थारु बाहुल्य रहेको पालिका अध्यक्ष बन्न १६ जनाको उम्मेदवारी

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा १६ जनाको उम्मेदवारी परेको छ ।१६ मंसिरमा हुने उपनिर्वाचनका लागि आइतबार एक जना स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वासले मनोनयन दर्ता गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशीले मनोनयन दर्ता गरेका हुन् ।

मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारु, राप्रपा नेपालबाट राजु मुसहर र समावेशी समाजवादी पार्टीबाट बोधनारायण माझीले मनोनयन दर्ता गरेका छन् ।

नेकपा एमालेका स्थानीय नेतासमेत रहेका नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ग्रामथानको अध्यक्षमा एमालेबाट चौधरीसहित ११ जना आकांक्षी थिए । पालिकाले उनको नाम पनि आकाक्षीको रुपमा पठाएको थियो । पार्टीले तुलसीराम विश्वासलाई टिकट दिएपछि असन्तुष्ट बनेका उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

ग्रामथानमा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

थाकस महाधिवेशनमा थुप्रिए कांग्रेसका शीर्ष थारू नेताहरू (फोटो फिचर)

थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन आजदेखि रुपन्देहीको भैरहवास्थित पटवा बैंक्वेटमा सुरू भएको छ। महाधिवेशनमा देशभरिका तीन सय बढी प्रतिनिधिहरू सहभागी भएका छन्। महाधिवेशनमा थारू सांसदहरूको पनि उपस्थिति रहेको छ। उद्‍घाटनसत्रमा बनाइएको मञ्च भने कांग्रेस नेताहरूले भरिएका थिए।

थाकस महाधिवेशनमा सहभागी जनाउन कांग्रेसका नरेन्द्र चौधरी, विजयकुमार गच्छदार, उमाकान्त चौधरी, रामजनम चौधरी, तेजुलाल चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधर, डिल्ली चौधरीलगायत सहभागी थिए। एमालेबाट भगवती चौधरी, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी र रास्वपाका सांसद अशोककुमार चौधरी पनि मञ्चमा सहभागी थिए।

२३औं महाधिवेशनमा कांग्रेसका पदाधिकारीबीच नै भीडन्त हुने देखिएको छ। हालसम्म कार्यवाहक अध्यक्ष देवी प्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र उपमहामन्त्री मिनराज चौधरीले उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसकै नेताहरूबीच भीडन्त हुने देखिएपछि कांग्रेसका शीर्ष नेताहरू पनि महाधिवेशनमा उपस्थित भएका हुन्। शीर्ष तहका नेताहरूले सहमतिमै सभापति चुन्न दबाब दिएको बताइएको छ। यद्यपि उनीहरूले अडान भने छाडेका छैनन्। देवी लुम्बिनी प्रदेशका सांसदसमेत रहेकाले चुनाव हुने अवस्था आए प्रेमीलाल र मिनराजबीच भीडन्त हुनसक्ने स्रोतले बतायो।

सरकारले थारू समुदायको उन्नती चाहेको छ, विभेद अन्त्य गर्छ : उपप्रधानमन्त्री पौडेल

पप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले थारू समुदायको उन्नती चाहेको बताएका छन्। रुपन्देहीको भैरहवामा थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्‍घाटन गर्दै उनले वर्तमान सरकारले थारूमाथि भएको विभेद अन्त्य गर्ने बताए।

‘नेपाल सरकार थारू समुदायको उन्नती चाहन्छ। थारू समुदायको प्रगति चाहन्छ। थारू समुदायमाथि भएको विभेद अन्त्य गर्नका लागि यो सरकारले अगुवाइ गर्छ। त्यसको नेतृत्व लिन्छ,’ उनले भने। थारूसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ। ‘विगतमा सरकारसँग भएका सम्झौताका विषय पनि उठेका छन्। त्यसको कार्यान्वयनका निम्ति सरकार प्रतिवद्ध छ,’ उनले भने।

अर्थमन्त्री पौडेलले टीकापुर घटनाका मुख्य आरोपीको सूचीमा रहेका थारू कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीको अनुपस्थितिले पीडा भएको बताए। ‘धनिराम चौधरी मेरो साथी पनि हो। उनको उपस्थिति मेरो लागि पनि खड्किएको विषय हो। उहाँ उपस्थित नहुँदा, उहाँले आतिथ्य गर्न नपाउँदा अत्यन्तै पीडा भएको छ। तपाइँहरूको जस्तै मलाई पनि पीडा भएको छ,’ उनले भने।

