‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’को बजेटबाट मन्त्री भगवती चौधरी असन्तुष्ट

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बतााएकी छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार आयोजना गरेको छैटौँ राष्ट्रिय महिला अधिकार दिवसलाई सम्बोधन गर्दै मन्त्री चौधरीले आर्थिक रूपले महिलालाई सशक्तिकरण बनाउने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताएका हुन्।

उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाइन्। बजेट निर्माण प्रक्रियामा आफू पटकपटक प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग नियमित सम्पर्कमा रहेपनि बजेट आउँदा त्यसरी नआउँदा ग्लानी महशुस भएको बताइन्।

उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई सबै महिलाहरूको नाराका रूपमा अघि बढाउनुपर्ने जिकिर गरिन्। सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

मन्त्री चौधरीले समतामूलक समाज निर्माणका लागि महिला तथा बालबालिकाको विकास हुनुपर्ने भएपनि राज्यका तर्फबाट आफ्नो मन्त्रालयलाई निकै न्यून बजेट दिने गरिएको गुनासो ग‍रिन्। यद्यमी महिला, बालबालिकाको क्षेत्रमा केही नहुनुभन्दा केही राम्रा कामहरू पनि भएको मन्त्री चौधरीले बताइन् । उनले महिलाहरू आर्थिक रूपले सशक्त नभईकन देश समृद्ध बन्न नसक्ने बताइन्।

मन्त्री चौधरीले महिला अधिकारलाई संस्थागत गरेको दिनको रूपमा जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने गरेको भन्दै दिवसले महिला अधिकारको सुनिश्चितता गर्दै लैङ्गिक समानता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।

आलु-प्याजमा लाग्ने भ्याट खारेज, अरु कुन-कुन करमा भयो हेरफेर?

सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरिएको छ।

स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ।

‘मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्न केही वस्तुमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज गरेको छु। आलु, प्याज, स्याउलगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको छु। यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास लिएको छु,’ उनले भने।

मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तः शुल्कको दरमा वृद्धि गरिएको छ। त्यस्तै, मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोबारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरी तीस लाख पुर्‍याइएको छ। पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाइएको छ। स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको पैठारी महसुल र अन्तःशुल्कमा वृद्धि गर्ने नीति सरकारले लिएको छ। उद्योगको कच्चा पदार्थको पैठारीमा सहुलियत लिन विभिन्न निकायको सिफारिश आवश्यक पर्ने व्यवस्थामा सुधार गरी उद्योगीलाई नै जिम्मेवार बनाउने व्यवस्था मिलाउने बजेटमा उल्लेख छ।

वैदेशिक पुँजी आकर्षित गर्न जनाउँदै सरकारले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको छ। ‘लगानी सम्भाव्य मुलुकबाट लगानी आप्रवाह वृद्धि गर्न दोहोरो करमुक्ति सम्झौताको मोडल विकास गरिनेछ। सो नमुनाका आधारमा सम्भाव्य मुलुकसँग सम्झौता गर्न वार्ता शुरू गरिनेछ,’ बजेट वक्तव्यमा भनिएको छ।

त्यस्तै सूचना प्रविधि उद्योगले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने व्यवस्था बजेटमा राखिएको छ। व्यवसायको क्षमता विस्तारका लागि पुँजी वृद्धि गरेको अवस्थामा नियन्त्रणमा परिवर्तनका कारण लाग्ने करमा सहुलियत दिने व्यवस्था पनि सरकारले ल्याएको छ। यसबाट खासगरी स्टार्ट अप र भेन्चर क्यापिटल, प्राइभेट इक्विटि फन्ड लाभान्वित हुने विश्वास लिइएको छ। अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरमा गरिएका प्रतिवद्धता तथा सम्झौताबमोजिम व्यापार सहजीकरण एवं लगानी प्रवर्द्धन गर्न नयाँ भन्सार ऐन तर्जुमा गरिने योजना सरकारले अघि सारेको छ।

दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाइ एक प्रतिशत मात्र कायम गरिएको छ। निकासी कर्ताले विदेशी मुद्रा प्राप्तीको कागजात तत्काल पेश गर्न नसक्ने अवस्था भएमा त्यस्तो कागजात पछि पेश गर्ने शर्तमा निकासी गर्न सकिने निकासी मूल्यको सीमा साविकको अमेरिकी डलर १० हजारबाट वृद्धि गरी अमेरिकी डलर २५ हजार पुर्‍याइएको छ।

यसबाट खासगरी साना तथा मझौला निकासी कर्ता उद्योग लाभान्वित हुने ठानिएको छ। वनमारा, पात पतिङ्गरलगायत खेर जाने सामग्रीबाट बन्ने पिलेटको निकासीमा लाग्ने महशुल हटाइएको छ। अपाङ्गता भएका व्यक्तिले पैठारी गर्ने स्कुटरमा मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्थाको सट्टा भन्सार विन्दुमा नै छुट दिने व्यवस्था बजेटमा राखिएको छ।

