प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे। उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।

सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, नेपाली सेनाका उपरथी मधुकर कार्कीलगायत सहभागी थिए।

स्थल सेनाध्यक्ष द्विवेदीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेका थिए।

फुटबलका प्रशिक्षक चौधरी एमाले प्रवेश

फुटबल प्रशिक्षक पारस चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन्। पूर्व फुटबल खेलाडीसमेत रहेका चौधरीसहित १४ जना नेकपा (एकीकृत समाजवादी) परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन्।

पार्टीले आफूहरुलाई कार्यक्रममा नबोलाउने, वास्ता नगर्ने भएपछि पार्टी छाड्नु परेको उनको भनाइ छ। उनले भने, ‘विगत तीन वर्षदेखि समाजवादीमा थिएँ। जहिले पनि अर्को राजनीतिक दलसँग जोडेर भन्ने। वास्ता नगर्ने, धेरैकुरा छ यसमा। त्यसैले पनि आज एमालेमा प्रवेश गरेको हो।’

समाजवादीमा प्रवेश गर्नुपूर्व चौधरी ग्रामथान गाउँपालिकाको झोराहटबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य थिए। कांग्रेस छाडेर समाजवादी प्रवेश गरेका चौधरी एमालेमा प्रवेश गरेका हुन्।

चौधरीसँगै एमालेबाट समाजवादी कित्तामा पुगेका तत्कालीन पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी पनि एमालेमै फर्किएका छन्। एमालेको कोटामा उनी २०७२ सालमा खेलकुद विकास समिति अध्यक्ष भएका थिए।

त्यसअघि उनी एमालेबाटै २०६३ देखि ०६५ सालसम्म जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा रहेका थिए। नगरकोटीले पार्टी विभाजनका क्रममा अन्यत्र लागिएको तर त्यहाँ गुटको राजनीति चरम रहेको हुँदा त्याग गरेको बताए।

जिसस कैलालीमा नाउपाले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी टीका चौधरी निर्विरोध

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छन्। प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसकी चौधरी निर्विारोध भएकी हुन्।

बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएकी हुन्।

कैलाली जिससमा कांग्रेस र नाउपाको उम्मेदवारी परेको थियो। कांग्रेसलाई एमालेले समर्थन गरेको कारण चौधरीको जित निश्चित देखेपछि नाउपाले उम्मेदवारी फिर्ता लिएको हो।

चीनको सेयर बजार र आर्थिक वृद्धि अन्धकारमय

अक्टोबरमा चिनियाँ शेयर बजारमा आएको तीव्र उछालले आर्थिक सुधारको आशा जगाएको थियो। यद्यपि, यो बज अल्पकालीन थियो, र अब चिनियाँ अर्थतन्त्रले 2025 मा अन्धकारको सामना गरिरहेको छ। घरेलु उपभोग र उत्पादनमा आएको मन्दी, घर जग्गाको मन्दी र डोनाल्ड ट्रम्पको फिर्तीले आर्थिक सुधारमा ब्रेक लगाएको देखिन्छ।

जेपी मोर्गनका अनुसार बेइजिङले भर्खरै इक्विटी बजारलाई बढावा दिन उपायहरू लिएको छ किनभने उपभोक्ता भावनाहरू तलतिर गएका छन्। “जग्गाको मूल्यमा गिरावटको कारण चिनियाँ घरपरिवारका लागि नकारात्मक प्रभावहरू इक्विटी बजारमा एकै साथ गिरावट र निक्षेपमा ब्याज दर घट्ने, कम आत्मविश्वासको कारणले बढेको छ,” यसले भन्यो।

विश्व बैंकले भने कि चीनले सम्पत्ति संकट र बुढ्यौली जनसंख्याको सामना गरिरहेको कारण प्रोत्साहन उपायहरूको उद्देश्यहरू अस्पष्ट छन्। “प्रश्न यो हो कि [उत्तेजना] ले घट्दो तलब, घट्दो सम्पत्ति आम्दानीको चिन्ता र बिरामी हुने, बुढ्यौली बढ्दै जाने, बेरोजगार हुने डरको बारेमा उपभोक्ताको चिन्तालाई हटाउन सक्छ कि सक्दैन,” आदित्य मट्टुले भने, विश्व बैंकका पूर्वी एशिया र प्रशान्त प्रमुख अर्थशास्त्री। ।

