ओलम्पिक धावक मिल्खा सिंहमाथि बनेको फिल्म ‘भाग मिल्खा भाग’ले ५९ औं फिल्मफेयर अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेतासहित ६ वटा अवार्ड जितेको छ। यस फिल्मबाट निर्देशक राकेश ओमप्रकाश मेहरा, अभिनेता फरहान अख्तर, गीतकार प्रसुन जोशी र कस्ट्युम डिजाइनर डली आलुवालियाले अवार्ड हात पारे। यस फिल्मले उत्कृष्ट प्रोडक्सन डिजाइन विधामा पनि अवार्ड जित्यो। Continue reading “दीपिका र फरहान उत्कृष्ट”
मुक्त कमलरीलाई प्राविधिक शिक्षा दिइँदै
सन्तोष दहित, दाङ- दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरीहरु औपचारिक शिक्षामा त्यति सफलता नपाएपछि उनीहरुलाई प्राविधिक शिक्षामा लगाउन लागिएको छ। टेष्ट, एसएलसी र प्रमाणपत्र तहमा उत्तीर्ण भएका पूर्व कमलरीलाई उनीहरुको रोजाईमा प्राविधिक शिक्षा दिलाउन लागिएको युथ फाउनडेशन नेपालका भेक कार्यक्रम अधिकृत विनोसिंह कडाराले बताए। उनले पहिलो सेसनमा १ सय ४२ जना कमलरीलाई अध्ययन गराइरहेको बताए। १ सय ४२ जनाले अनमी, स्टाफ नर्स, सिएमी, जेटिए, ल्याब असिस्टेन्ट, भेकनरी जेटिए पढिरहेको कडाराले बताए। Continue reading “मुक्त कमलरीलाई प्राविधिक शिक्षा दिइँदै”
होटल व्यावसायमा जम्दै पुरन चौधरी
काठमाडौं- थारू समुदायका केही ब्यक्ति उद्योग ब्यापारमा पनि सफलता हात पार्दैछन्। त्यसमध्ये एक हुन् सोनपुर–२ छिंगटपुर दाङ्गदेउखुरीका पुरन चौधरी। काठमाडौंको ठमेलमा १४ वर्ष पहिले उनले मोमोटारो रेष्टुरेण्ट खोलेका थिए। मोमोटारोले यसबीचमा आफ्नो पाँचवटा शाखा खोलिसकेको छ। जसमा ठमेलको अलावा काठमाडौं, सुन्धाराको सिभिल मल, ललितपुरको सानेपा, पोखराको हल्लनचोक र चितवनको सौराहामा मोमोटारो रेष्टुरेण्ट खुलेको छ। मोमोटारो रेष्टुरेण्टके पहिचान भनेको जापानिज, चाइनिज तथा थारू परिकार हो। यसका साथै नेपाली खानाको परिकार पनि पाइन्छ। Continue reading “होटल व्यावसायमा जम्दै पुरन चौधरी”
३ सय ३६ घन्टाको अन्शन तोड्दै डा. केसीले भने, ‘अभियानलाई सघाउनुस्’
काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका हाडजार्नी विभागका प्रमुख प्रा. डा. गोविन्द केसीले अस्पताललाई उत्कृष्ट चिकित्सकीय शैक्षिक संस्थाका रुपमा थप विकास गर्ने अभियानमा सहयोग गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन्। उनले भने, ‘अथक प्रयासपछि ठूलो उपलब्धि प्राप्त हुन लागेको छ, यसलाई कुण्ठित गर्न नदिन म सर्वाेच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, रजिष्ट्रार तथा सबै कर्मचारीहरुलाई आग्रह गर्दछु।’ Continue reading “३ सय ३६ घन्टाको अन्शन तोड्दै डा. केसीले भने, ‘अभियानलाई सघाउनुस्’”
कम्बल वितरण गर्दै पूर्व कमलरी
