कैलाली माओवादीको १३ पालिकामध्ये ४ मा मात्रै थारू नेतृत्व

नेकपा माओवादी केन्द्रले कैलालीको १३ वटै पालिकामा पालिकास्तरीय नयाँ कार्यसमिति चयन गरेको छ। सो पार्टीको पालिकास्तरीय सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको हो। माओवादीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको नगर कार्य समिति अध्यक्षमा बलबहादुर ऐर ‘बाली’ निर्वाचित भए। Continue reading “कैलाली माओवादीको १३ पालिकामध्ये ४ मा मात्रै थारू नेतृत्व”

साढु दाइको घरमा पाहुना गएका सोमन चौधरी मृत फेला

कैलालीमा एक जना व्यक्ति मृत भेटिएका छन्। घोडाघोडी नगरपालिका-७ परैचा बस्ने ४८ वर्षीय सोमन चौधरी बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ। Continue reading “साढु दाइको घरमा पाहुना गएका सोमन चौधरी मृत फेला”

थारू बस्तीमा माघीको रौनक

माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ। थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो। माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ। थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन्। Continue reading “थारू बस्तीमा माघीको रौनक”

पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ। Continue reading “पेट्रोल र डिजेलको मूल्य बढ्यो”

यसकारण सम्भव छ थरूहट स्वायत्त क्षेत्र

नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २,९१,६४,५७८ रहेको छ। यसमा थारू समुदायको जनसंख्या १८,९०,४२३ रहेको छ। यो कूल जनसंख्याको ६.४९ प्रतिशत हो। थारू समुदाय नेपालको चौथो ठूलो समुदाय हो भने तराईमा सबभन्दा बढी जनसंख्या भएको समुदाय हो। Continue reading “यसकारण सम्भव छ थरूहट स्वायत्त क्षेत्र”

थारू विद्यार्थी समाजको महाधिवेशन फागुन २४ मा गर्ने निर्णय

थारू विद्यार्थी समाजको सातौं महाधिवेशन फागुनमा गर्ने निर्णय भएको छ। काठमाडौंमा सम्पन्न समाजको राष्ट्रिय भेलाले नवलपरासी (पूर्व)मा सातौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो। समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीका अनुसार फागुन २४, २५ र २६ गते महाधिवेशन आयोजना हुनेछ। Continue reading “थारू विद्यार्थी समाजको महाधिवेशन फागुन २४ मा गर्ने निर्णय”

टियुका १४ हजार विद्यार्थी दीक्षित, प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक श्रीणालाई

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समद्ध र सुखीरूपमा बाँच्न पाउने अवस्था सिर्जनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरे। Continue reading “टियुका १४ हजार विद्यार्थी दीक्षित, प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक श्रीणालाई”

अहिलेको सरकारलाई झुकाएरै छोड्छौं : मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले दलाल पुँजीपतिहरूको लागि बनेको सरकारले श्रमिकहरूको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरेका हुन् । Continue reading “अहिलेको सरकारलाई झुकाएरै छोड्छौं : मेटमणि चौधरी”

एक महिना बित्दा पनि आएन रमेश र शर्मिलाको पोस्टमार्टम रिपोर्ट

विवेक पोख्रेल/कान्तिपुरबाट साभार

एक महिनाअघि सिनामंगलस्थित एक होटलको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेका माझी दम्पतीको मृत्युको कारण अझै खुलेको छैन । एक महिना पुग्दासमेत पोस्टमार्टम र मोबाइल फरेन्सिक जाँचको रिपोर्ट नआएपछि परिवार थप चिन्तामा छ। Continue reading “एक महिना बित्दा पनि आएन रमेश र शर्मिलाको पोस्टमार्टम रिपोर्ट”

न्यायाधीश खुशीप्रसाद थारुको विशेष अदालतबाट सरुवा

न्याय परिषद्ले भ्रष्टाचारको मुद्दा हेर्न विशेष अदालतमा न्यायाधीश परिवर्तन गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको न्याय परिषद्को शुक्रबारको बैठकले विशेषमा एक सदस्य मात्र परिवर्तन गर्ने निर्णय गरेको हो । Continue reading “न्यायाधीश खुशीप्रसाद थारुको विशेष अदालतबाट सरुवा”