माघीको उद्‍घाटन गर्दै रेग्मीले भने, ‘जननिर्वाचित सरकारपछि विश्राम’

maghi_ktm_2070-13

काठमाडौं- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निकट भविष्यमा नै जननिर्वाचित सरकार गठन भई आफ्नो सरकारले विश्राम लिने बताएका छन्। थारु कल्याणकारिणी सभाद्वारा आयोजित ‘माघी महोत्सव २०७०’को अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले भने, ‘आफूले प्राप्त जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी राज्य संयन्त्रको सहज सञ्चालनको प्रारम्भ हुने अवस्थासम्म आइपुगेकाले निकट भविष्यमा नै जननिर्वाचित सरकार गठन भई यस सरकारले विश्राम लिनेछ।’ Continue reading “माघीको उद्‍घाटन गर्दै रेग्मीले भने, ‘जननिर्वाचित सरकारपछि विश्राम’”

राजधानीमा माघी महोत्सव (फोटो फिचर र भिडियो)

मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले बुधबार राजधानीको टुँडिखेलमा माघी पर्व मनाएका छन्। परम्परागत पोसाकमा सजिएर आएका उनीहरुले एकै थलोमा नाँच–गाँन र खानपिन गर्दै रमाइलो गरे। थारु कल्याणकारिणी सभा उपत्यका समिति र विभिन्न थारु संघसंस्थाको पहलमा महोत्सवको आयोजना भएको हो। महोत्सवको उद्घाकटन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले गरे। Continue reading “राजधानीमा माघी महोत्सव (फोटो फिचर र भिडियो)”

यसरी मनाइन्छ थारु समुदायको माघी

सन्जु चौधरी- पिठा कुट्ना : थारु जातिको महान् पर्व माघी पुसको मसान्तभन्दा अघिल्लो राति पीठो कुट्ने चलन छ। पीठो कुट्ने दिन (ठर्‍या) युवाहरु आफ्नो घरभन्दा अन्य घरमा बठीनिया (युवती)हरु भएको घरमा पीठो कुट्न जाने चलन छ। सो दिनमा मीठो मीठो परिकार अण्डीक झ्वाँर डारु (अन्दीको चामलबाट बनाइने जाँड) पीउने चलन छ। पीठो कुटेर सकेर सबै जना पस्का (अगेना) को वरिपरि बसेर खाने चलन छ। Continue reading “यसरी मनाइन्छ थारु समुदायको माघी”

थारु समुदायमा आजदेखि माघी

maghi_kailali

अविनाश चौधरी, धनगढी- तराईमा बसोबास गर्दै आएका थारु समुदायमा आजदेखि माघी पर्व सुरु भएको छ। थारु समुदायले माघीलाई महान पर्व र नयाँ बर्षको रुपमा तीनदिनसम्म मनाउँदै आएका छन्। पश्चिम नेपालका थारुले माघीलाई अझ बढी धुमधामसँग मनाउँदैआएका छन्। पर्वसँगै थारु गाउँमा चहलपहल बढेको छ। पुराना काम/कुरालाई बिर्सेर नयाँ कामको थालनी गर्ने पर्व रहेकाले माघीलाई थारुले नयाँ बर्षको रुपमा लिने गरेको बताइएको छ। Continue reading “थारु समुदायमा आजदेखि माघी”

कमलरी राख्‍ने जोसुकैलाई कारबाही हुन्छ : मन्त्री प्रधान

kamlari mukti dibas_2070-1

दाङ- महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा प्रधानले कमलरी राख्नेा जोकोहीलाई कानुनु कठघरामा ल्याएर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएकी छन्। बालकल्याण समितिद्वारा घोराहीमा आयोजित कमलरी मुक्ति दिवसमा अवसरमा उनले सरकारले मुक्त कमलरी घोषणा गरिसकेको हुँदा त्यस्तो अपराध गर्ने सबैलाई कारबाही गर्ने बतइन्। पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायका चेलीलाई पैसाको प्रलोभन देखाएर कमलरी राख्नेा गरिन्छ। ‘कलिलो बालिकालाई दासी बनाउनेलाई कुनै हालतमा छाडिन्न,’ उनले भनिन्। Continue reading “कमलरी राख्‍ने जोसुकैलाई कारबाही हुन्छ : मन्त्री प्रधान”