सन्तोष दहित, दाङ- पूर्व कम्लरीले नै विपन्न परिवारलाई कम्बल वितरण गरिन् भन्दा पत्यार नलाग्न सक्छ। तर कुरा सत्य हो। जो अरुको घरमा १८ वर्ष कमलरी भएर काम गरिन्। तिनैले आफूजस्तो नियति अरुले नभोगोस् भनेर समाज सेवा गरिरहेकी छन्। जाडोको समयमा आगोको सहाराले जीवन बिताउने पूर्व कमलरीदेखि लिएर विपन्न परिवार, असाहय, अपाङगहरुको घरघरमा पुगेर कम्बल वितरण गर्दैछिन् पूर्व कमलरी शान्ता चौधरी। Continue reading “कम्बल वितरण गर्दै पूर्व कमलरी”
नयाँ नेतृत्व र नयाँ अपेक्षा
एकराज पाठक, काठमाडौं- २०६५ को जेठ १५ गते मुलुकमा पहिलो संविधानसभाको पहिलो बैठक बस्ने तयारी गरिरहँदाको तामझाम अर्कै थियो। त्यस समयको संविधानसभाको ठूलो पार्टी अर्कै थियो भने मूल एजेण्डा संविधान लेख्ने नै भएपनि त्यसलाई सम्भव तुल्याउने अर्को मुल कार्य भनेको राजा हटाउनु थियो। जुन कार्य पछि व्यवहारमा जति सजिलो देखियो त्यो भन्दा कयौँ गुणा जटिल हुनसक्ने आशङ्का पार्टी र जनतामा नै थियो। Continue reading “नयाँ नेतृत्व र नयाँ अपेक्षा”
लोक सेवाका परीक्षार्थीले अनलाइनबाटै फर्म भर्नसक्ने
काठमाडौं- आगामी वर्षदेखि लोक सेवा आयोगका परीक्षार्थीहरूले अनलाइनबाटै परीक्षा फर्म भरेर आफैँले प्रवेशपत्र प्रिन्ट गरेर परीक्षा हलमा प्रवेश गर्नसक्ने भएका छन्। एसियाली विकास बैंकको सहयोगमा तयार हुँदै गरेको सो प्रविधिले सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूलाई सहज र सरल वातावरण तयार पार्नेछ। Continue reading “लोक सेवाका परीक्षार्थीले अनलाइनबाटै फर्म भर्नसक्ने”
सामसुङ मोबाइलको मूल्य घट्यो
सामसुङ कम्पनीले नेपालमा बिक्री हुने सबै किसिमका फोन सेटको मूल्य घटाएको छ। सामसुङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आईएमएस)ले मोडलअनुसार एक सय ५० देखि १० हजार रुपैयाँसम्म मूल्य घटाएको हो। कम्पनीले ९१ हजार पाँच सय मूल्य तोकेको सामसुङ ग्यालेक्सी नोट थ्रीको मूल्यमा १० हजार घटाएको आईएमएसका मार्केटिङ प्रमुख पुष्कल खतिवडाले बताए।
यस्तै सबैभन्दा सस्तो सामसुङ गुरु १२०७ को एक सय ५० रुपैयाँ घटाएर दुई हजार ५० मूल्य तोकिएको छ। सामसुङ मोबाइलप्रति ग्राहकको आकर्षण बढेकाले सबै मोडलका स्मार्टफोनको मूल्य घटाएको खतिवडाले बताए। कम्पनीले हाल २१ मोडलका फोन नेपाली बजारमा बिक्री गरिरहेको छ।
सामाजिक सञ्जाल र इन्टरनेट चलाउन सजिलो हुने, छिटो इन्टरनेट चल्ने, मल्टिमिडिया सुविधाका कारण अहिले स्मार्ट फोनतर्फ ग्राहक बढी आकर्Èित भइरहेको खतिवडाको भनाइ छ। विभिन्न खाले आधुनिक र सुविधायुक्त मोबाइल एप्लिकेसन र गेमहरू खेल्न मिल्ने भएकाले यस्ता फोनमा युवा पुस्ताको विशेष आकर्षण रहेको उनले बताए।
