भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक अवतरण गराएका छन् । Continue reading “भारतको ‘चन्द्रयान-३’ चन्द्रमामा सफलतापूर्वक अवतरण”
Author: Madan Kumar
जसपाको सुदूरपश्चिम प्रदेश इन्चार्जमा गोविन्द चौधरी
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पार्टीका नेताहरुको प्रदेश र विभागको जिम्मेवारी तोकेको छ। सो पार्टीको सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो। Continue reading “जसपाको सुदूरपश्चिम प्रदेश इन्चार्जमा गोविन्द चौधरी”
ललिता निवास प्रकरणमा विजय गच्छदारविरुद्ध पनि मुद्दा चलाउनुपर्ने माग
ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनाको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चार पूर्वमन्त्री र छ जना पूर्वसचिवलाई प्रतिवादी बनाएर किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको छ । सीआईबीले मंगलबार प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ ।
जग्गा प्रशासन र सार्वजनिक निर्माणसँग जोडिएका निर्णय प्रक्रियालाई पारदर्शी र भ्रष्टाचारमुक्त बनाउने दायित्व बोकेका दुवै मन्त्रालय भौतिक योजना र भूमिसुधार मन्त्रालयका तत्कालीन प्रशासनिक र राजनीतिक नेतृत्व नै सरकारी जग्गा हिनामिनामा संलग्न रहेको सीआईबीको प्रतिवेदनमा छ ।
ब्युरोले मंगलबार बुझाएको अनुसन्धान प्रतिवेदनमा चार पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साहलाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिइएको हो । तीन जना पूर्वमन्त्रीहरुलाई सीआईबीले बयान लिएको थियो । श्रेष्ठको भने बयान भएको थिएन ।
त्यस्तै पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल, नारायणगोपाल मलेगो र रविन्द्रमान जोशीलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदार, पूर्वमन्त्री श्रेष्ठ, तत्कालीन राज्यमन्त्री साह जग्गाको सट्टा भर्नाको निर्णय प्रक्रियामा संलग्न थिए । त्यसै पूर्वमन्त्री जोशी गुठीमा जग्गा दर्ता गर्ने प्रक्रियाको निर्णयमा संलग्न थिए ।
गण्डकी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग
आदिवासी जनजाति संघर्ष समिति, गण्डकीले गण्डकी प्रदेशमा बाहुल्यता रहेका गुरुङ, मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ। मंगलबार समितिले पत्रकार सम्मेलन गरी भाषा आयोगको सिफारिस अनुसार यी तीन भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको हो।
संविधानको धारा ७ को उपधारा २ मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा सोभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजी भाषा निर्धारण गर्न सक्ने उल्लेख छ। भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको संयोजकत्वमा गठित समितिले गण्डकीमा गुरुङ र मगर तथा प्रदेशको दक्षिणी क्षेत्रमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको थियो।
‘उहाँको सिफारिस लागू गर्न आवश्यक ऐन बनाई गुरुङ, मगर र थारुलाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन जोड्दार माग गर्दछौं’, समितिका संयोजक धर्मबहादुर गुरुङले भने। गण्डकीमा आफ्नो मातृभाषामा पठनपाठन गर्न पाउने व्यवस्था मिलाउन पनि समितिले आग्रह गरेको छ। समितिले भदौ १३ गते पोखरामा ‘आदिवासी जनजाति आन्दोलन र अधिकार’ विषयक अन्तर्क्रिया कार्यक्रम पनि गर्ने भएको छ।
प्रधानमन्त्रीलाई सहज बनाइदिन मैले पद त्याग गरेँ : अमनलाल मोदी
पूर्वमन्त्री अमनलाल मोदीले सरकारको स्थायित्वका लागि आफूले पद त्याग गरेको बताएका छन्। भृकुटीमण्डपमा बयोजित गुरही पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री मोदीले यस्तो बताएका हुन्।
