राजधानीबासी थारूले मनाए अस्टिम्की (फोटोसहित)

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। अग्रासन थारु महिला समूहले आयोजना गरेको अस्टिम्की पर्व बुधबार मनाइएको हो। बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा थारू महिलाहरू थारू पहिरनमा सजिएर यो पर्व मनाएका हुन्।

अस्टिम्की पर्वमा बरघर्‍या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर चित्रको पूजा अर्चना गरिन्छ। यो पर्व कपिलवस्तु, रुपन्देहीदेखि पश्चिम दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतम धुमधामाका साथ मनाइन्छ। सप्तमीको रातमा भाले नबास्दै राति माछा, अन्य तरकारी पकाइ दर खाने चलन हुन्छ। जसलाई थारू भाषामा ‘डट्कन खैना’ पनि भनिन्छ। त्यसपछि अष्टमीको दिनभरि ब्रतालुहरु निराहार ब्रत बस्छन्। बिहानैदेखि अष्टिम्कीको चित्र बनाउने कार्यमा लागेका हुन्छन्। चित्र बनाउनेहरु पनि निराहार हुन्छन्। चित्र बनाउने ठाउँमा ब्रत नबसेको मानिस जान वर्जित हुन्छ।

कोसीको मुख्यमन्त्री पदमुक्त, ४८ घण्टाभित्र नयाँ सरकार गठन गर्न परमादेश

सर्वोच्च अदालतले कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद्को गठन गर्नु भनी कोसी प्रदेशका प्रमुखका नाममा परमादेश जारी गरेको हो। Continue reading “कोसीको मुख्यमन्त्री पदमुक्त, ४८ घण्टाभित्र नयाँ सरकार गठन गर्न परमादेश”

चिनियाँ राजदूतलाई फिर्ता गर्न माग गर्दै दूतावास अगाडि प्रदर्शन

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चिनियाँ राजदूत छन् सोङलाई फिर्ता गर्न माग गरिएको छ। राष्ट्रिय एकता अभियानले बिहीबार काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्दै राजदूतलाई फिर्ता गर्न माग गरेको हो।

अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा भएको विरोध प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिँदैन, देश डुबाउन पाइँदैन, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावादलगायतका नारा लगाएका थिए।

प्रदर्शनमा मधेस सम्पर्क समितिका संयोजक बिनोद सिंह, अभियानका महासचिव डा. प्रभात कुशवाहा, विद्यार्थी परिषदका पप्पु यादव, युवानेता धिरज गिरी, अभियन्ता शिव पासवान, गणेश कुमारसिंह लगायत सहभागिता थिए।

चिनियाँ राजदूतले गैरकूटनीतिक अभिव्यक्ति दिएर नेपाल-भारत सम्बन्धमाथि प्रहार गरेको प्रदर्शनकारीको भनाइ छ। चीनले आफ्नो रणनीतिक योजनाको लागि नेपालमाथि ऋणको भारी बोकाएको भन्दै चिनियाँ राजदूत नेपाल-भारतबीचको सम्बन्ध बिगार्न भूमिका खेलिरहेको उनीहरूको आरोप छ।

भारत सरकारद्वारा निर्मित संखुवासभाको हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन

भारत सरकारको सहयोगमा निर्मित संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा भवनको उद्घाटन गरेका हुन्। Continue reading “भारत सरकारद्वारा निर्मित संखुवासभाको हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन”

समीर चौधरीलाई नेबिसंघ बारा अध्यक्षको जिम्मेवारी

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेबिसंघ)को बारा अध्यक्षको जिम्मेवारी समीर चौधरीले पाएका छन्। बाराको कोल्हबी निवासी चौधरीलाई नेबिसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अध्यक्षको जिम्मेवारी सुम्पेका हुन्। चौधरीले आजै नेबि संघ बाराको पदभार सम्हालेका छन्। अब तीन महिनाभित्र उनले बाराको अधिवेशन सम्पन्न गर्नुपर्नेछ। Continue reading “समीर चौधरीलाई नेबिसंघ बारा अध्यक्षको जिम्मेवारी”