एक अध्ययनले माइक्रोम्याक्स, कलर्स, लेनोभो, सोनीलगायत स्मार्टफोनको बिक्री पनि बढ्दै गएको देखाएको छ। सामसुङले बजार हिस्सा नगुमाउन मूल्य घटाएको हो। तर, खतिवडाले भने यो कुरालाई अस्वीकार गरेका छन्, ‘ग्राहकको पहिलो रोजाइ नै सामसुङ हो। हामीलाई बजार हिस्सा गुमाउने चिन्तै छैन। विभिन्न ब्रान्डका स्मार्टफोन बजारमा आउन थालेपछि ग्रे मोबाइलसँग प्रतिस्पर्धा गर्न पो हामीले मूल्य घटाएका हौँ,’ खतिवडाले भने। प्रतिस्पर्धामा आउन र विशेषगरी बढ्दो आकर्षणलाई ध्यानमा राखेर मूल्यमा छुट दिएको उनको भनाइ छ। सामसुङको मोबाइल बजारको ६५ प्रतिशत हिस्सा ओगटेको कम्पनीको दाबी छ।
एप्पलको आई–फोन, नोकिया, सामसुङ, सोनी, एलजी, मोटोरोला, ब्ल्याकबेरीजस्ता ब्रान्डेड फोन र भारतमा उत्पादन हुने स्पाइस, कलर्स, कार्बन, म्याक्रोम्याक्स, लाभालगायत स्मार्टफोन बजारमा किन्न पाइन्छन्। यसबाहेक चिनियाँ स्मार्टफोनहरू पनि नेपाली बजारमा छ्यापछ्यापती भेटिन्छन्। बजारमा विभिन्न ब्रान्डका ८ हजार देखि १ लाख रुपैयाँ पर्ने स्मार्ट फोन पाइन्छन्।
बिक्रेताका अनुसार नेपाली बजारमा सबैभन्दा बढी रुचाइने स्मार्टफोन सामसुङ हो। गुणस्तरीय, वारेन्टी र देशभर सेवा केन्द्र भएकाले सामसुङका स्मार्टफोन धेरै बिक्री हुने गरेको सीटीभी केयरका सेल्स एक्जुकेटिभ सुमित्रा लोप्चनले बताइन्।
मोबाइल मोडल पहिलेको मूल्य रु. अहिलेको मूल्य रु.
ग्यालेक्सी नोट थ्री ९१, ५०० ८१,५००
ग्यालेक्सी नोट टू ६८,००० ६०,०००
ग्यालेक्सी एस फोर ७५,९०० ६९,५००
ग्यालेक्सी एस थ्री ५३,५०० ४४,६००
ग्यालेक्सी एसफोर मिनी ५१,५०० ३८,८००
ग्यालेक्सी मेगा ४४,००० ३९,६००
ग्यालेक्सी गियर ४६,५०० ३७,५००
ग्यालेक्सी ग्रान्ड ३७,५०० ३३,५००
ग्यालेक्सी कोर २९,५०० २४,२००
ग्यालेक्सी एस डुअस २ १८,५०० १८,५००
ग्यालेक्सी एस डुअस २२,५०० १७,७००
ग्यालेक्सी ट्रेन्ड १६,५०० १३,६५०
ग्यालेक्सी ट्याब थ्री एस
एसएम टी ३११० ५०,८०० ४४,७००
ग्यालेक्सी ट्याब थ्री
एसएम टी २१०० २६,९०० २३,७००
ग्यालेक्सी ट्याब टू ७.० ३७,३०० ३१,०००
ग्यालेक्सी प्रो १३,००० ११,५००
ग्यालेक्सी योङ १५,००० १२,८००
ग्यालेक्सी स्टार ९,६०० ८,७००
रेक्स ६० ६,७०० ६,५००
गुरु १२०७ २,२०० २,०५०
एक मृत्यु, एक रहस्य
नियतिमाथि विश्वास गर्नेलाई लाग्न सक्छ– भारतको मानवीय संसाधन विकास राज्यमन्त्री शशी थरुरको पुर्पुरोमा सुखमय दाम्पत्य जीवन लेखेको रहेनछ। दुई जना पत्नीसँग विविध कारणले दाम्पत्य जीवन जम्न नसकेपछि उनले सुनन्दा पुस्करसँग तेस्रो बिहे गरे। तर, तेस्रो लगनगाँठो पनि सुनन्दाको मृत्युसँगै वियोगपूर्ण भएको छ। Continue reading “एक मृत्यु, एक रहस्य”