आन्तरिक राजस्व परिचालन रणनीति तर्जुमा गरी लागू गर्ने, छैठौं चरणको भन्सार सुधार तथा आधुनिकीकरण योजनाबमोजिम भन्सार प्रशासन सुधार गर्ने, राजस्व प्रशासनको विभागीय प्रमुखमा पदस्थापन गर्दा आवश्यक पर्ने निश्चित योग्यता एवं कार्यअनुभव सहितको मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्ने, कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्दै लगिने लगायतका व्यवस्था बजेटमा राखिएका छन्।

त्यस्तै, कर छुट दिँदा सरकारले त्याग गरेको करको हिसाब सरकारको वित्तीय प्रतिवेदनमा प्रतिबिम्बित हुने गरी कर खर्च प्रणाली अबलम्बन गरिने, विकास सहायतासम्बन्धी नयाँ सम्झौता गर्दा आयोजनालाई कर छुट दिने व्यवस्था गर्नुको सट्टा कर फिर्ता वा निकासाको माध्यमबाट कर छुट प्रदान गर्ने व्यवस्था मिलाइनेलगायत विषय बजेटमा परेका छन्।

मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमशः अनिवार्यरूपमा विद्युतीय प्रणालीबाट बिजक जारी गर्नुपर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ। वार्षिक २५ करोडभन्दा बढीको कारोबार गर्ने सबै करदाताको कारोबारलाई केन्द्रीय विजक अनुगमन प्रणालीमा आबद्ध गर्नुपर्ने छ।

उपभोक्तालाई बिलिङ प्रणालीमा आकर्षित गर्न डिजिटल माध्यमबाट भुक्तानी गरिएको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्तालाई फिर्ता दिने व्यवस्थाको कार्यान्वयनमा देखिएका समस्या समाधान गरी आगामी साउनदेखि प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाइएको छ।

सबै सरकारी निकायले स्थायी लेखा नम्बर लिइ विद्युतीय माध्यमबाट अग्रिम कर कट्टीको विवरण दिनुपर्ने व्यवस्थालाई अनिवार्य गर्ने योजना अघि सारिएको छ। त्यस्तै, स्थानीय तहसँग समन्वय र सहकार्य गरी एकीकृतरूपमा करदाता दर्ता गर्ने र करका विवरण संकलन गर्ने कार्यमा सहयोग आदान प्रदान गर्न सूचना प्रणालीको विकास गरिने जनाइएको छ।

करदाताको सङ्ख्या र कारोबारको प्रकृतिअनुसार आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयको विस्तार एवं स्तरोन्नति गर्ने, भन्सार प्रशासनको संगठनात्मक सुधार गर्ने, भन्सार जाँचपास कार्यालयको पुनर्संरचना गरी जाँचपास पछिको परीक्षण कार्यलाई प्रभावकारी बनाइनेलगायत विषय बजेट वक्तव्यमा परेका छन्।

त्यसैगरी राजस्व प्रशासनमा कार्यसम्पादनमा आधारित व्यवस्थापन प्रणाली लागू गर्ने बजेट वक्तव्यमा उल्लेख छ। राजस्व प्रशासनमा कार्यरत कर्मचारीको व्यावसायिकता एवं मनोबल उच्च राख्न उपयुक्त उत्प्रेरणाको व्यवस्था गरिने, बैंक तथा वित्तीय संस्थामा पेश गरिएका वित्तीय विवरण र कर सूचना प्रणालीमा पेस भएका विवरणबीच आबद्धता कायम गर्ने स्वचालित प्रणाली विस्तार गरी लागू गरिनेलगायत व्यवस्था बजेटमा परेका छन्।

त्यस्तै करदाताले बुझाउनुपर्ने विवरण बुझाएको र कर बक्यौता नरहेको अवस्थामा करदाता स्वंयले क्यूआर कोड सहितको कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने प्रणालीको विकास गरिनेछ। व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था ल्याइएको छ।

करपरीक्षण तथा अनुसन्धानलाई स्वच्छ, पारदर्शी र आधुनिक बनाउन ई-एसिसमेन्ट तथा फेसलेस अडिट लागु गर्ने, राजस्व प्रशासनमा इन्टेलिजेन्स युनिट खडा गरी सूचनाको प्राप्ति, वर्गीकरण, एकीकरण र विश्लेषण गर्ने प्रणालीको विकास गरिने जनाइएको छ। आयकर प्रयोजनका लागि भौतिक उपस्थिति नभएको तर आर्थिक उपस्थितिलाई समेट्ने गरी बासिन्दाको परिभाषामा परिमार्जन गरिएको छ। यसबाट अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगबाट हुन सक्ने कराधारको क्षयीकरण रोक्ने आधार तयार गरिने ठानिएको छ।

१८ खर्ब ६० अर्बको आयो बजेट, थारू बाहूल्य क्षेत्रका लागि के छन् बजेटमा?