भर्खरै घोषणा गरिएका प्रोत्साहन उपायहरू अर्थतन्त्रलाई उत्प्रेरित गर्ने र बजारलाई स्थिर बनाउनका लागि थिए। तर चिनियाँ बजार घटेपछि तिनीहरू असफल भए। “सरकारी कार्यहरूले आशावादलाई बलियो बनाएको छ, विश्लेषकहरूले चेतावनी दिएका छन् कि र्‍याली सरकारी प्रोत्साहनको प्रभावको “अवास्तविक अपेक्षाहरू” मा आधारित छ, र चिनियाँ इक्विटीहरूमा कुनै पनि पर्याप्त स्तरवृद्धि गर्न यो धेरै चाँडो हुन सक्छ,” राइट अनुसन्धानले भने।

सबै प्रमुख वाल स्ट्रीट विश्लेषकहरूले 2025 मा चीनको लागि खराब दिनहरू चेतावनी दिएका छन् जब विश्वव्यापी अर्थतन्त्र बलियो रूपमा बढ्ने अपेक्षा गरिएको छ। विश्व बैंकले सन् २०२५ मा चीनको जीडीपी वृद्धिदर ४.३ प्रतिशतमा झारेको छ । जेपी मोर्गनले भने कि चीनको कठोर नियमहरूले चिनियाँ कम्पनी र शेयर बजारको नाफामा नकारात्मक असर पारेको छ। “विगत १० वर्षमा प्रति शेयर आम्दानी वृद्धि आर्थिक वृद्धिसँग जोड्न सकेको छैन, जबकि इक्विटीमा प्रतिफल १५ प्रतिशतबाट ११ प्रतिशतमा झरेको छ,” यसले भन्यो।

मे 2024 मा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले 2025 को लागि चिनियाँ अर्थतन्त्रको वृद्धि प्रक्षेपणलाई 0.4 प्रतिशत बिन्दुले स्तरवृद्धि गर्‍यो। अहिले प्रक्षेपण नकारात्मक भएको छ । आईएमएफका प्रथम उप प्रबन्ध निर्देशक गीता गोपीनाथले भने कि कोविड पछिको सुस्त रिकभरीले शेयर बजारको सम्भावनालाई कमजोर बनाएको छ। “आउटलुकमा जोखिमहरू नकारात्मक पक्षमा झुकिएका छन्, जसमा अपेक्षित भन्दा बढी वा लामो समयसम्म सम्पत्ति क्षेत्रको समायोजन र बढ्दो खण्डीकरण दबाबहरू समावेश छन्,” उनले भनिन्।

मोर्गन स्टेनलीले कर्पोरेट आम्दानी र बजार मूल्याङ्कनमा चिन्ताको कारण चीनलाई “समान तौल” बाट थोरै “कम तौल” मा डाउनग्रेड गरेका छन्। गोल्डम्यान साक्सले भने कि मूल्याङ्कनले माग गर्दैन। “सम्पत्ति र खुद्रा क्षेत्रहरू दबाबमा रहन्छन् र अर्थतन्त्रले चीनमा नीतिगत समर्थनबाट त्यति फाइदा लिन नसक्ने हुन सक्छ, जसरी चीनले घरेलु अर्थतन्त्रलाई बलियो बनाउनमा ध्यान केन्द्रित गरेको छ,” यसले भन्यो।

ट्रम्पले चिनियाँ सामानमा ६० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् । गोल्डम्यान साक्सका अनुसार २० प्रतिशत ट्यारिफ लगाए पनि चिनियाँ आर्थिक वृद्धि ०.७ प्रतिशतले घट्नेछ। चीनले सावधानी अपनाउनुपर्छ, पिपुल्स बैंक अफ चाइना र हङकङ स्टक एक्सचेन्जको मेनल्याण्ड चाइना सल्लाहकार समूहको मौद्रिक नीति समितिका सदस्य ह्वाङ यिपिङले भने। “डोनाल्ड ट्रम्पले चीनलाई लक्षित गर्न थप शुल्क बढाउने सम्भावना छ। बेइजिङले घरेलु मागलाई स्थिर र बढावा दिन थप उपायहरू अपनाउदै सावधानी अपनाउनुपर्छ,” उनले भने।

