सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो। नरेन साउदको उत्कृष्ट पाँच विकेटले काठमाडौंलाई १५.५ मा ९४ रनमा सीमित गरायो। Continue reading “नरेनको घातक बलिङमा सुदूरपश्चिमले काठमाडौंलाई हरायो”
Author: Madan Kumar
जनकपुरको लगातार तेस्रो जित, पोखरा फेरि पराजित
जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो। यससँगै पोखरा दोस्रोपटक पराजित बन्न पुगेको छ।
पहिलो खेलमा विराटनगरलाई ८ विकेटले हराएको जनकपुरले दोस्रो खेलमा कर्णालीलाई पनि ८ विकेटले नै हराएको थियो। Continue reading “जनकपुरको लगातार तेस्रो जित, पोखरा फेरि पराजित”
नागरिक उन्मुक्तिका अरुण चौधरीको सांसद पद धरापमा, पुस १७ गते हुँदैछ छिनोफानो
नागरिक उन्मुक्ति पार्टीका सांसद एवं पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको ‘योग्यता’ विवाद फैसला चरणमा प्रवेश गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले यस विवादमा सुनुवाइ सकेर आउँदो पुस १७ सुनाउने मिति तोकेको छ। Continue reading “नागरिक उन्मुक्तिका अरुण चौधरीको सांसद पद धरापमा, पुस १७ गते हुँदैछ छिनोफानो”
भगवती चौधरी बेलयतको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद भगवती चौधरी सम्मानित भएकी छन्।
बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो। Continue reading “भगवती चौधरी बेलयतको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित”
थारू समुदायको भजहर, जहाँ एकै ठाउँमा पाक्छ सयौं परिवारका भान्सा
गाउँभरिका मानिसको जमघटबीच सयौँ परिवारको खाना एकै ठाउँमा पाकिरहेको छ। माटोको चुलो लहरै राखेर भन्सर्या (भान्से) हरू मिठा भोजन तयार पार्न व्यस्त छन्। कैलालीको भजनी नगरपालिका-२, मोहनपुरमा थारू समुदायको भजहरको दृश्य हो, यो। Continue reading “थारू समुदायको भजहर, जहाँ एकै ठाउँमा पाक्छ सयौं परिवारका भान्सा”
एनपीएलमा सुदूरपश्चिम र चितवन विजयी
ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो। तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो।
पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । म्याट क्रिटलेले १७ रन जोडे। पोखरालाई अलआउट गर्न चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए।
रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए। लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए। दिपक बोहराले १ विकेट लिए। सुरुवाती ४ ओभरमै तनविर र रिजनलले धारिलो बलिङ रग्दै ३-३ विकेट लिँदा पोखराले ६ विकेट गुमाएको थियो। त्यसपछि म्याट र नारायणले केही सम्हाल्न खोजेपनि पूरा ओभर टिक्न सकेन। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपारको अर्धशतक मदतमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो।
बोपाराको ३८ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए। लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए। शरद भेषावकर ११ रनमा अविजित रहे।