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको छ। अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात् कूल विनियोजनको १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ।

यो खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा छ दशमलव दुई प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१ दशमलव ५६ प्रतिशतले बढी हो। कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब आठ अर्ब ८७ करोड विनियोजन गरिएको छ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट रु ५२ अर्ब ३३ करोड व्यहोरिने छ र बाँकी वैदेशिक ऋणबाट रु दुई खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋणबाट रु तीन खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने छ।

पूर्ण पाठ हेर्नुस्:

अन्ततः बन्यो संसदीय छानबिन समिति गठन, सहकारी पीडितको बचत फिर्ता होला?

प्रतिनिधिसभाको आजको बैठकमा सहकारीका क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरिएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग गर्न संसदीय छानबिन विशेष समिति गठनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले माग गर्दै आएका थिए । प्रमुख दलहरुबीचको सहमतिका आधारमा ल्याइएको उक्त समितिको कार्यादेशसहितको प्रस्तावलाई सभाका सभामुख देवराज घिमिरेले प्रस्तुत गर्दा बैठकले सहमति दिएको थियो।

समितिको सभापतिमा नेकपा एमालेका सूर्यबहादुर क्षेत्री, सदस्यमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान, कांग्रेसका बद्रीप्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र एमालेका सरिता भुसाल रहेका छन्।

समितिले सहकारी संस्थामा देखिएको सङ्कट, कानुनी समस्या, नियमन र सुपरीक्षेण, पारदर्शिता र समस्याग्रस्त सहकारीका जोखिममा रहेकाको बचत सुरक्षा र फिर्ताको प्रक्रियाको अध्ययन र विश्लेषण गरी सिफारिस गर्नेछ।

त्यस्तै सहकारीको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन, हानी नोक्सानी, संसद्मा विषय उठेका, गोर्खा मिडिया नेटवर्क प्रालिलगायतमा प्रवाह भएको रकम र त्यसमा सम्लग्न व्यक्तिका सम्बन्धमा छानबिन गरी कारबाहीको सिफारिस गर्ने र छानबिन हुनुपर्ने विभिन्न सहकारीको नाम कार्यादेशको अनुसूचीमा राखिएको छ। समितिको कार्यावधि तीन महिनाको हुनेछ।

डिग्री गरेका शनिचर पाबे, जसले गुरौको मन्त्रलाई अन्धविश्वास मानेनन्, सिकेर व्यवहारमा लागू गरे

कारी महतो/चितवन

चितवनका थारू समुदायमा शिक्षाको लहर आएपछि अर्धशिक्षित जमातले परम्परागत ज्ञान तथा सीपलाई अन्धविश्वासको रूपमा लिन थाले। अधिकांश शिक्षित समूहले थारू गुरौको विधि र पद्धतिलाई हेयको भावले हेर्न थाले। जसले गर्दा यो लोपोन्मुख हुन थाल्यो। तर, अहिलेका युवापिढीले थारू गुरौको परम्परागत ज्ञानसीपलाई विज्ञानको रूपमा ग्रहण गर्न थालेका छन्।

पुर्खाले लामो समयसम्म अवलोकन, अध्ययन तथा परीक्षण गरी सिद्ध गरेका ज्ञानसीपलाई पुनःपरीक्षण गर्दैगर्दा निकै हदसम्म प्रमाणित भएको प्रत्यक्ष अनुभव बटुलेर केही व्यक्तिले आफूलाई यो पद्धतिको सिकाई र प्रयोगमा समर्पित गरेका छन्। यसरी समर्पित हुनेहरूमध्ये एक जना होनहार शिक्षित व्यक्ति हुन् शनिचर पाबे। धनौजीमा जेठ १० देखि १४ सम्म आयोजित थारू गुरौको विधि तथा जडीबुटीसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले आफूले सिकेका मोहनी मन्त्रको प्रयोग गरी दुईवटा बाँसका लट्ठीलाई जोडेर देखाउँदा सबै चकित परेका थिए।

भरतपुर महानगरपालिका वडा-१४ पकडी निवासी शनिचरा पाबेले आफूले स्कुल क्याम्पसमा पढ्नेबेलामा थारू गुरौको क्रियाकलापलाई अन्धविश्वासको रूपमा लिएका थिए। उनले २०४७ सालमा पटिहानीको अमर माध्यमिक विद्यालयमा एसएलसी पास गरेर विरेन्द्र बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गरे। अंग्रेजी मूलविषय लिई एमए पास गरी सप्तगण्डकी बहुमुखी क्याम्पसबाट बीएडसमेत पास गरे।

उनले विभिन्न बोर्डिङ स्कुलमा अध्यापन गराए। स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगको परीक्षा पास पनि गरे। तर, पहाडी भूभागको स्कुलमा परेपछि उनी स्थायी नियुक्ति पत्र नलिई आफैंले बोर्डिङ स्कुल खोली केही समय सञ्चालनसमेत गरे। अहिले उनी गीतानगरको अर्कै एक बोडिङ स्कुलमा अध्ययापनरत छन्।

