राजकीय सम्मानबिनै पूर्वमन्त्री चौधरीको अन्त्यष्टि (फोटो फिचर र भिडियो)

मदन चौधरी- नेपाली कांग्रेसका पूर्वमहानमन्त्री तथा विघटित राज्य परिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो। पशुपतिमै गरिएको श्रदाञ्जली सभामा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरा, थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहित, पूर्व सभासद् रुक्मिणी चौधरी लगायत नेताहरुको उपस्थिति थियो। Continue reading “राजकीय सम्मानबिनै पूर्वमन्त्री चौधरीको अन्त्यष्टि (फोटो फिचर र भिडियो)”

बिज्जुको बिजी हुने चाहाना

थारु भाषाको फिल्म ‘तोहरिक हम भुला न सकली’बाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री बिज्जु खवास यही क्षेत्रमा बिजी हुने चाहाना छ। पहिलो फिल्मबाट पाएको प्रतिक्रियाले हौसिएकी उनलाई यही क्षेत्रमा जम्न सकिन्छ भन्ने आशा पनि पलाएको छ। उसो त सीताराम चौधरीको ‘जवानीया तहल्का मच्चा देहल’नामक भोजपुरी एल्बमको ‘हंगामा हंगामा’ शीर्षक जवानी जोश देखाएर पनि राम्रै चर्चा बटुलेकी थिइन् उनले। Continue reading “बिज्जुको बिजी हुने चाहाना”

छोरीको मृत्युपछि दुःखका दिन सुरु भए

परशुनारायण चौधरी- ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने नेपाली उखानको ठिकविपरित मलाई जीवनको अन्त्यमा एक्लिनुपर्छ भन्ने कहाँ थाहाँ थियो र! उसो त हामी आफ्नो बुबाको पाँचभाइ दाजुभाइ थियौं। ‘जेठो’ म आफैं थिएँ। तर जीवनको आरोह-अवरोहले हामीलाई छिन्नभिन्न तुल्याइदियो। जीवनको शुभारम्भमा परिवारका सदस्यहरूसँग जीवन व्यतीत गर्ने अवसर पाइए पनि अन्तिम अवस्थामा परिवारबाट टाढिनुपर्‍यो। Continue reading “छोरीको मृत्युपछि दुःखका दिन सुरु भए”

रहेनन् परशुनारायण चौधरी

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् विघटित राज परिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीको ८६ वर्षको उमेरमा आज बिहान २:१५ बजे पाटन अस्पतालमा निधन भएको छ। उनी दम र मुटुलगायत रोगबाट ग्रसित थिए। पिता लीलाराम र माता कृष्णमायाको कोखबाट दाङमा जन्मेका चौधरी दलीय राजनीति छाडेर विसं २०३७ मा सहयोगीहरुका साथ पञ्चायत प्रवेश गरी शिक्षामन्त्री पनि बनेका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। Continue reading “रहेनन् परशुनारायण चौधरी”

गेस पेपरको उत्पादन र बिक्रीमा रोक

काठमाडौं- गुणस्तरीय शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले गेस पेपर प्रकाशन र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिस्तरीय निर्णयले गेस पेपर प्रकाशन तथा बिक्री वितरणमा रोक लगाएको हो। गुणस्तरीय शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले गरेको उक्त निर्णय कार्यान्वयनका लागि त्यस्ता सामग्री उत्पादन तथा प्रकाशन गर्ने प्रकाशकलाई प्रकाशन नगर्न, वितरकलाई वितरण नगर्न, बित्रे्कतालाई बिक्री नगर्न, विद्यार्थी तथा अभिभावकलाई खरिद नगर्न पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले अनुरोध गरेको छ। Continue reading “गेस पेपरको उत्पादन र बिक्रीमा रोक”

नेपाल भ्रष्टाचार हुने १३९औं स्थानमा

काठमाडौं- विश्वमा भ्रष्टाचार हुने १७४ मुलुकमध्ये नेपाल यो वर्ष १३९औं स्थानमा परेको एक प्रतिवेदनले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा सन् २०१२ को भ्रष्टाचार अवधारणा सूचकाङ्क प्रतिवेदनमा कूल १०० अङ्कमा २७ अङ्क प्राप्त गरेको जनाइएको छ। परिवर्तित अनुसन्धान विधिअनुसार तयार पारिएको सूचकाङ्कमा १०० अङ्कले न्यून र ० अङ्कले अधिकतम भ्रष्टाचार रहेको जनाउँछ।  Continue reading “नेपाल भ्रष्टाचार हुने १३९औं स्थानमा”

सर्वोच्च अदालतमा सात न्यायाधीश

काठमाडौं- स्थायी र अस्थायी गरी २४ जनासम्म न्यायाधीश रहने सर्वोच्च अदालतमा आजैदेखि पाँचजना अस्थायी न्यायाधीश सेवाबाट निवृत्त भएकाले सातजना न्यायाधीशमात्र बाँकी भएका छन्। दुई वर्षका लागि उक्त अदालतको अस्थायी न्यायाधीशको रूपमा नियुक्ति पाएका भरतराज उप्रेती, वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट, ज्ञानेन्द्रबहादुर कार्की, डा भरतबहादुर कार्की र कमलनारायण दासको आजका मितिदेखि पदावधि सकिएको हो। न्यायाधीश उप्रेतीले भने केहीदिनअघि नै राजीनामा दिएका थिए।  Continue reading “सर्वोच्च अदालतमा सात न्यायाधीश”

सरस्वती चौधरी


उनी हुन् गुरुकूलकी अभिनेत्री सरस्वती चौधरी। बर्दियाकी यी अभिनेत्रीसँगको विशेष कुराकानी केही दिनपछि हामी प्रकाशित गर्नेछौं।

जीवनयापनका लागि सङ्घर्षरत मुक्त कमैया

नीरज गौतम, नेपालगन्ज- सरकारले कमैयामुक्ति घोषणा गरेको १२ वर्ष पुगेको अवधिमा पनि बाँके जिल्लाका मुक्तकमैयाको समुचित पुनःस्थापना हुन नसकेकाले उनीहरूले अझै आफू सम्पूर्णरूपमा मुक्त भएको अनुभूत गर्नसकेका छैनन्। जिल्ला भूमिसुधार कार्यालयले जिल्लाका सिफारिस गरिएका सबै एक हजार ८२५ मुक्तकमैयालाई जग्गाधनी लालपूर्जा उपलब्ध गराएपछि विसं २०६५ फागुनमा ‘कमैया नभएको जिल्ला’ घोषणा गरे पनि मुक्तकमैयाले अझै गाँसबासको समस्या झेलिरहेको मुक्तकमैया समाज, बाँकेका अध्यक्ष सुषमा थारुको भनाइ छ। Continue reading “जीवनयापनका लागि सङ्घर्षरत मुक्त कमैया”