चितवन वनकट्टाका दीपक चौधरी, जसले ४४ जनालाई दिएका छन् रोजगारी

हातमा सीप भएपछि स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, भरतपुर–२७ वनकट्टाका दीपक चौधरी । उनले तयारी पोसाक उद्योग सञ्चालन गरेर ४० जनालाई रोजगारी दिँदै आएका छन् । साथीभाइ विदेश जाने लहर चलिरहेका बेला उनले भरतपुर २ क्षेत्रपुरमा ओम साइराम नेपाली तयारी पोसाक उद्योग सञ्चालन गरे । Continue reading “चितवन वनकट्टाका दीपक चौधरी, जसले ४४ जनालाई दिएका छन् रोजगारी”

थारू विद्यार्थी समाजको स्थापना दिवसमा थारू विद्यार्थीहरू सम्मानित

थारू विद्यार्थी समाजले स्थापना दिवसको अवसरमा थारू विद्यार्थीहरूलाई सम्मान गरेको छ। एसईई, प्लस टुलगायत विभिन्न क्षेत्रमा उपाधि हासिल गर्ने थारू विद्यार्थीहरूलाई समाजले शनिबार सम्मान गरेको हो। थारू विद्यार्थी समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीका अनुसार २०७९ को एसईईमा उत्कृष्ट नतीजा ल्याने १३८ जनालाई सम्मान गरेको हो। जसमा ४ जीपीए ल्याउने जिनिफर चौधरीलाई पाँच हजार नगदसहित सम्मान गरिएको थियो। Continue reading “थारू विद्यार्थी समाजको स्थापना दिवसमा थारू विद्यार्थीहरू सम्मानित”

थारूहरूले भोलि काठमाडौंमा अस्टिम्की पर्व मनाइँदै

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। अग्रासन थारु महिला समूहको संयोजकत्वमा भदौ २० गते अस्टिम्की पर्व मनाउन लागिएको हो। जसको संयोजक किरण चौधरी रहेकी छन्। उनकै संयोजकत्वमा काठमाडौंमा रहेका थारू संघसंस्थाहरूले भदौ २० गते संयुक्तरूपमा अस्टिम्की पर्व आयोजना गर्दैछ। कार्यक्रम बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ।

पर्वलाई भव्यताका साथ सफल पार्न विभिन्न उपसमितिहरू बनाइएको छ। आर्थिक समितिमा बर्दियाली थारु विकास मञ्च, सांस्कृतिक समितिमा चम्पन सांस्कृतिक समूह, अस्टिम्कीको चित्र बनाउने संयोजकमा प्रकृति चौधरी, पूजा सामग्री समितिमा अग्रासन थारु महिला समूह, मञ्च व्यवस्थापनमा सस्तो बजार डटकम, खानपिनमा न्यौछार समूह, प्रचार प्रसारमा सरला चौधरी छन्।

यसरी मनाइन्छ अष्टिम्की
यो पर्वको आगमनको क्रममा तयारी सुरु गरिन्छ । चित्र बनाउने भित्ता सेतो माटोले लिपिन्छ । त्यसैगरी मिठा मिठा परिकारको पनि जोहो गरिएको हुन्छ । जस्तै, केराहरु पकाउन, दही जमाउन, बारीको काक्रा, अम्बा (अमरुट), आदि फलहरु सोही दिनका लागि बचाएर राखिन्छ । ब्रतालुहरु महिला, युवतीहरुका लागि अनिवार्य नयाँ कपडा किनेर सिलाएर ठिक्क बनाएका हुन्छन् । गर गहना पनि व्यवस्था गरेका हुन्छन् ।

अष्टिम्की पर्व खास गरेर महिलाले मनाउने पर्व हो । तर आजभोलि केही युवाहरु पनि यो ब्रत बस्न थालेको पाइन्छ । यो पर्व भाद्र महिनाको अष्टमीका दिनमा गाउँको बरघर्‍या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर चित्रको पूजा अर्चना गरिन्छ । यो पर्व कपिलवस्तु, रुपन्देहीदेखि पश्चिम दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतम धुमधामाका साथ मनाइन्छ । सप्तमीको रातमा भाले नबास्दै राति माछा, अन्य तरकारी पकाइ दर खाने चलन हुन्छ । जसलाई थारू भाषामा ‘डट्कन खैना’ पनि भनिन्छ । त्यसपछि अष्टमीको दिनभरि ब्रतालुहरु निराहार ब्रत बस्छन् । बिहानैदेखि अष्टिम्कीको चित्र बनाउने कार्यमा लागेका हुन्छन् । चित्र बनाउनेहरु पनि निराहार हुन्छन् । चित्र बनाउने ठाउँमा ब्रत नबसेको मानिस जान वर्जित हुन्छ ।