शनिचर पाबेले पनि गुरौहरूको क्रियाकलापलाई अन्धविश्वासको रूपमा लिन्थे। एक दिन एक गुरौबाट एउटा मन्त्र सिकेर आफ्नै बारीको कटहरको रुखमा प्रयोग गरे। केही दिनमै रुख विस्तारै सुक्यो। अर्को मन्त्र प्रयोग गर्दा केही दिनपछि त्यो रुख पुनः हरियो हुँदै आएको देखे। यो देखेर गुरौ पद्धतिप्रति प्रभावित भई तन्त्रमन्त्र सिक्न थालेका उनी बताउँछन्।

यसरी गुरौको तन्त्रमन्त्रमा शक्ति छ कि छैन भनेर खोजी गर्दगर्दा यसमा अदृश्य शक्ति रहेको पाएपछि तन्त्रमन्त्र सिक्न थालेको उनको भनाइ छ। ५२ वर्षीय शनिचरा पाबे गुरौको मन्त्र सिक्न थालेको ८/९ वर्षमात्र भएको छ। तथापि यसबीचमा उनले थारू गुरौ, मधेसी गुरौ, भारतीय तान्त्रिक, पहाडी धामी झाँक्रीबाट धेरै मन्त्र सिकेको बताउँछन्। सुरुमा ढाल्ने, मार्ने तथा कसैलाई दुःख दिएर बदला लिनेजस्ता नकारात्मक अभिप्रायले सिकेका मन्त्रहरूको प्रयोग उनले अहिले सकारात्मक प्रयोजनमा लगाएका बताउँछन्।

मन्त्र सिक्ने क्रममा मोहनीमन्त्रको परीक्षणका लागि एक महिलामा एक महिनासम्म प्रयोग गर्दा झन्डै आफैं फसेको उनले अनुभव सुनाउँछन्। मन्त्र परीक्षणबाहेक अरु कुनै अनुचित फाइदा लिने उद्देश्य नभएकाले त्यस महिलाबाट बच्न घर छोडेर भाग्नुपरेको घटना उनी स्मरण गर्छन्। तर, केही समयपछि आफ्नो गुरुहरूको सहयोगबाट उक्त मोहनी फुकाउन सफल भएको बताउँछन्।

चेलाहरूलाई परम्परागत शैलीमा सिकाउने विधिका कारणले थारू गुरौको पद्धति लोप हुन लागेको देखेर उनले थारू मन्त्र तथा ज्ञानलाई आधुनिक तरिकाले सिक्ने, सिकाउने तथा प्रयोग गर्नुपर्ने बताउँछन्। धेरैजसोले थारू गुरौको मन्त्रप्रति विश्वास नगर्ने भएकाले उनीहरूलाई विश्वास दिलाउन उनले प्रशिक्षण कार्यक्रको उद्घाटन सत्रमै लट्ठी जोड्ने नमूना प्रस्तुत गरेको बताए।

थारू गुरौहरूले मन्त्र नसिकाउने भएकाले यो पद्धति लोप हुन थालेको जनगुनासो आएपछि उनले प्रशिक्षणको क्रममा केही मन्त्र अक्षरशः लेख्नै लगाएर सिकाए। उनको विचारमा मन्त्र सिक्नु ख्यालख्याल र लहडको कुरा होइन। त्यसका लागि तीब्र इच्छा र निरन्तर साधनामा पूर्णरूपमा समर्पित हुन जरुरी रहेको बताए। गुरौहरूले जोपाए त्यहीलाई नसिकाउनुको कारण पनि यही हो।

उनी आफूले मन्त्र सिक्ने अठोट लिएपछि निकै मिहिनेत गरेको र कतिपय मन्त्र सिक्न आफूले धेरै नगद खर्चसमेत गरेको बताउँछन्। केही गुरौहरूलाई नगदसमेत दिएर मन्त्र सिकेको बताउँछन्। आफूले सिकेको सबै मन्त्रहरु परीक्षण नगरेको बताउँछन्। गुरौहरूले तन्त्र, मन्त्र र यन्त्रको प्रयोग गर्ने गरेको अनुभव सुनाउँदै ‘मन्त्र धेरै हुन्छन् तर कुनै कुनै मन्त्र अल इन वन पनि हुन्छ’ उनी भन्छन्।

पाकिस्तानमा बालबालिकामाथि हुने यौन दुर्व्यवहार बढ्यो

कुनै राष्ट्रले आफ्ना युवा र बालबालिकालाई प्रदान गर्ने सुरक्षित वातावरणका लागि चिनिन्छ। तर यदि हालैका रिपोर्टहरू र पाकिस्तानबाट उभरिएका तथ्याङ्कहरू कुनै सङ्केत हो भने, त्यहाँ देशमा बाल दुर्व्यवहार र हिंसामा फराकिलो छ।

