भारतीय सहयोगमा पुनःनिर्माण गरिएको नापीचन्द्र महाविहारको उद्घाटन

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पले क्षति पुर्‍याएको नेपालको सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भारतीय सरकारबाट भएको सहयोग अतुलनीय रहेको बताएका छन्। ललितपुर महानगरपालिका-११ इखाछेंमा अवस्थित पुनःनिर्मित नापिचन्द्र विहारको समुद्घाटन समारोहमा उनले भने, ‘यहाँको मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्दै दीर्घकालसम्म जीवित राख्न भारतीय सरकारले गरेको सहयोग अतुलनीय छ। यसरी पुर्‍याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु।’

नगरप्रमुख महर्जनले सम्पदा संरक्षणका लागि विश्व बैंकले गरेको लगानीबाट भएको उत्कृष्ट काम र उपत्यकाभित्र देखाउन लायक सम्पदा ललितपुरको पिम्वहाल पोखरी मात्रै भएको भन्दै सम्पदा संरक्षणका लागि ललितपुरले महत्त्वपूर्ण काम गरेको बताए। सामाजिक क्षेत्र र सम्पदा संरक्षणका क्षेत्रमा अतुलनीय र अति राम्रो काम सम्पादन गरेको भन्दै बागमती प्रदेश सरकार र प्रधानमन्त्रीबाट समेत सम्मानित हुने अवसर पाएकामा उनले खुसी व्यक्त गरे।

उनले आफ्नो कार्यकालमा महानगरभित्र एक सय ३२ वटा पाटी पौवा निर्माण गरेको प्रस्ट पार्दै सबै पार्टीपौवाको जीर्णोद्धार तथा पुनःनिर्माणले राम्रो प्रभाव पारेको बताए। यी सबै काममध्ये पनि राम्रो काम नापीचन्द्र महाविहारको पुनःनिर्माण भएको उनको धारणा थियो।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको सांस्कृतिक सम्पदा र मठमन्दिर निर्माणबाट नयाँ अनुभव प्राप्त भएको धारणा राखे। ‘सन् २०१५ मा भारत सरकारबाट भूकम्पबाट प्रभावित नेपालका आवास तथा सम्पदा पुनःनिर्माणका लागि २५ करोड अमेरिकी डलर घोषणा भएको थियो। त्यहीमध्येबाटै नापीचन्द्र महाविहारको पुनःनिर्माण भएको हो। सांस्कृतिक सम्पदाका लागि भारतीय राष्ट्रिय ट्रष्टले कन्सल्टेन्टका रूपमा सहयोग गरेको हो। केही समयपहिले बूढानीलकण्ठमा धर्मशाला पुनः निर्माण सम्पन्न गरेको थियो,’ राजदूत श्रीवास्तवले भने।

राजदूत श्रीवास्तवले ललितपुरका नगरप्रमुखसँगको समन्वय र भारतीय सहयोगमा बाँकी काम सम्पन्न गर्न प्रयत्नशील रहने बताए। नेपालीहरूको सहयोग रहेसम्म नेपाली संस्कृति धरोहरको संरक्षणका लागि भारतीय सहयोग हुने भन्दै उनले नेपाल र भारतबीच रहेको धार्मिक सांस्कृतिक सम्बन्ध प्रगाढ रहने बताए।

भारत सरकारको वित्तीय सहयोग एवं कला र सांस्कृतिक सम्पदाका लागि भारतीय राष्ट्रिय ट्रष्टको प्राविधिक सहयोग तथा नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइद्वारा कार्यान्वयन गरी महाविहारको पुनःनिर्माण सम्पन्न भएको हो। महाविहारको लागत रु दुई करोड ७६ लाख रहेको ललितपुर विकासका लागि समाजका अध्यक्ष तथा पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यले जानकारी दिए।

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

एसिया कपमा नेपालले भारतलाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकाको क्यान्डीमा भएको खेलमा नेपाल १० बल अगावै अलआउट हुँदै २३० रन बनायो।

