नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीका बुबा एवं नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले कैलाली घटना अगाडि आफूलाई मार्ने योजना बनाएको तर आफूले भाग्यले बाँचेको बताए । Continue reading “संसदमा रेशम चौधरीका बुबाले भने- टिकापुर घटना अगाडि मलाई मार्ने योजना रहेछ”
Author: Madan Kumar
बर्दियामा चितुवाको आक्रमणबाट तीन जना थारू घाइते
वन्यजन्तु चितुवाको आक्रमणमा परी उद्धारकर्मीसहित ३ जना घाइते भएका छन्। बर्दियाको मधुवन नगरपालिका वडा नम्वर २ स्थित बंगालीपुरमा बाख्रा चराउन गएका ७० वर्षीय फूलराम थारुलाई चितुवाले एक्कासी झम्टेपछि उद्धार गर्न पुगेका डिभिजनल वन कार्यालय बर्दियाका कर्मचारी ४० वर्षीय धर्मराज चौधरी समेत घाइते भएका छन्। Continue reading “बर्दियामा चितुवाको आक्रमणबाट तीन जना थारू घाइते”
राष्ट्रपति निर्वाचन : मतदाता नामावलीमा नाम समावेश गर्न सांसद चौधरीले दिए निवेदन
राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ। ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिए। Continue reading “राष्ट्रपति निर्वाचन : मतदाता नामावलीमा नाम समावेश गर्न सांसद चौधरीले दिए निवेदन”
राष्ट्रपतिको उम्मेदवार उठाउने नागरिक उन्मुक्ति पार्टीको तयारी
नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरेको छ। सत्ता गठबन्धनले आफूहरूको माग नसुनेको भन्दै फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने तयारी भएको पार्टीका एक नेताले बताए। Continue reading “राष्ट्रपतिको उम्मेदवार उठाउने नागरिक उन्मुक्ति पार्टीको तयारी”
लाल आयोगको प्रतिवेदनबारे नागरिक उन्मुक्ति पार्टीले माग्यो प्रधानमन्त्रीको धारणा
नागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ । ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक-पटक भनिरहेका छौं । पटक-पटक प्रधानमन्त्रीबाट यो धारणा व्यक्त भएको छैन्,’ बुधबार प्रतिनिधिसभामा विशेष मिय लिएर नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले भने । Continue reading “लाल आयोगको प्रतिवेदनबारे नागरिक उन्मुक्ति पार्टीले माग्यो प्रधानमन्त्रीको धारणा”
सांसद अरुण चौधरीको निलम्बन फुकुवा
राष्ट्रपतिबाट आममाफी पाएपछि कैलाली-२ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट सजाय माफी भएको र त्यसम्बन्धी पत्र गृहमन्त्रालयबाट प्राप्त भएको जानकारी गराएका छन् । Continue reading “सांसद अरुण चौधरीको निलम्बन फुकुवा”
प्रतिमा थारू दुई छोरासहित हाम फालेक थिइन् गण्डक नहरमा, तीनै जनाको शव फेला
नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर हाम फालेकी आमासहित तीनै जना मृत भेटिएका छन्। नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुराकी २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय क्रिस र ७ वर्षीय सुमितलाई लिएर गण्डक नहरमा हाम फालेकी थिइन्। Continue reading “प्रतिमा थारू दुई छोरासहित हाम फालेक थिइन् गण्डक नहरमा, तीनै जनाको शव फेला”
विजय चौधरीले शरीरमा पेट्रोल छर्केर गरे आत्मदाहको प्रयास
झापाको बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोडको मुक्तिचोकमा मंगलबार अपराह्न ४ बजे शरीरमा पेट्रोल छर्किएर विजय चौधरीले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। Continue reading “विजय चौधरीले शरीरमा पेट्रोल छर्केर गरे आत्मदाहको प्रयास”
थारू आरक्षण नपाएसम्म हाम्रो न्यायिक लडाईँ जारी रहन्छ : कुछतनारायण चौधरी
थारू कल्याण्कारिणी सभाले लामो समयको न्यायिक लडाईँपछि थारू आरक्षणसम्बन्धी मुद्दामा आंशिक विजय प्राप्त गरेको छ । सर्वोच्च अदालतले परमादेशमार्फत् संघीय निजामती ऐन बनाएर ९ महिनाभित्र थारूलाई आरक्षणको व्यवस्था गर्न भनेको छ । यसै सन्दर्भमा सभाका तर्फबाट यो मद्दा संयोजन गरिरहेका कुछत नारायण चौधरीसँग कुराकानी गरेका छौं । Continue reading “थारू आरक्षण नपाएसम्म हाम्रो न्यायिक लडाईँ जारी रहन्छ : कुछतनारायण चौधरी”
रिहा भएपछि सांसद अरुण चौधरी भन्छन्- मसँग प्रतिशोध साधियो
राष्ट्रपतिको आममाफीबाट कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएका छन् । कैलाली कारागारबाट आज बिहान रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले आफूमाथि प्रतिशोध साधिएको आरोप लगाएका हुन् । Continue reading “रिहा भएपछि सांसद अरुण चौधरी भन्छन्- मसँग प्रतिशोध साधियो”