इन्द्रेणी थारु।काठमाडौं।
सामाजिक आन्दोलनको नेतृत्व गर्दागर्दै उनी राजनीतिमा प्रवेश गरेका हुन् । सामाजिक मुद्दाहरु राजनीतिक तवरले मात्र सम्बोधन हुन सक्छ भन्ने बुझेपछि उनलाई राजनीतिमा प्रवेश गर्न करै लाग्यो । तर उनी आफूलाई नेताभन्दा बढी सामाजिक अभियन्ता भन्न रुचाउँछन् । आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने थारु नेता हुन् डा. गोपाल दहित । Continue reading “प्राज्ञिक व्यक्तित्व र सामाजिक अभियन्ता डा. गोपाल दहित”
Author: admin
मिस एन्ड मिस्टर थारूका सपना
कृष्णराज सर्वहारी।काठमाडौं।
मीनभवनको एक होस्टेलमा बस्दै आएकी यकिना चौधरी मिस थारू प्रतियोगिताको अडिसनमा छानिएपछि निकै खुसी छिन् । बीबीएस चौथो वर्षमा पढिरहेकी उनी अभिभावकलाई यसबारे जानकारी दिएकी छैनन् । कैलाली टीकापुरकी उनी भन्छिन्, ‘अडिसनमा छानिएपछि अब भने बाबाआमालाई खबर गर्नै पर्ला ।’ Continue reading “मिस एन्ड मिस्टर थारूका सपना”
मैले थारुको अस्तित्व र अजेन्डालाई तिलाञ्जली दिन सकिनँ : रुक्मिणी चौधरी
‘कसैले भन्दैमा हाम्रो अस्तित्व सकिँदैन। पार्टी सकिने र नसकिने सिद्धान्त र नेतृत्वमा भर पर्छ’
तीन महिनाअघि थ्रेस होल्डको चर्को बहस भइरहँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट)की अध्यक्ष रुक्मिणी चौधरीले यही उत्तर दिएकी थिइन्। त्यसैले उनी सानो दलको अध्यक्ष भएपनि कुनै पार्टीसँग एकीकरण गर्न हतारिएनन्। बरु प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा भाग लिन उनी निर्वाचन आयोगमा दल दर्ता गराइन्। Continue reading “मैले थारुको अस्तित्व र अजेन्डालाई तिलाञ्जली दिन सकिनँ : रुक्मिणी चौधरी”
थारु नेताले छाडे थरुहट मुद्दा, सबैको नजर थारु मतादातामा
थारू समुदायको मतलाई आफ्नो जितको श्रेय ठान्ने घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको मनमा अहिले एउटै प्रश्न खेलिरहेको छ– स्थानीय तहमा झैँ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि थारूमत निर्णायक होला त ? खेलको प्रकृति र मैदानमा उत्रिएका खेलाडीको अनुहार नियाल्दा उनी आफैँ अलमलमा छन् । तैपनि भन्छन्, ‘निर्णायक त अवश्य हो, तर आफ्नै समुदायको अनुहार छान्ने विकल्प भने यसपटक छैन ।’
थारू समुदायको प्रभावक्षेत्र मानिने मध्यपश्चिम तराईको बाँके र बर्दियामा नरुलालले भनेझैं थारूमत निर्णायक हुने देखिन्छ । यहाँका पाँचमध्ये दुई क्षेत्रमा थारु–थारूर अन्य तीन क्षेत्रमा गैरथारू उम्मेदवारबीच प्रतिस्पर्धा छ । यस कारण यो मतको महत्व बढेको छ । Continue reading “थारु नेताले छाडे थरुहट मुद्दा, सबैको नजर थारु मतादातामा”
उम्मेदवारसँग मुक्तकमैयाको माग- ‘पहिला रोजगारी देऊ’
बेलौरी नगरपालिका–५ सोभाताल मुक्तकमैया शिविरका सीताराम चौधरीले तरकारी खेतीका लागि अनुदान रकम र जग्गाको व्यवस्था गरिदिने उम्मेदवारलाई मतदान गर्ने सोच बनाएका छन् । Continue reading “उम्मेदवारसँग मुक्तकमैयाको माग- ‘पहिला रोजगारी देऊ’”