सम्मानजनक योगफल तयार पार्न आशिफ शेखले अर्धसतक प्रहार गरे। ९७ बल खेलेका उनले ८ चौकासहित ५८ रन बनाए। त्यस्तै सोमपाल कामीले ४८ रन बनाए। ५६ बल खेलेका उनले दुई छक्का र एक चौका प्रहार गरे।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३८ रन बनाएर पेभेलियन फर्किँदा दीपेन्द्र सिंह ऐरीले २९ र गुल्शन झाले २३ रन बनाएर आउट भए।

त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। भीम सार्की ७, रोहित पौडेल ५, कुशल मल्ल २ रन बनाउँदा, सन्दीप लामिछाने ९ र करण केसी २ रनमा अविजित रहे। ललिता राजबंशी भने शून्य रनमै आउट भए।

त्यस्तै भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन-तीन विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डे र श्रदुल ठाकुरले एक-एक विकेट लिए।

सरकारी वकिलमा नाम निकाल्ने थारू समुदायका चार जना सम्मानित

नेपाल न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूहअन्तर्गत रा.प. तृतीय श्रेणी शाखा अधिकृतमा नाम निकाल्न सफल चार जना सम्मानित भएका छन्। थारू विद्यार्थी समाज केन्द्री कमिटीले उनीहरूलाई शनिबार सम्मान गरेको हो। Continue reading “सरकारी वकिलमा नाम निकाल्ने थारू समुदायका चार जना सम्मानित”

चम्पन सांस्कृतिक समूहले अमेरिकामा अस्टिम्की पर्व मनाउँदै

अमेरिकामा पनि अस्टिम्की पर्व मनाउने भएको छ। चम्पन सांस्कृतिक समूहले अमेरिकाको टेक्सासस्थित इर्भिङमा अस्टिम्की मनाउन लागेको हो। थारू समुदायको पर्वलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न अस्टिम्की मनाउ लागिएको संयोजकसमेत रहेका चम्पन सांस्कृतिक समूहका प्रमुख कोरियोग्राफर दीपक दिपले जानकारी दिए। उनीसँगै चम्पनका कलाकारद्वय करिश्मा चौधरी र दिव्या चौधरीको पनि सहभागिता रहनेछ। Continue reading “चम्पन सांस्कृतिक समूहले अमेरिकामा अस्टिम्की पर्व मनाउँदै”

पाकिस्तानी सेनाको दुर्व्यवहारमा पर्छन् अफगानी शरणार्थीहरू

पाकिस्तानमा रहेका अफगान शरणार्थीहरूले आप्रवासी मुद्दाहरूमा ढिलाइको आलोचना गरेका छन् र पाकिस्तानी सेनाले उनीहरूलाई विगत दुई वर्षदेखि दुर्व्यवहार गरेको आरोप लगाएका छन्, टोलो न्यूजले बिहीबार रिपोर्ट गरेको छ।

यो अवस्थाले कतिपय आप्रवासीले आत्महत्यासम्म समेत गरेको छ । अफगानिस्तानकी एक नागरिक मरियम सदातले बुधबार इस्लामावादमा आत्महत्या गरेकी छन् ।

“आप्रवासी प्राप्त गर्ने देशहरूको ध्यान नदिँदा र उनीहरूका झूटा वाचाका कारण विगत दुई महिनामा हाम्रा तीनजना युवाहरूले ज्यान गुमाएका छन्,” टोलो न्यूजले पाकिस्तानमा अफगान आप्रवासी परिषद्का प्रमुख मिर अहमद रउफलाई उद्धृत गरे। , भने जस्तै।
पत्रकार जाहिर बाहन्दले भने, “अफगान आप्रवासीहरू मानसिक स्वास्थ्य समस्याहरूसँग संघर्ष गरिरहेका छन्। यदि अन्तर्राष्ट्रिय समुदायले उनीहरूको केसहरूमा ध्यान दिएन भने, पाकिस्तानमा ठूलो मानवीय विपत्ति हुनेछ।”

केही अफगान आप्रवासीहरूले पाकिस्तानी सेनाको दुर्व्यवहारको बारेमा गुनासो गरे र अध्यागमन कार्ड नभएका शरणार्थीहरूलाई सेनाले हिरासतमा राखेको बताए।

