डिल्ली चौधरी बन्लान् प्रदेश नं. ५ को मुख्यमन्त्री ?

चुनाव प्रचारको बढ्दो गतिसँगै प्रदेश सभाका भावी मुख्यमन्त्रीलाई लिएर चासो र चर्चा पनि बढ्दै गएको छ। कतिपय प्रदेशमा वामपन्थी गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारले खुलेरै मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्। त्यसैमध्येको एउटा हो- प्रदेश नम्बर ५। Continue reading “डिल्ली चौधरी बन्लान् प्रदेश नं. ५ को मुख्यमन्त्री ?”

रुपन्देहीका थारु उम्मेदवार भन्छन्- ‘जित सुनिश्चित छ’

कमल चौधरी, बुटवल ।
मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले रुपन्देहीमा पनि चुनावी महोल बढ्दै गएको छ । रुपन्देहीमा वाम गठबन्धन र संयुक्त लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

बाम गठबन्धन एमाले र माओवादी मिलेर बनेको छ भने, संयुक्त लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तलमेल भएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् । प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि १० चुनावी क्षेत्र रहेको रुपन्देहीको चुनाव निकै रोचक हुने देखिन्छ । संयुक्त बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच तकरावसँगै अन्य दलहरुको चुनावी महोलले यस पटकको चुनाव निकै घम्सा घम्सी देखिने निश्चित छ ।

रुपन्देहीमा ५ प्रदेशमा कुनै पार्टीले प्रतिनिधि सभामा थारु नेताहरुलाई टिकट नदिए पनि प्रदेश सभामा टिकट पाएका थारु उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । हुन त नेपाली कांग्रेस, एमाले, माओवादीलगायतको पार्टीबाट स्थानीय चुनावमा टिकट पाएका थारु उम्मेदवारहरु वडा सदस्य, अध्यक्षदेखि उपमेयर लगायतको पदमा विजयी भएकाले पनि उनीहरुले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नु स्वभाविक हो ।

प्रदेश सभा सदस्य रुपन्देही क्षेत्र नं.३ (क) बाट राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेद्वारी दिएका रेखप्रसाद चौधरीले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरे । ‘सबै खाले विभेदको अन्त्य र पूर्ण संघीयताको सुनिश्चिता ! भ्रष्टाचार मुक्त समुद्ध नेपालको निर्माण गर्ने प्रतिवद्धताको साथ मतदाता कहाँ पुगेका छु । मतदाताहरुले पनि मलाई साथ दिएका छन् ।’ त्यसैले आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरे ।

उनले मतदाता शिक्षित भैसकेको भन्दै अब थारु, आदिवासी जनजाति, समुदायको अधिकार र पहिचान सुनिश्चित गर्नको लागी कुनै बाम होस या कुनै लोकतान्त्रिक आफ्नो जितलाई कसैले रोक्न नसक्ने जिकीर समेत गरे ।

हुन त सिद्धार्थनगर नगरपालिकाका सबै वडा समेटिएको यस क्षेत्र नं. ३ को प्रदेश क मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका देवी चौधरी पनि चुनावी मैदानमा प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक गठबन्धनबाट कांगे्रसका देवी चौधरीले आफ्नो संगठन बलियो भएकाले नतिजा आफ्नो पक्षमा आउनेमा ढुक्का छन् । उनले रुपन्देही क्षेत्र नं. ३ क प्रदेशमा लोकतान्त्रिक गठबन्धनको राम्रो पकड क्षेत्र रहेकाले आफ्नो जित सुनिश्ति रहेको भन्दै लोकतन्त्र, राष्ट्रिय एकता र विकासको लागि मतदाताहरुले आफूलाई जिताउने दाबीसमेत गरे ।

उनीहरुसँगै बाम गठबन्धनबाट माओवादी केन्द्रका विश्वास बराल, सघिय समाजबादी फोरमका सन्तोष पाण्डे, विवेकशील साझा पार्टीबाट अमीत गुप्ताको उम्मेदवारी समेत रहेको छ ।