थारु पत्रकार संघ आपन स्थापन दिवस ओराइल

santosh dahit

दाङ- थारु समुदायके भाषा, कला, सस्कृतिके संरक्षणमा थारु पत्रकारहुकने भारि योगदान रलक घोराहीमा अयोजित एक कार्यक्रमम बोल्ना बक्ताहुक्र जोडदेरख्ल। अत्वारक दिन्वा थारु पत्रकार संघ दाङ शाखाके त्यासर बार्षिक उत्वस तथा माघिमिलन कार्यक्रमम वोल्ना बक्ताहुक्र असिन बातम जोडदेलक हुइट। पछिल्लो समयम थारुन्हक भाषा, कला, सस्कृति लोप हुइटी गैइल चिन्ता व्यक्ति करटी असिन विषयम आम्हिन थारु पत्रकाहुक्र तदारुकताके साथ लाग पर्ना सुझाब देल। Continue reading “थारु पत्रकार संघ आपन स्थापन दिवस ओराइल”

माघीमा तीन दिन सार्वजनिक विदा माग

धनगढी- थारु कल्याणकारिणी सभा कैलालीले माघी पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा गर्न सरकारसंग माग गरेको छ।  माघी आफ्नो समुदायको नयाँ बर्ष र सबैभन्दा ठूलो पर्व रहेको भन्दै सभाले पौष मसान्तदेखि माघ दुई गतेसम्म सार्वजनिक विदा माग गरेको हो। Continue reading “माघीमा तीन दिन सार्वजनिक विदा माग”

कमलरी मुक्तिका लागि साझा पहल जरुरी

धनगढी- कमलरी मुक्तिका लागि सबैले साझा पहल गर्नु पर्ने जोड दिइएको छ।  विभिन्न संघसंस्थाहरुले शनिवार टीकापुरमा आयोजना गरेको कम्लरी मुक्ति घमेषणा सन्देश सभा कार्यक्रमका कार्यक्रममा यस्तो बताइएको हो। कार्यक्रममा बोल्दै राप्रपा नेपाल कैलाली क्षेत्र नं ३ कि समानुपातिक सभासद रामदुलारी चौधरीले अब कसैलेपनि कमलरी राख्न नहुने बताइन्। उनले कमलरीको नाममा धेरै संघसंस्थाहरु खुलेपनि वास्तविक कमलरीहरुको उद्धार र पुनःस्थापना अझै हुन नसकेको बताइन्। Continue reading “कमलरी मुक्तिका लागि साझा पहल जरुरी”

तीन थारू पुरस्कृत

सञ्जीव चौधरीको ब्लग भ्वाइस अफ थारुबाट लिइएको तस्बिर।
सञ्जीव चौधरीको ब्लग भ्वाइस अफ थारुबाट लिइएको तस्बिर।

काठमाडौं- भद्रकुमारी घले सेवा सदनले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा योगदान पुर्‍याएका ४० जनालाई पुस २७ गते एक समारोहका बीच पुरस्कृत गरेको छ। जसमा ३ जना थारू समुदायका ब्यक्ति पुरस्कृत भएका छन्। Continue reading “तीन थारू पुरस्कृत”

थारून्हक् लौव बरस माघ ओ छाईक दुःख (थारु भाषा)

maghi mahotsaw-1

दिप्तीशिखा चौधरीखीयै हो! माघक पिली गुरी जाँर ।
पुस माघ मैन्हक जार थारून्हक् भ्यासम सजल ठर्यहन व बठ्न्यावन्हक् बगाल गाँउ गाँउमसे निक्रठा। सक्कु ठर्ययन ओ बठ्न्यावनके हाँठम मन्जिरा रठन व एक्ठो मन्डर्याा, एक्ठो नचन्या रठ। ठौ मन ना ˜˜˜ ठौ मन ना ˜˜˜क् ख्वाटम मन्ड्र्रा ओ गीत गाख काम कैख डट्करल थारूहुक्र अन्डीक जाँरक झ्वार पिख अट्यावन बिस्रैठ। Continue reading “थारून्हक् लौव बरस माघ ओ छाईक दुःख (थारु भाषा)”