ट्रम्पको निर्णयले चिनियाँ शेयर बजारमा ठूलो नकारात्मक असर पर्न सक्ने भन्दै विश्वका लगानीकर्ताहरु त्रसित छन् । ईस्टस्प्रिङ इन्भेस्टमेन्टका पोर्टफोलियो प्रबन्धक रोङ रेन गोहले भने कि विदेशी लगानीकर्ताहरूले चीनसँग सम्बन्धित कुनै पनि सम्पत्तिमा आफूलाई रक्षात्मक रूपमा राख्न सक्छन्। “अहिले, बजारहरूले ट्यारिफको सम्भावनामा संकुचित रूपमा ध्यान केन्द्रित गरिरहेका छन् किनभने यो राष्ट्रपतिको कार्यकारी आदेश अन्तर्गत सीधा तान्न सबैभन्दा सजिलो लीभर हो, तर हामीले 2016-20 को बीचमा अन्य लीभरहरू देखेका छौं जुन चीनलाई समावेश गर्न तान्न सकिन्छ।” भन्नुभयो।

अमेरिकी चुनावको नतिजामा चिनियाँ बजारहरूले तीव्र प्रतिक्रिया दिएपछि ट्रम्पको प्रभाव उज्ज्वल रूपमा देखाइएको थियो। र चीन अब मौद्रिक उत्तेजना मार्फत आर्थिक रिकभरीलाई समर्थन गर्ने स्थितिमा छैन, एरिक लुएथ, कानूनी र जनरल आईएमका विश्वव्यापी उदीयमान बजार अर्थशास्त्रीले भने। “हामी सामान्य तरलता जालमा छौं र हामी सोच्दैनौं कि, हामी जहाँ छौं, यसले चाल गर्नेछ,” उनले भने।

राष्ट्रपति पौडेलबाट भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको उपाधि प्रदान

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ। बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले द्विवेदीलाई मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायतको उपस्थीति रहेको थियो । भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार नेपाल भ्रमणमा आएका हुन्।

नेपाल–भारतबिचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौं आएका भारतीय सेनाध्यक्ष द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच आज जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको थियो।

गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो। शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी काठमाडौंमा

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन्। उनले केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा उनलाई सेनाका उच्च अधिकारीहरूले स्वागत गरेका हुन्।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि द्विवेदी काठमाडौं आएका हुन्। भ्रमणका दौरानमा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

प्रधानसेनापति सिग्देलसँग भेटघाट र कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गरिने नेपाली सेनाले जनाएको छ। भ्रमणका दौरान उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमण पनि गर्नेछन्।

त्यस्तै नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्रीसँग औपचारिक भेटघाट गर्ने नेपाली सेनाले जनाएको छ।

प्रेमीलाललाई सभापति र मिनराजलाई महामन्त्रीमा सर्वसम्मत गर्न शीर्ष नेताहरूको जोड

रुपन्देहीको भैरहवामा जारी थारू कल्याणकारिणीको २३‍औं महाधिवेशनको दोस्रो दिन बन्दसत्र आयोजना गरिएको छ। बन्दसत्रमा सहभागी प्रतिनिधिहरूले पदाधिकारीको चर्को आलोचना गरेका छन्। वर्तमान कार्यसमितिले ६ वर्षसम्म नेतृत्व गर्दासमेत थारूको माग मुद्दा र पहिचानका सबालमा कुनै काम गर्न नसकेको आरोप लगाएका छन्। आइतबार अबेर रातिसम्म बन्दसत्र जारी रहेकाले नेतृत्व चयनका विषयले सोमबारमात्र प्रवेश गर्ने बताइएको छ।

थाकसको सभापतिमा कार्यवाहक अध्यक्ष देवी चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र उपमहामन्त्री मिनराज चौधरी मुख्य आकांक्षी रहेका छन्। उनीहरूमध्ये प्रेमीलाल र मिनराजले सार्वजनिकरूपमै उम्मेदवारी घोषणा गरेका छन्। लुम्बिनी प्रदेशका सांसदसमेत रहेका देवीले भने हालसम्म सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गरेका छैनन्। धनिराम चौधरीले आफूलाई निरन्तरता नदिने हो भने देवीलाई सभापति बनाउनुपर्ने अडान लिएको स्रोतले बतायो।

