नेपालसँगको सम्बन्धलाई सुपरहिट बनाउने भारतीय प्रधानमन्त्री मोदीको सुत्र

सर्वप्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको प्रतिनिधि मण्डललाई भारतमा हार्दिक स्वागत गर्न चाहन्छु। मलाई याद छ, ९ वर्षअघि सन् २०१४ मा कार्यभार सम्हालेको तीन महिनाभित्र नेपालको पहिलो भ्रमण गरेको थिएँ। त्यतिबेला मैले नेपाल-भारत सम्बन्धका लागि एउटा ‘हिट फर्मुला (एचआईटी)’ दिएको थिएँ। हाइवेज, आइवेज र ट्रान्सवेज। Continue reading “नेपालसँगको सम्बन्धलाई सुपरहिट बनाउने भारतीय प्रधानमन्त्री मोदीको सुत्र”

नेपालमा लगानी गर्न भारतीय व्यापारीलाई प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय एयरलाइन्स कम्पनीलाई भैरहवा र पोखरामा उडान गर्न आह्वान गरेका छन्। नयाँ दिल्लीमा नेपाल र भारतका व्यापारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा र पोखरामा पूर्वाधार तयार भइसकेकाले भारतका विभिन्न सहरबाट उडान भर्न आह्वान गरे। Continue reading “नेपालमा लगानी गर्न भारतीय व्यापारीलाई प्रधानमन्त्रीको आह्वान”

भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेटवार्ता

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँका राष्ट्रपति द्रौपति मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्। उनले राष्ट्रपति भवनमा मूर्मूसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। Continue reading “भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेटवार्ता”

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच सात वटा मुख्य सम्झौता भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौता भएको हो । बिहान भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेलन मार्फत् सहमति सार्वजनिक भएको हो । Continue reading “नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर”

मोदीलाई प्रचण्डको उपहार पशुपतिको चन्दन र रुद्राक्षको माला

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथको चन्दन, प्रसाद र रुद्राक्षको माला उपहार दिने भएका छन्। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले आज समकक्षी मोदीलाई भेट्ने कार्यक्रम छ। त्यसक्रममा उनले पशुपतिको मूल मूर्ति (पञ्चमुखी)मा अर्पण गरिएको नेत्र, रुद्राक्षको माला, फूल र नैवेद्य उपहार दिनेछन्। Continue reading “मोदीलाई प्रचण्डको उपहार पशुपतिको चन्दन र रुद्राक्षको माला”

प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहालले प्रतिनिधि मण्डलसहित समकक्षी मोदीको कार्यालय हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन्। Continue reading “प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच भेटवार्ता”

महात्मा गान्धीको समाधिस्थलमा प्रधानमन्त्री प्रचण्डद्वारा पुष्पगुच्छा अर्पण

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन्। बिहीबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि प्रचण्डले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन्। Continue reading “महात्मा गान्धीको समाधिस्थलमा प्रधानमन्त्री प्रचण्डद्वारा पुष्पगुच्छा अर्पण”

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, डोभाल र क्‍वात्रासँग भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ।

चार दिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र डोभालबीच होटल आइसीटी मौर्यामा भेटवार्ता भएको हो। सोही क्रममा भारतीय विदेश सचिव विनय मोहन क्‍वात्राले समेत प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन्।

उनीहरूबीच नेपाल-भारतको द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसपछि प्रचण्ड नयाँ दिल्लीको बारखम्बास्थित नेपाली दूतवासमा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डले भोलि (बिहीबार) समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। हैदरवाद हाउसमा हुने भेटमा उनीहरूबीच ‘वान टु वान’ छलफल हुने छ। त्यसलगत्तै दुई देशबीच सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

भारत भ्रमणका दौरान प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति द्रोपति मूर्मु, उपराष्ट्रपतिलगायतसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। मध्यप्रदेशको इन्दोर पुगेर प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । Continue reading “राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण”

एमाले नेता लेखीले वृद्धाश्रमका लागि दान गरे ५० लाख मूल्य पर्ने जग्गा

नेकपा एमालेका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका सांसद राजकुमार लेखीले ५० लाख मूल्य बराबरको जग्गा वृद्ध आश्रमलाई दान गरेका छन्। उनले आफू जन्मिएको सप्तरीको सप्तकोशी नगरपालिका-५ स्थित गंगाजलीमा रहेको दुई कठ्ठा जग्गा दान गरेका हुन्। स्थानीयकाअनुसार चलनचल्तीअनुसार त्यहाँ प्रति कठ्ठाको मूल्य कम्तिमा २५ लाख रहेको छ। Continue reading “एमाले नेता लेखीले वृद्धाश्रमका लागि दान गरे ५० लाख मूल्य पर्ने जग्गा”