थारु कल्याणकारिणी सभा दाङका सभापति एमालेमा प्रवेश
सन्तोष दहित/दाङ।
थरुहट नेता तेजमान चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार राति घोराही उपमहानगरपालिका १६ पछुर्कामा आयोजित विशाल चुनावी सभामा चौधरीलाई नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा दाङ क्षेत्र नं. २ (क) का बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेलले टीका र माला लगाएर प्रवेश गराएका हुन् । Continue reading “थारु कल्याणकारिणी सभा दाङका सभापति एमालेमा प्रवेश”
यस्तो छ कपिलवस्तुमा चुनावी रौनक
सीताराम चौधरी/चन्द्रौटा(कपिलवस्तु)।
मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको माहोल यतिबेला कपिलवस्तुमा पनि तातेको छ । दलहरु आ–आफ्ना चुनावी एजेण्डा लिएर मतदाता फकाउन दौडधुपमा लागेका छन् । प्रदेश नम्बर ५ अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का बामगठबन्धन, काँग्रेस तथा मधेशबादी दलहरु चुनावी परिणाम आफ्नो पक्षमा पार्न रणनीति बनाउन व्यस्त छन् । जिल्लाको क्षेत्र नं. ३ मा मात्र एक दर्जन दलहरु चुनावी दौडमा छन् ।
चुनावकै रौनकतासँगै तीन ठूला प्रतिष्पर्धी दलहरुले बुधबारे साप्ताहिक हाटबजारको मौका छोपी जिल्लाको चन्द्रौटामा आमसभा सम्पन्न गरेका छन् । संयुक्त बामगठबन्धन, नेपाली कांग्रेस र संघीय समाजबादी फोरम नेपालले चन्द्रौटा बजारक्षेत्रमा छुट्टाछुट्टै आमसभाको आयोजना गरेका हुन् । तीनवटै दलले आ–आफ्ना एजेण्डा सार्वजनिक गर्दै आफूलाई जिताउन मतदातासँग आग्रह गरेका थिए । संयुक्त बामगठबन्धनका प्रतिनिधिसभा उम्मेदवार ईश्वरदयाल मिश्रले समृद्ध कपिलवस्तुको विकासका लागि संयुक्त बामगठबन्धनले जित्नुपर्ने बताएका थिए । शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाको स्थानीय तहको नतिजाअनुसार बामगठबन्धन अन्य दलभन्दा अगाडि रहेकाले पनि बामगठबन्धनको जीत सुनिश्चित रहेको उनले दाबी गरे । यसैगरी प्रदेशसभा १ बाट सूर्य चिन्ह लिएर चुनाव प्रचारप्रसारमा जुटेका युवा नेता अर्जुन के.सी.ले बामगठबन्धनको पक्षमा बहुमत रहेकाले आफ्नो जीत पक्का रहेको बताएका छन् । भने बामगठबन्धनबाट गोलो घेराभित्र हसिया हथौडा लिएर प्रदेशसभा २ को सदस्यमा टिकट पाएका जाबेद आलम खाँले आफूलाई यसक्षेत्रका जनताको समस्या समाधान गर्न सक्ने क्षमता र योजना आफूसँग भएको दाबी गर्दै बामगठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।
यता नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार अभिषेक प्रताप शाहले वाम गठबन्धन देशको लागि घातक रहेको बताएका छन् । चीनमा कम्यूनिष्टहरुले गर्दा स्वतन्त्रपूर्वक सरकार चुन्न पाउने अधिकार नै नभएकोले अव बामले जिते नेपाल पनि त्यही अवस्थामा पुग्ने धारणा नेपाली कांग्रेसलाई जिताउन आग्रह गरे । नेपाली कांग्रेसको जित सुनिश्चि भएको देखेपछि बाम लगाएत अन्य पार्टी आत्तिएको बताए । यस्तै प्रदेशसभा १बाट उम्मेदवार दिएका युवा नेता अजय थापाले पनि समाजमा आफ्नो पकड राम्रो रहेकाले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् । साथै नेपाली कांग्रेसबाट प्रदेशसभा २ का उम्मेदवार बीरेन्द्र कनौडियाले पनि आफ्नो जनमत रहेकाले यसपाली आफूलाई कुनै शक्तिले पनि हराउन नसक्ने बताएका थिए ।