यसअघि सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको छ। ओपनर ब्याटर मार्टिन गुप्टेल डक आउट हुँदा कुनै पनि खेलाडीले क्रिजमा टिकेर रन बनाउन नसक्दा विराटनगर १६.१ ओभरमा ९२ रनमा अलाउट भयो। यो विराटनगरको लगातार दोस्रो हार हो। विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेटको हार बेहोरेको थियो।
विराटनगरका लागि वसिर अहमदले सर्वाधिक २४ रन बनाए। उनले २८ बलमा २ चौका प्रहार गरे। राजेश पुलामीले १५ बलमा १५ रन बनाए । कप्तान सन्दीपले ८ रन बनाए। १८३ रनको बलियो लक्ष्य पछ्याएको विराटनगर किङ्ग्सले पावरप्लेमा ३ विकेट गुमाउँदै २१ रन बनाएको छ। तेस्रो क्रममा आएका निकोलस क्रिटोन पनि ५ रनमै पेभेलियन फर्किए।
ओपनर लोकेश बम स्टम्पिङ हुँदा ४ ओभर सकिँदा विराटनगर निकै नाजुक अफ अवस्थामा ३ विकेट गुमाउँदै ११ रनमा रहेको थियो। सुदूरपश्चिमका लागि स्कट कुग्गेलिन र अभिनाश बोहोराले समान ३/३ विकेट लिए। ब्रान्डन म्याकमुलेन, सैब जैब र इशान पाण्डेले १/१ विकेट लिए।
यो हालसम्म भएका तीन खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेर जित्ने सुदूरपश्चिम पहिलो टिम हो। त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले। उनले २४ बलमा ३ चौका र ५ छक्का बनाउँदै अविजित अर्धशतकीय पारी खेलेका हुन्।
सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। सुदूरपश्चिमले दोस्रो ओभरमा नै ओपनर अमित श्रेष्ठ १ रनमै गुमायो। उनी इस्मात अलामको बलमा मार्टिन गुप्टिलको हातबाट क्याच आउट भए। अर्का ओपनर विनोद भण्डारी पाँचौं ओभरको चौथो बलमा अनिल खरेलको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए। उनले १९ बलमा ४ चौकासहित २३ रन बनाए।
तेस्रो विकेटका रुपमा सुदूरपश्चिमले आरिफ शेखलाई गुमायो। उनले ५ बलमा २ चौका सहित ९ रनमा निकोलस क्रिटोन उत्कृष्ट क्याच लिए । वसिर अहमदको बलमा निकोलसले क्याच गरेका हुन्। पावरप्लेमा ३ विकेट गुमाएर ४३ रन बनाएको सुदूरले ११ औं ओभरको तेस्रो बलमा अनिल खरेलले सैफ जैबलाई १४ रनमा बोल्ड आउट गरेका हुन्। उनले १५ बलमा १ छक्का प्रहार गरेका हुन्। १३ औं ओभरको चौथो बलमा अनिलले सुदूरका ब्रान्डन म्यामुलेनको विकेट लिए। उनले २६ बलमा २ चौका र २ छक्कासहित ३६ रन बनाए।
१५ औं ओभरको तेस्रो बलमा इशान पाण्डेले छक्का प्रहार गर्दै सुदूरपश्चिमले १०० रन पूरा गरेको हो। १७ औं ओभरको पाँचौं बलमा तेस्रो रन लिने क्रममा इशान पाण्डे रन आउट भएका छन्। उनले १६ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए। उनले २५ बलमा दिपेन्द्र सिंह ऐरीसाग ४९ रनको मिडलअर्डर साझेदारी गरे। ८९ रनमा ५ विकेट गुमाएको सुदूरको लागि यी दुईको साझेदारीले राम्रो लय दियो।
त्यसपछि क्रिजमा आएका स्कट कुग्गलेन सोलको बलमा निकोलस क्रिकोटको हातमा बाउन्ड्रीमा क्याच आउट भए। सुदूरका लागि बसन्त खत्री ४ रनमा अविजित रहे। विराटनगरका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। इस्मात अलाम र वरिस अहमद र क्रिस सोलले समान १/१ विकेट लिए। आजको दोस्रो खेल पोखरा एभेन्जर्स र चितवन राइनोजबीच हुनेछ।
समाजवादको भाषण लगाउने प्रधानमन्त्रीले किन राष्ट्रिय विमान छाडेर निजी चढ्छन्?