“आप्रवासीहरूले अध्यागमन कार्ड नहुँदा धेरै समस्याहरू सामना गरिरहेका छन्, र सेनाले उनीहरूलाई हिरासतमा राख्छ,” टोलो न्यूजले दक्षिण क्षेत्र परिषदमा आप्रवासीहरूको प्रमुख मलिक अवल खान मियाखाइललाई उद्धृत गर्दै भने।

शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले इस्लामावादस्थित अफगान दूतावासले अफगान आप्रवासीहरूको समस्या समाधान गर्न पाकिस्तानी अधिकारीहरूसँग वार्ता गरिरहेको जनाएको छ।
शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी उपमन्त्री अब्दुल रहमान रसिदका अनुसार पाकिस्तानमा कानुनी कागजात नभएका कारण देशका नागरिक पक्राउ परेका छन् ।

“हामी त्यहाँ सहचारीहरू छन्, र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू त्यहाँ छन्, र हामी वाणिज्य दूतावासहरू मार्फत सञ्चार गर्छौं। त्यहाँ थुनामा परेका अफगानीहरूलाई शरणार्थी मन्त्रालय र परराष्ट्र मन्त्रालयका सहचारीहरूले रिहा गरेका थिए,” रसिदले टोलो न्यूजलाई भने। यसैबीच, देशका झण्डै ३० लाख नागरिक हाल पाकिस्तानमा आप्रवासी छन्, टोलो न्यूजले तालिवान मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। (एएनआई)

कांग्रेस थारू विभागको प्रमुख बने योगेन्द्र चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई थारू विभागको जिम्मेवारी दिइएको छ। सभापति शेरबहादुर देउवाले नेता चौधरीलाई थारू विभाको प्रमुखमा मनोनीत गरेका छन्। देउवाले अन्य १४ वटा विभागको प्रमुखसमेत मनोनित गरेका छन्। Continue reading “कांग्रेस थारू विभागको प्रमुख बने योगेन्द्र चौधरी”

रूपान्तण अभियानमा जुट्यो माओवादी, केन्द्रीय २२ नेताहरू खट्दैछन् फिल्डमा

आफ्नो नेतृत्वको सरकारले थालेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहमा थालिएको सुधारलगायत मुद्दा लिएर सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) विशेष अभियानका साथ जनताको बीचमा जाँदैछ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि देशभरका छ हजार सात सय ४३ वडामा एकैसाथ रूपान्तरण अभियानको शुभारम्भ गर्दै छन् । Continue reading “रूपान्तण अभियानमा जुट्यो माओवादी, केन्द्रीय २२ नेताहरू खट्दैछन् फिल्डमा”

वर्षायाममा हेल्का र सखै हाल्नमा ब्यस्त हुन्छन् थारू महिला

झलनाथ खनाल/रासस

कैलालीको जोशीपुर गाउँपालिकाकी सुकरानी चौधरीको दिन आजभोलि कुला र वर्षात्को पानीले बनेका तलाउतिर बित्ने गरेको छ। बर्खाको खेती लगाइसकेपछि कामको चाप नहुने भएपछि फुर्सदको समयमा उनी माछा, झिङ्गेमाछा र घोँगी खोज्छिन्। Continue reading “वर्षायाममा हेल्का र सखै हाल्नमा ब्यस्त हुन्छन् थारू महिला”

न्याय सेवामा एकैपटक चार जना थारूले निकाले शाखा अधिकृतमा नाम

नेपाल न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूहअन्तर्गत रा.प. तृतीय श्रेणी शाखा अधिकृतमा चार जना थारूले नाम निकाल्न सफल भएका छन्। लोक सेवा आयोगले लिएको परीक्षामा कैलालीका दुई जना र दाङ र रौतहट एक-एक जनाले नाम निकाल्न सफल भएका हुन्। Continue reading “न्याय सेवामा एकैपटक चार जना थारूले निकाले शाखा अधिकृतमा नाम”

ग्यास सिलिण्डरमा एकैपटक २३५ रुपैयाँले वृद्धि, पेट्रोल र डिजेलको मूल्य पनि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि भएको हो। त्यस्तै ग्यासको मूल्य पनि २३५ रुपैयाँले वृद्धि भएको छ। Continue reading “ग्यास सिलिण्डरमा एकैपटक २३५ रुपैयाँले वृद्धि, पेट्रोल र डिजेलको मूल्य पनि बढ्यो”