यसैगरी चन्द्रौटामा आयोजित आफ्नो पार्टीको आमसभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा उम्मेदवार मंगलप्रसाद गुप्ताले मधेशको अधिकारको नाममा आन्दोलन गरी जनता उक्साएर पछिल्लो समय जनतालाई धोका दिएको बताए । नेपालमा रहेका मधेशीलाई विहारी हुन् भन्ने पार्टीमा गएर मधेशी जनतासँग कसरी भोट माग्छन् भनेर प्रश्न गरे । गुप्ताले देश समृद्ध र क्षेत्र विकासको लागि संघीय समाजवादी फोरमलाई विजयी गराउन आग्रह गरे । यसैगरी प्रदेशसभा २ का उम्मेदवार कृष्णकुमार चौधरीले आफू सधैं जनताको पक्षमा रहेकाले यसपाली जनताले आफूलाई जिताउने दाबी गर्दै भोटको लागि आग्रह गरे ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ मा यिनै तीन दलको कडा प्रतिष्पर्धा रहेको देखिन्छ । कांग्रेसका पूर्व सांसद समेत रहेका नेपाली कांग्रेसका अभिषेकप्रताप साह, पूर्व राज्यमन्त्री समेत रहेको एमालेका ईश्वरदयाल मिश्र र संघीय समाजवादी फोरमका मङ्गलप्रसाद गुप्ताबीच कडा टक्कर हुने देखिन्छ । यी दलबाहेक क्षेत्र नं. ३ मा नयां शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल लगायत दर्जन बढी दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
विशेष अधिकार चाहन्छन् सुर्खेतका थारू
वीरेन्द्रनगर नगरपालिका–१० नयाँगाउँकी दुखनी थारूलाई सबै चुनाव उस्तै लाग्छ । भोट फुत्काउनकै लागि विकासको आश्वासन बाँड्ने नेताहरू चुनाव सकिएपछि कहाँ जान्छन्, पत्तो हुँदैन । तर, यसपटक उनले अलि बेग्लै सोचेकी छिन् । प्रदेश सरकारले हिमाली क्षेत्रका अल्पसंख्यक थारू समुदायका लागि छुट्टै स्वायत्तता र आरक्षण दिनुपर्ने दुखनीको माग छ । Continue reading “विशेष अधिकार चाहन्छन् सुर्खेतका थारू”
हेभीवेट उम्मेदवार आरजु होइन, म हुँ : नारदमुनि राना
दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको कैलाली क्षेत्र नम्बर-५ मा प्रतिनिधिसभातर्फ यस पटक देउवापत्नी आरजु राणा देउवा मैदानमा छिन्। राणासँग वामगठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वसांसद नारदमुनि राना प्रतिस्पर्धामा छन्। राना २०५४ को स्थानीय निकायको चुनावबाट धनगढी नगरपालिकाको निर्वाचित उपप्रमुख समेत हुन्। खेलकुद गतिविधिमा समेत सक्रिय उनी युवाहरुमाझ विकासप्रेमी नेताका रुपमा चिनिन्छन्। Continue reading “हेभीवेट उम्मेदवार आरजु होइन, म हुँ : नारदमुनि राना”
मलेसियामा अन्जनीकुमार चौधरीको मृत्यु
वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले बुधबार जनाएको छ । Continue reading “मलेसियामा अन्जनीकुमार चौधरीको मृत्यु”