पाकिस्तानको पञ्जाबको मामला लिनुहोस् जहाँ सुरक्षाकर्मीहरूले एक सेमिनरी शिक्षकलाई 12 वर्षीय विद्यार्थीलाई पाठ याद गर्न असफल भएकोमा आक्रमण गरेको आरोपमा गिरफ्तार गरे।

घटनाले क्षेत्रका मुख्यमन्त्री मरियम नवाजलाई स्तब्ध पारे र उनले यस सम्बन्धमा आईजी पुलिससँग रिपोर्ट मागेकी छिन्।

मानव अधिकार र धार्मिक स्वतन्त्रतासम्बन्धी पत्रिका बिटर विन्टरका अनुसार मार्चको अन्त्यमा एक जना मुदस्सर नाजिरले आफ्नो १२ वर्षीय छोरालाई बलात्कार गरेको आरोपमा पाकिस्तानका प्रख्यात धर्मगुरु मौलाना अबुबकर मुआवियालाई रंगेहात पक्रेको प्रहरीलाई रिपोर्ट गरेका थिए। तान्डलियनवाला, फैसलाबादमा। धर्मगुरु पक्राउ परेका छन् ।

भर्खरै भएको अर्को घटनामा बुरेवालामा एसिड प्रहारबाट एक नाबालिग बालिका गम्भीर घाइते भएकी छन् ।

९ वर्षीया फातिमा स्कुलबाट फर्कदै गर्दा अज्ञात साइकल चालकले उनको अनुहारमा एसिड हानेर घटनास्थलबाट भागेका थिए ।

पुलिसले गत हप्ता कराचीको ओरांगी टाउनमा बालबालिकालाई यौन दुर्व्यवहार गर्ने गिरोहलाई पर्दाफास गर्‍यो र तीन नाबालिगलाई बरामद गर्‍यो, एआरवाई न्यूजले रिपोर्ट गरेको छ। गत वैशाख ११ गते एक बालक बेपत्ता भएपछि अनुसन्धान थालेको प्रहरीले बताएको छ । प्रकरणमा सोधपुछ गर्दा गिरोहको चकित पार्ने गतिविधि पत्ता लागेको थियो ।

यी घटनाहरूले स्पष्ट रूपमा पाकिस्तानका बालबालिकाहरू शारीरिक हिंसाबाट असुरक्षित देखाउँछन्।

पाकिस्तानी गैर-लाभकारी संस्था साहिलले जारी गरेको प्रतिवेदनले 2023 मा दक्षिण एसियाली राष्ट्रमा 4,213 बाल दुर्व्यवहारका घटनाहरू आधिकारिक रूपमा रिपोर्ट गरिएको देखाउँदा समान रूपमा कालो चित्र चित्रित गरेको छ।

डाटाको लिङ्ग-विभाजनको विश्लेषणले देखाएको छ कि कुल रिपोर्ट गरिएका घटनाहरूमध्ये २,२५१ (५३ प्रतिशत) पीडित केटीहरू र १,९६२ (४७ प्रतिशत) केटाहरू थिए, डन न्यूजले रिपोर्ट गरेको छ।

प्रतिवेदनले ६ देखि १५ वर्षसम्मका बालबालिका सबैभन्दा बढी दुर्व्यवहारको सिकार हुने देखाएको छ ।

यसबाहेक, ०-५ वर्षका बालबालिकाहरू पनि यौन दुर्व्यवहारको शिकार भएका छन्। क्रुएल नम्बर २०२३ को दुरुपयोगकर्ताको श्रेणीले आफन्त, परिवारका सदस्य, अपरिचित र महिला दुव्र्यवहार गर्नेहरूसँगै चिनेजानेकाहरू अझै पनि बाल यौन दुर्व्यवहारमा सबैभन्दा बढी संलग्न रहेको देखाएको छ, डन न्यूजले रिपोर्ट गरेको छ।

2,021 घटनाहरूमा, दुवै लिङ्गका बालबालिकाहरू यौन दुर्व्यवहारको शिकार भएका थिए, जबकि 61 घटनाहरूमा यौन दुर्व्यवहार पछि हत्या र कम्तीमा 1,833 घटनाहरू अपहरणसँग सम्बन्धित छन्। त्यस्तै, बेपत्ता बालबालिकाको संख्या ३३० रहेको र २९ बालविवाहका घटना पनि दर्ता भएको पाकिस्तानी अखबारले जनाएको छ।

पाकिस्तानमा बाल संरक्षण सम्बन्धी युनिसेफको पृष्ठले पनि डरलाग्दो चित्र झल्काउँछ। यसले भन्यो: “पाकिस्तानका बालबालिकाहरू आर्थिक शोषण र बाल बेचबिखन लगायत विभिन्न प्रकारका हिंसा (शारीरिक, मनोवैज्ञानिक, यौन) र शोषणको जोखिममा छन्।”