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार औपचारिक चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरे। देशका कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदा राष्ट्रिय ध्वाजाबाहक चढ्ने परम्परा छ। ठूला देश भारत होस् या अमेरिका, स्वयं चीन नै किन नहोस्, त्यहाँका राष्ट्र प्रमुख वा कार्यकारी विदेश भ्रमणमा निस्किँदा सरकारकै ध्वाजाबाहक चढ्ने गर्छन्।
तर, प्रधानमन्त्री ओली निजी कम्पनी हिमालयन एयरलायन्सको विमानबाट चीन गएका हुन्। सरकार खर्चमा जम्बो टोली लिएर उनी निजी कम्पनीको विमान चार्टनर गरेर चीन गएका हुन्। अहिलेमात्र होइन, यसअघि पनि चीन भ्रमणमा जाँदा उनले हिमालयन एयरलायन्सकै विमान चार्टर गरेर जम्बो टोलीसहित चीन गएका थिए।
प्रधानमन्त्री भएयता प्रधानमन्त्री ओलीले सुशासन र भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दिँदै आएका छन्। उनले एक पैसा पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भाषण दिँदै आएका छन्। सुशासनमा पनि शून्य सहनशीलता अपनाउने भन्दै आएका छन्। तर, सरकारी खर्चमा जम्बो टोली लिएर निजी विमानबाट यात्रा गर्ने गरेका छन्। यो पनि एक प्रकारको भ्रष्टाचार नै भएको विश्लेषकहरू बताउँछन्।
‘समाजवाद र राष्ट्रियताको खयाल गर्ने प्रधानमन्त्रीलाई नैतिकताले पनि निजी विमान चढ्न दिँदैन। संसारभरि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वाजाबाहक विमान चढ्ने परम्परा छ,’ एक राजनीतिक विश्लेषकले भने।
उनले थपे , ‘हामी आमनागरिक प्रश्न गरिरहन्छौं, किन सरकारी कर्मचारीका सन्तान सरकारी विद्यालय पढ्दैनन्? किन सरकारी अस्पतालमा यति विघ्न अव्यवस्था छ? किन सरकारी लगानी रहेको नेपाल टेलिकम देशव्यापी बन्न सकेको छैन? मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्रीले देखाएको आज एक दिनमात्रको कथनी र करनीबिचको अन्तरले पनि सबै प्रस्ट्याउँछ।’
चीन उड्नुअघि ‘लज्जास्पद मत परिणाम’बारे रञ्जिताले रेशमलाई दिएको दनक!
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सोमबार चीन प्रस्थान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण टोलीमा परेपछि श्रेष्ठ बेइजिङ गएकी हुन्। तर, बेइजिङ उड्नुअघि उनले आफ्नै पति रेशम चौधरीविरुद्ध कडा अभिव्यक्ति दिइन्। पछिल्लो स्थानीय तह उपनिर्वाचनको मतपरिणामलाई लिएर रञ्जिताले सामाजिक सञ्जालबाटै रेशमलाई प्रहार गरिन्।
पार्टी नेतृत्वका लागि उनीहरूबीच लामो समयदेखि सम्बन्ध चिसिएको छ। टीकापुर महाधिवेशनबाट रेशम चौधरी सर्वसम्मत अध्यक्ष बनेपछि उनीहरू सार्वजनिकरूपमै मिडियाबाजीमा उत्रिएका पनि हुन्। तर, जेल बाहिर निस्किसकेपछि पार्टी संरक्षक रेशम चौधरीले आफ्नो ठूलो मपाई गरेको भन्दै रञ्जिताले कडा टिप्पणी गरेकी हुन्।
उनले भनेकी छन्, ‘म, मेरो , मैले गर्दा, मेरो कारण, मै मात्र, मात्र म, यी सबै म ले गर्दा, मेरो गीतले, मेरो कथा, मेरो व्यथा। आज भौतिक शरीर उपस्थित हुँदा पनि के भयो? कि सबै बेच्नु भको त होइन?,’ रेशमलाई इंगित गर्दै रञ्जिताले भनेकी छन्।
