काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मार्क्सवाद धर्मशास्त्र नभएको उल्लेख गरेको छ। खुलामञ्चको घोषणा सभालाई सम्बोधन गर्दै उनले एमाओवादीले त्यसलाई धर्मशास्त्र नमानेको स्पष्ट पारे। ‘मार्क्सवादलाई धर्मशास्त्रको रुपमा हेर्ने कुराको हामी विरोधी हौं’, उनले भने। नेकपा माओवादीले जनयुद्ध सुरुवात गर्नुअघि कम्युनिष्टहरुबीच भएको एकीकरणलाई ‘दक्षिणपन्थीहरुको एकीकरण’ भनेको स्मरण गर्दै उनले अहिले पनि कसै कसैले आफूहरुलाई संशोधनवादी भनिरहेको बताए। ‘आज तिनीहरुको हैसियत अमेरिका र युरोपमा के छ?’ Continue reading “दाहाल भन्छन्- मार्क्सवाद धर्मशास्त्र हैन”
Author: admin
प्रधानमन्त्रीले भने- बाटो बदलेपनि जनयुद्धको लक्ष्य छाडेको छैन
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले जनयुद्ध त्यागे पनि उद्देश्य प्राप्तिका लागि बाटो मात्र बदलेको बताएका छन्। ‘हो हामीले बाटो बद्लेको हो’, खुलामञ्चमा आयोजित घोषणासभालाई सम्बोधन गर्दै उनले भने- ‘तर जनयुद्धको लक्ष्य छाडेको हैन।’ जनयुद्धलाई अवमूल्यन नगर्न विपक्षीहरुलाई चेतावनी दिँदै उनले जनयुद्धलाई नेपाली जनताले युगौं युगसम्म सम्झिइरहने बताए। गणतन्त्र, समावेशी, धर्मनिरपेक्षता, संघीयता लगायतका उपलब्धि जनयुद्धकै आधारमा हाँसिल भएको दाबी उनले गरे। जनयुद्धलाई केही व्यक्तिहरुले अवमूल्यन गरेको भन्दै कटाक्ष गरेका प्रधानमन्त्री भट्टराईले त्यसो नगर्न चेतावनी समेत दिए। ‘महान जनयुद्धको अवमूल्यन् कहीँ कतैबाट नगरियोस् म सबैलाई सचेत गराउन चाहन्छु’, उनले भने। Continue reading “प्रधानमन्त्रीले भने- बाटो बदलेपनि जनयुद्धको लक्ष्य छाडेको छैन”
एमालेले प्रधानन्यायाधीश नेतृत्वको सरकार नमान्ने
काठमाडौं- नेकपा एमालेले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर नयाँ निर्वाचनमा जान नसकिने धारणा सार्वजनिक गरेको छ। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको प्रमुख एउटै व्यक्तिलाई बनाउँदा शक्ति पृथकीकरणको सिद्वान्त विपरीत हुने उसको धारणा छ। उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको आज बल्खुमा बसेको अनौपचारिक बैठकले सो धारणा सार्वजनिक गरेको पार्टीका महासचिव ईश्वर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए। Continue reading “एमालेले प्रधानन्यायाधीश नेतृत्वको सरकार नमान्ने”
मुक्त हलियालाई प्याकेजमा पुनःस्थापन गराउने तीनवर्षे कार्यक्रम
कञ्चनपुर- राष्ट्रिय मुक्त हलिया समाज महासङ्घले मुक्त हलियालाई प्याकेजमा पुनःस्थापन गराउने तीन वर्षे कार्यक्रम बनाएको छ। भूमि सुधार तथा व्यवस्था मन्त्रालयसँग समन्वय गरी बनाएको कार्यक्रम बजेट अभावमा थन्किएको छ। चार वर्षअघि मुक्त घोषणा गरिएका हलियामध्ये तीन वर्षको प्याकेजमा पुनःस्थापन गराउन रु एक अर्ब ५६ लाखको कार्ययोजना बनाएको थियो। Continue reading “मुक्त हलियालाई प्याकेजमा पुनःस्थापन गराउने तीनवर्षे कार्यक्रम”
बालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी सम्मानित
वीरगन्ज- अपहरणमा परेका आठ वर्षीय बालकको सकुशल उद्धार गरेर पर्साको शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएवापत वीरगन्ज उद्योग वाणिज्य सङ्घ र मारवाडी सेवा ट्रस्टले जिल्लाका छजना प्रहरी अधिकृतलाई संयुक्तरुपमा सम्मान गरेको छ। सम्मानित हुनेहरूमा अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल, पर्साका प्रहरी उपरीक्षक पीताम्बर अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक नगेन्द्र थापा, प्रहरी निरीक्षकद्वय मनोहर भट्ट र मुक्तिनारायण चौधरी तथा प्रहरी नायब निरीक्षक रुद्र कँडेल रहेका छन्। Continue reading “बालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी सम्मानित”