“पाकिस्तानले बाल अधिकारसम्बन्धी महासन्धि (सीआरसी) अनुमोदन गरेको झण्डै ३० वर्षपछि पनि अन्तर्राष्ट्रिय मापदण्डसँग मिल्दोजुल्दो सार्वजनिक समन्वयित बाल संरक्षण मुद्दा व्यवस्थापन र रेफरल प्रणाली स्थापना भएको छैन,” प्रतिवेदनमा भनिएको छ।

करिब ३.३ मिलियन पाकिस्तानी बालबालिका बाल श्रममा फसेका छन्, उनीहरूलाई उनीहरूको बाल्यकाल, उनीहरूको स्वास्थ्य र शिक्षाबाट वञ्चित गर्दै गरिबी र अभावको जीवनको निन्दा गर्दै छन्, युनिसेफले भने।

युनिसेफको प्रतिवेदनले आफ्ना बालबालिकाप्रति पाकिस्तानको उदास दृष्टिकोणको सम्भावित कारणहरू सही रूपमा देखाएको छ।

युनिसेफले बारम्बार प्राकृतिक र मानव निर्मित विपद्को सन्दर्भमा सीमित चेतना र लैङ्गिक पूर्वाग्रही सामाजिक मान्यतालाई देशमा बालबालिकाले सामना गर्नुपरेको भयानक वास्तविकताको कारण भएको बताएको छ।

नयाँ सरकार सत्तामा आएपछि, पाकिस्तानका जनताले बालबालिका लगायतका नागरिकको हितमा कडाइका साथ काम गर्ने अपेक्षा गर्न सक्छन्। तर, पाकिस्तानमा बालबालिकामाथि हिंसा जारी रहँदा शहबाज सरिफ नेतृत्वको सरकारले आफूले गरेको वाचा पूरा गर्न सकेको छैन।

भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई बालेनले पठाए धुलो उपहार

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाएका छन्। बबरमहलस्थित सडक विभागको मुख्यालय र मीनभवनस्थित सडक डिभिजन कार्यालयको प्रवेशद्वारमै महानगरको ट्रकले धुलो खसालेको हो।

मेयर बालेनले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा जनताले धेरै धुलो र कष्ट व्यहोर्नु परेको उल्लेख गरेका छन्। उनले फेसबुकमार्फत् मन्त्री महासेठलाई जनतालेमात्र धुलो खाँदा राम्रो नहुने उल्लेख गरेका छन्।

उनले भनेका छन्-
माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु
तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला। विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नु परेको छ। काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरबासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला।

मोटरसाइकल दुर्घटनामा रुपन्देहीका कुमार थारूको मृत्यु

जिल्लाको कपिलवस्तु नगरपालिका-३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। कपिलवस्तु-३ महिता चोक नजिकको मोडमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका-५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

तौलिहवातर्फ आइरहेको लु४४प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए। उनका अनुसार मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएका छन्।

घाइते थारुको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए।

रामदिन महतो, जसले ३० वर्षदेखि जडिबुटीबारे निःशुल्क ज्ञान बाँड्दैछन्

कारी महतो/चितवन।
रत्ननगर नगरपालिका वडा नं. ८ बाघमारा निवासी ६६ वर्षीय रामदिन महतो सन् १९९४ देखि नेपालमा पाइने जडिबुटीहरूको औषधीय गुणहरूबारे थारू गुरौको विधि र पद्धतिअनुसार व्यवहारिक अध्ययन गरी अहिले परम्परागत ज्ञानगुन बाँड्दैछन्।

नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा थारू कल्याणकारिणी सभा चितवनको सहआयोजनामा जेठ १० देखि १४ सम्मको लागि आयोजना भएको थारू गुरौको विधि तथा जडिबुटी सम्बन्धी प्रशिक्षण कार्यक्रममा उनी अहिले प्रमुख प्रशिक्षकको रूपमा रहेका छन्। उनी पेसाले नेचर गाइड भए पनि समय परिस्थितिले जडीबुटीतर्फ समेत आकर्षित गरेको बताउँछन्।

चालिस वर्षअघि एकदिन उनी बिरामी भई अस्पतालमा चेकजाँचपछि निकै लामो समयसम्म औषधि खाँदा पनि निको नभएपछि थारू गुरौको विधि र जडीबुटीबाट ठीक भएको बताउँछन्। त्यसैबाट प्रभावित भई थारू गुरौहरूले प्रयोग गर्ने जडीबुटीहरू पहिचान गर्ने र प्रयोग विधिसिक्ने सोंच बनाएको बताउँछन्।