साँझपख ब्रत बसेका महिला दिदीबहिनीहरु नुवाइ धुवाई गरी शृङ्गारपटार गरगहना पहिरेर थालीमा चामल घुन्यासरको फूल, बलिरहेको बत्ती, एक जोर कागती वा निम्बु, रातो सिन्दुर, धुप आदि लिएर आफ्नो कुल देउताको थानमा दियो जलाई प्रत्येक ब्रतालुहरु घर घरबाट निस्किएर अष्टिम्की चित्र बनाएको महाटाँवाको घरमा जम्मा हुन्छन् । थालीमा ल्याइएको फूल, चामल, कागती त्यही पूजा गर्ने कोठामा लामबद्ध राखी घरमुलीबाट पूजापाठ सुरु भई पालैपालो सबैले भित्ते चित्रमा बनाइएको चित्रमा टीका लगाइ पूजा गर्दछन् । पूजा भइसके पछि युवा केटाहरु महिलाले ल्याएका निबु कागतीका भेट्नु काटेर भेट्नु मात्र राखी निबु, कागती लिएर जान्छन् । यो कार्य प्राय केटाहरु आफूले मन पराएका केटीले राखेको युवतीको निबु, वा कागतीको भेट्नो काट्ने प्रचलन छ । त्यही भएर केटाहरु त्यतिबेला तछाडमछाड गरेको दृश्य रमाइलो र हेर्न लायक हुन्छ । यसपछि ब्रतालुहरु आआफ्नो घर गइ विभिन्न थरिका फलफूलहरु परिकार एक भाग अलग्याइ अलि अलि सबै फलफुलको भाग चिमोटी अग्नीमा हवन गरी धुप जलाई पुजापाठ गरेर पानीले पर्छेर फलफुल खाइवरी गरी पुन महाटाँवाको घर गइ रातभरि कृष्णलीला गीत गाउने, नाच्ने गर्दछन् । अष्टिम्की गीत गाउनुभन्दा पहिले चारै दिशाका देवता एवम् देवी दुर्गालाई स्मरण गरेर मात्र गीतको सुरुवात गर्नुपर्दछ ।

नेपाल भारतसँग पराजित, एसिया कपको समूह चरणबाटै बाहिरियो

एसिया कपमा नेपाल भारतसँग दस विकेटले पराजित भएको छ। वर्षाले खेल प्रभावित भएपछि डीएलएसबाट २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको भारतले बिना विकेट क्षति १७ बल अगावै पूरा गरेको छ। भारतका लागि रोहित शर्माले ७४ र शुभम गिलले ६७ रन बनाए। Continue reading “नेपाल भारतसँग पराजित, एसिया कपको समूह चरणबाटै बाहिरियो”

गोविन्द चौधरीको अपहरण गरी हत्या गरेको आरोपमा प्रदेश सांसद पक्राउ

हत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजबाट मधेस प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट अपहरण गरी गोविन्द चौधरीको हत्या गरेको आरोप छ। सोही दिन नेङ्गडा गाविस वडा नम्बर ५ वैरिया टोलमा पुर्‍याई पाँच वटा गोली हानी सप्तरीको खोक्सर प्रवाहा गाविस-१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप छ।

उक्त विषयमा जाहेरी परेपछि अदालतमा वयान दिन नआएर सिंह फरार भएका थिए । फरार सूचीमा रहेका उनलाई प्रहरीले पक्राउ गरी कारबाही गरेका थिएन। मृतकका दिदी धनगढी गाविस-३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह नौ जनामाथि किटानी उजुरी हालेकी थिइन्। गोविन्द चौधरीको हत्याको आरोमा पक्राउ परेका सिंहलाई जिल्ला आदालत सप्तरीबाट म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।