पछिल्लो समय सहजै पद त्याग गर्ने परिपाटी हराउँदै गएको बताउँदै उनले भने, ‘अहिले हराउँदै गएको त्यागको परिपाटीलाई जागृत गराउनका लागि मैले सहजै पद त्याग गरें।’ सरकारको स्थायीत्वलाई ध्यान दिँदै आफूले पद त्याग गरेको उनको भनाइ थियो।
‘सरकारको स्थायित्वका लागि कसै न कसैको त्याग आवश्यक थियो। त्यो त्यागको लागि म अगाडि सरे, मैले आफैंले सहज तरिकाले पद छाडेको हुँ,’ कार्यक्रमका पूर्ववक्ताले मन्त्रीबाट मोदीलाई फिर्ता बोलाएकोप्रति असन्तुष्टि पोखेपछि थप प्रष्ट्याउँदै उनले थपे, ‘सरकार सुशासन कायम गर्ने दिशामा अगाडि बढिरहेको छ, यो कुरा कैयन् राजनीतिक दल र शक्ति केन्द्रलाई चित्त बुझिरहेको छैन। सरकारलाई अप्ठ्यारो पार्ने गतिविधि बढिरहेको छ। सरकारलाई मजबुद बनाउनका लागि प्रधानमन्त्रीलाई सहजता पैदा गराउनका लागि मैले पद त्याग गरेको हुँ।’
राजनीतिकरूपमा जिम्मेवारी आउने र जाने प्रक्रिया स्वभाविक भएको समेत उनको भनाइ थियो। उनले भने, ‘जसले पदलाई सधैं रहन्छ भन्ने सोच्छ, त्यो भुल हुन्छ। पदमा रहँदा देश र जनताको पक्षमा काम गरे कि गरेनन्, योचाहिँ महत्वपूर्ण कुरा हो। मैले मेरो विवेकले भ्याएसम्म देश र जनताकै पक्षमा दूरगामी निर्णय गरेँ।’
जनमतका प्रदेश सांसद भाग्यश्री कुमारी चौधरीसहितलाई कारबाही गरिँदै
जनमत पार्टीका महासचिव तथा मधेश प्रदेशका मन्त्री चन्दन सिंहसहित प्रदेशसभाका चार जना सांसद फिर्ता बोलाइने सूचीमा परेका छन् । ‘राइट टु रि-कल (प्रत्यावहान अधिकार)’ राजनीतिक मुद्दा बनाउँदै आएको जनमतले पार्टी सदस्यहरुबाट मतदान गराउँदा ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने तयारी सुरु गरेको हो । Continue reading “जनमतका प्रदेश सांसद भाग्यश्री कुमारी चौधरीसहितलाई कारबाही गरिँदै”
थारू पत्रकार संघका केन्द्रीय कोषाध्यक्षलाई पितृशोक
थारू पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष कारी महतोलाई पितृशोक परेको छ। उनको बुबा कानन् महतो थारूको ७१ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो। स्वर्गीय कानन् महतो थारूको परम्पराअनुसार अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ।
करिब २५ वर्षअघि गृहस्थी जीवनबाट पूर्णरूपमा सन्यास लिई पवित्र तीर्थस्थल देवघाट धाममा आवासीय रूपमा रहेका उनी एउटा समूह बनाएर भजनकीर्तन गर्ने, चन्दासंकलन गर्ने जस्ता काम गरेका थिए। चन्दा संकलनको अभियानमा वर्षौंसम्म ट्र्याक्टर रिजर्व गरी गाउँगाउँबाट धान, चामल र पैसा संकलन गरी देवघाटमा थारू धर्मशाला बनाएको उनका छोरा कारी महतोले बताए। अहिले थारू धर्मशाला तीन तल्लासम्म ढलान भएको छ।
सोमबार काठमाडौंमा गुरही पर्व मनाइँदै
काठमाडौंमा बस्ने थारूहरूले सोमबार गुरही पर्व मनाउने भएका छन्। विभिन्न थारू संघसंस्थाको संयुक्त आयोजनामा भृकुटीमण्डपमा गुरही पर्व मनाउने निर्णय भएको मूल आयोजक समितिका सदस्य सचिव अन्जु चौधरीले जानकारी दिइन्। Continue reading “सोमबार काठमाडौंमा गुरही पर्व मनाइँदै”
उम्दा करिअरमै अस्ताए फिफा रेफ्री चौधरी
अन्य दिनजस्तै शुक्रबार पनि फिफा सहायक रेफ्री विक्रम चौधरी भद्रकालि स्थित आर्मी मैदानमा अभ्यासका लागि पुगेका थिए। नियमित अभ्यास गरेको केही समयामनै उनी मैदानमानै ढले तर उनी त्यसपछि पुन फर्किएन्न। Continue reading “उम्दा करिअरमै अस्ताए फिफा रेफ्री चौधरी”
एमालेको संसदीय विभागमा भगवती चौधरी मनोनीत
नेकपा एमालेले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर गरेको छ। पार्टीको २३औं र २४औं सचिवालय बैठकपछि अपानी-८ सार्वजनिक गर्दै एमालेले विभागको जिम्मेवारी हेरफेर गर्नुको साथै केही नयाँ नेताहरूलाई मनोनीतसमेत गरेको छ। Continue reading “एमालेको संसदीय विभागमा भगवती चौधरी मनोनीत”