सीएनएन हिरोका लागि महिला स्वास्थ्यसेविका मनोनयन गरिने

काठमाडौं- अगामी वर्षका लागि सरकारीस्तरमा पनि पहिलोपटक सीएनएन हिरोका लागि आवेदन दिइने भएको छ। स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले वडास्तरमा महिला स्वास्थ्यसेविकाले निःशुल्करूपमा प्रवाह गरिराखेका स्वास्थ्य सेवाबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन सो आवेदन दिन लागेको हो। नेपालको गैरसरकारी संस्थाका तर्फबाट दिइएको आवेदनमा नेपालका अनुराधा कोइराला र पुष्पा बस्नेत सीएनएन हिरोबाट सम्मानित भइसकेकी छिन्।  Continue reading “सीएनएन हिरोका लागि महिला स्वास्थ्यसेविका मनोनयन गरिने”

बाह्र बुँदे सहमतिको अस्तित्व समाप्त : गजुरेल

सिन्धुलीमाढी- नेकपा–माओवादीका उपाध्यक्ष चन्द्रप्रसाद गजुरेलले अहिलेको अवस्थामा राजनीतिक समस्या समाधानका लागि १२ बुँदे सहमति पर्याप्त नरहेको बताएका छन्। क्रान्तिकारी पत्रकार सङ्घ सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष गजुरेलले भने– “तत्कालीन समयभन्दा अहिलेको अवस्था फरक भइसकेको छ। एमाओवादी अध्यक्षले गर्नुभएको १२ बुँदेको अस्तित्व समाप्त भइसकेकाले वर्तमान राजनीतिक समस्या समाधानका लागि राजनीतिक दलहरूबीच नयाँ सहमति कायम गरेर जानुपर्छ।” Continue reading “बाह्र बुँदे सहमतिको अस्तित्व समाप्त : गजुरेल”

पूर्वाञ्चल विश्वविद्यालयको पठनपाठन ठप्प

विराटनगर- विभिन्न समूहको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यलयको दैनिक कार्य एवम् पठनपाठन ठप्प भएको छ। विश्वविद्यालयले आफूहरूमध्येबाटै रजिस्ट्रार नियुक्त गर्नुपर्ने माग गर्दै प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले लगाएको तालामाथि नेपाल विद्यार्थी सङ्घले थप अर्को तला लगाएको छ। Continue reading “पूर्वाञ्चल विश्वविद्यालयको पठनपाठन ठप्प”

विदेशी लगानी भित्र्याउन ‘इन्भेस्ट चितवन’ गरिँदै

चितवन- विदेशी लगानीकर्तालाई चितवनमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यसपालिको चितवन महोत्सवमा ‘इन्भेस्ट चितवन’को योजना अघि सारिएको छ। विदेशी अर्थविद् तथा व्यवसायीहरूको सहभागितामा गरिने तीनदिने ‘इन्भेस्ट चितवन’ सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी महोत्सवको मुख्य आकर्षण हुने मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डा तीलचन्द्र भट्टराईले जानकारी दिए।  Continue reading “विदेशी लगानी भित्र्याउन ‘इन्भेस्ट चितवन’ गरिँदै”

कांग्रेसबाट कोइराला प्रधानमन्त्रीका उम्मेदवार, एमाओवादीको चार शर्त

सूर्यचन्द्र बस्नेत, काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले राष्ट्रिय सहमतीय सरकारको लागि प्रधानमन्त्रीको उम्मेदवारमा पार्टी सभापति सुशील कोइरालालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नयाँ सहमतीय सरकारका लागि प्रधानमन्त्री उम्मेदवारमा पार्टी सभापति कोइरालालाई प्रस्तुत गर्ने निर्णय गरेको हो।  Continue reading “कांग्रेसबाट कोइराला प्रधानमन्त्रीका उम्मेदवार, एमाओवादीको चार शर्त”

एकीकृतरूपमा सहमति हुनुपर्ने एमाओवादी बैठकको निर्णय

काठमाडौं- एकीकृत नेकपा (माओवादी)को बैठकले संविधान निर्माणलगायतका विषयमा एकीकृतरूपमा सहमति भएमात्र राष्ट्रिय सहमतिको सरकार स्वीकार गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहान बसेको बैठकले राष्ट्रिय सहमतिका लागि आफ्नो दलले हदैसम्मको लचकता अपनाएको उल्लेख गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने– मुख्य चार विषयमा अन्य दलले एकीकृतरूपमा सहमति जनाउनुपर्छ।  Continue reading “एकीकृतरूपमा सहमति हुनुपर्ने एमाओवादी बैठकको निर्णय”

शीर्ष नेताको ‘वार्ता’ हात्तीको देखाउने दाँत भएको लेखीको आरोप

नेपालगन्ज- नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले २०६८ को जनगणनामा १२ थरी आदिवासी, जनजातिको पहिचान उल्लेख नगर्नाले राज्य आदिवासी, जनजातिप्रति संवेदनशील नभएको देखिएको टिप्पणी गरेका छन्। महासङ्घ बाँकेद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले जनगणनामा छुटेका आदिवासी जनजातिलाई राज्यले सम्बोधन नगरे महासङ्घ आन्दोलनमा जाने चेतावनी दिए। Continue reading “शीर्ष नेताको ‘वार्ता’ हात्तीको देखाउने दाँत भएको लेखीको आरोप”

सरकारले गर्‍यो महत्‍वपूर्ण नियुक्तिहरु

काठमाडौं- सरकारले १८ जना माओवादी नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। त्यस्तै विद्युत प्रधिकरणको अध्यक्षमा मुख्य सचिव लिलामणि पौडेललाई नियुक्त गरेको छ। बैठकले रामेश्वर यादवलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेको छ भने दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गरेको छ। त्यस्तै लुम्बिनी विकास कोषको सदस्य सचिवमा अजितकुमार तामाङलाई नियुक्त गरेको छ। Continue reading “सरकारले गर्‍यो महत्‍वपूर्ण नियुक्तिहरु”

कांग्रेसले बुधबार आफ्नो उम्मेदवारको नाम तीन दलको बैठकमा दिने

काठमाडौं- प्रमुख तीन दलको बैठकमा एकीकृत नेकपा (माओवादी)ले कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम मागेपछि कांग्रेसले आफ्नो तर्फबाट प्रधानमन्त्रीको नाम भोलि दिने भएको छ। सेना समायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा बसेको बैठकमा एमाओवादीले प्रधानमन्त्रीको नाम मागेपछि कांग्रेसले भोलि केन्द्रीय समितिको बैठक बसी नाम दिने बताएको कांग्रेस महामन्त्री कृष्ण सिटौलाले जानकारी दिए। Continue reading “कांग्रेसले बुधबार आफ्नो उम्मेदवारको नाम तीन दलको बैठकमा दिने”