रेशमले ठूलै घमण्ड गरेको उनको बुझाइ छ। ‘आजको दिन हामीले देख्नुपरेको? घमण्ड अलि धेरै भयो कि? आत्मसमीक्षा गर्नुहोस्, अब आफ्नै पोल्टोमा आएका धेरै अवसरहरूलाई बेची खाएको जस्तो होइन चुनाव भनेको,’ रञ्जिताले भनेकी छन्।
पछिल्लो समय रेशम हरेक सभामा आफू जेलमा रहँदा पार्टीलाई जन्माएको, बाबा तोहर छावा जेलम परल बा शीर्षक गीतले चुनाव जितेको, आफूले धेरै राष्ट्रिय गीत गाएको, आफू पत्रकार, कलाकार, साहित्यकार सबै भएको बताउँदै आएका छन्। रेशमको यिनै भाषणलाई लिएर रञ्जिताले कटाक्ष गरेकी हुन्।
त्यसो त रेशमले पनि फेसबुकबाटै रञ्जितालाई जवाफ फर्काएकी छन्। उनले नागरिक उन्मुक्तमात्र होइन, ठूला पार्टीले पनि चुनाव नजितेको उल्लेख गरेका छन्। ‘धेरै ठूला पार्टीले पनि चुनाव जितेका छैनन्। हामीले केहि गुमाएका पनि छैनौं। अहिलेको निर्वाचन क्षेत्रमा गएको निर्वाचनमा हाम्रो उम्मेदवारी समेत थिएन। अहोरात्र मेहनत जारी छ। भिताको एक बल्ड्याङले धुरी चढ्नबाट कमिलालाई कसैले रोक्न सक्दैन। हेर्दै जाउँ,’ उनले भनेका छन्।
ऋणको भार र उच्च ब्याजदरका कारण चीनको बीआरआई ऋण अस्वीकार
बेल्ट रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत ऋण नलिने नेपालले गरेको निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सुरु हुनुअघि नै फितलो हुने पक्का भएको छ। बीआरआई देशका लागि उपयोगी र व्यवहार्य साबित हुन नसकेको भन्दै धेरै महत्वपूर्ण नेपाली नेताहरूले यसको विरोध गरेकाले त्यसलाई लिएर हंगामा मच्चिएको छ ।
सरकारको प्रमुख साझेदार नेपाली कांग्रेसले बीआरआई अन्तर्गतको ऋण ऋणको जालमा पर्न सक्ने डरले विरोध गरेको छ । ओली र उनको पार्टी एमालेले बीआरआईमा चासो देखाउँदा ऋण र उच्च ब्याजदरको प्रमुख चिन्ताले उनको प्रस्तावलाई अस्वीकार गर्यो। बीआरआई गैर पारदर्शी, गोप्य र महँगो भएको आशंकाले श्रीलंकालगायत धेरै देशलाई ऋणको जालमा फसाउन बाध्य बनाएको छ ।
कांग्रेस नेता रामहरि खतिवडाले आफ्नो अडानमा दृढतापूर्वक उभिएर ओलीलाई अब बीआरआई ऋण नदिने बताए । उनले भने, ‘हाम्रो देशले ऋण दिएर कुनै पनि ठूला आयोजना सम्पन्न गर्न नसक्ने एमालेसँग हाम्रो समझदारी छ । यसको पछाडिको कारण स्पष्ट छ- नेपाल चर्को ब्याजदरमा ऋण लिन सक्ने अवस्थामा छैन । विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) ले ०.५-१ प्रतिशतमा कर्जा दिँदा बीआरआईले नेपाललाई २–४ प्रतिशत ब्याजदर तिर्ने गरेको छ ।
चर्को बहस र बैठकपछि काठमाडौंले चीनबाट ऋण नलिई आर्थिक अनुदान लिने निर्णय गरेको छ । हालै भएको चीन भ्रमणपछि नेपालका परराष्ट्रमन्त्री आरजु राणाले चीनबाट ऋण नलिने घोषणा गरेकी थिइन् । “हाम्रो छलफल अनुदानमा केन्द्रित थियो,” राणाले भने । बीआरआईमा हुने कुनै पनि प्रगति दुई राष्ट्रबीचको आपसी समझदारी र नेपालभित्रको सहमतिमा आधारित हुनेछ।
