श्याम सि टी- हमरे समाजमे जन्मेली, समाजमे सब कुछ करेली। समाजमे काम करटे करटे हमरे यी अमूल्य जीवन गवाँडेली। हम्मन यटना पटा फिर नाइ रहट कि हमरे समाजमे जनम लैके समाजके लिए का करेक परी, हमरे का करे जनम लेहले बाटी, एकर उत्तर सायद हमरे नाइ डैसेकी। लेकिन जब हमरे पैदा होइल बाटी टे हम्मन जीवनमे का करेक चाहीं? यी प्रश्न पर हमरे सोंच सेकलजाई। Continue reading “आपन समाजके रिन”
Author: admin
अत्याचार
नइ डरैठ आजकलके मनै आनक ज्यान मर्ना
आजकल मनैनके ढुंगाहस हो गइल बा मन
आनक ज्यान मार्के कमैठा ढेर धन
ढेर धन डेख्के रमइठिन ओइनके मन
बर्का बर्का मनै मन्ना छोरले बटाँ लाज
गरिबके छाई छावा बिक्री हुसेक्ले बाट आज Continue reading “अत्याचार”
थारु जाति देशकै चौथो
काठमाडौं- नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ। केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०६८ अनुसार यसपटकको जनगणनामा १ दशमलव ३५ प्रतिशतले जनसङ्ख्या बढेको हो। २०५८ सालमा नेपालको जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ जना थियो। Continue reading “थारु जाति देशकै चौथो”
विद्यापति स्मृति दिवस मनाइँदै
हिमांशु चौधरी, जनकपुरधाम- मैथिली भाषाका महाकवि विद्यापति ठाकुरको स्मृति दिवस देशका विभिन्न स्थानमा आजदेखि मनाउने क्रम सुरु भएको छ। सामान्यतः विद्यापति स्मृति दिवस विविध कार्यक्रमसहित एक महिनासम्म मनाइन्छ। मैथिली साहित्यका श्रष्टा विद्यापति कविकोकिल रहेका छन्। उनी नेपाली नभए पनि उनको कार्यक्षेत्र भने एक युगसम्म जनकपुरधाम नजिक बनौलीमा रहेको प्रमाणित छ। विद्यापतिले साहित्य, संस्कृति र राजनीतिक क्षेत्रमा पनि विशिष्ट योगदान गरी मैथिली भाषाका कृतिमार्फत भारतको ठूलै क्षेत्रमा समेत प्रभाव जमाएको पाइन्छ। Continue reading “विद्यापति स्मृति दिवस मनाइँदै”
आप्रवासी कामदारको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
काठमाडौं- राष्ट्रपति रामवरण यादवले आप्रवासी श्रमिकहरूको हक र अधिकारका लागि प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका छन्। विदेशमा काम गर्न गएका नेपाली मजदुरहरूको मानव अधिकारको अवस्था नाजुक रहेको भन्दै उनले उनीहरूले प्राप्त गर्ने मानव अधिकारलाई सम्मान गर्न सम्बन्धित देशका मानव अधिकार आयोगले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। Continue reading “आप्रवासी कामदारको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु”
जनगणना २०६८ को नतिजा सार्वजनिक
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले समावेशी नीति अङ्गालेको नेपालको विकासका लागि उचित र वस्तुनिष्ठ तथ्याङ्कले सहयोग पुर्याउने बताएका छन्। आज केन्द्रीय तथ्याङ्क विभागले आयोजना गरेको राष्ट्रिय जनगणना २०६८को नतिजा सार्वजनिक गर्दै प्रधानमन्त्रीले वस्तुनिष्ठ तथ्याङ्कले नै देश विकासका लागि सहयोग गर्ने बताएका हुन्। Continue reading “जनगणना २०६८ को नतिजा सार्वजनिक”
राष्ट्रपतिको आह्वानले मुठभेड निम्त्याउने : बोगटी
त्रिशुली- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले सहमतिको सरकारका लागि राष्ट्रपति रामवरण यादवले गरेको आह्वान राजनीतिक सङ्कट हल गर्नभन्दा पनि राजनीतिक मुठभेड निम्त्याउनेतर्फ अग्रसर भएको बताएका छन्। आज विदुरमा क्रान्तिकारी पत्रकार सङ्घले गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बोगटीले दलहरुलाई सहमतिको सरकारका लागि सात दिनको म्याद दिएर गरेको आह्वानको पक्ष र विपक्षमा नबोली तोकिएको म्यादमा सहमति नभए के हुन्छ भनेर चिन्तन गर्नुपर्ने बताए। Continue reading “राष्ट्रपतिको आह्वानले मुठभेड निम्त्याउने : बोगटी”
लामा हत्या प्रकरणमा मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश
काठमाडौं- एकीकृत माओवादीका नेता अग्निप्रसाद सापकोटा र सूर्यमान दोङलगायतको कर्तव्य ज्यान अभियोगको जाहेरी दरखास्त तामेलीमा राख्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न दायर रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिएको छ। Continue reading “लामा हत्या प्रकरणमा मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश”
‘सहमतिबिना पूर्ण बजेट कांग्रेसलाई मान्य छैन’
काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान सभा पुनःस्थापनाभन्दा नयाँ निर्वाचनमा गएमा राजनीतिक अन्योल अन्त्य हुने विचार व्यक्त गरेका छन्। नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको ९७ औं जन्मजयन्तीको अवसरमा आज शोभाभगवतीमा आयोजित कार्यक्रममा नेता सिंहले भने- ‘सहमतिबिना सरकारले पूर्ण बजेट ल्याए कांग्रेसलाइ मान्य हुनेछैन।’ Continue reading “‘सहमतिबिना पूर्ण बजेट कांग्रेसलाई मान्य छैन’”