उनी नेचर गाइडको रूपमा टाइगर टप्समा काम गर्ने क्रममा बर्दियासम्म पुगे। त्यहीँबाट उनले जडीबुटीहरूको नामहरू संकलन गर्नुका साथै प्रयोग विधि र मात्राबारे व्यवहारिक अध्ययन सुरु गरेको बताउँछन्। अहिले उनले त्यससम्बन्धी दुईवटा किताब बराबरको पाण्डुलिपी तयार गरेका छन्। उनले सयौं सामान्य व्यक्तिदेखि सयौं धामी, गुरौ, वैद्यहरूको व्यवहारिक अनुभवहरूलाई संकलन गरेको र ती अधिकांश व्यक्तिहरू अहिले यो संसारबाट विदा लिइसकेको बताउँछन्।

‘ती व्यक्तिहरू थारू गुरौमात्र नभई अन्य आदिवासी जनजाति, बाहुनक्षेत्री, दलित, मधेसी, महिला वा पुरुष थिए,’ उनी बताउँछन्। जडीबुटीसम्बन्धी ज्ञान हासिल गर्न सजिलो नभएको बताउँछन्। कुनै कुनै एउटै जडिबुटीबारे सिक्न चार वर्ष लागेको तीतो अनुभव सुनाउँछन्। जानेको व्यक्तिले सजिलै सिकाउन नचाहेको कारणले यति समय लागेको बताउँछन्। एकपटक एउटै जडिबुटीबारे सिक्नलाई एकजना पाँच हजार नगद दिएर सिकेको बताउँछन्। तर, थारू गुरौहरूले भने निःशुल्क सिकाएको बताउँछन्। उनलाई जडीबुटीसम्बन्धी ज्ञानगुन सिकाउने गोठौलीका स्व. परमेश्वर महतो, बस्यौलीका स्व. नवलकिशोर चौधरी, बाघमाराका स्व. सुदर भगत (फौदार), सिसुवारका स्व. अजित महतो, बछुलीका स्व.मागर महतो, झुवानीका स्व. श्रीराम महतो, माडीका स्व. ठागाराम महतो, माडीका किसुन महनतो इत्यादि कैयौं गुरौहरूलाई उनले स्मरण गर्छन्।

हिजोआज कसैले कुनै रोग वा समस्याबारे सोधपुछ गर्दा उनले विनाशुल्क लिई परामर्श दिन्छन्। कुन रोगका लागि कुन-कुन जडिबुटी कसरी प्रयोग गर्दा फाइदा पुग्छ, यी सम्पूर्ण जानकारी दिनुका साथै त्यो जडिबुटी कहाँ पाइन्छ, आदि सम्पूर्ण जानकारी निःशुल्क दिन्छन्। उनी आफूले पहिचान गरेका जडिबुटीहरूलाई अहिलेसम्म व्यावसायिकरूपमा प्रयोग नगरेको बताउँछन्। धेरैजसो जडीबुटी कसराको जंगल र हाम्रै घर वरपर पाइने भए पनि कुनै-कुनै जडिबुटी बर्दियाको जंगलमा मात्र पाइने हुँदा उतैबाट ल्याउनुपर्ने हुन्छ।

विश्वका कतिपय मुलुकहरूले धेरैजसो जडिबुटीहरूको व्यावसायिक खेती गर्न थालेको हुँदा नेपालमा पनि व्यावसायिक रुपमा जडिबुटी खेती गर्नुपर्ने प्रशिक्षक गुरो रामदिन महतो बताउँछन्। प्रशिक्षण कार्यक्रम थारू कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीको अध्यक्षता तथा थारू कल्याणकारिणी सभाका केन्द्रीय उपाध्याक्ष विष्णु कुमारी चौधरीको प्रमुख आतिथ्यमा जेठ १० गते शुभारम्भ गरिएको हो।

जेठ १४ गतेसम्म हुने प्रशिक्षण कार्यक्रममा जल्लु चौधरी, विश्राम महतो, शनिचर पावे, टिकेन्द्र चौधरी लगायत प्रशिक्षक रहेका छन्। कार्यक्रमको सहजीकरण थाकस चितवनका सचिव सन्तकुमार चौधरीले गरेको छ भने थाकस चितवन प्रगन्ना नं. ५ बेलोधका सभापति रामनारयण महतोले कार्यक्रम संयोजन तथा व्यवस्थापन गरेका छन्।

राज्यको योजनामा नअटेको ‘कुलाही’, जुन थारूको श्रमबाट विकास भयो

लखन चौधरी।कैलाली।

कैलालीको कैलारी गाउँपालिका ६, बेनौलीमा सामूहिक जनश्रमदानबाट सार्वजनिक बाटो, सिँचाइ कुलो, पुलपुलेसो निर्माण थालिएको छ । बेनौलीका २६७ घरधुरीले कुलाही भनिने जनश्रमदान सुरु गरेका हुन् । यहाँ गाउँ क्षेत्रभित्र पर्ने सार्वजनिक कुलो, नहर, बाटोघाटो मर्मत सम्भारको लागि श्रमदान स्वरूप कुलाही गर्ने परम्परा चल्दै आएको हो ।