टीकापुर घटनामा मुख्य आरोपी बनेपछि धनिराम भूमिगत रहँदै आएका छन्। भूमिगत अवस्थामै उनी २२औं महाधिवेशनमा पुनः सभाको सभापति निर्वाचित भएका थिए। यसपटक उद्‍घाटन सत्रमा उपस्थित नरहे पनि बन्दसत्रमा भने उनी सहभागी बन्ने स्रोतले बताएको छ।

धनिराम चौधरीको अनुपस्थितिले अत्यन्तै पीडा भएको छ : उपप्रधानमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले थारू समुदायको उन्नती चाहेको बताएका छन्। रुपन्देहीको भैरहवामा थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्‍घाटन गर्दै उनले वर्तमान सरकारले थारूमाथि भएको विभेद अन्त्य गर्ने बताए।

‘नेपाल सरकार थारू समुदायको उन्नती चाहन्छ। थारू समुदायको प्रगति चाहन्छ। थारू समुदायमाथि भएको विभेद अन्त्य गर्नका लागि यो सरकारले अगुवाइ गर्छ। त्यसको नेतृत्व लिन्छ,’ उनले भने। थारूसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ। ‘विगतमा सरकारसँग भएका सम्झौताका विषय पनि उठेका छन्। त्यसको कार्यान्वयनका निम्ति सरकार प्रतिवद्ध छ,’ उनले भने।

अर्थमन्त्री पौडेलले टीकापुर घटनाका मुख्य आरोपीको सूचीमा रहेका थारू कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीको अनुपस्थितिले पीडा भएको बताए। ‘धनिराम चौधरी मेरो साथी पनि हो। उनको उपस्थिति मेरो लागि पनि खड्किएको विषय हो। उहाँ उपस्थित नहुँदा, उहाँले आतिथ्य गर्न नपाउँदा अत्यन्तै पीडा भएको छ। तपाइँहरूको जस्तै मलाई पनि पीडा भएको छ,’ उनले भने।

टीकापुर घटनामा मुख्य आरोपी बनेपछि धनिराम भूमिगत रहँदै आएका छन्। भूमिगत अवस्थामै उनी २२औं महाधिवेशनमा पुनः सभाको सभापति निर्वाचित भएका थिए। यसपटक उद्‍घाटन सत्रमा उपस्थित नरहे पनि बन्दसत्रमा भने उनी सहभागी बन्ने स्रोतले बताएको छ।

सभापति धनिराम चौधरीले उद्‍घाटन सत्रमा शुभकामना सन्देश पठाएका थिए। सीमानामा पिल्लरजस्तो उभिने थारूलाई राज्यले अपराधी बनाएको उनको सन्देशमा उल्लेख छ।

उमहामन्त्री मिनराज चौधरीले उनको शुभकामना सन्देश वाचन गरे, ‘हामी मलेरियाबाट लड्यौं। समतल तराईलाई खेतीयोग्य बनायौं। नश्लवादीले हामीलाई मधेसी बनाए। मुक्तिका लागि हामीले थरुहट थारुवान आन्दोलन गर्‍यौं। थरुहट थारुवान प्रदेश माग्यौं। हाम्रो मागलाई राज्यले सम्बोधन गर्नुपर्छ भन्यौं। न्याय र अधिकारका लागि लड्दैगर्दा टीकापुर घटना घट्न गयो। सीमानामा पिल्लरजस्तो उभिएर लड्ने थारुलाई राज्यले अपराधी बनायो। थारुलाई भोट बैंकको रूपमा मात्र प्रयोग गर्ने कि उनीहरूको माग सम्बोधन पनि गर्ने। उनीहरूलाई न्याय पनि दिने। उनीहरूको छुट्टै प्रदेश पनि दिने।’

महाधिवेशनमा धनिराम चौधरीको सन्देश- सीमानामा पिल्लरजस्तो उभिने थारुलाई अपराधी बनायो

थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशनको उद्‍घाटन गरिएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले महाधिवेशनको उद्‍घाटन गरेका हुन्। देशभरिका थारू प्रतिनिधिहरू सहभागी भएको महाधिवेशनमा अर्थमन्त्री पौडेलले थारूका माग मुद्दा सम्बोधनमा सरकार प्रतिवद्ध रहेको बताए।

