धरान घटनाले प्रधानमन्त्री चिन्तित, कसैको धर्म र भावनामाथि नकरात्मकता द्वैष नफैलाउन अपील

प्रधानमन्त्री पुष्पकमल दाहालले धरानमा भइरहेको गतिविधिले नकारात्मक प्रभाव पार्ने भन्दै संवादको माध्यमबाट समस्या समाधान गर्न अपील गरेका छन्। शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको उल्लेख गरेका छन्।

‘कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक-अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ। यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन। तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ,’ प्रधानमन्त्री दाहालले भनेका छन्।

उनले सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर रहेको उल्लेख गरेका छन्। ‘हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै `समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ। तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपील गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिने बताउँदै एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेरमात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिने उनको भनाइ छ। ‘त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु। विभिन्न वर्ण, लिङ्ग, जातजाति र धर्मको पहिचान भए पनि समग्रमा हामी नेपाली हौं। नेपालको राष्ट्रिय हित र स्वार्थ नै हामी सबैका लागि सर्वोपरि रहन्छ र रहनुपर्दछ,’ उनले भनेका छन्।

थाकसले असोज २४ गते वार्षिक साधारणसभा र २५ गते थारू सांसदहरूसँग अन्तर्क्रिया गर्ने

थारू कल्याणकारिणी सभा (थाकस)ले महाधिवेशनको तयारी स्वरुप वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। शनिबार काठमाडौंमा भएको केन्द्रीय कमिटीको बैठकले असोज २५ गते काठमाडौंमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो। Continue reading “थाकसले असोज २४ गते वार्षिक साधारणसभा र २५ गते थारू सांसदहरूसँग अन्तर्क्रिया गर्ने”

नेपालले जित्यो महिला टी-२० सिरिजको उपाधि

चार देश सम्मिलित महिला टी-२० सिरिजको उपाधि नेपालले जितेको छ। आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो। नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको हो। Continue reading “नेपालले जित्यो महिला टी-२० सिरिजको उपाधि”

विदेशी गीत बजेपछि मुख्यमन्त्री चौधरीले गरे कार्यक्रम बहिस्कार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी उपस्थित एक सामाजिक कार्यक्रममा विदेशी गीत बजाएर सुरु गरिएपछि कार्यक्रम नै बहिस्कार गरेका छन् । किवानीज इन्टरनेशनल नेपालको पाँचौं डिष्ट्रिक सम्मेलन शुक्रबार रुपन्देहीको भैरहवामा गरिएको थियो । सम्मेलन उद्घाटनको प्रमुख अतिथि मुख्यमन्त्री चौधरी थिए । Continue reading “विदेशी गीत बजेपछि मुख्यमन्त्री चौधरीले गरे कार्यक्रम बहिस्कार”

एसईई र प्लस टूमा सर्वाधिक अंक ल्याउनेलाई थारू विद्यार्थी समाजले सम्मान गर्दै

थारू विद्यार्थी समाजले एसईई र प्लस टू परीक्षामा राम्रो अंक ल्याई उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ। एसईई मा ‘ए’ र प्लस टूमा ‘ए प्लस’ ल्याउने विद्यार्थीलाई समाजले सम्मान गर्न लागेको हो। Continue reading “एसईई र प्लस टूमा सर्वाधिक अंक ल्याउनेलाई थारू विद्यार्थी समाजले सम्मान गर्दै”

नेपालका मदरसामा विदेशी घुसपैठको खुलासा

नेपालको तराई मधेशमा स्थापित विभिन्न इस्लामिक विद्यालय (मदरसा) हरुमा विदेशी घुसपैठ रहेको खुलेको छ । पाकिस्तानी आतंककारी संगठन लस्कर ए तैएबासँग निकट सम्बन्ध रहेको ठानिने अमेरिकामा आधारित गैरसरकारी संस्था हेल्पिङ ह्याण्ड्स फर रिलिफ एण्ड डेभलपमेन्ट (एचएचआरडी) ले एक इस्लामिक संगठनसँग साँठगाँठ गरी नेपालको तराइ मधेशमा स्थापित मदरसामा घुसपैठ गरेको खुलेको हो ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको विदेश मामिला समितिका अध्यक्ष माइकल मककौलले एचएचआरडीको वित्तीय सहयोग रोक्का गर्दै यस आरोपबारे छानबिन गर्न निर्देशन दिएका थिए । उनले अमेरिकी सहयोग नियोग युएसएडकी प्रशासक सामान्था पावरलाई गत जनवरी २४ मा पत्र लेख्दै सांसद मककौलले यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

लस्कर ए तैएबासँग निकट सम्बन्ध रहेका संस्थाहरुले काठमाडौँका प्रमुख स्थानहरुमा विभिन्न कार्यालय नै स्थापना गरेको नेपाली सुरक्षा निकायहरुले आशंका व्यक्त गर्दै आएका छन् । यस संस्थाले हालै विराटनगरमा मदरसा स्थापना गर्नका लागि निम्ति जग्गा खरिद गर्न १० देखि १५ लाख रुपैयाँ प्रदान गरेको छ । उक्त मदरसा त्यस संगठनका केन्द्रीय सदस्य एवम् प्रमुख धर्मगुरुले सञ्चालन गर्ने बताइएको छ ।

