महटवा प्रथालाई कानुनी मान्यताको तयारी

आफ्नै परम्परा र संस्कृति अवलम्बन गर्दे आएका थारु समुदायलाई प्रदेश सरकारले कानुनी मान्यता दिने तयारी गरेको छ। थारु समुदायले परम्परादेखि मान्दै आएको महटवा प्रथालाई कानुनी मान्यता दिने गरि प्रदेशमा सुझाव संकलन गर्न थालिएको हो। थारु जातिको परम्परागत प्रथालाई कानुनी मान्यता दिने तयारी भए पछि प्रदेश सचिवालयले तराईका विभिन्न जिल्लामा सरोकारवालासँग सुझावसमेत लिन सुरु गरेको छ। Continue reading “महटवा प्रथालाई कानुनी मान्यताको तयारी”

टीकापुर घटनाको अर्को पाटोः जानाजान थुनिएका यी निर्दोष

जेबी पुन मगर/टीकापुर।

नाम – बिसराम चौधरी (कुस्मी)
पेशा – कृषी (नमुना कृषक)
उमेर – ३७ बर्ष
ठेगाना – टीकापुर नगरपालिका, बेलुवा–७
आरोप – कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी

२०७२ सालसम्म नेपाल सरकारको नजरमा बिसराम चौधरी सुदुरपश्चिम क्षेत्रकै उत्कृष्ट किसान थिए। बिसरामले कृषी क्षेत्रमा गरेका सफलताका कथा राष्ट्रिय अन्तर्राष्ट्रिय मन्चमा भाकिन्थे। प्रकाशित–प्रसारित उत्प्रेरक कथाहरुमा उनलाई ‘कृषी क्रान्तिका अभियन्ता’ भनिएको हुन्थ्यो। देशदेशावरमा हुने सभा–सम्मेलन र प्रशिक्षणहरुमा उनलाई स्रोत व्यक्तिको रुपमा उभ्याइन्थ्यो। Continue reading “टीकापुर घटनाको अर्को पाटोः जानाजान थुनिएका यी निर्दोष”

यी ८ माग लिएर आन्दोलनमा उत्रिदैछन् लक्ष्मण थारु

थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले आफ्ना सात बुँदे माग राखी पत्रकार सम्मेलनको आयोजना गरेको छ। समितिले थरुहट आन्दोलनका क्रममा झुटा मुद्दा लगाई फसाइएकाहरुलाई तुरुन्त रिहाई गर्नुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, कर्फ्युका बीच थारुहरुलाई घर जलाउने, लुट्नेहरुलाई कानुनी कारबाही गर्नुपर्ने, थरुहट आन्दोलनकारीसँग सम्झौता गरिएको ६ बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने, संविधानको अन्तरबस्तुमा पहिचान सहितको नामांकन, सीमांकन एवं अधिकारका लागि संघर्ष समितिको १३ बुँदे माग मुद्दा पुरा गर्नुपर्नेलगायत माग गरिएको छ। Continue reading “यी ८ माग लिएर आन्दोलनमा उत्रिदैछन् लक्ष्मण थारु”

भदौ ७ गते टीकापुरमा थारुहरुको बृहत् भेला गर्ने निर्णय [भिडियो]

काठमाडौंमा सम्पन्न थारुहरुको एक भेलाले आउँदो भदौ ७ गते टीकापुरमा थारुहरुको बृहत् भेला आयोजना गर्ने निर्णय गरेको छ। टीकापुर घटनामा ४२ महिना जेल जीवन बिताएर निस्किएका लक्ष्मण थारुको पहलमा भएको भेलाले थरुहट आन्दोलनको घोषणा गर्दै टीकापुरमा बृहत् भेला गर्ने निर्णय गरेको हो। भेलामा पचासौं हजार थारुहरु उतार्ने भेलाको निर्णय रहेको छ। Continue reading “भदौ ७ गते टीकापुरमा थारुहरुको बृहत् भेला गर्ने निर्णय [भिडियो]”

टीकापुरमा थारुहरुको राष्ट्रिय भेला गर्न लक्ष्मण थारुको आह्वान [भिडियो]