महाधिवेशनको उद्‍घाटन सत्रमा थाकसका सभापति धनिराम चौधरी अनुपस्थित रहे। टीकापुर घटनामा मुख्य आरोपीका रूपमा प्रहरीले ‘मस्ट वान्टेड’को सूचीमा राखेपछि उनी सार्वजनिकरूपमा उपस्थित नभएका हुन्। यद्यपि उनी बन्दसत्रमा सहभागी बन्ने स्रोतले बताएको छ।

उनले उद्‍घाटन सत्रमा शुभकामना सन्देश पठाएका थिए। सीमानामा पिल्लरजस्तो उभिने थारुलाई राज्यले अपराधी बनाएको उनको सन्देशमा उल्लेख छ। उमहामन्त्री मिनराज चौधरीले उनको शुभकामना सन्देशवाचन गरे, ‘हामी मलेरियाबाट लड्यौं। समतल तराईलाई खेतीयोग्य बनायौं। नश्लवादीले हामीलाई मधेसी बनाए। मुक्तिका लागि हामीले थरुहट थारुवान आन्दोलन गर्‍यौं। थरुहट थारुवान प्रदेश माग्यौं। हाम्रो मागलाई राज्यले सम्बोधन गर्नुपर्छ भन्यौं। न्याय र अधिकारका लागि लड्दैगर्दा टीकापुर घटना घट्न गयो। सीमानामा पिल्लरजस्तो उभिएर लड्ने थारुलाई राज्यले अपराधी बनायो। थारुलाई भोट बैंकको रूपमा मात्र प्रयोग गर्ने कि उनीहरूको माग सम्बोधन पनि गर्ने। उनीहरूलाई न्याय पनि दिने। उनीहरूको छुट्टै प्रदेश पनि दिने।’

अर्थमन्त्री पौडेलले पनि धनिराम चौधरीको उपस्थिति खट्किएको बताएका थिए। उनको अनुपस्थितिले आफूलाई पीडा भएको उनको भनाइ छ।

यस्तो देखियो थाकस २३औं महाधिवेशनको झाँकी र्‍याली (फोटो फिचर)

थारू कल्याणकारिणी सभाको २३औं महाधिवेशन रुपन्देहीको भैरहवास्थित पटवा बैंक्वेटमा सुरू भएको छ। महाधिवेशनमा देशभरिका तीन सय बढी प्रतिनिधिहरू सहभागी भएका छन्। महाधिवेशनको उद्‍घाटन सत्रअघि झाकी र्‍यालीसमेत आयोजना गरिएको थिो। थारू समुदायको पहिचान र संस्कृति झल्किने पहिरिनका साथ सहभागीहरू झाँकी र्‍यालीमा उपस्थित थिए।

र्‍यालमा संविधान संशोधनदेखि टीकापुर घटनाका माग मुद्दा सम्बोधन गर्न सरकारसँग माग गरिएको थियो। थारूहरूको छुट्टै प्रदेश बनाउन पनि माग गरिएको थियो। त्यस्तै उपप्रधान ता अर्थमन्त्री विष्णु पौडेलले महाधिवेशनको उद्‍घाटन गरेका थिए। उनले सरकार थारूहरुको मागप्रति प्रतिवद्ध रहेको बताएका थिए।

थाकस महाधिवेशनको तयारी पूरा, शनिबार १ बजे उद्‍घाटन सत्र

थारु कल्याणकारिणी सभाको २३औं महाधिवेशन शनिबारदेखि भैरहवाको पटवा बैंक्वेटमा हुँदैछ। सभाले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर मंसिर १ देखि ३ गतेसम्म महाधिवेशन हुने जानकारी गरायो।

‘थारुहरुको चाहना, न्याय, पहिचान, अधिकार र पूर्ण समानुपातिक समावेशी सहितको संघीय राज्य व्यवस्था’ भन्ने मूल नाराका साथ शनिबारदेखि सुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको सभाका कार्यवाहक अध्यक्ष देवीप्रसाद चौधरीले बताए। लुम्बिनी प्रदेशका सांसदसमेत रहेका उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले महाधिवेशनको उद्‍घाटन गर्ने बताए।

महाधिवेशनमा थरुहट तराईको पश्चिम जिल्ला कञ्चनपुरदेखि पूर्व झापा, कास्की, काठमाडौं, उपत्यकासहित २६ जिल्ला र प्रवास (विदेश) शाखा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, दुबई, कतार, मलेसिया , भातृ संस्था थारु कानून व्यवसायी सभा, महिला सभा, युवा सभा र विद्यार्थी सभा गरी ४ संस्थाबाट करिब ३ सय जना केन्द्रीय प्रतिनिधिहरुको सहभागीता रहने सभाले जनाएको छ।

महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै विद्यान संशोधन, कार्यप्रगति प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसहित आगामी भावी नीति तथा कार्यक्रमहरू तय गरी पारित गर्ने सभाका कार्यवाहक अध्यक्ष चौधरीले बताए। उनले सरकारले टीकापुर घटनाको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे।

‘सरकारले ट्रंक तथा डेटिकेटेड लाइन विवाद सम्बन्धि जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्छ’, उनले प्रश्न गर्दै भने, ‘तर, टीकापुर घटनाको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन। किन सार्वजनिक गर्दैन? त्यसमा के छ त्यस्तो? सरकारले प्रतिवेदन सार्वजनिक गर्नुपर्छ।’

सभाका सहमहामन्त्री मिनराज चौधरीले संविधानका ४२ धारा आफूहरू असहमति रहेको भन्दै सरकारलाई खबरदारी गर्नका लागि पनि महाधिवेशनको लक्ष्य रहेको बताए। उनका अनुसार महाधिवेशनको कार्यक्रम अन्तर्गत मंसिर १ गते शनिबार बिहान ९ बजे बुद्धचोकबाट पटवा बैंक्वेटसम्म झाँकी र्‍याली प्रदर्शन गरिने र दिउँसो १ बजे उद्घाटन हुनेछ। दसभाले महाधिवेशन पश्चात सिद्धार्थनगर रुपन्देही घोषणा पत्र समेत जारी गर्ने जनाएको छ ।

थाकस महाधिवेशनको पूर्वसन्ध्यामा उच्च अदालत पाटनले सुनायो यस्तो फैसला

थारू कल्याणकारिणी सभा (थाकस)को २३औं महाधिवेशनको पूर्वसन्ध्यामा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले कारण देखाउ आदेश जारी र अन्तरिम आदेश छलफलमा झिकाउने आदेश दिएको हो।

त्यस्तै थाकसका केन्द्रीय सदस्य जयराम पंजियारको निलम्बन फुकुवा गर्न आदेशसमेत दिएको छ। पंजियारले दायरको गरेको रिटको सुनुवाई गर्दै अदालतले गत भदौ ८ गते पदमुक्त गर्ने थाकसको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। त्यस्तै अदालतले दुवै पक्षलाई मंसिर ७ गते छलफलका लागि बोलाएको छ।

‘निवेदकले अन्तरिम आदेशको माग गरेको सम्बन्धमा विचार गर्दा प्रस्तुत निवेदनको विषयवस्तु र प्रकृतिबाट दुवै पक्षका बीच छलफल गराई अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धनमा निष्कर्षमा पुग्न उपयुक्त देखियो,’ आदेशमा भनिएको छ, ‘सो अवधिसम्मका लागि निवेदकलाई थारु कल्याणकारिणी सभाको केन्द्रीय सदस्य पदबाट पदमुक्त गरी निलम्बनसमेत गर्नेगरी भएको निर्णय कार्यान्वयन नगराउनू।’

थाकसको केन्द्रीय कार्यसमिति विधान विपरीत चलिरहेको भन्दै केन्द्रीय सदस्यसमेत रहेका पंजियारले जिल्ला प्रशासन कार्यालय काठमाडौं र उच्च अदालत पाटनमा निवेदन दिएका थिए। उता थाकसको २३औं महाधिवेशन भोलिदेखि रुपन्देहीको भैरहवामा हुँदैछ। त्यसको सम्मपूर्ण तयारीसमेत भइसकेको सभाले जनाएको छ। महाधिवेशनको उद्‍घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्नेछन्।

अमनलाल मोदीको क्षेत्र ग्रामथानको उपनिर्वाचनमा कसले मार्ला बाजी?