नेपालले अनुदान मात्र दिने निर्णयमा चीनले कुनै प्रतिक्रिया दिएको छैन ।बीआरआईको सन्दर्भमा ओलीको चीन भ्रमण प्रभावहीन रहने सम्भावना छ । बीआरआई व्यापारिक परियोजना भएकाले यसलाई चिनियाँ नीति बैंक, सिल्क रोड फण्ड, एक्जिम बैंक, सीडीबीले लगानी गरेको नेपाल–चीन सम्बन्धका अनुसन्धानकर्ता रौनवसिंह खत्रीले बताए । त्यसैगरी हुम्ला क्षेत्रमा चिनियाँहरूले नेपाली भूमि अतिक्रमण गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
उल्लेखनीय छ, नेपालले सन् २०१७ मा गरेको बीआरआई सम्झौता अहिलेसम्म सार्वजनिक भएको छैन । नेपाली सांसद राजेन्द्र बजगाईले बिआरआई अन्तर्गतको ऋणले ब्याजदर बढी लिने भएकाले त्यसबारे संसदमा छलफल हुनुपर्ने बताए, ‘बिआरआई कोषको मोडालिटीबारे सरकारको धारणा सुन्न चाहन्छौं । झण्डै डेढ खर्ब ऋण लिएको मुलुकले धान्न सक्दैन । थप। त्यो ढाँचा कागजात किन सार्वजनिक गरिएन?” उहाँले भन्नुभयो।
यसअघि बीआरआईअन्तर्गत नेपालमा नौवटा आयोजना प्रस्तावित थिए । तर, कार्यान्वयन पक्षमा कुनै प्रगति देखिएको छैन । सुरक्षासँग सम्बन्धित बीआरआई कार्यान्वयन योजनाको दफालगायत धेरै विषयमा नेपालका चासो र आपत्ति छन् । नेपाल परराष्ट्र मन्त्रालयका सहसचिवले भने, ‘विवाद, परामर्श र सहमति नभएकाले नेपालमा चाँडै बीआरआई अगाडि बढ्ने सम्भावना छैन ।
बीआरआई आयोजना नभएको बारम्बार दाबी गर्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको श्रेय चीनले लिएपछि नेपाली जनता र नेताहरूले आक्रोश व्यक्त गरेका छन् । नेपालस्थित चिनियाँ दूतावास र राज्य सञ्चालित सञ्चारमाध्यमहरूले विमानस्थलका लागि बीआरआईको रकमको बारेमा कुरा गरिरहे। चिनियाँ दूतावासको एकतर्फी घोषणाको खण्डन गर्दै तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘बिआरआईअन्तर्गत नेपालमा एउटा पनि आयोजना सम्पन्न भएको छैन । बीआरआईको आयोजना कार्यान्वयन योजना नेपाल र चीनबीच छलफलको चरणमा छ ।
परराष्ट्र नीति विज्ञ विजयकान्त कर्णले विमानस्थल निर्माणको दाबी गर्ने चीनले आफ्नो उदासीनता देखाएको बताए । “चीनले नेपालमा बिआरआई परियोजनाहरू व्यवस्थित गर्न नसक्दा दुविधाको सामना गरिरहेको छ। चीनले अब हताश भएर बिआरआईको रूपमा अनियमित परियोजनाहरू दाबी गर्न थालेको छ, ”उनले भने। नेपालको भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिवले बीआरआई कार्यान्वयन गर्न ल्याइएका संयन्त्रले काम नगरेको बताए । एकै बैठक नगरी उनीहरु विचलित भए,’ उनले भने ।
सामाजिक समावेशीकरण तथा संघीयता केन्द्रका अनुसन्धानकर्ता प्रशान्ति पौड्यालले विश्वव्यापी रूपमा गति गुमाएकोले बीआरआईप्रति नेपाल त्यति उत्सुक देखिँदैन । “ऋण तिर्न नसकेर चिनियाँ कम्पनीहरूलाई अनिश्चितकालका लागि रोकिएका वा लीजमा सुम्पिएका बीआरआई परियोजनाहरूका साथ श्रीलंका र पाकिस्तान जस्ता क्षेत्रीय छिमेकीहरूको अनुभवले नेपालको राजनीतिक नेतृत्वका लागि सावधानीपूर्ण कथाको रूपमा काम गरेको छ,” उनले भनिन्। ।
