नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई सरकारले शुक्रबार राष्ट्रपतिमार्फत् माफी दिएको छ। राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। Continue reading “सांसद अरुण चौधरीले राष्ट्रपतिबाट पाए माफी”
Author: Madan Kumar
सांसद अरुण चौधरीको बाँकी सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सरकारले कैद सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। गृह मन्त्रालयको प्रस्तावपछि मन्त्रिपरिषद्ले सांसद चौधरीको बाँकी सजाय मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । Continue reading “सांसद अरुण चौधरीको बाँकी सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस”
सांसद अरुण चौधरी रिहा गर्न उच्च अदालतले दिएन अन्तरिम आदेश
उच्च अदालत दिपायलले निलम्बित सांसद अरुण चौधरीलाई रिहा गर्न अन्तरिम आदेश दिन इन्कार गरेको छ । मुद्दाको सुनुवाइ प्रक्रिया जारी रहेको भन्दै तत्काललाई केही गरिरहनु परेन भन्ने आदेश जारी दिएको हो । Continue reading “सांसद अरुण चौधरी रिहा गर्न उच्च अदालतले दिएन अन्तरिम आदेश”
नागरिक उन्मुक्तिले भन्यो- माग सुनुवाइ नभए संसद् अवरोध गर्न बाध्य हुन्छौं
नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा संलग्नको अभियोगमा जेलमा रहेका आफ्नो पार्टीका नेताहरूलाई रिहाइ नगरिए संसद् अवरोध गर्ने चेतावनी दिएको छ । पार्टीका नेताहरूलाई रिहाइ गर्नुपर्ने नभए लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको माग छ । Continue reading “नागरिक उन्मुक्तिले भन्यो- माग सुनुवाइ नभए संसद् अवरोध गर्न बाध्य हुन्छौं”
भारतीय विदेश सचिवको व्यस्त राजनीतिक भेटघाट
भारतीय विदेशसचिव विनयमोहन क्वात्रा सोमबार काठमाडौं आइपुगेलगत्तै उच्च राजनीतिक भेटघाटमा व्यस्त भएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका हुन्। Continue reading “भारतीय विदेश सचिवको व्यस्त राजनीतिक भेटघाट”
जनयुद्ध दिवसमा भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय
सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। Continue reading “जनयुद्ध दिवसमा भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय”
लुम्बिनी प्रदेशमा थारू समुदायका दुई मन्त्री, इन्द्रजीत बने भौतिक पूर्वाधार विकास मन्त्री
लुम्बिनी प्रदेशमा लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।
प्रदेश प्रमुख कार्यालयका अनुसार आर्थिक मामिला मन्त्रीमा जोखबहादुर महरा बन्दा चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास मन्त्री, विष्णु प्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनेका छन्।
त्यसैगरी दुर्गा प्रसाद चौधरी वन तथा वातावरण मन्त्री, जानकी प्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री, तुलसी राम शर्मा, कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन्। यस्तै चन्द्रदेव गुप्ता सामाजिक विकास मन्त्री नियुक्त भएको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जनसंख्याकै अनुपातमा थारूहरूले आरक्षण पाउँछन् : मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले जनसंख्याकै अनुपातमा थारू समुदायलाई आरक्षण व्यवस्था गर्ने बताएका छन्। सिंहदरवारमा थारू कल्याणकारिणी सभाका पदाधिकारीहरूसँगको छलफलमा उनले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै तोकिएको समयभित्रै संघीय निजामती ऐन ल्याउने बताए। Continue reading “जनसंख्याकै अनुपातमा थारूहरूले आरक्षण पाउँछन् : मन्त्री मोदी”
एमाले निकट थारू संघ उपत्यका कमिटी अध्यक्षमा सीयाराम चौधरी
नेपाल लोकतान्त्रिक थारु संघको उपत्यका कमिटी गठन भएको छ। शनिबार ललितपुरको च्यासलमा भएको दोस्रो उपत्यका सम्मेलनले कमिटीको अध्यक्षमा सीयाराम चौधरी (सिराहा) लाई सर्वसम्मत चयन गरेको हो। Continue reading “एमाले निकट थारू संघ उपत्यका कमिटी अध्यक्षमा सीयाराम चौधरी”
सुदूरपश्चिमका मुख्यमन्त्री जब रेशम चौधरीको घर पुगे…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका परिवारसँग भेट गरेका छन्। Continue reading “सुदूरपश्चिमका मुख्यमन्त्री जब रेशम चौधरीको घर पुगे…”