मोरङको ग्रामथान गाउँपालिका चुनावमय भएको छ। आगामी १६ मंसिरमा गाउँपालिका अध्यक्षका लागि चुनाव हुँदै छ। सो उपचुनावका लागि मुख्य राजनीतिक दलहरू उम्मेदवार टुङ्गो लगाएर मैदानमा उत्रिसकेका छन्।

उपनिर्वाचनका लागि कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुल्सीराम विश्वास र नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी उम्मेदवार छन्। यी तीनै दलका उम्मेदवार पहिलोपटक गाउँपालिका अध्यक्षमा चुनावी प्रतिस्पर्धामा उत्रेका हु ।

पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूलाई लिएर उम्मेदवारहरू चुनावी अभियानमा छन्। उम्मेदवारहरूले चुनावी घोषणापत्र भने सार्वजनिक गर्न बाँकी छ। तर, चुनावी सभा गर्नेसँगै सामाजिक सञ्जालहरू फेसबुक, टिकटक, ट्वीटर, युट्युबलगायतका सबै माध्यमबाट चुनावी प्रचार गर्न उम्मेदवारहरू पछि हटेका छैनन्।

यो स्थानीय तहमा गत २०७९ मा भएको चुनावमा कांग्रेसबाट अध्यक्षमा जयप्रकाश गच्छदार थारू ७ हजार ६०५ मतसहित निर्वाचित भएका थिए। तर, उनको गत ३ असारमा निधन भयो। यसपछि ग्रामनाथमा उपनिर्वाचन हुन लागेको हो।

यहाँ उपाध्यक्षसहित एमालेले २, ४, ५ , ६ र ७ गरी पाँचवटा वडामा जितेको छ। कांग्रेसले गाउँपालिका अध्यक्ष र १ नम्बर वडा तथा नेकपा (माओवादी केन्द्र)ले २ नम्बर वडा जितेका छन् । तर, २०७४ मा भने यहाँ एमालेले गाउँपालिका अध्यक्ष र २ नम्बर वडाअध्यक्ष पद जितेको थियो। त्यसबेला उपाध्यक्षसहित १, ३, ५ र ७ नम्बर वडा तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)ले जितेको थियो। ४ र ६ नम्बर वडा भने कांग्रेसले जितेको थियो। पछि फोरम लोकतान्त्रिक कांग्रेससँगको एकीकरण प्रक्रियामा आयो।
उपनिर्वाचनमा यसपटक नागरिक उन्मुक्ति पार्टी र रास्वपा पनि चुनाव लड्दैछन्। उनीहरूले पनि मतलाई प्रभावित पार्न सक्ने बताइएको छ।

यस्तो थियो चुनावको परिणाम

२०७४
शिवनारायण माझी थारू (एमाले)– ४७२० मत
जयप्रकाश गच्छदार थारू (मधेशी जनअधिकार फोरम लोकतान्त्रि)– ४६६१ मत
कृष्णकुमार सरदार थारू (कांग्रेस)– ३१४३ मत
रमेशकुमार भगत (माओवादी)– १६०२ मत
ठक्कुलाल माझी थारू (राप्रपा)– २९७ मत

२०७९

जयप्रकाश गच्छदार थारू (कांग्रेस)– ७६०५ मत
शिवनारायण माझी थारू (एमाले)– ६०९३ मत
विजयकुमार सरदार (माओवादी)– २७२७ मत
पखुुलाल विश्वास (राप्रपा)– ४४७ मत
राकेश चौधरी (नेकपा एस)– १३९ मत

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो।

क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको बताए। उनले नेपालको घरेलु लिगलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा लैजाने मौका मिलेको बताए।

उनले पहिलो संस्करणको एनपीएललाई क्यानले ब्राण्डको रूपमा स्थापित गर्न खाजेको उल्लेख गरे। पहिलो एनपीएल खेल्न विदेशी फ्रेन्चाइजहरूले खेल्न इच्छा देखाए पनि सम्भव नभएको भन्दै उनले अर्को संस्करणमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेलको रूपमा विकसित हुनसक्ने बताए।

लिग खेल्न आउने विदेशी खेलाडीहरूको श्रम स्वीकृतिलगायतका काममा क्यानले सहजीकरण गर्ने खड्काले जानकारी दिए। त्यस्तै उनले उपनिर्वाचनका कारण मंसिर १६ गते खेल आयोजना गर्न सम्भव नभएकाले छिटै नयाँ खेल तालिका सार्वजनिक गर्ने बताए।

त्यस्तै नेपाल प्रिमियर लिग (एनपीएल)लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ। क्यानका सचिव खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपीएलको मुख्य प्रायोजक रहने जानकारी दिए। क्यानको आयोजनामा ८ टोलीको सहभागिता रहने लिग मंसिर १५ गते पुस ६ गतेसम्म टीयु क्रिकेट मैदानमा एनपीएल हुँदैछ।