यता कांग्रेसका शीर्ष थारू नेताहरूले प्रेमीलाललाई सभापतिमा सर्वसम्मत बनाउन दबाब दिएका छन्। थाकसमा कांग्रेसको दबदबा रहँदै आएको छ। नेतृत्व चयनकै लागि कांग्रेसका नरेन्द्र चौधरी, विजय कुमार गच्छदार, उमकान्त चौधरी, डिल्ली चौधरी, योगेन्द्र चौधरी, डा. गोपाल दहितलगायत नेताहरू भैरहवा पुगेका छन्। केहीबाहेक अधिकांश कांग्रेस नेताहरूले प्रेमीलालाई अध्यक्ष बनाउन दबाब दिएको स्रोतको भनाइ छ। धनिराम भूमिगत रहँदा सम्पूर्ण जिम्मेवारी प्रेमीलालले निर्वाह गरेको र थाकसमा उनको योगदान पनि पुरानो रहेको कांग्रेस नेताहरूको भनाइ छ। केही नेताहरू भने मिनराजको पक्षमा वकालत गरिरहेका छन्। बहालवाला सांसद भएकाले देवीलाई सभापतिको उम्मेदवारी नदिन नेताहरूले सुझाव दिएको स्रोतको दाबी छ।

सभापतिका लागि पार्षद/प्रतिनिधिहरू पनि तीन खेमामा बाँडिएका छन्। काठमाडौंसहित पूर्वका अधिकांश प्रतिनिधिहरू प्रेमीलालको पक्षमा उभिएका छन् भने रुपन्देही र आसपासका प्रतिनिधिहरू देवीलालको पक्षमा उभिएका छन्। पश्चिमका अधिकांश प्रतिनिधिहरू भने मिनराजको पक्षमा वकालत गरिरहेका छन्। थाकसमा युवा नेतृत्वको माग र थरुहट आन्दोलनको पिल्लरसमेत भएकाले मिनराजलाई सभापति बनाउनुपर्ने उनीहरूको माग छ। तर, शीर्ष नेतृत्वले थाकसमा गरेको योगदान र समग्र कामको अनुभवको आधारमा प्रेमीलालई सभापति बनाउनुपर्ने दबाब दिइएको स्रोतको भनाइ छ।

पश्चिम खेमाले मान्ने हो भने प्रेमीलाल चौधरी सर्वसम्मत सभापति बन्नसक्छन्। प्रेमीलाल सभापति बन्दा मिनराज चौधरीलाई भने महामन्त्री सर्वसम्मत बनाउन सकिने नेताहरूले निष्कर्ष निकालेका छन्। यद्यपि, कांग्रेसकै अन्य पदाधिकारीहरू पनि महामन्त्रीको आकांक्षी रहेका छन्। ‘मिनराजजी मान्ने हो भने महामन्त्री पनि सर्वसम्मत गराउन सकिन्छ। हामीले सर्वसहमतिबाटै नेतृत्व चुन्न सुझाव दिइरहेका छौं,’ कांग्रेसका एक शीर्ष थारू नेताले थारूवानसँग भने।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकलसेलका लागि छुट्टै वार्ड स्थापना

सिकलसेलको उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै वार्ड स्थापना गरेको छ। थारू समुदायको बाक्लो जनसंख्या रहेको दाङमा उपचार सहजताका लागि सिकलसेलको छुट्टै वार्ड सुरु गरिएको हो।

आइतबारदेखि सेवा सुरु गरिएको अस्पतालमा १० बेड र दिवा उपचारका लागि छुट्टै ५ बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले जानकारी दिए। यसअघि प्रतिष्ठानले सिकलसेलका लागि ओपिडी मात्र सञ्चालनमा ल्याएको थियो।

थारू समुदायमा वंशाणुगत समस्याका रूपमा रहेको सिकलसेल उपचारका लागि उनीहरूको बसोबास रहेका प्रमुख क्षेत्रमा बेग्लै वार्डमार्फत उपचार सेवा लागू गर्ने योजनाअनुरूप सेवा सुचारु गरिएको हो।

सिकलसेलको औषधिसमेत निःशुल्क उपलब्ध गराउने गरी तयारी भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि स्वास्थ्य मन्त्रालयले गत २० गते मन्त्रीस्तरीय निर्णय गर्दै भेरि अस्पताल नेपालगन्जमा बेग्लै वार्ड स्थापना गरेको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित छन्।