नेपाल प्रहरीको विशेष ब्युरोका अधिकारीहरु हालै काठमाडौँमा रहेको कतारी राजदूतावासले भारतसँगको सीमानजिक धार्मिक कट्टरता विस्तार गर्नका लागि ५० देखि ५५ लाख नेपाली रुपैयाँ प्रदान गरेको आशंका व्यक्त गर्छन् । यसबारे काठमाडौँमा रहेको कतारी दूतावासका अधिकारी र इस्लामिक संगठनका नेताबीच विराटनगरमा छलफल भएको सुरक्षा स्रोतको दाबी छ ।

यसबाट नेपालमा साम्प्रदायिक तनावमात्रै नभई सीमाक्षेत्रमा नेपालको भूमि प्रयोग गरी भारतविरोधी गतिविधि हुनसक्ने सम्भावना रहेको छ ।

नेपालमा सक्रिय यस्ता संगठनलाई पाकिस्तानमा आधारित संस्थाहरुबाट सहयोग प्राप्त हुँदै आएको छ । त्यसबाहेक कतार, साउदी अरब, टर्कीजस्ता मुलुकबाट पनि नेपालमा खुलेका यस्ता संस्थाले आर्थिक सहयोग पाउँदै आएका छन् ।

त्यस्तै, पाकिस्तानी र चिनियाँ इस्लामिक समूहहरुले धार्मिक भ्रमणका नाममा यस्ता धार्मिक कट्टरताको वकालत गर्ने मदरसामा नियमित आउजाउ गर्दै आएका छन् ।

सुरक्षा निकायहरुको आशंकामा पाकिस्तानी इस्लामिक धर्मगुरुहरुले नेपालको कोशी र मधेश प्रदेशमा भारतसँगको सीमानजिकै स्थापित यस्ता मदरसाको नियमित भ्रमण गर्दै आएका छन् । उनीहरुलाई काठमाडौँमा रहेको पाकिस्तानी दूतावासले पनि सहयोग गर्ने गरेको सुरक्षा अधिकारीको आशंका छ ।

एचएचआरडीको सम्बन्ध पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयसँग रहेको बताइन्छ । यस संगठन हाल पाकिस्तान प्रशासित कश्मीर, बलुचिस्तान, पञ्जाब, सिन्ध र खैबर पख्तुनख्वा प्रान्तमा सक्रिय रहेको छ । नेपालमा भने यस संस्थाको एक कट्टर इस्लामिक संगठनसँग साँठगाँठ रहेको ठानिन्छ ।

यसअघि सार्वजनिक भएका केही समाचारमा उक्त नेपाली संगठन प्रतिबन्धित लस्कर ए तैएबाको दातृ शाखा फलाह ए इन्सानियत फाउन्डेसनसँग रहेको बताइएको छ ।

माइतीघरमा विद्रोह सभा गर्दै टीकापुर राजबन्दी रिहाइ गर्न माग

कैलालीको टीकापुर घटनाको सम्झनामा थारु कल्याणकारीणी सभा, थरुहट थारुवान संयुक्त संघर्ष समिति लगायतका संघसंथाहरुले काठमाडौंमा विद्रोह सभा गरेका छन्।

२०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच कैलालीको टीकापुरमा भएको घटनालाई लिएर उनीहरुले टिकापुर विद्रोहसभा गरेका हुन्।

विद्रोह सभामा सहभागीहरुले टीकापुर घटनाको झुटा मुद्दा फिर्ता गर्नुपर्ने, निर्दोष राजबन्दीहरुलाई रिहाई गर्नुपर्ने, देवीराम शर्मा र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संवैधानिक व्यवस्था अनुसार थारु कलष्टरसहितको संघीय निजामती सेवा विधेयक पारित गर्नुपर्ने लगाएतका माग राखेका थिए। टीकापुर घटनाको सम्झनामा थारुहरूले हरेक बर्ष भद्र ५ गते विद्रोह दिवस मनाउँदै आएका छन्।

अधिकार माग्दा थुनिएका थारूहरुलाई जेलमुक्त गरियोस् : तेजुलाल चौधरी

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले अधिकार माग्दा थुनिएका र राज्यसँग लुकिछिपी बाँच्न बाध्य बनाइएका थारूलाई उन्मुक्ति दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद चौधरीले अधिकार माग्दा थुनिएका थारुहरुलाई जेलमुक्त गर्नुपर्ने र फरार घोषणा गरिएकाहरूलाई उन्मुक्ति दिनुपर्ने माग गरे। Continue reading “अधिकार माग्दा थुनिएका थारूहरुलाई जेलमुक्त गरियोस् : तेजुलाल चौधरी”

रेशम चौधरीले भने- टेकबहादुर साउँद मेरो पनि बच्चा हो, हाम्रो भावनामाथि खेल्ने प्रयास भयो

लखन चौधरी/कैलाली

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा रहेको बताएका छन्। स्व. साउँदको सालिक अनावरण गर्दै पूर्वसांसद समेत रहेका चौधरीले आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेको बताए। Continue reading “रेशम चौधरीले भने- टेकबहादुर साउँद मेरो पनि बच्चा हो, हाम्रो भावनामाथि खेल्ने प्रयास भयो”

चन्द्रयान-३ को सफलतामा प्रधानमन्त्री दाहालसहित नेताहरूले भारतलाई दिए बधाई

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन्। उनले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन्। Continue reading “चन्द्रयान-३ को सफलतामा प्रधानमन्त्री दाहालसहित नेताहरूले भारतलाई दिए बधाई”