एनपीएलमा चितवन र जनकपुर विजयी
पाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। चितवनले काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवन राइनोनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
पावरप्लेमा २ विकेट गुमाउँदै ४६ रन बनाएको चितवनले थप ४ ओभरमा ३ विकेट गुमायो। १० ओभरमा ४ विकेट गुमाउँदै ७२ रन बनाएको चितवनले सम्हालिएको पारी खेल्दै पहिलो जित दर्ता गरेको हो। चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रनमा बनाउँदै अविजित रहे । ३१ बलमा २ चौका र १ छक्का प्रहार गरेका हुन्।
उनीसँगै शरद भेषवाकर ११ रनमा अविजित रहे । यी दुईले छैटौं विकेटका लागि ४६ रनको अविजित साझेदारी गरे। चितवनका लागि दोस्रो ओभरको अन्तिम बलमा साहब आलमले दिपक बोहोरालाई एलबीडब्ल्यु आउट गराए। उनले ७ रन बनाएर आउट भए।
दोस्रो विकेट पनि साहब आलमकै नाममा रह्यो । उनले हसन इसाखिललाई विकेटकिपर स्टेफन स्किनाजीबाट स्टम्पिङ आउट गराए। इसाखिल १२ रन बनाइ पेभेलियन फर्किए। तेस्रो विकेट लुक बेन्केन्स्टाइनको भयो। उनले १७ बलमा १ चौका र २ छक्कासहित २२ रन प्रहार गरे। चौथो विकेट कप्तान कुशल मल्लको भयो। उनी ११ बलमा ११ रन बनाउँदै शंकर रानाको हातबाट क्याच आउट भए।
पाँचौं विकेट रवि बोपाराको गयो। नवौं ओभरको पाँचौं बलमा साहब आलमको बलमा विकेटकिपर इस्किनाजीको हातबाट पिचमा नै क्याच भए। गलत सटका कारण उनी आउट भए। काठमाडौंका लागि साहब आलमले सर्वाधिक ३ विकेट लिए। गेरहार्ड इरास्मस र डान डाउथवेटले समान १/१ विकेट लिए। टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा १११ रन बनायो।
काठमाडौंका लागि तेस्रो क्रममा आएका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। उनले ४१ बलमा १ चौका प्रहार गरेका हुन्।
शंकर रानाले १६, माइकल लेभिटले २५ रन बनाए भने डान डाउथवेट १९ रनमा अविजित रहे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। चितवनका लागि सोहिल तान्भिरले सर्वाधिक ५ विकेटि लिए। अमर रौतेला, रिजन ढकाल, कुशल मल्ल र लुकले १/१ विकेट लिए। आजको दोस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ।
त्यस्तै सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्समाथि ८ विकेटको फराकिलो जित हात पारेको छ। कर्णालीले दिएको १४२ को लक्ष्य पछ्याएको जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ६२ रन बनाए। उनले आज टिमको लागि परिपक्व पारी खेले। उनले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका हुन् । उनीसँगै जेम्स निसमले ८ बलमा २ चौकासहित १६ रनमा अविजित रहे।
जनकपुरका ओपनरद्वय अनिल शाह र आसिफ शेखले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेर उत्कृष्ट सुरुवात दिलाए। यो हालसम्मको एनपीएलमा पहिलो विकेटका लागि गरेको उच्च साझेदारी हो। पहिलो विकेटका रुवमा जनकपुरले आसिफ शेखलाई गुमायो। उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए। कर्णालीका लागि मौसम ढकालले आसिफको विकेट लिँदै विकेटको सुरुवात गराएका थिए।