क्षेत्र नम्बर ३ को प्रदेश ख मा बामपन्थी गठबन्धनबाट एमालेका तुलसीप्रसाद चौधरी उमेदवार रहेको छ । थारु समुदायको हक अधिकार सुनिश्चित गर्ने एक मात्र शंक्ति वाम गठबन्धन रहेकोले आफ्नो जित सुनिश्चि रहेको उनले बताए । उनी लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका हरीध्वज मल्लसँग प्रतिस्पर्धा गर्दैछन् ।

लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसबाट टिकट पाएका अष्टभुजा पाठकले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । उनले विगत लामो समय देखि संक्रिय भएर समाज सेवमा लागिपरेको र लोकतन्त्र, राष्ट्रय एकता र समृद्धिको आधारको लागी आफूले जित्ने दाबी गरे । क्षेत्र नम्बर ४ को प्रदेश (क) कांग्रेसका अष्टभुजा पाठक स्थानीय तहमा परिचित अनुहार हुन् । उनले बाम गठवन्धनका तर्फबाट एमालेकी पल्लवी शुक्ला संग प्रतिस्पर्धा गर्दैछन् ।

अहिले रुपन्देहीमा निकै नै घम्साघम्सी रुपले चुनावी महोल ततिरहेको बेला थारु समुदायको हक अधिकार सुनिश्चित गर्न सक्ने पार्टी र जातिलाई भोट दिने स्थानीय थारु अगुवाहरु बताउँछन् ।

समानुपातिक सूचीमा ४ सय ४ जना थारुको नाम

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको समानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधिसभाका २ हजार २ सय ७३ जना र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारलाई अन्तिम सूची कायम गरेको हो । Continue reading “समानुपातिक सूचीमा ४ सय ४ जना थारुको नाम”

थारु गीत संगीतमा स्थापित बन्दै परियार

विमला चौधरी/बाँके।

बाँके राप्ती सोनारी गाउँपालिका ३ का विश्वसागर परियार थारु लोक पप गायनतर्फ आकर्षित हुँदैगएका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्रमा जन्मेका परियार फिल्मी क्षेत्रबाट गायन क्षेत्रमा लागेको एक बर्ष न बित्दै आधा दर्जनबढि थारु लोक पपगीत बजारमा ल्याउन सफल भएका छन् । अनलाइन अइहो हो छैली फेसबुकमा च्याट करवी, गोल गप्पा जैसिन तोहार गुलावी उ गाल, तु मोर ज्यान ज्यान हो तु मोर प्राण हो, जुग्नी चम्के रातमेलगायतका आधा दर्जन गीतबाट चर्चा कमईसकेका परियारले भर्रखरै म्यूजीक भिडियो सहितको फ्लाईङ कीस बजारमा ल्याएका छन् । थारु बस्तीमा आजभोली गयक परियारकै गितहरु गुन्जने गरेकाछन् । Continue reading “थारु गीत संगीतमा स्थापित बन्दै परियार”

दाङमा थारु कलाकारको दमदार प्रस्तुती

नविन चौधरी/दारु।
दाङका चर्चित थारु कलाकारहरुले आफ्नो दमदार प्रस्तुती दिएका छन् । गायक शालिकराम चौधरीको ‘साली हो बर्को छाँयाले’ रोशन रत्गैयाँको ‘बरा बरा मुर्घा’ प्रकाश प्रिय कुसुम्याको ‘पान्सुपारी कुटुक्कै’ खेम चौधरीको ‘लभ होगिल’ लक्ष्मिान चौधरीको ‘अइलो साली बइठो गोनरीम’ लगायतका गितले कार्यक्रम स्थल उल्लासमय भएको थियो भने दर्शक नाच्दै भरपुर मनोरञ्जन लिएका थिए । Continue reading “दाङमा थारु कलाकारको दमदार प्रस्तुती”

हौसलपुरवासी थारु समुदाय भन्छन्- ‘राज्य र राजनीति दुवैले बिरानो ठान्यो’