टिभी धेरै हेर्नेको स्पर्म काउन्ट घट्दो
लन्डन, एजेन्सी– के तपाईं टेलिभिजन अत्यधिक हेर्नुहुन्छ? हेर्नुहुन्छ भने बेलैमा सावधान भइहाल्नुस् र टेलिभिजनको साटो मर्निङ वाक वा जिम जान थाल्नु भए हुन्छ। टेलिभिजन अत्यधिक हेर्नाले तपाईंको वंश मासिने सम्भावना बढ्ने पाइएको छ। वैज्ञानिकको एक समूहले गरेको अनुसन्धानमा टेलिभिजन कम हेर्ने पुरुषको तुलनामा सातामा २० घन्टाभन्दा बढी टेलिभिजन हेर्ने पुरुषको स्पर्म काउन्ट आधा मात्र पाइयो। सातामा २० घन्टाभन्दा बढी टेलिभिजन हेर्ने पुरुषको स्पर्म काउन्ट (वीर्यमा सुक्रकीट संख्या) घटिरहेको अनुसन्धानले देखाएको छ। Continue reading “टिभी धेरै हेर्नेको स्पर्म काउन्ट घट्दो”
संसद आक्रमणकारीलाई फाँसी

नयाँ दिल्ली, एजेन्सी– सन् २००१ मा भारतीय संसदमा आक्रमण गरेका काश्मिरी पृथकतावादी मोहम्मद अफजल गुरुलाई शनिबार फाँसी दिइएको छ।
गुरुलाई भारतीय संसदमा आतंकवादी आक्रमण गरेको आरोपमा अदालतले मृत्युदन्डको फैसला गरेको थियो। उनलाई शनिबार राजधानी नयाँ दिल्लीस्थित तिहाड जेलमा फाँसी दिइयो। सन् २००१ मा भएको संसद आक्रमणका कारण पारमाणविक हतियारयुक्त देश भारत–पाकिस्तान त्यसबेला युद्धको संघारमा पुगेका थिए। गुरुले आतंकवादी लडाकुका साथ संसदमा आक्रमण गरेका थिए। Continue reading “संसद आक्रमणकारीलाई फाँसी”
जेठमै चुनाव हुने गरी सहमति हुन्छ : प्रधानमन्त्री भट्टराई
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी जेठको मध्यसम्ममा अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्ने गरी केही दिनभित्रै राजनीतिक निकास निस्कने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहमा प्रधानमन्त्री डा भट्टराईले भने, “देशमा विद्यमान लामो राजनीतिक गत्यावरोधको अँध्यारो सुरुङबाट अब हामी छिट्टै समाधानको उज्यालोतिर उद्धत हुँदैछौं।”
उनले वर्तमान सरकारले नै नयाँ निर्वाचनको घोषणा गरेको हुँदा त्यसमा केन्द्रीत रहेर निस्कने समाधानमा सरकार पूर्णरुपले प्रतिबद्ध रहने विश्वास दिलाए। Continue reading “जेठमै चुनाव हुने गरी सहमति हुन्छ : प्रधानमन्त्री भट्टराई”
दुई दिनभित्र सहमति गर्न राष्ट्रपतिको आग्रह
काठमाडौं- राष्ट्रपति रामवरण यादवले मुलुकको राजनीतिक सङ्कटको दुई दिनभित्र निकास निकाल्न प्रमुख दलका नेताहरुलाई आग्रह गरेका छन्। प्रमुख दलका शीर्ष नेताहरुसँग शनिबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा राष्ट्रपति यादवले सो आग्रह गर्नुभएको बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीलाई जानकारी दिए। Continue reading “दुई दिनभित्र सहमति गर्न राष्ट्रपतिको आग्रह”
सिमरा गोल्ड कपमा १० लाख सहयोग गर्ने को ?
बारा- मोफसलकै सबैभन्दा धेरै धनराशि पुरस्कार भएको बाराको सिमरामा सञ्चालित सिमरा गोल्डकप फुटबल प्रतियोगितामा सबैभन्दा धेरै आर्थिक सहयोग गरेका व्यक्ति सार्वजनिक हुन चाहँदैनन्। सो प्रतियोगिताका लागि एक अज्ञात व्यक्तिले बैंकमार्फत रु १० लाख १० हजार सहयोग गरेकाले दर्शक तथा सर्वसाधारणका लागि प्रतियोगिताभन्दा उनको सहयोग बढी चासोको विषय बनेको छ। Continue reading “सिमरा गोल्ड कपमा १० लाख सहयोग गर्ने को ?”