थरुहट नेता लक्ष्मण थारुले थारुहरुको राष्ट्रिय भेला टीकापुरमा गर्न आह्वान गरेका छन्। आउँदो भदौ ७ गते कैलालीको टीकापुरमा लाखौं थारुहरुलाई सहभागी गराई उनले राष्ट्रिय भेलाको आह्वान गरेका हुन्। थरुहट आन्दोलनबारे काठमाडौंमा भएको छलफलमा उनले टीकापुर घटनामा फसाइएका थारुहरुलाई रिहाई गराउन र थारु अधिकार प्राप्तीका लागि सबै थारुहरु एकजुट भई आन्दोलनमा होम्मिनुपर्ने बताए।

थरुहट आन्दोलन, माग मुद्दा र अबको बाटो [अवधारणा पत्र]

भिडियोमा सुन्नुहोस्

थरुहट आन्दोलन, माग मुद्दा र अबको बाटो [अवधारणा पत्र]

मिनराज चौधरी/काठमाडौं।

१) पृष्ठभूमी
सर्वप्रथम थरुहट आन्दोलनका अमर वीर शहिदहरु कमल चौधरी, विपीन खड्का क्षेत्री, प्रकाश चौधरी, राम प्रसाद चौधरी, धन बहादुर थनेत, चिन्कु डंगौराप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै घाइते, विस्थापित तथा थरुहट राजवन्दीहरुमा उच्च सम्मान गर्दै जय थरुहटको हार्दिक अभिवादन ।  Continue reading “थरुहट आन्दोलन, माग मुद्दा र अबको बाटो [अवधारणा पत्र]”

नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको सपथ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्याकालका लागि पद तथा गोपनियताको सपथ लिएका छन्। बिहीबार साँझ नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहमा मोदीले राष्ट्रपति रामनाथ कोविन्दबाट ईश्वरका नाममा सपथ लिएका हुन्। मोदीसँगै अन्य मन्त्रीहरूले पनि सपथ लिएका छन्।  Continue reading “नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको सपथ”

तिक्कुर प्रणाली लागू भएपछि राजापुर क्षेत्रमा जोताहा किसान र जग्गाधनीबीच विवाद

जोताहा किसान र जग्गाधनीबीच अँधिया र तिक्कुर (दुई भाग जोताहा र एक भाग किसान) ले लिनेदिने विवादले अन्न भण्डार मानिने राजापुर क्षेत्रको हजारौं बिघा खेत बाँझै रहने संकेत देखिएको छ । गएका वर्षहरूमा यो समयमा किसान बीउ राख्ने चटारोमा हुने भए पनि अहिलेसम्म सुनसान छ । विवादले जोत्ने र बीउ छर्ने काम नै रोकिएको छ । १६ हजार हेक्टरमध्ये ९० प्रतिशत खेत बाँझो छ ।  Continue reading “तिक्कुर प्रणाली लागू भएपछि राजापुर क्षेत्रमा जोताहा किसान र जग्गाधनीबीच विवाद”

कम्लरीको सहकारीमा ठगी

कम्लरीले स्थापना गरेका सहकारी संस्था लाखौं ठगी भएपछि डुब्ने अवस्थामा पुगेका छन् । दाङको लमहीमा स्थापित लावाजुनी बचत तथा ऋण सहकारी संस्था व्यवस्थापक गीता चौधरीले ७ लाख ७८ हजार २ सय १६ रुपैयाँ हिनामिना गरेपछि एक वर्षदेखि बन्द छ । Continue reading “कम्लरीको सहकारीमा ठगी”

‘थारु आयोग’ थारु आन्दोलनकै उपज हो : अध्यक्ष चौधरी

कारी महतो/चितवन।
थारु आयोगलाई थारु/थरुहट आन्दोलनकै उपजको रुपमा लिनका लागि अध्यक्ष विष्णु प्रसाद चौधरीले आग्रह गरेका छन् । आज थारु आयोगले चितवनको सौराहामा रहेको होटल अर्थलाइटमा आयोजना गरेकोे छलफल तथा अन्तरक्रियामा सहभागीहरुले थारु आयोगलाई हकअधिकार दिलाउन नसक्ने अधिकारविहिन आयोग भनेर टिकाटिप्पणी गरेका थिए । प्रत्युत्तरमा आयोगका अध्यक्ष चौधरीले थारु आयोगलाई थरुहट आन्दोलनकै उपजको संज्ञा दिएका थिए । Continue reading “‘थारु आयोग’ थारु आन्दोलनकै उपज हो : अध्यक्ष चौधरी”