अविनाश चौधरी/कैलाल।
मुलुकभरी चुनावी चहल पहल बढेको बेला कैलालीको हौसलपुर गाउँलाई निर्वाचनको रौनकले छुन सकेको छैन । राज्यको दृष्टि पुग्न नसकेको सो गाउँमा चुनाव लक्षित कार्यक्रम लिएर राजनीतिक दलहरु पनि नगएपछि अहिलेसम्म चुनावी चहल पहल हुन नसकेको हो । कैलारी गाउँपालिका–७ स्थित मोहना नदी पारिको सो गाउँवासी आ–आफ्नै घरायसी काममा व्यस्त छन् । सहरदेखि गाउँसम्म पुगेर दलहरु मतदाता फकाइ रहँदा हौसलपुरका स्थानीयलाई गहुँ छर्ने चटारो चलेको छ । Continue reading “हौसलपुरवासी थारु समुदाय भन्छन्- ‘राज्य र राजनीति दुवैले बिरानो ठान्यो’”

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो। Continue reading “प्रचण्डपुत्र प्रकाश दाहालको निधन”

कृष्णकुमार चौधरी, जो उत्पीडित वर्गको अधिकारका लागि लड्दै आए

इन्द्रेणी थारु।

‘राजनीतिलाई व्यवसायको रुपमा लिन थालियो । राजनीतिको यस्तो बिग्रिएको छबि अब युवाहरुले सुधार्नुपर्छ । त्यसका लागि उनीहरु आफैँ राजनीतिमा सक्रियता देखाउनुपर्छ,’ कैलाली क्षेत्र नम्बर ३’ख’ का प्रदेशसभा उम्मेदवार एवं युवा नेता कृष्ण कुमार चौधरी भन्छन् । Continue reading “कृष्णकुमार चौधरी, जो उत्पीडित वर्गको अधिकारका लागि लड्दै आए”

स्वच्छ खानेपानीले विपन्न बस्तीमा खुुसियाली

सीताराम चौधरी।
चन्द्रौटा(कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकसबासाका बासिन्दाले वर्षौंपछि बल्ल शुद्ध खानेपानी पाएका छन् । त्यहाँस्थित जागृति आधारभूत विद्यालय प्राङ्गणमा जमिनको सतहमुनि डिपबोर जडान गरिएको छ । खानेपानीको व्यवस्था भएसँगै त्यस बस्तीका बालबालिका मात्र होइन, ७० घरधुरीका बासिन्दा स्वच्छ खानेपानी पाएका हुन् । पानीकै समस्याबाट काकाकूल बनेका त्यहाँका बासिन्दामा यतिबेला खुशियाली छाएको छ । Continue reading “स्वच्छ खानेपानीले विपन्न बस्तीमा खुुसियाली”

गठबन्धनको राजनीति र राजनीतिक संस्कार

सीएन थारु।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण पश्चात दुई वर्षमा तीन तहको निर्वाचन सम्पन्न गर्ने अभिभारा बोकेर स्थानीय तहको निर्वाचन सम्पन्न भए लगतै गठबन्धनको राजनीति नेपाली राजनीतिमा अभ्यास हुँदैछ । प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि दलहरु बीच गठबन्धन गर्दै चुनावी मैदानमा उत्रे भने यसले नेपाली राजनीतिक वृतमा नयाँ वहसको ढोका खोल्ने काम गरेको मानिदै छ । एकातिर बाम गठबन्धन र अर्को तिर लोकतान्त्रिक गठबन्धन लगायत संघीय गठबन्धन चुनावी दौडमा प्रतिस्पर्धा गर्ने क्रम सँगै संविधान सभामा देखिएका अनेकन दलहरु अब प्रभावहिन हुने भयो । अबको राजनीतिक ध्रुवमा उपरोक्त तीन वटा गठबन्धन शासनको लागि शक्ति हात पार्ने देखिन्छ । हुन त अबको परिवर्तनको संवाहक न त उदारवादी खेमामा देखिएका लोकतान्त्रिक गठबन्धन बन्न सक्छ न माक्र्सवादी खेमामा देखिएका बाम गठबन्धन नै । संघीय गठबन्धन अलमलको राजनीतिबाट मुक्ति पाउने स्थिति नरहेकोले अबको परिवतर्तनको संवाहक राष्ट्रिय मुक्ति आन्दोलनका शक्तिहरु बीच हुने एकताबाट आशा गर्न सकिन्छ । Continue reading “गठबन्धनको राजनीति र राजनीतिक संस्कार”