ठाकुरबाबा-४ मा कांग्रेस, माओवादी र नाउपाका थारू उम्मेदवारबीच भीडन्त

स्थानीय तह उपनिर्वाचनका लागि बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ को वडाध्यक्षमा ६ दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा ठाकुरबाबा नगरपालिकाको ४ नं वडाको वडाध्यक्ष पदको लागि उम्मेदवरी दर्ता भएको हो।

वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट अमिन थारु, नेकपा एमालेबाट विष्णु प्रसाद देवकोटा, नेकपा माओवादीबाट शेरबहादुर थारुले उम्मेदवार दर्ता गराएका छन्। त्यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट प्रितिलाल थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बासुदेव शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्नबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले बताए।

एक हजार आठ सय ३९ महिला र एक हजार छ सय ७१ गरी तिन हजार पाँच सय १० जना मतदाता रहेका छन्। वडामा दुई ओटा मतदानस्थलमा ५ ओटा मतदान केन्द्रमा निर्वाचन हुनेछ। २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख भएपछि हालः निर्वाचन हुन लागेको हो।

जिसस कैलालीमा रुपमती डंगौरा थारु र टीकाकुमारी चौधरीबीच भीडन्त

जिल्ला समन्वय समिति कैलाली प्रमुखको लागि सत्तारुढ दल नेपाली कांग्रेस र नागरिक उन्मुक्तिबिच प्रतिस्पर्धा हुने भएको छ । ती दुवै दलका उम्मेदवारले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कैलालीमा दोस्रो ठुलो दल रहेको नाउपाको तर्फबाट रुपमती डंगौरा थारुले जिसस प्रमुखको लागि उम्मेदवारी दिएकी छिन् । टीकापुर नगरपालिका वडा नम्बर ४ की वडा सदस्य रहेकी थारुको प्रस्तावक जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी कठरिया रहेकी छन् भने जोशीपुरकी उपाध्यक्ष राजु तिरुवाले समर्थन गरेकी छिन् ।

समन्वय प्रमुखको उम्मेदवारी दर्ता गराउन नाउपाका प्रदेश सभा सदस्य कैलाश चौधरीसहित टीकापुर र भजनी नगरपालिकाका नगर प्रमुखको उपस्थितिमा थारूले उम्मेदवारी दर्ता गराएकी हुन् । यहाँ नाउपासँग ७ मतभार रहेको छ । त्यस्तै, कैलालीमा सबैभन्दा ठुलो दल रहेको कांग्रेसबाट टीकाकुमारी चौधरी भुलले जिसस प्रमुखको लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।

भुल कैलारी गाउँपालिका वडा नम्बर २ को महिला वडा सदस्य हुन् । उनको उम्मेदवारीको प्रस्ताव कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरी तथा समर्थकमा धनगढीकी उपप्रमुख कन्दकलाकुमारी राना रहेकी छन् । यहाँका जिसस प्रमुख पदम कलेलको २०७९ पुस २३ मा निधन भएपछि प्रमुखको पद रिक्त छ । यहाँ कुल २६ मतभार रहेको छ ।

जिसस कैलालीमा नाउपाको भजनी नगरपालिकामा प्रमुख र उपप्रमुख, जानकी र जोशीपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा टीकापुरमा नगर प्रमुख छन् । नाउपाले नेकपा माओवादी केन्द्र र समाजवादीको समर्थन पाए २५ मध्ये ११ मत पाउने सम्भावना छ । माओवादीबाट टीकापुरको उपप्रमुख निर्वाचित भएका खडकबहादुर शाह अहिले निलम्बित छन् ।

अर्कोतिर सत्ता गठबन्धनसँग कूल २५ मध्ये १३ मत रहेको छ । टीकाकुमारीको पक्षमा कांग्रेससँग ८ र एमालेसँग ५ मत छ । एमालेबाट चुरे गाउँपालिकाका अध्यक्ष, गोदावरी नगरपालिकाका उपप्रमुख, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष, लम्कीचुहाका उपप्रमुख र धनगढीका उपप्रमुखको मत सत्ता गठबन्धन उम्मेदवारको पक्षमा हुनेछ । कांग्रेसबाट मोहन्यालका उपाध्यक्ष, लम्कीचुहाका नगर प्रमुख, चुरेका उपाध्यक्ष, घोडाघोडीका उपप्रमुख, गौरीगङ्गाका उपप्रमुख, गोदावरीका प्रमुख तथा कैलारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मत छ ।