दोस्रो विकेटको रूपमा जनकपुरले लाहिरु मिलान्थालाई गुमायो। उनले १३ बलमा २ चौका र २ छक्का सहित २४ रन बनाए। जिसन मक्सुदले मिलान्थालाई एलबीडब्ल्यु आउट गराएका हुन्।
१४.३ ओभरमा डिजिटल स्कोर बोर्ड भएको ठाउँबाट अनिललाई भेट्न उनका फ्यानबीच मैदानमा नै आएका थिए। उनी त्यसबेला ६१ रनमा अविजित खेलिरहेका थिए। कर्णालीका लागि मौसम ढकाल र जिसन मक्सुदले १/१ विकेट लिए।
त्यसअघि, टस जितेर ब्याटिङ गरेको कर्णालील २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। अन्तिम २ ओभरमा कप्तान सोमपाल कामी र अर्जुन घर्तीको आक्रमक ब्याटिङमा ४१ रन जोड्दै कर्णालीले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो।
कर्णालीका लागि १९ औं ओभरमा अर्जुन घर्तीको आक्रमक ब्याटिङमा कर्णालीले सम्मान जनक स्कोर बनायो । उनले १९ औं ओभर हर्ष थाकरलाई २४ रन जोड्यो। १८ ओभरसम्म १०० पनि नपूर्याएको कर्णालीका लागि अर्जुनले एक ओभरमा नै २४ रन जोड्दिए। जसमा उनले पहिलो बल डट खेलेर २ चौका र २ छक्का र अन्तिम बलमा २ रन जोडे।
कर्णालीका लागि अर्जुनले ३३ रन जोड्दै रन आउट भए। पावरप्ले सकिँदा कर्णालीले २ विकेट गुमाउँदै ३१ रन बनाएको थियो। कर्णालीले पहिलो विकेटका रुपमा देव खनालको विकेट गुमाएको छ। दोस्रो ओभरको दोस्रो बलमा कर्णालीले आफ्नो पहिलो विकेटको रुपमा देवलाई १ रनमै गुमायो।
दोस्रो विकेटका रूपमा कर्णालीले शिखर धवनको विकेट गुमायो। उनलाई पाँचौं ओभरको दोस्रो बलमा हर्ष थाकरले बोल्ड आउट गरेका हुन्। शिखरले १४ बलमा ३ चौकासहित १४ रन बनाए।
कर्णालीका लागि तेस्रो विकेट चान्डविक वाल्टनको विकेट गयो। उनले १२ बलमा १ चौकासहित ८ रन बनाउँदै जेम्स निसामको बलमा एलबीडब्ल्यु आउट भए। चौथो विकेटमा जिसन मक्सुद डक आउट हुँदला ८ ओभरसम्ममा कर्णाली ४ विकेटको क्षतिमा ३६ रन बनायो।
पाँचौं विकेट १३.२ ओभरमा मोहम्मद मोसिनले बाबर हायातलाई १२ रन जोड्दा जेम्स निसमको हातबाट क्याच आउट गराए। १६ औं ओभरको दोस्रो बलमा किशोर महतोले गुल्सन झालाई ३६ रनमा बोल्ड आउट गरे। उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरी पेभेलियन फर्किए। किशोर महतोले गरेको १८औं ओभरको चौथो बलमा सोमपाल कामीको क्याच कप्तान अनिलले बाउन्ड्री लाइनमा फुत्काए।
कर्णालीका लागि कप्तान सोमपाल कामी २९ र नन्दन यादव शुन्यमा अविजित रहे। जनकपुरका मोहम्मद मोसिनले २ विकेट लिए। ललित राजवंशी, किशोर महतो, हर्ष थाकर र जेम्स निसमले समान १-१ विकेट लिए। पहिलो खेलमा पनि जनकपुरले विराटनगरमाथि ८ विकेटको जित हात पारेको थियो। सोमबारको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो।
मंगलबार पहिलो खेल सुदुरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सको खेल ९:१५ मा सुरु हुनेछ भने दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ।