दाङका थारु कलाकर्मीहरुले यही आउँदो मंसिर २ गते घोराही उपमहानगरपालिका–१४ झिङ्गौरामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएका छन् । गायक शालिकराम चौधरीको अध्यक्षतामा बसेको थारु कलाकर्मीहरुको बैठकले सो कार्यक्रम गर्ने निर्णय गरेको हो । Continue reading “थारु कलाकारहरुको बृहत सांस्कृतिक कार्यक्रम हुने”
Author: admin
लोकतान्त्रिक गठबनधनले बहुमत ल्याउँछ : उमाकान्त चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनको बहुमत आउने निश्चित रहेको ठोकुवा गरेका छन् । बारा निर्वाचन क्षेत्र न १ को आदर्श कोतवालको टेढाकटी, बारागढीको सिहासनीमा भएको छुटाछुटै घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले सो कुरा बताएका हुन् ।
उनले नेपाली जनताले कम्युनिष्टहरुलाई हेरिसकेको र उनीहरुको शासनकालमा पीडा भोगिसकेको भन्दै अब पनि नेपाली जनता भ्रममा नपर्ने बताए । लोकतन्त्र पक्षधरको शासन व्यवस्था कम्युष्टिको शासन व्यवस्थाको स्वाद नेपाली जनताले चाखी सकेको भन्दै फेरि पनि झुठको खेती गर्ने कम्युनिष्ट गठबन्धनलाई जनताले पाखा लगाएर नै छोडने चौधरीले ठोकुवा गरे ।
मुलुकका मात्र होइन्, संसारको धेरै देशहरुमा पनि कम्युनिष्ट गठबन्धन फेल भएको उदाहरण दिँदै माओवादी केन्द्र र एमाले पार्टीको एकता महिना दिन नबित्दै भत्किने दाबी गरे । तानशाह विरोध कांग्रेसले जस्तो सुकै मूल्य चुकाउने तयार रहेको दाबीसमेत नेता चौधरीले गरे ।
सोही घरदैलो तथा चुनावीसभालाई निर्वाचन क्षेत्र न १ को प्रदेशसभा २ का सदस्य भागवतप्रसाद साहले कांग्रेस पार्टीलाई जिताउन कुनै पनि कसर बाकी नराख्न जिल्ला स्तरीय नेता कार्यकर्ताहरुलाई आग्रह गरे । ‘कांग्रेस जितेमात्र देश बलियो रहन्छ हामी तपाईँको भविष्य रहन्छ,’ प्रदेशसभा सदस्य साहले भने ।
निर्वाचन क्षेत्र न १ नेपाली कांग्रेसका क्षेत्रीय संयोजक देवदत वछाड, समानुपातिक उम्मेदवार रामबाबु चौधरीलगायत स्थानीय तहका नेताहरुले पनि सम्बोधन गर्दे नेपाली कांग्रेसलाई जिताउन प्रतिबद्धता ब्यक्त गरेका थिए।
चितवनमा खिचरा महोत्सवको तयारी सुरु
चितवनमा पाँचौ खिचरा महोत्सवको तयारी भइरहेको छ। प्रत्येक वर्ष पूर्वी चितवनमा आयोजना हुँदै आएको महोत्सव यो पटक पौष २८ गतेदेखि आयोजना हुने तयारी गरिएको हो । महोत्सव आयोजना गर्नका लागि थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति नारायण महतोको संयोकत्वमा महोत्सव व्यवस्थापन मूल समिति समेत गठन गरिएको छ । Continue reading “चितवनमा खिचरा महोत्सवको तयारी सुरु”
नेपाल युथ एशिया कपको सेमिफाइनलमा, बिहीबार अफगानिस्तासँग खेल्ने
नेपाल मलेसियामा जारी एसीसी यु -१९ एसिया कपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । भारत बंगलादेशसँग पराजित हुँदा अंक तालिकामा दाेस्रो स्थानमा रहेर मलेसियालाइ हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । समूह बिजेता बनेर ६ अंक सहित बंगलादेश अग्रस्थानमा रह्यो भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा रह्यो। Continue reading “नेपाल युथ एशिया कपको सेमिफाइनलमा, बिहीबार अफगानिस्तासँग खेल्ने”
टीकापुरको विकास चाहने रेशम चौधरी [भिडियो अन्तर्वार्ता]
उनी पत्रकार हुन्, कलाकार हुन्, निर्माता, निर्देशक हुन्, समग्रमा उनी एक उद्यमी हुन् र कुशल युवा राजनीतिज्ञ पनि । नेपालमा जसरी राजनीतिक परिवर्तन हुँदै आए । त्यसरी नै उनको जीवनकाल पनि परिवर्तन हुँदै आएको छ । उनी हुन् रेशम चौधरी । अहिले उनीे कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार पनि हुन् । राजनीतिबाटै समाज परिवर्तन गर्नसकिने राम्रो ज्ञान भएका उनले राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवारी दिएका छन् । भलै सो क्षेत्रमा ठूला पार्टीका शक्तिशाली उम्मेदवारहरु चुनावी मैदानमा छन् । तर सही लक्ष्य बोकेर समाज परिवर्तनको दिशा निर्देश गर्ने उम्मेदवारको विजय निश्चित हुने उनी बताउँछन् । Continue reading “टीकापुरको विकास चाहने रेशम चौधरी [भिडियो अन्तर्वार्ता]”
कांग्रेसलाई कुनै पनि शक्तिले छुन सक्दैन : गच्छदार
उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली काँग्रेसले जिम्मेवारीपूर्वक कार्य गर्दै आएको कुरा सबै नेपाली जनताका माझमा छर्लङ्ग रहेकाले कुनै पनि शक्तिले काँग्रेसलाई हराउन नसक्ने ठोकुवा गरेका छन् । Continue reading “कांग्रेसलाई कुनै पनि शक्तिले छुन सक्दैन : गच्छदार”
भानुराम थारु, उमेरले ६२ तर जोश युवाकै
इन्द्रेणी थारु।काठमाडौं।
उनी कहिले जन्मिए, उनका बाबु आइतवारीलाल थारु र आमा कालीदेवी थारुलाई उनको जन्ममिति थाहा भएन । त्यसैले उनले आफ्नो अनुमानित जन्ममिति राखे २०१२ साल असार २ गते । ६२ उमेर पुगेर पनि जनताका हक, अधिकार र मागमुद्दाका बारेमा निरन्तर संघर्षरत रहेका उनी हुन् कैलालीको कैलारी गाउपालिकामा जन्मेका भानुराम थारु । Continue reading “भानुराम थारु, उमेरले ६२ तर जोश युवाकै”
मोदीकी आमाको सपनाः आलुचप बेचेर पढाएको छोरो मन्त्री बनेको देख्न पाउँ
बालोदेवी मोदी (थारू) ६७ वर्षकी भइन् । मोरङको ग्रामीण थारू महिलाभन्दा खासै फरक छैन उनको जीवनशैली । घरधन्दासँगै आयआर्जनको काम पनि गर्छिन् । भन्नेहरू उनलाई ‘नेताकी आमा हौ अब काम नगर’ पनि भन्छन् । ‘तर मन कहाँ मान्थ्यो र मलाई काम नगरी बस्दा पट्यार लाग्छ अरू दिन बारीको काम भए पनि हटियाको दिन आलुचप÷प्याजी बेच्न आउँछु’, मोदीले भनिन्, ‘आलुचप बेचेरै हो सकी नसकी त्यो कान्छो छोरो र छोरीलाई पढाएको ।’ Continue reading “मोदीकी आमाको सपनाः आलुचप बेचेर पढाएको छोरो मन्त्री बनेको देख्न पाउँ”
समाजिक अभियन्ता देवनारायण चौधरी भन्छन्, ‘मेरो जित सुनिश्चित छ’
बुबा जगुदास थारु र आमा किशमतियादेवि थरुनीका जेठो छोरा हुन्, देवनारायण चौधरी । चौधरीको जन्म जीतपुरको नगोलमा २०१८ सालमा भयो । चौधरीका ३ छोरी र एक छोरा छन् । नेराप्रावि जीतपुर नगोलबाट आफ्नो शैक्षिक यात्रा शुरु गरेका चौधरीले त्रिभुवन माद्यामीक बिद्यालय विरगञ्जबाट एसएल्सि पास गर्नुभयो । १०४ दिनसम्म २०३५–३६ सालमा चलेको बिद्यार्थी आन्दोलनबाट चौधरी राजनितिमा प्रवेश भए । त्यसबेला उनले अनेरास्ववियुबाट आफ्नो राजनितिक यात्रा शुरु गरेका थिए । त्यसपछि चौधरी लामै समय शिक्षण पेशमा समेत आवद्ध भए । Continue reading “समाजिक अभियन्ता देवनारायण चौधरी भन्छन्, ‘मेरो जित सुनिश्चित छ’”
दुःखमा साथ दिँदै प्रवासी थारु सेवा समाज
मलेसियामा गठन भएको प्रवासी थारु सेवा समाजले त्यहाँका थारु कामदारमा आइपर्ने समस्याहरुको समाधान गर्दै आएको छ। अलपत्र परेकालाई व्यवस्थापन गर्नेदेखि बिरामीहरुको सहयोगको लागि समाज सधैं तत्पर रहेको छ। नेपालमा हुने विभिन्न समाजिक काममा पनि समाजले आर्थिक सायहता गर्दै आएको छ। Continue reading “दुःखमा साथ दिँदै प्रवासी थारु सेवा समाज”