बेनौलीका भलमन्सा रामऔतार चौधरीले बर्सातभन्दा अगावै तथा बर्खे खेतीको तयारी स्वरूप उहिल्यैदेखि कुलाही गरिँदै आएको बताए । गाउँको क्षेत्रभित्र २६७ घरधुरीले तीन दिन लगाएर श्रमदान गरेका हुन् ।

गाउँका चिराकी अँगानु चौधरीले कुलाहीकै क्रममा दिनको २ छाकको खाना कुलोकै ढिकैमा खाएको सुनाए । कुलाहीपछि सिँचाइ कुलोभइ खेतसम्म पानी सहज रुपमा बग्ने र अन्न बाली सप्रिने स्थानीयको बुझाइ छ ।

कैलालीको भजनी नगरपालिका ९ कुडीका हेमन्त सिंह चौधरीले पनि गाउँको बाटो, सिँचाइ कुलो मर्मत सम्भार गर्ने काम चलिरहेको बताए ।

गाउँका सबै घरधुरीले सामूहिक रुपमा बर्सेनि कुलाही गर्ने काम हुँर्दै आएको हेमन्त चौधरीको पनि भनाइ छ ।

गाउँघरको विकासमा राज्यका निकायहरूले बेवास्ता गर्दा आफूहरू बर्सेनि बेगारी गर्नुपरेको उनको दुखेसो छ । उनले भने, ‘सहरी क्षेत्रमा हेर्नुस्, बाटो निर्माण गर्न, सिँचाइ कुलो बनाउनलगायत कार्यको लागि राज्यले बजेट छुट्याउँछ । त्यहाँ विकास हुन्छ । तर ग्रामीण क्षेत्रमा हामीले यसरी नै बर्सेनि बेगारी गरिरहनुपर्छ । न बजेट, न सजेट । राज्यले ध्यान नदिँदा उहिल्यैदेखि यसरी नै चल्दैछ ।’

जिल्लाको भजनी नगरपालिका र कैलारी गाउँपालिका मात्रै होइन, यतिबेला पश्चिम नेपालको ग्रामीण थारु बस्तीमा कुलाही गर्ने काम चलिरहेको छ ।

कैलालीको कैलारी गाउँपालिका ८ दक्षिण टेंढीका भलमन्सा बाँधुराम चौधरीले हरेक वर्षको बर्सात अगावै हुने कुलाही गर्ने काममा दुई दिनसम्म गाउँका ११५ घरधुरीको सहभागिता बताए ।

भलमन्साको नेतृत्वमा उनीहरूले गाउँको सबै सिँचाइ कुलो, नहरको सरसफाइ, मर्मत सम्भार, बाटो मर्मतको कार्य गर्ने छन् । जसको राज्यको कुनै भूमिका रहन्न ।

टेढीका भलमन्सा चौधरीले भने, ‘सार्वजनिक कार्यमा श्रमदान गर्नु भलमन्सा प्रथाको मुख्य पाटो हो । भाइचारा, सहकार्य र सहअस्तित्वको आधारमा थारु समुदाय चलेको छ । जुन हाम्रो पहिचान, संस्कार हो ।’

थारु समुदायमा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको छ । भलमन्साको नेतृत्वमा गाउँ समाजमा कुलाही मात्रै होइन, हरेक सार्वजनिक कार्यक्रमका साथै जन्मदेखि मृत्यु संस्कारको कार्य हुँदै आएको हो ।

योजना तर्जुमा नअटाएको ती विकास

राज्यका निकायलाई यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माणको चटारो छ । योजना तर्जुमाको तयारी चलिरहेको छ । जहाँ टोल टोलका विकास निर्माणको योजनाहरू सङ्कलन गरेर छनोट गरिन्छ । तर बर्सेनि भलमन्साको नेतृत्वमा श्रमदानबाट हुने गाउँघरको विकासे योजनाहरू समावेश हुनबाट छुटिरहेको बताइन्छ ।

कैलालीका नागरिक समाज अगुवा दिलबहादुर चौधरीले विकास निर्माणमा भलमन्साहरुको भूमिका उहिल्यैदेखि महत्त्वपूर्ण रहेको औल्याउँदै उनीहरूको विकासप्रतिको समर्पणको सम्मान गर्न पनि भलमन्साहरुको निगरानीमा हुने गतिविधिलाई राज्यको योजनासँग जोड्नुपर्ने जोड दिए । जसले समाजमा श्रमदानको संस्कृति कायमै रहनुको साथै राज्यलाई पनि दायित्वबोध हुनुपर्ने उनको भनाइ छ ।

अर्का नागरिक अगुवा माधव थारुले आफ्नो गाउँघरको विकासको लागि उहिल्यैदेखि थारु समुदायमा जनश्रमको संस्कृति हुँदै आएको तर आजभोलि राज्यको निकायबाट त्यही प्रकृतिका काम बजेट खर्च गरेर ठेक्कापट्टामार्फत भइरहेको बताउँछन् ।

-रातोपाटी साभार